खेलकुद

    Showing 311-320 of 1,316 items.
  • एसीसी यू–१६ क्रिकेटको दोस्रो खेलमा जापानविरुद्ध बलिङ गर्दै नेपाल

    काठमाडौं -  एसीसी मेन्स यू१६ इस्ट जोन क्रिकेटको दोस्रो खेलमा जापानले टस जितेर पहिले ब्याटिङ गर्दै छ । मलेसियामा जारी एसीसी मेन्स यू१६ इस्ट जोन क्रिकेटको दोस्रो खेलमा नेपाल र जापान प्रतिस्पर्धा गर्दै छन् । नेपालको पहिलो खेल सिंगापुरसँग थियो । सिंगापुरलाई नेपालले ५ विकेटले हराएको थियो । यू १६ इस्ट जोन कपमा नेपालसहित १० टोलीको सहभागिता छ ।

    • प्रकाशित मितिः असार १०, २०८२
    • 321 पटक पढिएको
  • एसीसी क्रिकेटः नेपाल जापानसँग भिडदै

    काठमाडौं, १० असार । एसिसी मेन्स यु–१६ इस्ट जोन कपमा नेपालले आज जापानसँग खेल्दैछ।लगातार दोस्रो जितको लक्ष्यमा रहेको नेपालले  आज जापानसँग मैदानमा उत्रिन लागेको हो ।सो खेल मलेसियाको कोजल टुन्कु जाफर ओभलमा नेपाली समय अनुसार बिहान ७ः४५ बजे सुरु हुनेछ।नेपाल र जापानले आफ्नो दोस्रो खेल खेल्दैछन्। नेपालले पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो भने जापानले भुटानलाई २१५ रनको फराकिलो अन्तरमा हराएको थियो।  विपिन प्रसाद शर्माको कप्तानीमा रहेको नेपाल प्रसिद्ध जैसी, रौनक श्रीवास्तव, सचिन भट्ट जस्ता खेलाडीका साथ मैदानमा हुनेछन् । 

    • प्रकाशित मितिः असार १०, २०८२
    • 401 पटक पढिएको
  • हेटौँडामा जारी नेकोस कप महिला भलिबल : एपिएफ र गण्डकीको विजयी सुरुआत

    हेटौँडा । नेपाल स्पोर्टस् सेन्टर (नेकोस) को आयोजनामा हेटौँडामा जारी राष्ट्रिय नेकोस कप महिला भलिबल प्रतियोगिताको दोस्रो दिन सम्पन्न भएका खेलहरूमा सशस्त्र प्रहरी बल (एपिएफ) क्लब र गण्डकी प्रदेश विजयी भएका छन् ।हेटौँडा उपमहानगरपालिका–४ हुप्रचौरस्थित भलिबल कोर्टमा सम्पन्न खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले मधेश प्रदेश र गण्डकीले बागमती प्रदेशलाई हराउँदै विजयी सुरुवात गरेका हुन् । जारी प्रतियोगिताको पहिलो खेलमा एपिएफले एकपक्षीय खेल प्रदर्शन गर्दै मधेश प्रदेशलाई २५–८, २५–११ र २५–७ को सोझो सेटमा पराजित ग‍र्यो । यस्तै, आइतबार नै भएको दोस्रो खेलमा गण्डकी प्रदेशले बागमती प्रदेशलाई

    • प्रकाशित मितिः असार ९, २०८२
    • 245 पटक पढिएको
  • आज नेपाली टोली स्कटल्यान्डबाट स्वदेश फर्किदै

