खेलकुद

    Showing 971-980 of 1,639 items.
  • टी-२० विश्वकप विजेताले कम्तीमा ३२ करोड पुरस्कार पाउने

    काठमाण्डौ । वेस्ट इन्डिज र अमेरिकामा भइरहेको आइसिसी टी-२० विश्वकपको नवौँ संस्करणको विजेताले कम्तिमा २.४५ मिलियन अमेरिकी डलर पुरस्कार (३२ करोड ५६ लाख रुपैयाँ बढी) पाउने भएको छ।२० टोलीबीच प्रतिस्पर्धा भइरहेको प्रतियोगिताको फाइनल बार्बाडोसको किङ्गटनमा हुँदैछ। सो फाइनलमा पराजित हुने टोलीले १.२८ मिलियन डलर प्राप्त गर्नेछन्। सेमिफाइनलमा हार्ने टोलीले ७ लाख ७८ हजार डलर प्राप्त  गर्नेछन्। प्रतियोगिताको कुल पुरस्कार राशि ११.२५ मिलियन डलर रहेको छ। सुपर–८ बाट बाहिरिने चार टोलीले ३ लाख ८२ हजार डलर प्राप्त गर्नेछन्। यस्तै नवौँ, १०औ, ११औँ र १२औँ स्थानमा रहने प्रत्येक टोलीले २ लाख ४७ हजार प्रा

    • प्रकाशित मितिः जेठ २२, २०८१
    • 362 पटक पढिएको
  • विश्वकप क्रिकेटमा नेपालको पहिलो खेल नेदरल्यान्ड्ससँग

    काठमाण्डौ  ।  अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी पुरुष टी–ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गत आफ्नो पहिलो खेल नेपालले आज खेल्दैछ।समूह ’डी’ मा रहेको नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्सविरुद्ध खेल्न लागेको हो । नेपाल र नेदरल्यान्ड्सबीचको खेल अमेरिकाको ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा हुनेछ।खेल नेपाली समयअनुसार राति ९ः१५ बजेबाट हुने तालिका रहेको छ। सन् २०१४ मा पहिलोपटक टी–ट्वान्टी क्रिकेट विश्वकप खेलेको नेपालले १० वर्षपछि दोस्रोपटक विश्वकप खेल्न लागेको हो।

    • प्रकाशित मितिः जेठ २२, २०८१
    • 442 पटक पढिएको
  • आईसीसी विश्वकप टी २० : वेस्ट इन्डिजले पीएनजीलाई ५ विकेटले हरायो

    काठमाण्डौ । आईसीसी टी–२० विश्वकपको दोस्रो खेलमा सह–आयोजक वेस्ट इन्डिले पपुवा न्युगिनी (पीएनजी) लाई ५ विकेटले हराएको छ । आइतबार राति वेस्ट इन्डिजको गुयनामा सम्पन्न खेलमा पीएनजीले दिएको १ सय ३७ रनको लक्ष्य पाएको वेस्ट इन्डिजले १९ औ ओभरमा ५ विकेट गुमाउँदै पुरा गरेको हो।रोस्टन चेसले नटआउट रहँदै २७ बलमा ४२ रन तथा आन्द्रे रसलले नटआउट रहेर ९ बलमा १५ रन बनाउँदै वेस्ट इन्डिजलाई जित दिलाए । चेसले आफ्नो इनिङ्समा ४ चौका र २ छक्का प्रहार गरे ।टोलीका लागि ब्रान्डन किंगले २९ बलमा ३४ रन तथा निकोलस पुरनले २७ बलमा २७ रन जोडे । कप्तान रोभमन पावेलले १५ रनको योगदान दिए । बलिङमा राम्रो चुनौती प्रस्तुत गरेको पीएनजीक

    • प्रकाशित मितिः जेठ २१, २०८१
    • 655 पटक पढिएको
  • आजबाट टी-२० विश्वकप सुरु हुँदै

    काठमाण्डौ   ।   आईसीसी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको नवौँ संस्करण आज बिहानदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेल नेपाली समयअनुसार, बिहान ६ :०० बजे सुरु हुनेछ ।उद्घाटन खेलमा आयोजक राष्ट्र अमेरिकाले छिमेकी राष्ट्र क्यानडाको सामना गर्नेछ । अमेरिकाले आयोजकका रूपमा विश्वकप खेल्ने अवसर पाएको हो । क्यानडा भने अमेरिकी क्षेत्रको छनोट चरण पार गर्दै विश्वकपमा उपस्थित भएको हो ।प्रतियोगिताको उद्घाटन खेल अमेरिकाको टेक्सासमा खेलिने छ । पहिलो दिन दुई खेल हुनेछन् । पहिलो दिनको दोस्रो खेल अर्को आयोजक राष्ट्र वेस्ट इन्डिज र पपुवा न्यु गिनी (पीएसजी) बीच हुनेछ । पीएनजी छनोट चरण पार

    • प्रकाशित मितिः जेठ २०, २०८१
    • 431 पटक पढिएको
  • खेलमा नेपालको सानदार जित, वेस्ट इन्डिज ‘ए’ ६ विकेटले पराजित

    काठमाडौँ । नेपालले वेस्ट इन्डिज ए विरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा जित हासिल गरेको छ ।शनिबार सम्पन्न खेलमा नेपालले वेस्ट इन्डिज ए लाई ६ विकेटले परजित गरेको हो । वेस्ट इन्डिज ए ले दिएको १७३ रनको लक्ष्य पछाएको नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरको थियो । नेपालका लागि अनिल शाहले ५८ र आसिफ सेखले ५१ रन बनाउदै अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै कुशल भुर्तेलले १३, कुशल मल्लले अविजित ३७ र दीपेन्द्र सिंह ऐरीले ५ रन बनाएका थिए ।त्यस्तै वेस्ट इन्डिजका बलर ओबेड म्याककोयले ३ र म्याथुज फोर्डले एक विकेट लिएका थिए ।यसअघि टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट

