मनोरञ्जन

    Showing 2,581-2,590 of 2,723 items.
  • देउसी गीत, “नेपालीजनको..” लोकार्पण (भिडियो सहित)

    “नेपालीजनको..” बोलको नरेन्द्र दंगालको देउसी गीत आज इटहरी सुनसरीमा एक औपचारिक कार्यक्रमका बीच लोकार्पण गरिएको छ ।वरिष्ठ गायक बालकृष्ण कार्कीको प्रमुख आतिथ्यतामा भएको लोकार्पण कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नागरिक समाज इटहरीका अध्यक्ष राजु के.सी, सुन्दरहरैंचा वडा –४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठ, प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष लिलाराज भट्टराई र पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौलाको उपस्थिति रहेको थियो । तिहारको पूर्वसन्ध्यामा लोकार्पण गरिएको उक्त गीतको भिडियो परम्परागत देउसी संस्कृतिको जर्गेना गर्ने हेतुले साथै मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले तयार

    • प्रकाशित मितिः कार्तिक १६, २०७८
    • 113 पटक पढिएको
  • आर्यन खान आज रिहा हुँदै

    एजेन्सी  / बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान रिहा हुँदैछन् । गत अक्टोबर २ मा क्रुज ड्रग्स प्रकरणमा पक्राउ परेका आर्यन २७ दिनपछि रिहा हुने भएका हुन् । आर्यनसहित आठ जनालाई मुम्बईस्थित नार्कोटिक्स कन्ट्रोल ब्युरोले पक्राउ गरेर मुद्दा चलाएको थियो । खानले बिहीबार जमानत पाए पनि बाम्बे उच्च अदालतले शुक्रबार जमानतका लागि १४ सर्त राखेको थियो । तर, सर्त उल्लंघन भएमा जमानत रद्द हुनेछ । आर्यनको जमानत भए पनि औपचारिकता बाँकी रहेकाले उनी अझै मुम्बईस्थित आर्थर रोड जेलमा रिहाइको पर्खाइमा छन् । आज शनिबार बिहान कारागार खुलेपछि आर्यनको रिहा हुने बताइएको छ । 

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • 124 पटक पढिएको
  • कलाकारहरुको क्यारिकेचर गर्ने झापाली प्रतिभा

    कलाकारहरुको क्यारिकेचर गर्ने झापाली प्रतिभा

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • 88 पटक पढिएको
  • बलिउड अभिनेत्री कंगनाले चौथो पटक जितिन नेशनल अवार्ड

    बिर्तामोड / बलिउड अभिनेत्री कंगना रनौतले सर्वोत्कृष्ट अभिनेत्रीको पुरस्कार चौथो पटक प्राप्त गरेकी छिन् । भारतीय उपराष्ट्रपति वेंकैया नायडूले ६७ औँ राष्ट्रिय फिल्म अवार्ड विजेता फिल्म र कलाकारलाई पुरस्कार हस्तान्तरण गरेका हुन् ।यसअघि कंगनाले २००८ मा फिल्म ‘फेसन’मा सहायक अभिनेत्रीको रुपमा पहिलो राष्ट्रिय पुरस्कार , २०१४ मा ‘रानी’ फिल्मको सर्वश्रेष्ठ अभिनेत्रीको रुपमा दोस्रो राष्ट्रिय पुरस्कार र २०१५ मा कंगनाले ‘तनु वेड्स मनु’ मा बेस्ट एक्ट्रेस को पुरस्कार पाएकी थिइन् ।मनोज वाजपेयीले ‘भोंसले’ र धनुषको ‘असुरन’बाट सर्वोत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरे । ६७औँ राष्ट्रिय फिल्म अवार्डमा नितेश तिवार

    • प्रकाशित मितिः कार्तिक ९, २०७८
    • 127 पटक पढिएको
  • नाबालिकासँग पल शाह अफेयरमा !

    बिर्तामोड / पछिल्लो समय नायक पल शाहसँग नाम जोडिएर विवादित बनेकी गायिका समीक्षा अधिकारीले सञ्चारमाध्यममा आएका समाचारहरू गलत भएको दाबी गरेकी छिन् । सामाजिक सञ्जाल फेसबुक मार्फत गायिका अधिकारीले नायक शाहसँग जोडिएर आएका समाचार प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले समाचारमा आएका सामाग्रीले आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएकी छिन् ।गायिका अधिकारीले पत्रकारले आफूहरूको सम्बन्धको बारेमा गलत समाचार लेखेर नायक शाहको करिअरमा समेत आच पुर्‍याउन खोजेको आरोप लगाएकी छिन् । आफू पल शाहको फ्यान भएको बताउँदै गायिका अधिकारीले एउटै इण्डसट्रीजमा भएको हिसाबले पलले आफूलाई अभिभावकको हिसाबले

    • प्रकाशित मितिः कार्तिक ७, २०७८
    • 204 पटक पढिएको
  • हुम्लाको तुम्लिङमा विदेशीसहित १२ जना हिमपातमा फसे

    हुम्ला  / हुम्लाको तुम्लिङमा विदेशी नागरिक सहित १२ जना हिमपातमा फसेका छन् । उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा र लिमीका पदयात्रामा आएका स्लोभेनियाका चार नागरिक, तीन पथप्रदर्शक र पाँच स्थानीय आइतबारबाट परेको हिमपातले लिमीको तुम्लिङमा फसेका हुन् ।हिमपातको कारण नाम्खा गाउँपालिका –६ को लिमीको न्यालु लेकको बाटो अवरुद्ध हुँदा बाटो छिचोल्न नसकेर विदेशीसहित १२ जना तुम्लिङमा रोकिन बाध्य भएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए । न्यालु लेकमा तीन फिटभन्दा बढी हिमपात परेकाले बाटो बन्द भएपछि स्थानीय नागरिक आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावतमा समस्या रहेको नाम्खा गाउँपालिका –६ का

    • प्रकाशित मितिः कार्तिक ४, २०७८
    • 162 पटक पढिएको
  • सँधै हाँस्ने अनि हँसाउने घिमिरेले गीत गाएपछि ! (भिडियो सहित)

    गायक तथा हास्य कलाकार तुलसी घिमिरे (समर्पण) को  ‘म त परे परदेशी मान्छे सानु’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  गायक घिमिरेको आफ्नै च्यानल ‘तुलसी घिमिरे अफिसियल’ बाट सार्वजनिक भएको गीतमा बसन्त घिमिरेको शब्द तथा संगीत रहेको छ । झापाको बिर्तामोड स्थित ‘सन लाइट डिजिटल रेकर्डिङ स्टुडियो’ मा रेकर्ड ‘आवाज लिइएको’ गीतलाई जोनी तामाङले संगीत समायोजन गरेका हुन् । सुवास सङ्कल्पले छायांकन ‘दृष्य सम्पादन’ गरेको म्युजिक भिडियो  ‘दृष्य सामाग्री’ मा ब्लुमिङ लिटिल प्रिन्स बनेका मन्जिल खड्का, फस्ट रनअफ नुसाङ श्रेष्ठ, अर्चित भट्टराई, प्रासी लिम्बु, महिमा पौडेल, अनमोल

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • 271 पटक पढिएको
  • रानीमहल घुम्न गएका दुई सय बढी पर्यटक दुई दिन देखि अलपत्र

    बुटवल / पाल्पाको रानीमहल घुम्न गएका दुई सय भन्दा बाढी पर्यटकहरू दुई दिन देखि अलपत्र परेका छन् । तानसेन नगरपालिकामा पर्ने रानीमहल घुम्न गएका पर्यटकहरू पहिरोले सडक अवरुद्ध हुँदा अलपत्र परेका हुन् ।अविरल वर्षासँगै गएको पहिरोले तानसेन–रानीमहल सडकखण्ड दुई दिनदेखि अवरुद्ध छ । रानीमहल क्षेत्रको हात्तीढुंगा, गाईघाट, बैकुण्ठभीर लगायत चार–पाँच ठाउँमा पहिरो गएको छ । पहिरो हटाउन सम्बन्धित निकायले ढिला गर्दा विभिन्न जिल्लाबाट घुम्न आएका दुई सय बढी पर्यटक अलपत्र परेका स्थानीय पर्यटन व्यवसायी बसन्त कुँवरले जानकारी दिए । कुँवरका अनुसार कतिपय पर्यटकहरू पहिरोले रानीमहल पुग्न नपाई बीचमै रोकिएका छन् भने

    • प्रकाशित मितिः कार्तिक २, २०७८
    • 229 पटक पढिएको
  • हास्य कलाकार मनोज गजुरेलले गरे दोश्रो बिहे

    बिर्तामोड / नेपाली हास्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन् । उनले नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरलसँग विवाह गरेका हुन् । उनकी पहिलो श्रीमतीको नाम मिना ढकाल हो । उनले मिनासँग चार वर्ष अघि नै सम्बन्ध विच्छेद गरेका थिए । कलाकार गजुरेल र पोखरेलले भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा बिहे गरेका हुन् । मन्दिरमा बिहे गरेपछि कौशलटारस्थित मानव सेवाआश्रममा रहेका वृद्धवृद्धालाई उनीहरूले खाना खुवाएका थिए ।गजुरेलले आफ्नो बिहेका विषयमा नकारात्मक कमेन्ट नगरिदिन आग्रह गरेका छन् । आफ्ना सन्तानको सहमति र सुझावका आधारमा दोस्रो बिहे गरेको उनले बताएका छन् ।

    • प्रकाशित मितिः असोज २५, २०७८
    • 237 पटक पढिएको
  • नेपाली फिल्ममा सुनिल सेट्टी!

     काठमाण्डौ//नेपाली फिल्म ‘एक्स नाइन’ गर्न बलिउड सुपरस्टार सुनिल सेट्टी तयार भएका छन्।  सौगात मल्ल, अनमोल केसी र पुष्प खड्काले पहिलो पटक एकसाथ अभिनय गर्न लागेको फिल्म ‘एक्स नाइन’मा सुनिल सेट्टीलाई पनि अफर गरिएको हो। फिल्मका निर्देशक मुकुन्द भट्ट र निर्माता विरेन कुँँवरले शुक्रवार मुम्बईमा सेट्टीसँग भेट गर्दै फिल्मको कथावस्तु र उनको चरित्रको बारेमा जानकारी गराएका हुन्। सुनिल सेट्टीसँँगको भेट गरेको तस्विर फेसबुकमा साझेदार गर्दै निर्देशक भट्टले फिल्म ‘एक्स नाइन’ का लागि सुनिल सेट्टीसँँग राम्रो बैठक भएको   लिखित भनाइ सार्वजनिक गरेर जानकारी गराएका हुन्। सेट्टीले आफ्नो अघिल्लो फिल

    • प्रकाशित मितिः असोज २३, २०७८
    • 282 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.