मनोरञ्जन

    Showing 2,621-2,630 of 2,859 items.
  • पोल्याण्डकी क्यारोलिना बेल्वास्का बनिन् विश्व सुन्दरी

    बिर्तामोड / यस वर्षको विश्व सुन्दरी (मिस वर्ल्ड) को ताज पोल्याण्डकी क्यारोलिना बेल्वास्काले जितेकी छन् । नेपाली समय अनुसार आज बिहान अमेरिकाको पुएट्रोरिकोस्थित सानज्वाँ शहरमा सम्पन्न मिस वल्र्डको फाइनलमा अन्य प्रतिष्पर्धीहरुलाई उछिन्दै क्यारोलिना मिस वर्ल्ड बनेकी हुन ।प्रतियोगितामा अमेरिकाकी श्री सैनी फर्स्ट रनरअप भइन् भने सेकेन्ड रनरअपको ताज कोट डी आइभोरीकी ओलिभिया यसले जितेकी छन् । मिस वर्ल्डको अन्तिम ३० मा पुगेकी मिस नेपाल नम्रता श्रेष्ठ भने त्यो भन्दा अघि बढ् सकिनन् । कूल ९७ प्रतिस्पर्धी मध्येबाट ४० जना प्रतिस्पर्धीलाई मात्र फाइनलमा सहभागी गराइएको थियो ।

    • प्रकाशित मितिः चैत ३, २०७८
    • 128 पटक पढिएको
  • अभिनेत्री रूपा दत्ता चोरी आरोपमा पक्राउ

     एजेन्सी / बंगाली फिल्मकी अभिनेत्री रूपा दत्तालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई चोरीको आरोपमा पक्राउ गरेको हो । रुपामाथि इन्टरनेसनल कोलकाता बुक फेयरबाट पैसा चोरेको आरोप लागेको छ । प्रत्यक्षदर्शीका अनुसार एक महिलाले फोहोरको डिब्बामा एक ब्याग फ्याँकेको देखेपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए ।प्रहरीले तत्कालै महिला र ब्यागमाथि छानबिन गर्दा उनी अभिनेत्री रूपा दत्ता रहेको खुलेको हो । ब्यागमा उक्त ७५ हजार रुपैयाँ भेटिएको थियो । प्रहरीले अभिनेत्री रूपालाई हिरासतमा लिएपछि उनलाई अदालतमा उपस्थित गराउने तयारी थालेको छ ।यो घटना शनिबार राति भएको हो ।

    • प्रकाशित मितिः फागुन ३०, २०७८
    • 152 पटक पढिएको
  • विवाह गर्दै रणवीर र आलिया

    काठमाडौँ / यतिबेला  बलिउड अभिनेत्री आलिया भट्ट र उनका प्रेमी रणवीर कपुरको बिहेलाई लिएर नयाँ खबर आएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यो जोडीले अक्टोबर २०२२ मा विवाह गर्दैछन् ।तर बिहेलाई लिएर उक्त जोडीबाट औपचारिक जानकारी भने बाहिर आएको छैन । कोरोना महामारीले गत वर्ष गर्ने भनिएको बिहे पोस्टपोन्ड भएको थियो । त्यसपछि यस वर्षको अप्रिलमा बिहे गर्ने बताइएको थियो ।कपुर र भट्ट परिवार स्रोतले अक्टोबरमा बिहे गर्न सोहीअनुसार तयारी गरिरहेको दैनिक भास्करले जनाएको छ । पाली हिलमा बन्दै गरेको घरको निर्माण सकिएपछि मात्र बिहे गर्ने उनीहरूको योजना रहेको बताइएको छ ।रणवीर र आलिया अभिनीत फिल्म ‘ब्रम्हास्त्र’ र

    • प्रकाशित मितिः फागुन ३०, २०७८
    • 139 पटक पढिएको
  • सोफियाको छाउपडी गीत सार्वजनिक

    काठमाडौँ / गायिका सोफिया थापाको आवाजमा रहेको गीत ‘छाउपडी’ सार्वजनिक भएको छ । नेपाली समाजमा समस्याको रूपमा रहेको छाउपडीलाई अन्त्य गर्न गीतले आह्वान गरेको छ । गीतमा रमेश दाहालको शब्द रहेको छ भने संगीत तथा कम्पोज सोफियाकै रहेको छ ।

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • 152 पटक पढिएको
  • ‘राति गुडनाइट भन्न ढोकासम्म पुगेँ तर जबरजस्ती गरिनँ' : पल शाह

    काठमाडौं / आफूविरुद्ध बलात्कार आरोप लगाउने नाबालिग महिलामाथि जबरजस्ती नगरेको कलाकार पल शाहले बयान दिएका छन् ।नवलपरासीको कावासोतीस्थित सरकारी वकिल सामू शाहले बयानका क्रममा राति गुडनाइट भन्न गएको भएपनि जबरजस्ती भने नगरेको बयान दिएको प्रहरी श्रोतले जनाएको छ ।सुटिङको समयमा छेउछाउको कोठामा बसेका उनीहरु दुवैलाई सुटिङ युनिटले नै होटल बुक गरिदिएको बताएको स्रोतले जनाएको छ । एक नाबालिग महिलाले आफूलाई पटक पटक बलात्कार गरेको भन्दै पलबिरुद्ध उजुरी दिएको उक्त घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । ती नाबालिगले एक गीतको छायांकनको क्रममा गत चैत ७ गते गैँडाकोटको होटलमा आफूलाई बलात्कार गर

