दमक / झापाको दमकबाट हराएर प्रहरीको खोजीमा रहेका रङ्गकर्मी प्रकाश दाहाल स्याङ्जामा रहेको सार्वजनिक भएको छ । स्याङ्जा सदरमुकाम वालिङबाट बेपत्ता भएको भनिएका दाहाल सार्वजनिक भएका हुन् ।
सामाजिक सञ्जाल फेसबुक लाइभमा उनले आफू वालिङमा रहेको भन्दै आफ्नो खोजीमा जुटेकालाई दुख दिएकोमा माफी समेत मागेका छन् ।
केही दिन अघि दाहालको परिवारले उनी हराएको भन्दै प्रहरी कार्यालयमा जाहेरी दिएपछि उनको प्रहरी र मनोरञ्जन क्षेत्रका कलाकारले खोजी गरिरहेका थिए ।






































