खेलकुद

    Showing 321-330 of 1,255 items.
  • अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालको जित

    काठमाडौँ । अन्तरर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा घरेलु टोली नेपालले सुखद् सुरुआत गरेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले किर्गिस्तानलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । नेपालको जितमा विमला चौधरीले गोल गरिन् । उनले खेलको ११औँ मिनेटमा गोल गरिन् । यो जितसँगै नेपालले तीन अङ्क जोडेको छ । अब नेपालले यही फागुन ८ गते लेबनानसँग खेल्नेछ । 

    • प्रकाशित मितिः फागुन ५, २०८१
    • 314 पटक पढिएको
  • भद्रपुर झापा गोल्डकपमा नेपालसहित चार देशका १० टोली सहभागी हुँदै

    भद्रपुर (झापा) । दोस्रो भद्रपुर झापा गोल्डकप २०८१ मा नेपाल, भारत, भुटान र बङ्गलादेशका १० टोली सहभागी हुने भएका छन् । यही फागुन ७ देखि फागुन १६ गते मेची रङ्गशालामा प्रतियोगिताका खेल हुँदैछन् ।  आज यहाँ आयोजित पत्रकार सम्मेलनमा झापा गोल्डकपका अध्यक्ष दीपेश ढकालले २० हजार दर्शक अटाउने गरी स्थायी र बाँसको अस्थायी प्याराफिट निर्माण गरिएको बताए । दर्शकले क्वाटरफाइनलसम्मका खेल हेर्न रु दुई सय, सेमिफाइनलमा रु तीन सय र फाइनलका लागि बाँसको अस्थायी प्याराफिटमा रु तीन सय तथा पक्की प्याराफिटका लागि रु पाँच सय टिकट दर कायम गरिएको उनले जानकारी दिए । प्रतियोगितामा घरेलु टोली भद्रपुर ब्लेजर्स, ए

    • प्रकाशित मितिः फागुन ५, २०८१
    • 243 पटक पढिएको
  • अन्तरराष्ट्रिय फुटबल खेल्न साम्बा स्वदेश फर्किन

    काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी ‘फरवार्ड’ सावित्रा भण्डारी (साम्बा) आज स्वदेश फर्किएकी छिन् ।फ्रान्समा व्यावसायिक फुटबल खेलिरहेकी साम्बा नेपालले आयोजना गरेको चार देश सम्मिलित अन्तरराष्ट्रिय महिला फुटबल प्रतियोगिता खेल्न स्वदेश फर्केकी हुन् । उनलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता सुरेश शाहलगायतले अन्तरराष्ट्रिय त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । नेपालले आज साँझ ६ बजे कीर्गिस्तानसँग खेल्दैछ । यसअघि उक्त प्रतियोगिताका लागि सयुक्त अरब इमिरेट्स (युएइ) को लिग खेलिरहेकी रेखा पौडेल र ग्रिसमा व्यावसायिक फुटबल खेलिरहेकी नेपाली टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो

    • प्रकाशित मितिः फागुन ५, २०८१
    • 290 पटक पढिएको
  • कञ्चनजङ्घा आधार शिविरमा साहसिक हाफ म्याराथन हुने

    फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाको आयोजनामा कञ्चनजङ्घा साहासिक हाफ म्याराथन प्रतियोगिता आयोजना हुने भएको छ ।  विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको आधारशिविरमा म्याराथन प्रतियोगिता हुन लागेको हो ।गाउँपालिकाका उपाध्यक्ष डा चित्र माबोका अनुसार सिरिजङ्घा महोत्सव–२०८२ को अवसरमा आगामी वैशाख १३ देखि १५ गतेसम्म हाफ म्याराथन प्रतियोगिता आयोजना गरिने छ । कञ्चनजङ्गा आधार शिविर क्षेत्रमा समुद्र सतहदेखि चार हजार ५०० मिटर उचाइमा प्रतिस्पर्धा गराइने गाउँपालिकाले जनाएको छ ।  म्याराथन प्रतियोगिताका विजेतालाई नगद पुरस्कार प्रदान गरिने छ । प्रथम हुनेलाई रु दुई लाख आठ हजार

