खेलकुद

    Showing ८७१-८८० of १,६४७ items.
  • रोनाल्डोको फेरि पनि स्तब्ध

    काठमाडौँ।  क्रिस्टियानो रोनाल्डोको टोली अल नासर साउदी सुपर कपको फाइनलमा पराजित भएको छ ।शनिबार राति भएको फाइनलमा रोनाल्डोको टोली नासर अल हिलालसँग ४–१ ले पराजित भएको हो । खेलमा सुरुआती अग्रता बनाए पनि अल नासरले त्यसलाई अन्त्यसम्म कायम राख्न सकेन ।४४औँ मिनेटमा रोनाल्डोले नै गोल गरेपछि नासरले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । तर, यो लामो समय टिक्न भने सकेन । ५५औँ मिनेटमा अर्गे मिलिन्कोभिच साभिचले गोल गर्दै अल हिलाललाई खेलमा फर्काएका थिए । ६३औँ मिनेटमा एलेक्सान्डर मिट्रोभिचले अल हिलालको अग्रतालाई २–१ बनाए । ६९औँ मिनेटमा मिट्रोभिचले नै गोल गरेपछि अल हिलालले अग्रतालाई ३–१ को स्थितिमा

    • प्रकाशित मितिः भदौ २, २०८१
    • ५०८ पटक पढिएको
  • साफ यू–२० च्याम्पियसिपमा नेपालको सुखद सुरुवात

    काठमाडौँ-  साफ यू–२० च्याम्पियसिपमा नेपालले विजयी सुरुवात गरेको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १–० गोल अन्तरले पराजित गर्दै च्याम्पियनसिपमा विजयी सुरुवात गरेको हो।पहिलो हाफमा निराजन धामीले गरेको गोल नै नेपालका लागि निर्णायक बन्यो। खेलको २४ औँ मिनेटमा निराजन धामीको गोलमा नेपाली युवा टोलीले सुरुवाती अग्रता बनाएको हो। श्रीलंकाका गोलरक्षकसहित ७ खेलाडीलाई विट गर्दै गरेको निराजनको शसक्त प्रहारले पोष्टको जाली चुमेको थियो। त्यसपछि खेलमा थप गोल हुन नसक्दा नेपालले जित हात पारेको हो।खेलको दोस्रो हाफमा नेपालले अग्रता बनाउने मौका पाएप

    • प्रकाशित मितिः भदौ २, २०८१
    • ४६८ पटक पढिएको
  • नेपालमा यु-१९ विश्वकप छनोट हुने

    काठमाडौँ-  नेपालमा अर्को वर्ष अप्रिलमा यू-१९ विश्वकपको एसिया छनोट नेपालमा आयोजना हुने भएको छ । छनोट सन् २०२५ को अप्रिल १२ देखि २१ सम्म काठमाडौंमा आयोजना हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।प्रतियोगितामा आयोजक नेपाल,अफगानिस्तान, हङकङ, ओमान र युएईको सहभागिता रहनेछ । प्रतियोगिताको विजेता जिम्बाब्वे र नामिबियामा हुने २०२६ को यु१९ विश्वकपका लागि छनोट हुनेछ ।नेपालले यसै वर्षको सुरुमा दक्षिण अफ्रिकामा भएको यु१९ विश्वकपमा सहभागिता जनाएको थियो ।

    • प्रकाशित मितिः भदौ १, २०८१
    • ४५९ पटक पढिएको
  • नेपाली राष्ट्रिय महिला फुटबल टोलीको फिफा वरीयता एक स्थान खस्कियो

    काठमाडौं— नेपाली राष्ट्रिय महिला फुटबल टोलीको फिफा वरीयता एक स्थान खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले हिजो सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता घटेको हो ।नयाँ वरीयतामा नेपाल ९९ औँ स्थानमा छ । अघिल्लो वरीयतामा नेपाल ९८ औँ स्थानमा थियो । एसियाली देशको वरीयतामा नेपाल १९ औँ स्थानमा छ । यस्तै दक्षिण एसियाली वरीयता नेपाल दोस्रो स्थानमा छ ।नेपाल भन्दा अघि रहेको भारत ६८ औँ स्थानमा छ । विश्व वरीयतामा अमेरिकाले चार स्थान सुधार गरी शीर्ष स्थानमा उक्लिएको छ । यस्तै इंग्ल्यान्ड दोस्रो स्थानमा छ भने स्पेन तेस्रो स्थानमा छ ।

    • प्रकाशित मितिः भदौ १, २०८१
    • ३६४ पटक पढिएको
  • इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको विजयी सुरुवात

    काठमाडौं— इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले विजयी सुरुवात गरेको छ । गएराति देखि शुरु भएको नयाँ सिजनमा युनाइटेडले विजयी सुरुवात गर्‍यो । घरेलु मैदान ओल्ड ट्राफोर्डमा गएराति भएको खेलमा युनाइटेडले फुलहमलाई १–० गोलले हरायो ।हालै युनाइटेडमा आबद्ध भएका नेदरल्यान्ड्सका फरवार्ड जोशुआ जिर्कजीले खेलको ८७ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै उसले तीन अङ्क जोडेको छ । प्रिमियर लिगमा युनाइटेड २० पटकको च्याम्पियन टोली हो ।गएको सिजन युनाइटेड आठौँ स्थानमा रहेको थियो । फुलहमले १३ औँ स्थानमा रहँदै लिगको अन्त्य गरेको थियो । अघिल्लो सिजन म्यानचेस्टर सिटीले उपाधि जितेको थियो । यसपटक प्रि

    • प्रकाशित मितिः भदौ १, २०८१
    • ४०९ पटक पढिएको
  • महिला भलिबलका १४ खेलाडीलाई जनही तीन लाख दिने सरकारको निर्णय

    काठमाडौँ-  सरकारले काभा महिला भलिबल प्रतियोगितामा नेपालको तर्फबाट सहभागी १४ खेलाडीलाई जनही तीन लाख दिने निर्णय गरेको छ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्य प्रशिक्षकलाई दुई लाख तथा व्यवस्थापक, सहायक प्रशिक्षक तथा फिजियोलाई जनही एक लाख २० हजार रुपैयाँका दरले पुरस्कृत तथा सम्मान गर्ने निर्णय गरेको हो ।५९ जना सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय भएको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। बैठकले राजस्व न्यायाधीकरण पोखराको कानुन सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत पोखराका न्यायाधीश सुदर्शनराज पाण्डेलाई तोक्ने निर्णय गरेको छ।

    • प्रकाशित मितिः साउन ३२, २०८१
    • ४४५ पटक पढिएको
  • आईसीसी विश्वकप लिग-२ सिरिजमा अमेरिका नेदरल्याण्ड्ससँग १९ रनले पराजित

    काठमाडौं— आईसीसी विश्वकप लिग-२ सिरिजमा अमेरिका नेदरल्याण्ड्ससँग १९ रनले पराजित भएको छ। टस जितेर सुरुमा फिल्ड रोजेको अमेरिकाले पाएको २३८ रनको लक्ष्य पछ्याउनेक्रममा अन्तिममा ८ रन बनाउन मात्र ५ विकेट खर्चिएपछि १९ रनको पराजय भोगेको हो।२३८ रनको लक्ष्य पछ्याएको अमेरिकाको अन्तिमको ब्याटिङ लाइन नचल्दा ४९.५ ओभरमा २१८ रनमा अल आउट भएको हो।सुरुमा ब्याटिङ गरेको नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले ५५ बलमा ६ चौकासहित सर्वाधिक ६५ रन बनाए। विक्रमजित सिंहले ५९, म्याक्स ओडाउड ४९ रन बनाए।नेदरल्यान्ड्सलाई सस्तैमा समेट्न अमेरिकाका मिलिन्द कुमारले २, जसदीप सिंह र स्टिभन टेलरले १–१ विकेट लिए।अमेरिकाको लागि म

    • प्रकाशित मितिः साउन ३२, २०८१
    • ५८० पटक पढिएको
  • रियल मड्रिडका लागि केलियन एमबाप्पेको डेब्यु गोल

    काठमाडौं— एटलान्टालाई हराउँदै रियल मड्रिडले यूईएफए सुपर कपको उपाधि जितेको छ । पोल्यान्डको नेशनल स्टेडियम वर्षामा गएराति भएको खेलमा रियल मड्रिडले एटलान्टालाई २–० गोलको अन्तरले हरायो ।रियल मड्रिडका लागि डेब्यु गरेका फ्रान्सका स्ट्राइकर केलियन एमबाप्पे र फेडेरिको भाल्भेर्देले गोल गरे । भाल्भेर्देले खेलको ५९ औँ र एमबाप्पेले ६८ औँ मिनेटमा गोल गरे । एमबाप्पे गएको जुलाई १६ मा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) बाट स्पेनी क्लब रियल मड्रिडमा अनुबन्ध भएका थिए ।रियल मड्रिडले कीर्तिमानी छैटौं पटक सुपर कपको उपाधि जितेको हो । मड्रिडले यसअघि सन् २००२, २०१४, २०१६, २०१७ र २०२२ मा उपाधि जितेको थियो ।

    • प्रकाशित मितिः साउन ३१, २०८१
    • ४३७ पटक पढिएको
  • एपीएफले तीन महिला भलिबल खेलाडीलाई सम्मानसहित गर्‍यो बढुवा

    काठमाडौं—  काभा महिला नेसन्स लिग च्याम्पियनशिपमा सहभागी भएका सशस्त्र प्रहरी बल (एपीएफ) क्लबका तीन जना खेलाडी सम्मानित भएका छन् ।एपीएफले निरुता ठगुन्नालाई सिपाहीबाट विशेष बढुवा गर्दै सहायक हवल्दार बनाएको सङ्गठनले जनाएको छ । यस्तै एपीएफले निरुतासहित सरस्वती चौधरी र कविता भट्टलाई पनि नगद पुरस्कारसहित सम्मान पनि गरेको छ ।बढुवा भएकी ठगुन्नालाई सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारिरीक सुगठन शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक रमेश कुमार पाण्डेले बुधबार दर्ज्यानी चिन्ह प्रदान गरे ।निरुता पाँच वर्षअघि सशस्त्रमा आबद्ध भएकी थिइन् । सशस्त्रका महानिरीक्षक राजु अर्यालले तीन जना खेलाडी

    • प्रकाशित मितिः साउन ३१, २०८१
    • ६३८ पटक पढिएको
  • आईसीसी विश्वकप लिग-२ मा अमेरिकाको विजयी सुरुवात

    काठमाडौं— अमेरिकाले आईसीसी  विश्वकप लिग टु सिरिजमा सुखद सुरुआत गरेको छ।  विश्वकप लिग टु अन्तर्गतको पहिलो खेल खेलेको अमेरिकाले जितका साथ सुरवात गरेको हो।आईसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा अमेरिकाले क्यानडामाथि जित हात पारेको हो।नेदरल्यान्ड्सको स्पोर्टपार्क वेस्टवलेट, द हेगमा भएको खेलमा अमेरिकाले क्यानडामाथि १४ रनको जित हात पारेको हो।अमेरिकाले दिएको ३ सय ५ रनको विशाल लक्ष्य पछ्याएको क्यानडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९० रन बनायो।  क्यानडाका लागि हर्ष ठाकरले सर्वाधिक ७७ रन ज

    • प्रकाशित मितिः साउन ३०, २०८१
    • ६१३ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.