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्कटल्यान्डबाट स्वदेश फर्किने भएको छ । आइतबार नेपाली राष्ट्रिय क्रिकेट टोली अपरान्ह्र स्वदेश फर्किन लागेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । नेपाल आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेदरल्यान्ड्स र स्कटल्यान्डसँग एकदिवसीय सिरिज खेल्न टोली स्कटल्यान्ड गएको थियो ।नेपाल सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्ससँग रोमाञ्चक ढंगले तेस्रो सुपर ओभरमा पराजित भएको थियो । दोस्रो खेलमा १० विकेट गुमाएर ९८ रनको लक्ष्य दिएको स्कटल्याण्डलाई नेपालले आठ विकेटको क्षतिमा पराजित गरेको थियो ।यस्तै, तेसा्रे खेलमा नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको नेपाली टोली अन्

    • प्रकाशित मितिः असार ८, २०८२
    • 145 पटक पढिएको
  • नेकोस कप महिला भलिबल : टीपटीप न्यू डायमण्ड र नेपाल पुलिस क्लब विजयी

     हेटौँडा ।  राष्ट्रिय नेकोस कप महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा टीपटीप न्यू डायमण्ड र नेपाल पुलिस क्लब विजयी भएको छ ।नेपाल स्पोर्ट सेन्टर (नेकोस)को आयोजनामा शनिबारदेखि हेटौंडामा सुरु भएको राष्ट्रिय नेकोस कप महिला भलिबल प्रतियोगिता डायमण्डले सशस्त्र प्रहरीको (एपीएफ) र पुलिसले बागमती प्रदेशलाई सोझो सेटमा पराजित गरेको थियो ।डायमण्डले सशस्त्रलाई २७–२५, २५–१५ र २५–१७ को सोझो सेटमा पराजित गरेको थियो । पुलिसले बागमतीलाई २५–१, २५–४ र २५–८ को सोझो सेटमा पराजित गरेको हो ।हेटौंडा–४ हुप्रचौरस्थित भलिबल कोर्टमा जारी प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले गरेक

    • प्रकाशित मितिः असार ८, २०८२
    • 280 पटक पढिएको
  • टाइम्सले जित्यो हिमालयन जाभा बास्केटबलको उपाधि

    काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) को उपाधि टाईम्स बास्केटबल क्लबले जितेको छ ।लगनखेलस्थित नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रमा शनिबार भएको फाईनलमा  गोल्डेनगेटललाई ८०–७२ ले हराएर टाईम्स च्याम्पियन बनेको हो ।टाईम्सले खेलको पहिलो क्वाटरमा २०–८ को अग्रता लिएको थियो । दोस्रो क्वाटरमा गोल्डेनगेटले पुनरागमन गरेको थियो । दोस्रो क्वाटर गोल्डेनगेटले १९–१४ ले आफ्नो पक्षमा पारेपनि हाफ टाईमसम्म टाईम्सले नै ३४–२७ को अग्रता बनाएको थियो ।तेसो क्क्वाटर २६–२१ ले आफ्नो पक्षमा पारेपछि टाईम्सले अन्तिम क्वाटरअघि ६०–४८ को अग्रता बनाएको थियो ।चौथो तथा अन्तिम क्वाटर निकै रोमाञ्चक बन्यो । च

    • प्रकाशित मितिः असार ८, २०८२
    • 215 पटक पढिएको
  • फिफा क्लब विश्वकपमा एट्लेटिको मड्रिडको पहिलो जित

    काठमाडौं, ६ असार । स्पेनिस क्लब एट्लेटिको मड्रिडले अमेरिकामा जारी फिफा क्लब विश्वकपमा पहिलो जित दर्ता गरेको छ ।बिहीबार राती लुमेन फिल्डमा सम्पन्न खेलमा एट्लेटिकोले घरेलु टोली सिएटल साउन्डर्स एफसीविरुद्ध ३–१ को जित निकालेको हो ।एट्लेटिकोलाई जित दिलाउन पाब्लो बारिओरले दुई तथा एक्सल बिट्सलले एक गोल गरे भने सिएटलका लागि अल्बर्ट रुस्नाकले गोल फर्काएका थिए ।खेलको ११औं मिनेटमा बारिओरको गोलमार्फत एट्लेटिकोले अग्रता लिएको थियो भने ४७ औं मिनेटमा बिट्सलले टोलीको अग्रता दोब्बर बनाए तर रुस्नाकले ५० औं मिनेटमा गोल गर्दै सिएटललाई खेलमा फर्काउने संकेत दिएका थिए । तर पाँच मिनेटपछि नै बारिओरले व्यक्तिगत दोस्रो