    • प्रकाशित मितिः फागुन ५, २०८१
    • 301 पटक पढिएको
  • कोशी प्रदेश प्रिमियर लिगः सुपर लिग समीकरण पूरा

    धरान (सुनसरी) । धरानमा जारी कोशी प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगिताको सुपर लिग समीरण पूरा भएको छ । प्रदेशका ११ जिल्लाका च्याम्पियन क्लबबीच भएको समूह चरणको लिगमा समूह विजेता टिम सुपर लिग (अन्तिम चार) मा प्रवेश गरेका छन् । समूह ‘ए’ बाट पाँचथर युनाइटेड, ‘बि’ बाट उदयपुरको गाईघाट फुटबल क्लब, ‘सि’ बाट धनकुटाको देउराली युथ क्लब र समूह ‘डि’ बाट खोटाङको बुइपा–११ क्लब सुपर लिगमा प्रवेश गरेका हुन् ।शुक्रबार धरान रङ्गशालामा भएको खेलमा धरान फुटबल क्लबलाई २–२ गोलको बराबरीमा रोकेपछि बुइपा समुह विजेता बनेको हो । यसअघि बुइपाले ताप्लेजुङको प्रगतिशील फुटबल क्लबलाई पराजित गरी तीन अङ्क बटुल्न सफल भएको थियो

    • प्रकाशित मितिः फागुन ३, २०८१
    • 231 पटक पढिएको
  • बजेट अभावका कारण रोकियो मकवानपुर गोल्डकप

    हेटौंडा । सातौँ संस्करणको स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकप २०८१  नहुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय सदस्य तथा जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टीका लामाले तत्काल यो वर्ष प्रतियोगिता नहुने सम्भावना रहेको बताए । चैत १६ गतेदेखि नेपाल सुपर लिग एनएसएल लिगको तेस्रो संस्करण फुटबल प्रतियोगिता हुनेहुँदा गोल्डकप तत्काल हुन नसक्ने अवस्था रहेको अध्यक्ष लामाले जानकारी दिए ।बागमती प्रदेश सरकारको युवा तथा खेलकुद विकास मन्त्रालय र मकवानपुर जिल्लाको दशैँवटा स्थानीय तहले गत वर्षको बजेट पनि निकासा नगरिदिएका कारणले गोलकप गराउन नसकेको अध्यक्ष लामाले बताए । उनले भने,

    • प्रकाशित मितिः फागुन २, २०८१
    • 167 पटक पढिएको
  • राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आकर्षण ‘सिलाम साक्मा’

    फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा अन्तरपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता खेलकुद महोत्सवका रूपमा आयोजना गरिएको छ । खेलकुद महोत्सवको प्रमुख आकर्षण भने ‘सिलाम साक्मा’ बनेको छ । आइतबारदेखि सुरू भएको खेलकुद महोत्सव बुधबारसम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ । लिम्बू संस्कृतिमा आधारित ‘सिलाम साक्मा’ को प्रवर्द्धन तथा प्रचार गर्ने उद्देश्यले ५४ फिट अग्लो सिलाम साक्माको प्रतिमा (मस्कट) निर्माण गरिएको छ । सिलाम साक्माको दायाँ–बायाँ ठूला अक्षरमा ‘सिलाम साक्मा हाम्रो सभ्यता हो’ लेखिएको छ । धेरैले सिलाम साक्मा देखेको हुन सक्छन्, तर यति अग्लो र ठूलो सिलाम साक्मा पह

    • प्रकाशित मितिः माघ ३०, २०८१
    • 234 पटक पढिएको
  • दोस्रो वीरगञ्ज गोल्डकप फागुन दोस्रो सातामा

