मनोरञ्जन

    Showing 2,751-2,760 of 2,859 items.
  • बेपत्ता रङ्गकर्मी दाहाल सार्वजनिक

    दमक / झापाको दमकबाट हराएर प्रहरीको खोजीमा रहेका रङ्गकर्मी प्रकाश दाहाल स्याङ्जामा रहेको सार्वजनिक भएको छ । स्याङ्जा सदरमुकाम वालिङबाट बेपत्ता भएको भनिएका दाहाल सार्वजनिक भएका हुन् । सामाजिक सञ्जाल फेसबुक लाइभमा उनले आफू वालिङमा रहेको भन्दै आफ्नो खोजीमा जुटेकालाई दुख दिएकोमा माफी समेत मागेका छन् । केही दिन अघि दाहालको परिवारले उनी हराएको भन्दै प्रहरी कार्यालयमा जाहेरी दिएपछि उनको प्रहरी र मनोरञ्जन क्षेत्रका कलाकारले खोजी गरिरहेका थिए । 

    • प्रकाशित मितिः भदौ २४, २०७८
    • 192 पटक पढिएको
  • नेपाली–अमेरिकन कलाकार सङ्घको अध्यक्षमा सुनुवार

    काठमाडौँ  / नेपाली–अमेरिकन कलाकार सङ्घको अध्यक्षमा निशा सुनुवार निर्वाचित भएकी छन् । सङ्घको मङ्गलबार सम्पन्न चौथो अधिवेशनबाट सुनुवारको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । सङ्घको वरिष्ठ उपाध्यक्षमा वसन्ती राई, उपाध्यक्षमा विमल डाँगी, बिक्की पुलामी, ऐटना कार्की, राजेन्द्र राई, महासचिवमा सङ्गीता थापा, सचिवमा मधुकुमार गिरी, कोषाध्यक्ष पुष्कर बराल, सहकोषाध्यक्ष पूजा न्यौपाने र युथ कोर्डिनेटरमा दिलीपकुमार श्रीष निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत सोमनाथ घिमिरेले जानकारी दिएका छन् । यस्तै बोर्ड सदस्यमा चिनियाँलाल श्रेष्ठ, बुद्धिमान घिसिङ, पुष्पा बस

    • प्रकाशित मितिः भदौ २३, २०७८
    • 132 पटक पढिएको
  • ‘मिस्टर एण्ड मिस राइजिङ, मेगा मोडल’को अडिसन सुरु

    बिर्तामोड / ‘मिस्टर एण्ड मिस राइजिङ, मेगा मोडल –2021’ नामक सौन्दर्य प्रतियोगिताको आयोजना हुने भएको छ ।एकेज इभेन्टस एण्ड इन्टरटेनमेन्ट कम्पनीले काठमाडौँमा आयोजना गर्न लागेको उक्त प्रतियोगिताको आउँदो शनिबारबाट अडिसन सुरु हुँदैछ ।प्रतियोगितामा १५ देखि २६ वर्षका युवा, युवती सहयोगी हुन पाउने छन् । प्रत्यक्ष तथा भर्चुअल रुपमा हुन लागेको उक्त अडिसनलाई  काष्ठमण्डप टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने छ । अडिसनमा काठमाडौँ भेगका प्रतियोगीहरू प्रत्यक्ष सहभागि हुने छन् भने उपत्यका बाहिरका प्रतियोगीहरूको भर्चुअल अडिसन हुने छ । अडिसनबाट छनोट भएका प्रतिस्पर्धीहरूको तालिम लगायत अन्य तयारीको

    • प्रकाशित मितिः भदौ २०, २०७८
    • 263 पटक पढिएको
  • वीरता जेसीजले यो वर्षपनि मिस झापाको आयोजना गर्ने

    झापा //वीरता जेसीजले  सन् २०२१ मा मिस झापाको आयोजना गर्ने भएको छ ।किशोरीहरुको अन्तरनिहित प्रतिभा उजागर गर्ने, आत्मविश्वास र सक्षम बनाउने उद्देश्यका साथ जेसीजको बोर्ड बैठकले  यो वर्ष पनि मिस झापा गर्ने भएको हो। प्रतियोगितामा कक्षा १२ अध्ययनरत र सोभन्दा माथिका किशोरीहरुको सहभागिता गराइने महासचिव एलसी श्रेष्ठले जानकारी गराएका छन्। १८ वर्षदेखि २५ वर्ष उमेर समूहका झापाका महिलाहरुले प्रतियोगितामा भाग लिन पाउने वीरता जेसीजका महासचिव श्रेष्ठले बताएका छन्। यसपटकको विजेताले स्कुटर पाउनुका साथै मिस नेपालमा सहभागी हुने अवसर प्राप्त गर्ने बताइएको छ। 

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • 126 पटक पढिएको
  • बलिउडका यी कलाकार कम उमेरमा भए संसारबाट अलबिदा

    बिर्तामोड / भारतीय कलाकार तथा ‘बिग बोस सिजन–१३’ का विजेता सिद्धार्थ शुक्लाको बिहीबार निधन भएको छ ।उनको हृदयघातका कारण निधन भएको हो सिद्धार्थले ‘बाबुलका आगन’ सिरियलबाट आफ्नो करियरका सुरुवात गरेका हुन् । उनले सिरियल ‘बालिका बधु’बाट आफ्नो बेग्लै पहिचान बनाएका थिए । साथमा उनी अभिनीत सिरियल ‘दिलसे दिल तक’ आजसम्म पनि चर्चामा छ । ४० वर्षको उमेरमा संसारबाट अलबिदा भएका सिद्धार्थले बिग बोस जितेसँगै आफ्नो नामलाई अझै उचाइमा पुर्याएका थिए । उनी मात्र होइन् बलिउडमा यस्ता धेरै कलाकार छन् जसको कम उमेरमा अचानक निधन भ

