मनोरञ्जन

    Showing 1,331-1,340 of 2,715 items.
  • ‘यानी माया’मा पालाको जोडी अञ्जना

    फिल्म ‘यानी माया’मा अञ्जना पुनले मुख्य अभिनेत्रीको रूपमा अभिनय गर्ने भएकी छिन् । विगत एक दशकदेखि मोडलिङ क्षेत्रमा सक्रिय अञ्जनाले यसै चलचित्रबाट डेब्यु गर्नेछिन् । यो चलचित्र अभिनेता पल शाहले आफ्नो ब्यानर 'पल शाह फिल्म्स' मार्फत निर्माण गर्न लागेको पहिलो प्रोजेक्ट हो ।अञ्जना पुन एक स्थापित मोडेल हुन् । उनले 'मिस मगर हङकङ २०१४' र 'मिस हङकङ नेपाल २०२३' जस्ता उपाधिहरू जितेकी छिन् । सन् २०२४ को 'मिस नेपाल' प्रतियोगितामा उनले 'मिस रियल पपुलर च्वाइस' र 'मिस डिलाइटफुल हेप्पी इन्टेलिजेन्स' अवार्ड प्राप्त गरेकी थिइन् । मोडलिङसँगै उनी अभिनयमा पनि सक्रिय छिन् । उनले 'बधाई तिमीलाई', 'ना छोएर यौवन काटियो',

    • प्रकाशित मितिः असार १६, २०८२
    • 271 पटक पढिएको
  • महानायक राजेश हमालको विशेष उपस्थितिमा राष्ट्रिय धान दिवस सम्पन्न

    विश्वकै पहिलो कृषि रियालिटी गेम शो रः रिभोलुशनरी एग्रीकल्चर वारद्वारा आयोजित असार १५, धान दिवसको अवसरमा महानायक राजेश हमालको विशेष उपस्थितिमा राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने कार्यक्रम गोदावरीको लेलेमा सम्पन्न भएको छ। गोदावरी नगरपालिका कृषि शाखा र मुक्तिनाथ कृषि कम्पनी ली.को सहकार्यमा आयोजित कार्यक्रममा मुक्तिनाथ कृषि कम्पनी ली.का प्रबन्ध निर्देशक भरत राज ढकाल, इसीमोडबाट डा.टाशी शेर्पा, गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जन, प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्का, वडा नं १० का अध्यक्ष शेखर न्यौपाने र कार्यपालिका सदस्य उमा महत लगायत विभिन्न संघ-संस्थाहरुबाट प्रतिनिधिहरु, पत

    • प्रकाशित मितिः असार १६, २०८२
    • 237 पटक पढिएको
  • चलचित्र ‘पारी बुटोल’का लागि कलाकार छनोट सुरु

    गणेश देव पाण्डेले निर्देशन गर्ने निर्माणाधीन नेपाली चलचित्र ‘पारी बुटोल’का लागि कलाकार छनोट प्रक्रिया सुरु भएको छ । चलचित्रका लागि विभिन्न उमेर समूह र जातीय पृष्ठभूमिका नयाँ अनुहारहरू खोजी भइरहेको निर्देशकले बताए । यसको लागि विस्तृत जानकारी सहितको ‘कास्टिङ कल’ पोस्टर सार्वजनिक गरिएको छ, जसमा पुरुष र महिला दुवैका लागि फरक फरक उमेर र शारीरिक विशेषता भएका कलाकारको आवश्यकता परेको उल्लेख गरिएको छ ।चलचित्रमा २० देखि २५ वर्ष उमेरका सबै समुदायका युवकहरू आवश्यक छन् । यस्तै, ४० वर्ष उमेरका सेमी मंगोलियन (मंगोल अनुहारका) र ४५ देखि ५० वर्ष उमेरका सबै पृष्ठभूमिका पुरुषहरूको माग गरिएको छ ।त्यस्तै, महिला कला

    • प्रकाशित मितिः असार १६, २०८२
    • 313 पटक पढिएको
  • विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध

    काठमाडौं, १६ असार । ‘सालो एण्ड द १२० डेज अफ सदोम’, सिनेमा प्रेमीहरू यी नामहरू सुनेर आज पनि चम्किलो हुन्छन्। सन् १९७५ मा बनेको यो इटालियन फिल्मलाई अहिलेसम्मकै सबैभन्दा विवादित फिल्मको रूपमा लिइन्छ ।यसको कथा मात्र नभई यसमा देखाइएको क्रूरता, नग्नता र यौनजन्य यातनाका कारण यो फिल्म विश्वभरका सिनेमा प्रेमी र समीक्षकबीच चर्चाको विषय बनेको थियो । सन ७० को दशकमा जब युरोपेली सिनेमा प्रयोगको चरम सीमामा थियो, यो फिल्मले सीमा नाघेर मानवीय क्रूरता र शक्तिको विकृत मानसिकतालाई पर्दामा ल्याएको थियो ।निर्देशक पियर पाओलो पासोलिनीले निर्देशन गरेको यस फिल्मको कथा चार धनी र भ्रष्ट राजनीतिज्ञको वरिपरि घुमेको छ । फास

    • प्रकाशित मितिः असार १६, २०८२
    • 330 पटक पढिएको
  • ऊनको स्वीटरले मनायो ५१ दिने उत्सव

    नेपाली चलचित्र ‘ऊनको स्वीटर’ ले शनिवार साँझ काठमाडौंमा आफ्नो सफल प्रदर्शनको ५१ दिने उत्सव मनाएको छ । देशभरका करिब ४० वटा सिनेमा हलहरूमा ५१ औँ दिन सफलतापूर्वक प्रदर्शन पूरा गरेको यस चलचित्रको सफलता साट्न आयोजित कार्यक्रममा चलचित्र युनिट, शुभचिन्तकहरू, लगातार ५१ दिनसम्म प्रदर्शन गरिरहेका सिनेमा हलका प्रतिनिधि, वितरकहरू तथा पत्रकारहरूको उपस्थिति थियो ।कार्यक्रममा चलचित्र युनिट, सिनेमा हलहरू र स्वदेशी तथा ओभरसिज वितरकहरूलाई निर्माता संस्था आर्टमाण्डुका निर्देशक एवं ‘ऊनको स्वीटर’ का निर्देशक नवीन चौहान, निर्माणमा सहकार्य गरेको केन्द्र मोशन पिक्चर्सका सञ्चालक केन्द्र लिम्बु, कार्यकारी निर्माताहरू मि

    • प्रकाशित मितिः असार १५, २०८२
    • 378 पटक पढिएको
  • ‘पञ्च तत्वहरूको पारस्परिकसम्बन्ध’ शीर्षकमा कला प्रदर्शनी

    बबरमहलस्थित नेपाल कला परिषद्मा ‘पञ्च तत्वहरूको पारस्परिकसम्बन्ध’ शीर्षकमा कला प्रदर्शनी भइरहेको छ । लिच्छवी हाउसको आयोजनामा गत शुक्रबारदेखि सुरू भएको प्रदर्शनीमा नौ जना नेपाली महिला कलाकारले आ–आफ्नो कलामार्फत् पृथ्वी, पानी, आगो, हावा र आकाशजस्ता जीवनका मौलिक तत्वहरूको गहिरो सम्बन्धलाई प्रस्तुत गरेको क्युरेटर मिसेल लामाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रदर्शनीले समकालीन जलवायु चेतना र सांस्कृतिक दृष्टिकोणलाई जोड्दै दर्शकलाई प्रकृतिप्रति साझा उत्तरदायित्वबारे सोच्न प्रेरित गर्छ । प्रत्येक कलाकारले आफ्नो अद्वितीय माध्यम र दृष्टिकोणबाट प्रस्तुत गर्नुभएको कलाले परम्परागत ज्ञान र समकाल

    • प्रकाशित मितिः असार १५, २०८२
    • 329 पटक पढिएको
  • इन्डोनेसियामाथि नेपालको ३ सय ७० रनको शानदार जित

    काठमाडौं  - नेपालले एसीसी पुरुष यू–१६ इस्टो जोन कप प्रतियोगिताको तेस्रो खेलमा इन्डोनेसियालाई ३ सय ७० रनले पराजित गरेको छ । सेलानगोर मलेसियामा आइतबार भएको खेलमा कप्तान विपिन शर्माले ६ विकेट लिँदा नेपालले लगातार तेस्रो जित दर्ता गरेको हो । नेपालले दिएको ४ सय २१ रनको विशाल लक्ष्य पछ्याएको इन्डोनेसियाले २४ ओभर ३ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ५० रन बनायो । नेपालका लागि बलिङतर्फ विपिनले सर्वाधिक ६ विकेट लिए । ७ ओभर ३ बलिङ गरेका उनले २ मेडन ओभर फाल्दै १२ रन खर्चे । नेपालका लागि प्रसिद्धले १ सय ३२ रनको शतकीय पारी खेले । १ सय १४ बल खेलेका उनले १५ चौका र १ छक्का प्रहार