    वीरगञ्ज । मधेश प्रदेशकै सर्वाधिक धनराशिको दोस्रो वीरगञ्ज गोल्डकप २०८१ फागुनको दोस्रो सातादेखि वीरगञ्जको आर्दशनगर रङ्गशालामा हुने भएको छ । भेट्रान सिटी क्लब वीरगञ्जको आयोजनामा आगामी फागुन १७ देखि २४ गतेसम्म हुने प्रतियोगितामा राष्ट्रियस्तरका आठ  फुटबल टिमको सहभागिता जनाउनेछन् । फुटबल प्रतियोगिता नकआउट चरणमा खेलाइनेछ । भेट्रान सिटी क्लब वीरगञ्जका अध्यक्ष सबिन बस्नेतले मधेश प्रदेशमा फुटबल खेलको संस्कृति विकास गर्नका लागि दोस्रो वीरगञ्ज गोल्डकप फुटबल प्रतियोगिता गर्न लागेको जानकारी दिए । ‘विगतमा वीरगञ्जमा फुटबलका गतिविधि निकै धेरै हुन्थे । तर,पछिल्लो समय वीरगञ्जमा फुटबलका गतिविधि सु

    • प्रकाशित मितिः माघ २८, २०८१
    • 282 पटक पढिएको
  • एन्फाले चीन र नेपालबीच मैत्रीपूर्ण फुटबल खेल खेलाउने

    काठमाडौ । अखिल नेपाल फुटबल संघले नेपाली युवा टोली र चीन युनान युवा फुटबल टोलीबीच मैत्रीपूर्ण फुटबल खेल आयोजना गर्ने भएको छ । आइतबार पत्रकार सम्मेलनको आयोजनागरी संघले छिमेकी मित्रराष्ट्र चीनको नयाँ वर्षको अवसरमा नेपालस्थित जनवादी गणतन्त्र चीनको दूतावासको सहयोगमा आगामी फागुन ३ गते दशरथ रंगशालामा मैत्रीपूर्ण फुटबल आयोजना गर्ने जानकारी दिएका हो । यस मैत्रीपुर्ण खेलले युवा फुटबलको विकास र फुटबलको माध्यमबाट दुई देशबीचको सम्बन्ध विस्तार गर्ने संघले अपेक्षा गरेका छ ।संघका अनुसार खेलको प्रविधिक पक्षको सबै जिम्मेवारी एन्फाको रहने र खेलसम्बन्धि अन्य जिम्मेवारी ( मार्केटिङ, ब्रोडकास्टिङ, टिकेटिङ

    • प्रकाशित मितिः माघ २७, २०८१
    • 226 पटक पढिएको
  • बुढासुब्बा गोल्डकपको उपाधिमा एनआरटीको ह्याट्रिक

    काठमाडौं । २५औँ संस्करणको बुढासुब्बा गोल्डकपको उपाधि जितेसँगै न्युरोड टिम ९एनआरटी०ले उपाधिमा ह्याट्रिक गरेको छ । शनिबार धरान रंगशालमा भएको फाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई २–१ ले पराजित गर्दै एनआरटीले उपाधिमा ह्याटिक गरेको हो ।आजको खेलमा हेनरी पोकुले दुई गोल गरेपछि एनआरटीले एक गोलले पछि परेको स्थिती उल्टाउँदै पुनरागमन जित निकालेको हो ।खेलको २२औं मिनेटमा कप्तान अनन्त तामाङले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय टिकेन । दुई मिनेटपछि नै हेनरी पोकुले एनआरटीका लागि बराबरी गोल फर्काए ।पहिलो हाफ १–१ को बराबरीमा सकियो । दोस्रो हाफमा एनआरटीले एक गोल गर्दै जित हात पार

    • प्रकाशित मितिः माघ २६, २०८१
    • 267 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा