काठमाडौं / फिफा विश्वकप २०२६ अन्तर्गत खेलमा बेल्जियमले अमेरिकालाई ४-१ ले पराजित गरेको छ ।

मंगलबार सिएटल रंगशालामा भएको खेलमा बेल्जियमले अमेरिकालाई ४-१ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो ।बेल्जियका लागि चाल्र्स डे केटेलारेले खेलको ९औं र ३३औं मिनेटमा दुई गोल गर्दै टोलीलाई बलियो अग्रता दिलाए ।अमेरिकाले ३१औं मिनेटमा मालिक टिलम्यानमार्फत एक गोल फर्काएर खेल बराबरीमा ल्याए । ५७औं मिनेटमा हान्स भानाकेनले तेस्रो गोल गरे । इन्जुरी समयको तेस्रो मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै ४-१ को शानदार जित दिलाए । 

यस जितसँगै बेल्जियम क्वार्टरफाइनलमा प्रवेश गरेको छ । हारसँगै अमेरिका अन्तिम १६ बाट बाहिरिएको छ ।