मनोरञ्जन

    Showing 1,331-1,340 of 2,231 items.
  • ११ः५५ को रोक्ने छैन्

    काठमाडौं । केशव पाण्डेको डेव्यु निर्देशनमा निर्माण भएको फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन)को पहिलो गीत सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक फिल्मको पहिलो गीत ‘रोक्ने छैन्’मा अल्मोडा राणा उप्रेतीको शब्द, संगीत र स्वर रहेको छ । सुमन परियारको पनि स्वर रहेको गीतलाई अल्मोडा आफैले एरेञ्ज गरेका हुन् ।कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ र डेव्यु अभिनेता सागर खनाल फिचर्ड छन् । केही दिन अघि सार्वजनिक टिजरले दर्शकमाझ राम्रो छाप छोडेकाले आज सार्वजनिक गीतले पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाउने विश्वास निर्माण टिमको छ ।फि

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • 226 पटक पढिएको
  • फेरि रेशम फिलिलीकी फिलिली गर्ल सुपुष्पाका कुरा

    काठमाडौं । फिल्म  ‘रणवीर’ बाट नेपाली रजतपटमा डेब्यु गरेकी अभिनेत्री सुपुष्पा भट्ट फिल्म  ‘फेरि रेशम फिलिली’बाट लामो समयपछि दर्शकमाझ आउँदैछिन् । सिनेमा आर्टको ब्यानरमा निर्माण भएको यो फिल्म उनको होम प्रोडक्सन हो। फिल्मका निर्माता उनका पति रौनक विक्रम कँडेल हुन्। फिल्ममा ‘फिलिली गर्ल’का रुपमा दर्शकमाझ आउन पाउँदाको अनुभव उनलाई बेग्लै छ । ‘सबैभन्दा माथि पुगेजस्तो भयो। एकदमै खुशी लागेको थियो। प्रोडक्सन हाउस राम्रो, निर्देशक मेहनती, स्क्रिप्ट राम्रो र बलियो छ भन्ने थाहा भएकाले हो। राम्रो फिल्ममा काम गर्न पाएँ भनेर खुशी भएँ,’ उनले भनिन् ।निर्देशक निरोज महर्जनले लेखेको सुपुष्पाको चरित्र

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • 286 पटक पढिएको
  • कल्लीको छायांकन सुरु

    काठमाडौं । फिल्म ‘कल्ली’को आजबाट छायांकन सुरु भएको छ । काठमाडौंको बौद्धमा अवस्थित एक घरबाट फिल्मको छायांकन सुरु गरिएको हो । केही दिन यो फिल्मको छायांकन काठमाडौंमा गरिनेछ । त्यसपछि भने बाँकी छायांकनका लागि यसको टिम जुम्ला प्रस्थान गर्नेछ ।३५ दिन लामो सेड्यूल लिएर निर्देशक लक्ष्मण सुनारले फिल्मको छायांकन सुरु गरेका हुन् । आज नायक नाजिर हुसेन, नायिका वर्षा राउत, कलाकार उत्तम प्रधान लगायतको दृश्य खिचिएको छ ।लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको यो फिल्ममा हिमाल कडरिया र अमलादेवी राईको लगानी छ । महेश दवाडीको लेखन रहेको यो फिल्ममा सरोज नेपाली कार्यकारी निर्माताको रु

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • 226 पटक पढिएको
  • ललितपुरमा गुञ्जँदै गुलाम अली

    काठमाडौं । प्रख्यात पाकिस्तानी गजलकार गुलाम अली नेपालमा गुञ्जने भएका छन् । आगामी चैत्र २ गते शनिबार ललितपुरको पुल्चोकस्थित प्लाजामा करिब ३ घण्टा ‘गुलाम अली थ्री जनेरेशन अन वन स्टेज’ कार्यक्रममा गजलप्रेमी दर्शक तथा श्रोतालाई मन्त्रमुग्ध बनाउने छन् । शनिबार यो कार्यक्रमको आयोजक साधना कला केन्द्रले काठमाडौंमा पत्रकार सम्मेलनको आजोजना गर्दै यसको बारेमा जानकारी दिएको हो ।साधना कला केन्द्रका सञ्चालक मिलन मोक्तानले गजलकार गुलाम अलीको डिमाण्ड अनुसार नै नेपालमा कार्यक्रमको आयोजना गरिएको बताए । अहिलेलाई शोको लागि लिमिटेड टिकट मात्रै राखिएको उनले जानकारी दिए । मार्च १३ तारिक गुलाम अलीसहित ११ जनाको टिम ने

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • 125 पटक पढिएको
  • पहाडको छायाङ्कन सुरू

    काठमाडौँ । निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार हुने फिल्म ‘पहाड’ को रोकिएको छायाङ्कन सुरू भएको छ । गत माघ २२ गते मुहुर्त गरेर छायाङ्कन सुरू गरिएता पनि निर्देशक घिमिरेको स्वास्थ्यमा समस्या आएपछि दोस्रो दिनदेखि छायाङ्कन रोकिएको थियो । आफ्नो स्वास्थ्य अनुकुल भएपछि फागुन ९ देखि पूर्वनिर्धारित तालिका अनुसार नै गोरखामा छायाङ्कन भइरहेको निर्देशक घिमिरेले जानकारी दिए । युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको कथावस्तु रहेको फिल्मले समाजको तीतो यथार्थलाई दर्शकसमक्ष पु¥याउने लेखकसमेत रहेका निर्देशक घिमिरेले बताए । उनले भने,‘मानव

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • 199 पटक पढिएको
  • ताण्डवमको बग्दा बग्दै