    • प्रकाशित मितिः वैशाख २२, २०८१
    • 722 पटक पढिएको
  • नेपालले वेस्ट इन्डिज ‘ए’ लाई हरायो, कप्तान रोहितको शतकमा नेपालको रोमाञ्चक जित

    काठमाडौं   ।  कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी २० खेलमा वेस्टइन्डिज ए लाई ४ विकेटले हराएको छ । शनिबार टी–२० श्रृंखलाको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई ४ विकेटले पराजित गरेको हो ।२ सय ५ रनको लक्ष्य पछ्याएको नेपालले १९।४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । रोहित पौडेल ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रनको शतकीय इनिङ खेले । नेपाललाई ८ बलमा १३ रन चाहिँदा रोहित म्याथ्यु फर्डको बलमा विकेटकिपर आन्द्रे फ्लेचरबाट क्याच आउट हुन पुगेका थिए । २७ बलमा अर्धशतक पूरा गरेका रोहितले शतक ४७ बलमा हानेका थिए । उनको यो टी २० करिअरको पहिलो शतक थियो। यो जितपछि नेपाल ५ खेलको सि

    • प्रकाशित मितिः वैशाख १५, २०८१
    • 659 पटक पढिएको
  • टी-२० शृङ्खला : आज नेपाल र नामिबिया खेल्दै

    काठमाडौँ । त्रिदेशीय टी-२० क्रिकेट शृङ्खलामा आज नेपालले नामिबियासँग खेल्दै छ । शृङ्खलामा नेपालसँगै नामिबिया र नेदरल्यान्ड्स छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ११:३० बजेदेखि सुरु हुनेछ । नेपालले यसै वर्षको जुनमा हुने टी-२० विश्वकपको तयारीका लागि घरेलु मैदानमा आईसीसी क्रिकेट विश्वकप लिग-२ को खेलका लागि सहभागी टिमसँग शृङ्खला आयोजना गरेको हो । शृङ्खलाका लागि नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले रोहितकुमार पौडेलको कप्तानीमा १८ सदस्यीय टोली घोषणा गरिसकेका छन् ।आजको खेलपछि नेपालले फागुन १६ गते नेदरल्यान्ड्ससँग खेल्नेछ । यस्तै, नेपालले फागुन १८ गते पुनः नामिबिय

    • प्रकाशित मितिः फागुन १५, २०८०
    • 327 पटक पढिएको
  • टी–२० श्रृंखलाका लागि नेपाली टिमको घोषणा

    काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नामिबिया र नेदरल्याण्ड्ससँग मंगलबारदेखि हुने त्रिकोणात्मक टी–२० श्रृंखलाका लागि टिमको घोषणा गरेको छ ।क्यानले आइतबार रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको हो । हालै एक दिवसीय टिममा कमब्याक गरेका अनिल साहले टी–२० टिममा पनि कमब्याक गरेका छन् । त्यस्तै नेपाल ए टिमका कप्तान विनोद भण्डारी, नेपाल ए टिममा रहेका रशिद खान, सन्दीप जोरालाई टिममा समावेश गरिएको छ ।नेपाली टीम– रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अन

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • 433 पटक पढिएको
  • विश्वकप लिग–२ : आज कीर्तिपुर मैदानमा नेपाल र नेदरल्याण्ड्सको प्रतिस्पर्धा

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत पहिलो त्रिदेशीय शृंखलाको अन्तिम खेलमा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै छ । यसअघिका तीन खेलमध्ये एक खेलमा मात्र जित निकालेको नेपाल आज विजयी नतिजासहित घरेलु मैदानमा आयोजित शृंखलाको अन्त्य गर्ने लक्ष्यमा हुनेछ ।नेपालले यसअघि पहिलो खेलमा नामिबियासँग चार विकेटको हार बेहोरेको  थियो । दोस्रो खेलमा नेदरल्यान्ड्सलाई नौ विकेटले हराए पनि नेपालले तेस्रो खेलमा पुनः नामिबियासँग दुई विकेटको हार बेहोरेको हो ।यता, नेदरल्यान्ड्सले पनि जारी शृंखलाका तीन खेलमध्ये एक खेलमा मात्र जित निकालेको छ । नेदरल्यान्ड्सले नेपालसँग हार बेहोरे पनि दोस्रो खेलमा नामिबियालाई

    • प्रकाशित मितिः फागुन १३, २०८०
    • 478 पटक पढिएको
  • प्रथम झापा जिल्ला अन्तरपालिका क्रीकेट प्रतियोगिता : उपाधिका लागि भोलि कचनकवल र बिर्तामोड भिड्दै

    बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिकामा जारी प्रथम झापा जिल्ला अन्तरपालिका स्तरीय पुरुष टि - ट्वान्टी  क्रीकेट प्रतियोगिता फाइनलमा प्रवेश गरेको छ । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा संचालन भैरहेको खेलमा भोलि ( शनिबार ) उपाधिका लागि बिर्तामोड नगरपालिका र कचनकवल गाउँपालिका  बीच भिडन्त हुनेछ । पहिलो चरणको सेमिफाइनल खेलमा कचनकवल गाउँपालिकाले मेचिनगर नगरपालिकालाइ हराएको थियो  भने हिजो भएको दोस्रो सेमिफाईनल खेलमा गौरादह  नगरपालिका लाई ८१ रनले पराजित गर्दै  बिर्तामोड नगरपालिका फाइनलमा प्रवेश गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको बिर्तामोड नगर

    • प्रकाशित मितिः फागुन ११, २०८०
    • 397 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.