काठमाडौँ।  क्रिस्टियानो रोनाल्डोको टोली अल नासर साउदी सुपर कपको फाइनलमा पराजित भएको छ ।

शनिबार राति भएको फाइनलमा रोनाल्डोको टोली नासर अल हिलालसँग ४–१ ले पराजित भएको हो । खेलमा सुरुआती अग्रता बनाए पनि अल नासरले त्यसलाई अन्त्यसम्म कायम राख्न सकेन ।

४४औँ मिनेटमा रोनाल्डोले नै गोल गरेपछि नासरले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । तर, यो लामो समय टिक्न भने सकेन । ५५औँ मिनेटमा अर्गे मिलिन्कोभिच साभिचले गोल गर्दै अल हिलाललाई खेलमा फर्काएका थिए । 

६३औँ मिनेटमा एलेक्सान्डर मिट्रोभिचले अल हिलालको अग्रतालाई २–१ बनाए । ६९औँ मिनेटमा मिट्रोभिचले नै गोल गरेपछि अल हिलालले अग्रतालाई ३–१ को स्थितिमा राखे । यस्तै, ७२औँ मिनेटमा माल्कोमले गोल गरेपछि अल हिलालले ४–१ को जित पक्का गरेको हो ।

पोर्चुगलका फरवार्ड रोनाल्डो साउदी अरेबिया आएयता उनले अल नासरबाट साउदीका कुनै पनि घरेलु उपाधि जित्न सकेका छैनन् । रोनाल्डो सन् २०२३ मा म्यानचेस्टर युनाइटेडबाट अल नासर अनुबन्धित भएका थिए ।

बारम्बार धक्का

यसैवर्ष भएको युरो कप पनि रोनाल्डोका लागि सही ठहरिएन।  ३८ वर्षमा हिँड्दै गरेका रोनाल्डो मैदान उत्रदैथिए। उनी लगालग युरो ६ संस्करण खेल्ने खेलाडी हुन्। 

रोनाल्डोका लागि सुरुबाटै सफल युरो हुन सकेन। किनकि, उनी गोलविहीन बने। उनले अहिलेसम्म एक गोल लगाएका छन्, त्यही पनि पेनाल्टीमा। यही कारण पनि रोनाल्डो स्तब्ध बने। यति मात्र होइन, उनले पेनाल्टीमा चुके।

यसले झनै रोनाल्डोलाई मर्माहत बनायो। रोनाल्डोको सधै  सदवाहर नायक हुन्। उनी विश्वकै उत्कष्ट खेलाडी हुन् भन्नेमा द्विविधा छैन। तर उनी लगालग राष्ट्रको जितमा चुक्छन्। यसअघिको विश्वकपमा पनि रोनाल्डोको टिम सेमिफाइनलमा पुगेन। त्यसैबेला पनि रोनाल्डोमाथि अनेक प्रश्न थिए।

उनी मैदानमा आक्रामक बनेको देखि आफ्नै टिममाथि जाइलागेको समेत आरोप लागे। अन्ततः रोनाल्डोको टिम हार्यो। रोनाल्डोलाई लाग्ने आरोप यही नै हो, उनी राष्ट्रका लागि खेल्न सक्दैनन्। यो आरोप लाग्ने क्रम अझै निरन्तर छ। 

फुटबल विश्लेषकहरू भन्छन्,‘साच्चै रोनाल्डो अब करियरको उत्कर्षमा छैनन्। उनको करियर ओरालो लाग्न थालेको धेरै भइसक्यो। अब रोनाल्डो उबेलाको रोनाल्डो रहेनन्।’