    • प्रकाशित मितिः असार ६, २०८२
    • 189 पटक पढिएको
  • त्रिकोणात्मक टी–२० : नेदरल्याण्ड्ससँग नेपालको शानदार जित

     काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्र्तगतको खेलमा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको छ । स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० खेलमा बिहीबार राति नेपालले नेदरल्याण्डविरुद्ध ६ विकेटको जित निकालेको हो ।नेदरल्याण्डले दिएको १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा चार विकेटको क्षतिमा पुरा गरेको थियो । नेपालको जितमा कुशल भुर्तेलले शानदार प्रदर्शन गरे । उनले ५१ बलमा ६ चौका सहित ६५ रन बनाए ।यसैगरी आरिफ शेखले शानदार ब्याटिङ गरे । उनले २३ बलमा ३ चौका र २ छक्कासहित ३९ रन बनाए । उनको खुट्टामा समस्या देखिएपछि मैदान छाडे । त्यस्तै टि ः२० आईमा डेब्यू गरेका भीम सार्कीले १६ बलमा २ चौका र एक

    • प्रकाशित मितिः असार ६, २०८२
    • 224 पटक पढिएको
  • त्रिकोणात्मक टी–२० : आज नेपाल नेदरल्यान्ड्ससँग खेल्दै

    काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्र्तगत आज नेपाल नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । बिहीबार नेपाल र नेदरल्यान्ड्सको दोस्रो खेल साँझ ७ः४५ बजे सुरु हुनेछ ।नेपालले पहिलो खेलमा तीन वटासम्म सुपर ओभर खेलेर नेदरल्यान्ड्ससँगको खेललाई ऐतिहासिक बनाएको थियो । यसअघि तीन खेल खेलिसकेको नेदरल्यान्ड्सले दुई खेलमा जित निकाल्दै चार अंक बनाएको छ ।दुई खेल खेलेको नेपालले भने एक हार र एक जित निकाल्दै दुई अंक मात्र बनाएको छ । पहिलो खेलमा स्कटल्यान्डसँग पराजित भएको नेदरल्यान्ड्सले दोस्रो खेलको तेस्रो सुपर ओभरमा नेपाललाई हरायो भने तेस्रो खेलमा स्कटल्यान्डमाथि १७ रनको जित निकालेको थियो । पहिलो खेलमा नेदरल

    • प्रकाशित मितिः असार ५, २०८२
    • 311 पटक पढिएको
  • त्रिकोणात्मक टी–२० नेपालसँग स्कटल्याण्ड दुई विकेटले पराजित

    काठमाडौं । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाइ पराजित गराएको छ । मंगलबार भएको खेलमा १० विकेट गुमाएर ९८ रनको लक्ष्य दिएको स्कटल्याण्डलाई नेपालले आठ विकेटको क्षतिमा पराजित गरेको हो ।ग्लास्गोमा टस जितेर पहिलो इनिङ बलिङ रोजेको नेपालका बलर लगातार हावी भएपछि स्कटल्याण्ड ९७ रनमै समेटिएको थियो ।नेपालका लागि बलिङतर्फ सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए भने अराउण्डर दीपेन्द्रसिंह ऐरीले दुई, करण केसीले दुई र ललित राजवंशीले एक विकेट लिएका थिए । यो खेलमा कुशल भुर्तेलले सर्वाधिक ३०, दीपेन्द्रसिंह ऐरीले १४, बसिर अहमदले १३ र किरण ठगुन्नाले १० रन जोडे ।यो जित

    • प्रकाशित मितिः असार ४, २०८२
    • 356 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा