खेलकुद

    Showing 71-80 of 1,638 items.
  • एनपीएलको तेस्रो संस्करणका लागि खेलाडी अक्सन आज हुँदै

    काठमाडौं / नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणका लागि खेलाडी अक्सन आज हुँदैछ।नेपाल क्रिकेट संघ क्यानका अनुसार प्रत्येक फ्रेन्चाइज टोलीले अक्सनमार्फत थप दुई नेपाली खेलाडी अनुबन्ध गर्न पाउनेछ। अक्सनका लागि अन्तिम सूचीमा परेका १५५ खेलाडीमध्ये ५२ जना विभिन्न फ्रेन्चाइज टोलीमा आबद्ध हुनेछन्। यसपटक अक्सनका लागि ३४७ खेलाडीले नाम दर्ता गराएका थिए। तीमध्ये छनोट प्रक्रियापछि १५५ जना अन्तिम सूचीमा समावेश भएका हुन्। अन्तिम सूचीमा रहेका खेलाडीलाई तीन श्रेणीमा वर्गीकरण गरिएको छ। श्रेणी ‘ए’ मा ५, श्रेणी ‘बी’ मा २७ र श्रेणी ‘सी’ मा १२३ खेलाडी रहेका छन्।एनपीएलको पहिलो संस्करणको च्याम्पियन जनकपुर बो

    • प्रकाशित मितिः असार २२, २०८३
    • 163 पटक पढिएको
  • ट्रम्पको हस्तक्षेपपछि बालोगुनमाथिको प्रतिबन्ध स्थगित, बेल्जियमले जनायो आपत्ति

    काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी फुटबल टोलीका स्ट्राइकर फोलारिन बालोगुन माथिको स्वतः लाग्ने एक खेलको प्रतिबन्ध पुनरावलोकन गर्न व्यक्तिगत रूपमा दबाब दिएपछि फिफाले उनको निलम्बन स्थगित गरेको छ ।अमेरिकी सञ्चारमाध्यम फक्स न्युजका अनुसार ट्रम्पले फिफा अध्यक्ष जियानी इन्फान्टिनो लाई फोन गरी बालोगुनमाथिको प्रतिबन्ध पुनरावलोकन गर्न आग्रह गरेका थिए । बालोगुन बोसनीया एण्ड हर्जगोभिना विरुद्धको प्रि–क्वार्टरफाइनल खेलमा रातो कार्ड पाएपछि स्वतः एक खेलको प्रतिबन्धमा परेका थिए । फिफाको अनुशासन समितिले आइतबार निर्णय सार्वजनिक गर्दै फिफा अनुशासन संहिताको धारा २७ अनुसार बालोगुनमाथिको स्

    • प्रकाशित मितिः असार २२, २०८३
    • 385 पटक पढिएको
  • अन्तर्राष्ट्रिय फुटबलबाट नेयमारले लिए सन्यास

    काठमाडौं / ब्राजिलियन फुटबलर नेयमार जुनियरले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् । फिफा विश्वकप २०२६ को अन्तिम–१६ मा नर्वेसँग २–१ ले पराजित भएर बाहिरिएसँगै नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका हुन् । अमेरिकाको न्युजर्सी रंगशालामा नेयमारले ब्राजिलका लागि सान्तवना गोल गरेका थिए । इन्जुरी टाइममा पेनाल्टीमार्फत प्रतियोगितामा एक गोल मात्र गरेका थिए ।नेयमारले चारवटा फिफा विश्वकप खेले । जारी विश्वकपमा भने उनी पूर्ण फिट नभएका कारण दुई खेलमा मात्रै वैकल्पिक खेलाडीका रूपमा मैदान उत्रिएका थिए । नेयमार ब्राजिलियन राष्ट्रिय पुरुष टोलीका लागि सर्वाधिक गोल गर्

    • प्रकाशित मितिः असार २२, २०८३
    • 651 पटक पढिएको
  • मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

    काठमाडौँ। इङ्ग्ल्यान्ड फिफा विश्वकप, २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । दश खेलाडीमा सीमित बनेको इग्ल्याण्डले अन्तिम १६ अन्तर्गत आज भएको खेलमा सहआयोजक मेक्सिकोलाई पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । मेक्सिको अज्टेका स्टेडियममा भर्खरै सम्पन्न खेमला नर्वेले मेक्सिकोलाई ३–२ गोलअन्तरले पराजित गर्दै जित हासिल गरेको हो ।  इङ्ग्ल्यान्डको जितमा  जुड बेलिङहमले २६औँ र ३८औँ मिनेटमा गोल गरे भने कप्तान ह्यारीले खेलको ६०औँ मिनेटमा गोल थपे । मेक्सिकोका लागि जुलियनले खेलको ४२औँ मिनेट र राउल जिमिनेजले ६९ औँ मिनेटमा गोल गरे ।  इङ्ल्यान्ड खेलको ५५ औँ मिनेटदेखि दश खेलाडीमा सीमित बन

    • प्रकाशित मितिः असार २२, २०८३
    • 352 पटक पढिएको
  • ब्राजिललाई हराउँदै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश

    काठमाडौँ। एर्लिङ हालान्डको गोलमा पाँचपटकको विश्वकप विजेता ब्राजिललाई  पराजित गर्दै नर्वे फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।अमेरिकाको न्युयोर्क न्युजर्सी स्टेडियममा आज भएको खेलमा नर्वेले ब्राजिललाई २–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।नर्वेको जितमा दुवै गोल हालान्डले गरे । उनले खेलको दोस्रो हाफको अन्तिम ११ मिनेटमा दुई गोल गरेका थिए । खेलको ७९औँ मिनेटमा हालान्डले नर्वेका लागि पहिलो गोल गरेका थिए । आन्द्रेस सेलड्रुपको पासमा हालान्डले गोल गरेका हुन् । त्यस्तै उनले खेलको ९०औँ मिनेटमा दोस्रो गोल गरे ।त्यसैगरी, ब्राजिलका लागि नेइमारले खेलको दोस्रो

    • प्रकाशित मितिः असार २२, २०८३
    • 251 पटक पढिएको
  • विश्वकप लिग–२ त्रिदेशीय शृङ्खला खेल्ने नेपाली टोलीको बिदाइ

    काठमाडौं / आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिदेशीय शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आइतबार बिदाइ गरिएको छ ।नेदरल्यान्ड्स र नामिबियाविरुद्धको शृंखलामा सहभागी हुने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई आइतबार एक विशेष समारोहबीच बिदाइ गरिएको हो । बिदाइ कार्यक्रममा नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले टोलीले गत वर्ष स्कटल्यान्डमा जस्तै उत्कृष्ट प्रदर्शन दोहोर्याउने विश्वास व्यक्त गरे । यसैगरी बिदाइ समारोहलाई सम्बोधन गर्दै नेपाली टोलीका कप्तान रोहित पौडेलले टोलीको संयोजन सन्तुलित रहेको र उत्कृष्ट प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बताए ।उनले

    • प्रकाशित मितिः असार २१, २०८३
    • 251 पटक पढिएको
  • पाराग्वेलाई हराउँदै फ्रान्स विश्वकपको क्वाटरफाइनलमा प्रवेश

    काठमाडौं— फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा पाराग्वेलाई हराउँदै फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा पाराग्वेलाई १–० गोलले हराउँदै फ्रान्सले क्वाटरफाइनलमा प्रवेश गरेको हो ।  फ्रान्सका किलियन एम्बाप्पेले खेलको ७० औं मिनेटमा पेनाल्टीमार्फत गोल गरे ।यस जितसँगै फ्रान्स क्वाटरफाइनलमा प्रवेश गरेको हो । पाराग्वे भने प्रतियोगिताबाट बाहिरिएको छ ।

    • प्रकाशित मितिः असार २१, २०८३
    • 405 पटक पढिएको
  • मोरक्को विश्वकपको क्वाटरफाइनलमा प्रवेश

    काठमाडौं— फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा क्यानडालाई हराउँदै मोरक्को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।ह्युस्टन रंगशालामा सम्पन्न खेलमा क्यानडालाई ३–० ले हराउँदै मोरक्को विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।मोरक्कोका मिडफिल्डर अज्जेदिन ओनाहीले दुई गोल गरेका थिए । मोरक्कोका लागि मिडफिल्डर अज्जेदिन औनाहीले खेलको ५०औं र ८२औं मिनेटमा दुई गोल गर्दै टोलीलाई अग्रता दिलाए । खेलको इन्जुरी समयको अन्तिम मिनेटमा सुफियान रहिमीले तेस्रो गोल गर्दै मोरक्कोको जित सुनिश्चित गरे ।यो जितसँगै मोरक्को विश्वकपको क्वाटरफाइनलमा प्रवेश हो ।

    • प्रकाशित मितिः असार २१, २०८३
    • 1,381 पटक पढिएको
  • पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट अन्तिम १६ मा

    काठमाडौं—  फिफा विश्वकप फुटबलमा इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।डलास स्टेडियममा शनिबार बिहान सम्पन्न रोमाञ्चक खेलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटसम्म दुवै टोलीले १–१ गोलको बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टीमा इजिप्ट ४–२ गोलले विजयी बन्यो।इजिप्टले खेलको १३औँ मिनेटमै इमाम आशुरको हेडमार्फत गोल गर्दै अग्रता लिएको थियो। तर दोस्रो हाफको ५५औँ मिनेटमा इजिप्टका डिफेन्डर मोहम्मद हानीबाट आत्मघाती गोल भएपछि अस्ट्रेलियाले खेल १–१ को बराबरीमा ल्याएको थियो।सपछि दुवै टोलीले थप समयमा गोल गर्न नसकेपछि खेल

    • प्रकाशित मितिः असार २०, २०८३
    • 759 पटक पढिएको
  • फिफा विश्वकप: स्विटजरल्याण्ड प्रि–क्वाटरफाइनलमा प्रवेश

    काठमाडौं / अल्जेरियालाई हराउँदै स्विटजरल्याण्ड फिफा विश्वकप २०२६ को अन्तिम १६ मा पुगेको छ ।शुक्रबार  बिहान अल्जेरियालाई २–० गोलले हराउँदै स्विटजरल्याण्डले प्रि–क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको हो । १० औं मिनेटमै ब्रील एम्बेलोले गोल गर्दै स्विटजरल्याण्डलाई अग्रता दिलाउन सफल भएका थिए । त्यसपछि ४६ औं मिनेटमा ड्यान एनडोएले गोल गरे । उक्त गोल नै खेलमा निर्णायक साबित भयो ।स्विटजरल्याण्डले अब कोलम्बिया र घानाबीच हुने अन्तिम ३२ चरणको खेलको विजेतासँग क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

    • प्रकाशित मितिः असार १९, २०८३
    • 294 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.