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • 178 पटक पढिएको
  • नम्रता मिस वर्ल्डका लागि अमेरिका जाँदै

    काठमाडौँ / ७० औं मिस वर्ल्डमा सहभागी हुन बिहीबार साँझ मिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ अमेरिका उडेकी छन् । कोरोनाको कारण रोकिएको प्रतियोगिता अमेरिकाको पुएर्तो रिकोमा आयोजना हुँदैछ । श्रेष्ठलाई बिदाई गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ‘द हिडन ट्रेजर’का अध्यक्ष दिवाकर राजकर्णिकार र निर्देशकद्वय प्रमोद कंसाकार र शरद श्रेष्ठ पुगेका थिए । मार्च १६ मा आयोजना हुन लागेको प्रतियोगिताको अन्तिमस्पर्धामा जितको अठोटका साथ आफु ‘मिस वर्ल्ड’ मा सहभागी हुन लागेको उनले बताएकी छिन् ।

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 126 पटक पढिएको
  • अभिनेत्री मानन्धर नेकपा एमाले प्रवेश गर्दै

    काठमाडौँ / अभिनेत्री करिश्मा मानन्धरले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि नेकपा एमाले प्रवेशको गर्ने निर्णय गरेकी छन् । मानन्धरले आफू एमाले प्रवेश गर्ने निर्णयमा पुगेको जानकारी दिएकी छिन् । उनका अनुसार बिहीबार ओलीसँग मानन्धरको  भएको भेटवार्तामा ओली र मानन्धरबीच पार्टी प्रवेशबारे छलफल पश्चात मानन्धर पार्टी प्रवेशमा राजी भएकी हुन् ।निजी हिसाबले ‘एमालेमा लाग्ने निर्णय मैले यो निर्णय गरेको र राजनीतिमा लाग्ने यो राइट टाइम पनि रहेको मानन्धरले बताएकी छिन् । बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्तिमा सक्रिय रहेकी उनी केही समयको राजनीतिपछि सो पार्टीबाट अलग भएकी थिइन् । उनलाई

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • 150 पटक पढिएको
  • नाबालिकाबारे फेसबुकमा अश्लिल स्टाटस लेख्ने महर्जन पक्राउ

    काठमाडौँ  / पल शाह प्रकरणमा जाहेरीकर्ता नाबालिकाबारे फेसबुकमा अश्लिल तस्बिर र स्टाटस लेख्ने व्यक्ति पक्राउ परेका छन् ।प्रहरीको साइबर ब्युरोले ललितपुर महानगरपालिका -२९ बस्ने २९ वर्षीय विकास महर्जनलाई पक्राउ गरेको हो ।प्रहरीका अनुसार महर्जनले पीडितबारे अश्लिल तस्बिरसमेत प्रकाशित गरेका थिए । हिजो पक्राउ परेका विकासलाई अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।आरोपीले फेसबुकमा उक्त सामग्री प्रकाशित गरेको ब्युरोको भनाइ छ । अश्लिल सामग्री प्रकाशित गर्ने र चरित्र हत्या गर्ने अन्यलाई पनि खोजिरहेको ब्युरोले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • 144 पटक पढिएको
  • चरित्र हत्या हुने गरी भ्रामक समाचार सम्प्रेषण गर्ने युट्युबर पक्राउ

    काठमाडौं  / युट्युब च्यानलमार्फत चरित्र हत्या गर्ने उद्देश्यले समाचार सम्प्रेषण गर्ने थप दुईजना पक्राउ परेका छन् ।गम्भिर प्रकारको अपराध अनुसन्धानको प्रक्रियालाई समेत प्रभावित पार्ने उद्देश्यका साथ पीडितको मानमर्दन र चरित्र हत्या हुने गरी भ्रामक समाचार प्रसारण गर्ने हरि परियार र निशान चिलवाललाई प्रहरीले पक्राउ गरेको हो ।नेपाल मिडिया युट्युब च्यानल सञ्चालन गर्दै आएका परियार र विशाल नेपाल युट्युब च्यानल सञ्चालन गर्ने चिलवालमाथि काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर दुवैजनालाई ७ / ७ दिन म्याद थप गरी अनुसन्धान गरिहरेको प्रवक्ता एवं सूचना अधिकारी नविन्द्र अर्यालले जनाएका छन् ।

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • 166 पटक पढिएको
  • चम्सुरीको मिर्गौला प्रत्यारोपण गरिंदै

    बिर्तामोड / चर्चित हास्य कलाकार पल्पसा डंगोल ( चम्सुरी ) को बुधबार मिर्गौला प्रत्यारोपण हुँदैछ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उनको एउटा मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो ।नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काका अनुसार अपरान्हसम्म उनको शल्यक्रिया पूरा भइसक्नेछ । भाइ नाता पर्ने एक व्यक्तिले उनलाई मिर्गौला दान गरेका छन् ।प्रत्यारोपणपछि पल्पसा एक साता अस्पतालमै रहनुपर्नेछ भने मिर्गौला दान गर्ने व्यक्तिले चार दिन आराम गर्नुपर्नेछ । मिर्गौला प्रत्यारोपण गर्न १२ लाख रुपैयाँ खर्च हुने जनाइएको छ । त्यो खर्च जुटाउन संघले पहल गर्ने अध्यक्ष खड्काले जानकारी दिए ।‘खर्च जुटाउन कलाकार संघ

    • प्रकाशित मितिः फागुन २५, २०७८
    • 132 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.