    • प्रकाशित मितिः असार १५, २०८२
    • 324 पटक पढिएको
  • ‘मोहर’को शीर्ष गीतलाई १० लाख भ्यूज

    रिलिज भएको ९ दिनमा  फिल्म ‘मोहर’को ‘चाहिदैन मोहर’ बोलको गीतलाई १० लाख भ्यूज मिलेको छ । सुरुवातमा सुस्त देखिएको गीतको भ्युजले गती लिएको छ ।ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्म साउनको २३ गतेबाट रिलिजमा आउँदैछ । गीतले १० लाख भ्यूज पाएपछि निर्देशक प्रतिक भन्छन्–‘हामीलाई दर्शकले यो गीतलाई विस्तारै मन पराउनुहुन्छ भन्ने लागेको थियो । अहिले टिकटकदेखि अन्य सामाजिक संजालमा पनि गीतप्रति दर्शकको चासो बढेको छ । यो गीतले फिल्मप्रति दर्शकको उत्साह अझै बढाएको देखिन्छ ।’शरद हुमागाँई र विशाखा शाहीको स्वर, प्रमोद ढुंगानाको शब्द रहेको यो गीतमा सुरेश अधिकारीको संगीत छ । फिल्मको टिजरलाई पनि दर्शक

    • प्रकाशित मितिः असार १५, २०८२
    • 214 पटक पढिएको
  • मिस सुप्रानेसनलको उत्कृष्ट २४ मा पहिलोपटक नेपालकी सुन्दरी, उपाधि ब्राजिलकी ब्रुमलाई

    अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिता मिस सुप्रानेसनलमा ६६ देश बिचको प्रतिस्पर्धामा नेपाल उत्कृष्ट २४ मा पर्न सफल भएको छ । जसमा नेपालको तर्फबाट प्रतिनिधित्व गरेकी नेपाली सुन्दरी दीक्षा अवस्थी पहिलोपटक उत्कृष्ट २४ भित्र पर्न सफल भएकी हुन् ।गएराति पोल्यान्डमा भएको मिस सुप्रानेसनल २०२५ को फिनालेमा उपाधि भने ब्राजिलकी सुन्दरी एडुआर्डा ब्रुमले जितेकी छन्। मिस्टर एन्ड मिस नेसनलका राष्ट्रिय आयोजक डाक्टर सन्तोष उपाध्यायले नेपाल पहिलोपटक यो स्थानमा पुग्दा खुसीको सीमा नै नभएको बताए। उपाधि नजिते पनि यो देशका लागि ऐतिहासिक पल भएको उनले बताए।प्रतियोगिताको १६औँ संस्करणमा ६६ देशका सुन्दरी सहभागी भएका थिए। उपाध

    • प्रकाशित मितिः असार १५, २०८२
    • 298 पटक पढिएको
  • इन्डोनेसियालाई नेपालको ४२० रनको विशाल लक्ष्य

    काठमाडौं  -  यू–१६ इस्ट जोन कपमा नेपालले इन्डोनेसियालाई ४२० रनको विशाल लक्ष्य दिएको छ ।मलेसियामा जारी प्रतियोगितामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ४२० रन बनाएको हो । नेपालका लागि प्रशिद्ध जैशीले शतक र परिमार्जन यादव, रौनक श्रीवास्तव र जोय थापाले अर्धशतक प्रहार गरे ।जैशीले ११४ बलमा १३२ रन बनाउँदा, यादवले २८ बलमा ७१, श्रीवास्तवले ७१ बलमा ८८, थापाले ४१ बलमा ५१ रन बनाए भने सुगम बुढाथोकीले ३४ बलमा ३९, रोशन शाहीले ९ बलमा १० रन बनाउन सफल भए । 

    • प्रकाशित मितिः असार १५, २०८२
    • 270 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.