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • 167 पटक पढिएको
  • प्रचण्डकी नातिनीको भारतमा रोमान्स

    बिर्तामोड /  पुष्प कमल दाहाल प्रचण्डकी नातिनी गायिका स्मिता दाहालले पहिलो पटक हिन्दी गीतमा स्वर दिएकी छन् । पुनम यादवको निर्माणमा बनेको उक्त गीतको भिडियोमा गायिका स्मिता र भारतीय टेलिभिजनका होस्ट अर्जुन बिज्लाको रोमान्सलाई देखाईएको  छ  । उनको स्वरमा रहेको हिन्दी गीत ‘इबादत बन गए हो’ भारतको प्रतिष्ठित कम्पनी टि-सिरिजको ’पप चार्टबस्टर्स’ नामक यूट्युब च्यानलबाट शुक्रवार रिलिज भएको हो । गीतमा गायक सबरी स्वयंको संगीत र केआर वाहीको शब्द रचना रहेको छ । भिडियोलाई राजीव एस। रुयाले निर्देशन गरेका हुन् । उनले अहिलेसम्म २ सयभन्दा बढी भारतीय गीतको भिडियो निर्देशन गरिसकेका छन् ।&nbs

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • 133 पटक पढिएको
  • बिग बोस १३का विजेता सिद्धार्थ शुक्लाको निधन

     एजेन्सी / भारतीय अभिनेता सिद्धार्थ शुक्लाको ४० वर्षको उमेरमा निधन भएको छ । बिहीबार उनको हृदयघातका कारण मुम्बईको कुपर अस्पतालमा निधन भएको हो।अभिनेता शुक्लाले बिग बोसको १३ औँ संस्करणको विजेता पनि भएका थिए । उनले टेलिभिजन सिरियल ‘बालिका बधु, वह बाबुलका आंगन छुटे ना, जस्ता चर्चित टेलिसिरियलमा अभिनय गरेका थिए । उनले टेलिभिजनसँगै ‘हम्टी शर्माकी दुल्हनिया’ नामक चलचित्रमा पनि काम गरेका थिए ।

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • 315 पटक पढिएको
  • निर्देशक सूरज बडजात्याले आफ्नो नयाँ फिल्मको छायांकन नेपालमा गर्ने

     काठमाडौ// भारतीय अभिनेता अमिताभ बच्चनको नया फिल्म नेपालमा खिचिने भएको छ। ‘प्रेम रतन धन पायो’ फेम्ड निर्देशक सूरज बडजात्याले आफ्नो नयाँ फिल्मको छायांकन नेपालमा गर्ने भएका हुन्।फिल्मको हिमाली क्षेत्रमा सुटिङ गर्नुपर्ने भएकाले फिल्म ‘उचाइँ’ को छायांकनका लागि उनीसहित कलाकारहरु बोमन इरानी, परिणिती चोपडा, अनुपम खेर, निना गुप्ता नेपाल आउने भएका छन्। फिल्ममा  मुख्य भूमिका रहेका अमिताभ भने नेपाल नआउने भएका छन्। स्वास्थ्य अवस्थाका कारण  परिवारले उनलाई चिसो ठाउँमा पठाउन नमानेको बताइएको छ। अक्टोबरबाट नेपालमा छायांकन हुने फिल्मको नेपाल व्यवस्थापन थ्री ह्विलर्स कम्पनीले हेरेको छ ।  फिल्

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 150 पटक पढिएको
  • चर्चित मोडल तथा कलाकार निशा घिमिरेको उपचारका क्रममा निधन

     काठमाडौं //चर्चित मोडल तथा कलाकार निशा घिमिरेको नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखी उपचार गरिएको घिमिरेको आज साँझ ६ः५१ बजे मृत्यु भएको नर्भिक अस्पतालले जनाएको छ।नर्भिक अस्पतालले अचेत अवस्थामा घरमै थन्किएकी घिमिरेलाई २०७८ जेठ २७ गते उद्वार गरेको थियो । उद्वार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो ।  लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन। खाना पनि पाइपबाट खुवाउने गरिएको थियो ।  उनका शरीरमा रहेका घाउहरू समेत लामो समयसम्म पुरिन नसकेको उपचारमा संलग्न एक चिकित्सकले बताएका छन् । गम्भीर अवस्थाम

    • प्रकाशित मितिः भदौ १६, २०७८
    • 163 पटक पढिएको
  • वरिष्ठ प्रगतिवादी साहित्यकार भट्टको निधन

    काठमाडौँ / वरिष्ठ प्रगतिवादी साहित्यकार आनन्ददेव भट्टको ८६ वर्षका उमेरमा ‘अल्जाइमर रोग’बाट निधन भएको छ । गत महिना अस्तपालमा उपचारपछि निवास कालिकास्थनमा बस्दै आएका उनको आज बिहान निधन भएको हो ।लामो समय नेपाली साहित्य, प्राध्यापन र प्रगतिशील चिन्तनमा सक्रिय उनका काव्य, खण्डकाव्य, संस्मरण, समालोचना र निबन्धलागयतका विधाका साढे दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन् । उनका विशेषगरी ‘साइँलीमैया’, ‘आमा बोलाउँछिन्,’ ‘९७ साल’ लागायत  कृति लोकप्रिय छन् ।वि.सं. १९९३ मा जुम्लामा जन्मीएका उनी प्रगतिशील लेखक सङ्घ र प्रगतिशील प्राध्यापक सङ्घका पूर्व अध्यक्षसमेत थिए । भट्टका श्रीमती र दुई छोरा छन् ।

    • प्रकाशित मितिः भदौ १४, २०७८
    • 160 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.