    काठमाडौं । गत शुक्रबार फागुन ९ गतेबाट महाशिवरात्रीको छेको पारेर प्रदर्शनमा आएको फिल्म ‘ताण्डवम्’को नयाँ गीत ‘बग्दा बग्दै’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा हर्क साउदको शब्द र सुशान्त गौतम संगीत तथा स्वर अनि रिकेश गुरुङको एरेञ्ज रहेको छ ।फिल्ममा पुष्कर गुरुङ, प्रेम सुब्बा, जुनिम गहतराज, अंकित खड्का, सरिना मगर, अनोज पाण्डे, कमल कार्की र गोपाल कटुवालको अभिनय रहेको छ । फिल्मले एक नव विवाहित जोडी जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा उनीहरु जीवनमा घट्ने अकल्पनिय घटनाले निम्त्याउने उतारचढावको कथालाई पारिवारिक तथा एक्सन थ्रिलर जनरामा प्रस्तुत गरिएको छ ।सिंहदेवी प्रोडक्सनले भिजुयल आर्ट्स स्

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • 254 पटक पढिएको
  • साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव

    पोखरा (कास्की) । पछिल्लो समय पोखरा महोत्सवमय बनिरहेको छ । एकपछि अर्को ‘महोत्सव’ले चलायमान बनिरहेको पोखरामा फागुन १५ देखि १८ गतेसम्म हुने १२औँ संस्करणको नेपाल साहित्यिक महोत्सवले पर्यटकीय नगरीमा अर्को रौनकता थप्दै छ । बुकवर्म फाउन्डेसनद्वारा आयोजित महोत्सवमा फेवाताल, माछापुच्छ्रे अन्नपूर्ण हिमशृङ्खलालाई साक्षी राखेर देश–विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, सम्पादक, पत्रकारलगायतले विचार मन्थन गर्दैछन् । महोत्सवमा साहित्यसँग जोडिएका सामाजिक, राजनीतिक, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका विषयमाथि मन्थन हुँदैछ ।पर्यटकीय राजधानी पोखरालाई पर्यटकको उत्कृष्ट गन्तव

    • प्रकाशित मितिः फागुन ११, २०८१
    • 195 पटक पढिएको
  • फेरि रेशम फिलिली ट्रेलर सार्वजनिक

    काठमाडौं । अमेरिकाको भिषा लागेको रेशम र उसको भिषासँग जोडिएका विभिन्न पात्रको सपना, चाहना र स्वार्थको दन्वदको सेरोफेरोमा घुमेको ‘फेरि रेशम फिलिली’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक फिल्मको ३ मिनेट ७ सेकेण्डको ट्रेलरले फिल्म हास्यरसले भरिपूर्ण रहेको देखाएको छ ।ट्रेलरमा झण्डै १० वर्ष अगाडि रिलिज भएको फिल्मको यो नयाँ सिक्वलले उस्तै कमेडीको तड्का दिने देखिन्छ । फिल्मले त्यतिबेला हरिया पात्रलाई लोकप्रिय बनाएझैं यसपटक मेक्सम गौडेलको हाजमोला चरित्र दर्शकका लागि फ्रेस अफर हुने अनुमान लगाउन सकिन्छ ।हरियाको रेशमलाई समस्यामा पारिरहने पुरानो शैलीले यसपटक पनि दर्शकलाई पेट मिच

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • 245 पटक पढिएको
  • असार २७ मा यो मन त मेरो नेपाली हो

    काठमाडौं । फिल्म ‘यो मन त मेरो नेपाली हो’ को प्रदर्शन मिति तय गरिएको छ । फिल्मका निर्माता ज्ञानबहादुर प्रधान (रोशन)ले फिल्म २०८२ सालको असार २७  गतेबाट प्रदर्शनमा आउने जानकारी दिएका छन्। फिल्मलाई आरआर फिल्मस् प्रा।लि।ले  वितरण गर्नेछ ।फिल्ममा रोशन श्रेष्ठ, विजय बराल ,विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, आयुषा समाल, नारायण खाती,भुपेन्द्र लिङ्देन ‘मन्त्री’,सुबास भन्डारी,बिजय सुब्बा,बिजिता बर्देवा, देवराज राजबन्शी लगायतको अभिनय रहेको छ।अमेरीकामा रहेका साहित्यकार नर प्रधान (मित्र) को निर्देशन तथा कथा रहेको फिल्मलाई ज्ञानबहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् । पद्मा ईश्वर ईन्टरटेन्म

    • प्रकाशित मितिः फागुन ६, २०८१
    • 172 पटक पढिएको
  • द्रौपदीको टिकटक भिडियो निर्माण प्रतियोगिता

    काठमाडौं । ऋषिराज आचार्यद्वारा लिखित,निर्मित र निर्देशीत फिल्म ‘द्रौपदी’ ले टिकटक भिडियो निर्माण प्रतियोगिता घोषणा गरेको छ । हालै सार्वजनीक फिल्मको रबि ओड र इन्द्रकला राईको स्वरमा रहेको ‘कर्णाली काटौला’ गीत अहिले चर्चामा छ । सोही गीतमा टिकटक बनाउने टिकटक प्रयोगकर्तामध्ये उत्कृष्ट पाँचलाई आरबि मुभीजले निर्माण गर्ने नयाँ फिल्ममा अभिनय गर्ने मौका दिइनुको साथै उत्कृष्ट पाँच मध्ये प्रथम हुनेलाई रु १५ हजार, दोश्रो स्थान हासिल गर्नेलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार नगद पुरस्कार समेत प्रदान गरिने छ । यीबाहेक सयजना टिकटकरलाई ‘द्रौपदी’ को प्रिमियरमा सहभागी गराइने निर्माण पक्षले जानकारी दिएको छ ।टिकटक

    • प्रकाशित मितिः फागुन ५, २०८१
    • 231 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा