मनोरञ्जन

    Showing 2,821-2,830 of 2,859 items.
  • धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित व्यवसायीको टोली मुक्तिनाथतिर

    चितवन / सन् २०२२ मा मुस्ताङको लेतेमा हुने भनिएको अन्तर्राष्ट्रिय जिमखाना प्रतियोगिताको तयारी अभ्याससँगै धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित  चितवनका व्यवसायीको टोली मुक्तिनाथतिर लागेको छ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको प्रवद्र्धनमा नेपाल अटोमोबाइल्स एशोसिएशन वाग्मती प्रदेश र चितवन अटोमोबाइल्स डिलर्स एशोसिएशनको आयोजनामा सो  टोली शुक्रबार उक्त स्थानतिर लागेको हो । कार्यक्रमका संयोजक राजन पियाले मोटर स्पोर्टस्को प्रवद्र्धन र अन्तर्राष्ट्रिय जिमखाना प्रतियोगिताको तयारीलाई जोड दिएर कार ¥याली गरिएको बताए । “सन् २०२२ मा अन्तर्राष्ट्रिय जिमखाना प्रतियोगिता गर्ने भनिएको लेत

    • प्रकाशित मितिः चैत २१, २०७७
    • 141 पटक पढिएको
  • पर्यटन जागरणका लागि घरवास सचेतना

    गण्डकी / नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन एवम् पर्यटन व्यवसायी महिला संघ नेपाल गण्डकी प्रदेशको आयोजनामा पर्वतको मोदी गाउँपालिकामा सञ्चालित लब्सी बोट सामुदायिक होमस्टे र भूकदेउराली सामूदायिक होमस्टेमा घरवास सचेतना गरिने भएको छ । कोरोना कहरका कारण लामो समयसम्म प्रभावित पर्यटनलाई पुर्नजागरण गराउने लक्ष्यका साथ दुबै होमस्टेका सञ्चालकका लागि गत चैत २० र २१ गते घरवास सचेतना गर्न लागिएको पर्यटन व्यवसायी महिला संघ नेपाल गण्डकी प्रदेशका अध्यक्ष रेनु थापा मगरले जानकारी दिइन् । घरवास पर्यटनका पर्याप्त सम्भावना रहेका लब्सी बोट र भुक देउरालीमा आगामी दिनमा पर्यटकको आगमन बढाउन पनि

    • प्रकाशित मितिः चैत १९, २०७७
    • 135 पटक पढिएको
  • रेडियो नेपालमा सङ्गीत प्रतियोगिता

    काठमाडौँ / रेडियो नेपाल स्थापनाको ७१औँ वार्षिकोत्सवका अवसरमा राष्ट्रव्यापी खुला आधुनिक सङ्गीत प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको शुभारम्भ गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष हरिप्रसाद बस्यालले नेपालको कला र संस्कृतिको जगेर्ना गर्न रेडियो नेपालले पु¥याउँदै आएको योगदान स्मरणीय रहेको उल्लेख गरे ।उनले रेडियो नेपालले विभिन्न भाषालाई समेट्दै राष्ट्रिय एकताको श्रीवृद्धिमा समाचार, गीत, सङ्गीत एवं मनोरञ्जनका माध्यमबाट टेवा पु¥याउँदै आएको बताए ।संस्थाका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपालले २०२२ सालदेखि यस्ता प्रतियोगिताक

    • प्रकाशित मितिः चैत १८, २०७७
    • 138 पटक पढिएको
  • अन्तरगृह परिक्रमा गरी मिथिला परिक्रमा सम्पन्न

    जनकपुरधाम / अनेकतामा एकताको विशिष्ट उदाहरणका रूपमा रहेको मिथिला परिक्रमाअन्तर्गत आज श्रद्धालुले जनकपुरधामको अन्तरगृह परिक्रमा गरी मिथिला परिक्रमा सम्पन्न गरेका छन् ।पन्ध्रदिने उक्त परिक्रमा फागुन प्रतिपदामा शुरू भई पूर्णिमाका दिन जनकपुरधामको अन्तरगृह परिक्रमा गरी सम्पन्न हुन्छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधामलाई केन्द्रबिन्दु मानी यसको चारैतिरका क्षेत्रसँग जोडिएका गाउँ, नगरमा स्थितका तीर्थस्थलको भ्रमण गरिने परिक्रमालाई मिथिला मध्यमा परिक्रमा भनिन्छ ।मिथिला महात्म्यका अनुसार मिथिलापुरीको यात्राफल राम्रो मानिन्छ । मिथिला क्षेत्रमा भाग्यले जन्म हुन्छ, यस क्षेत्रको यात्रा गर्नाले अनन्त फल प्रा

    • प्रकाशित मितिः चैत १५, २०७७
    • 184 पटक पढिएको
  • धार्मिक एवं सांस्कृतिक विविधता नै हाम्रो पहिचान हो : मुख्यमन्त्री पौडेल

    वाग्मती / वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले धार्मिक एवं सांस्कृतिक विविधता नै नेपालीहरुको पहिचान भएको बताएका छन् । फागु पूर्णिमाको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले प्रेम, सद्भाव र भाइचाराको भावनासहित आपसमा रङहरु लगाएर मनाइने यस पर्वले पहाड र तराईलाई जोडेको उल्लेख गरेका छन् ।“रङहरुको पर्व फागु पूर्णिमा अर्थात् होलीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्दछु । प्रेम, सद्भाव र भाइचाराको भावनासहित आपसमा रङहरु लगाएर मनाइने यस पर्वले पहाड र तराईलाई जोडेको छ । त्यसो त धार्मिक एवं सांस्कृ

    • प्रकाशित मितिः चैत १५, २०७७
    • 131 पटक पढिएको
  • मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको तीव्र खोजी

    जनकपुर / मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्र रूपले भइरहेको छ । यो जानकारीले आश्चर्य लाग्ला तर यथार्थ हो जनकपुरधाममा यो परम्पराले वर्षौंंदेखि निरन्तरता पाइरहेको छ ।होरी उत्सवका सन्दर्भमा यो परम्पराले निरन्तरता पाएको देखिन्छ । मिथिला क्षेत्र प्राचीनकालदेखि नै ज्ञान, चिन्तन र दर्शनको भूमिका रूपमा प्रख्यात छ । प्राच्य सभ्यताको विकासका साथै सनातन वैदिक धर्मको प्रचलन एवम् उत्तरवैदिककालमा भएको धार्मिक सुधार इत्यादिका साक्षीका रूपमा मिथिलाञ्चल क्षेत्र रहिआएको छ ।जनकपुरधाम पौराणिककालमा मिथिला प्रदेशको राजधानी थियो । निमि , मिथि , शिरध्वज, बहुलाश्व जस्ता दार्शनिक, प्रतापी एवं जनप्रिय रा

    • प्रकाशित मितिः चैत ११, २०७७
    • 155 पटक पढिएको
  • नेपाली युवा भारतको नगरी मुम्बईमा प्रतिस्पर्धा गर्दै

    बिर्तामोड / विराटनगर महानगरपालिका–१० निवासी मोहनकुमार रौनियारका ३० वर्षीय छोरा अमित रौनियार भारतको चलचित्र नगरी मुम्बईमा आफ्नो स्थान बनाउन सफल भएका छन् ।दश वर्षअघि भारतको नयाँदिल्ली चार्टर्ड एकाउन्टेन्ट पढ्न गएका युवा अमितले पढाइभन्दा कलाकारितामा रुचि बढाउन थालेको र  लगातारको मेहनतबाट उनी भारतको चलचित्रमा देखिन थालेका छन् । कलाकार अमित आफूले इन्टरनेटमा प्रसारण हुने हिन्दी वेव सिरिज ‘ए दिल है मुस्किल’, दक्षिण भारतीय कन्नड भाषाको ‘रामाचारी टु पेन जिरो’ (रामायण कथामा आधारित), हिन्दी चलचित्र मितेज, हिन्दी भाषाको वेभ सिरिजलगायतमा अभिनय गरिसकेको जानकारी दिए । उनले भने, “कला र कलाकारिताको क्षेत्

    • प्रकाशित मितिः चैत १०, २०७७
    • 118 पटक पढिएको
  • थलिएको पर्यटन उठाउन गाउँमा ‘हाइकिङ’

    गलकोट / कोरोना भाइरसका कारण थलिएको ग्रामीण पर्यटनलाई लयमा फर्काउन पर्यटकीय गाउँ भकुण्डेमा एक दिने पदयात्रा गरिएको छ । जिल्लाको पहिलो घरबास रहेको भकुण्डेमा कोरोनाका कारण आन्तरिक पर्यटक आउन छाडेपछि अहिले उक्त गाउँ सुनसान छ । कोरोनाका कारण थलिएको पर्यटन उकास्नका लागि प्रचारप्रसार अभियानअन्तर्गत बागलुङ बजारदेखि भकुण्डेको बराहतालसम्म हाइकिङ गरिएको छ । समाजिक कार्यमा सक्रिय रोट्र्याक्ट क्लब अफ बागलुङले सञ्चालन गरेको रोट्र्याक्ट सप्ताहको दोस्रो दिन पर्यटकीय गाउँमा हाइकिङ गरिएको क्लबका अध्यक्ष ताराप्रसाद शर्माले जानकारी दिए । “कोरोनाले थलिएको पर्यटन व्यवसायलाई उकास्नका लागि हाइकिङ गरिएक

    • प्रकाशित मितिः चैत ८, २०७७
    • 129 पटक पढिएको
  • मिथिलाञ्चलमा फागुको रौनकता सुरु

    जनकपुरधाम / मिथिलाञ्चलमा सद्भाव, सौन्दर्य र रसरङ्गको रङ्गीन पर्व फागुको रौनक छाइरहेको छ । जातिपाति, छुवाछूत, सानो, ठूलो, धनी र गरीबको भेदभावलाई भुलेर एउटै रङ्गमा रङ्गिने फागु पर्व नवचेतना, समता र सद्भावको प्राकृतिक स्रोत हो । प्राकृतिक सौन्दर्य र रसरङ्गको उमङ्गले सबैलाई तरङ्गीत तुल्याउने फागु आनन्द र उल्लासको रङ्गीचङ्गी चाड हो ।मिथिलाञ्चलमा १५ दिने परिक्रमाका श्रद्धालुले कञ्चन वनमा रङ्ग, अबिर खेलेसँगै फागुको रौनकताको थालनी हुन्छ । त्रेतायुगमा भगवान् राम र सीताले कञ्चन वनमा रङ्ग अबिर खेलेको मान्यताअनुरूप परिक्रमाका श्रद्धालुले फागुको थालनी गर्ने परम्परा रहेको छ ।फागु पर्वको इतिहास वसन्त र वसन्त

    • प्रकाशित मितिः चैत ८, २०७७
    • 121 पटक पढिएको
  • टीकापुरमा आजदेखि होली शुरु

    कैलाली/ कैलालीको टीकापुरमा आजदेखि होली देउडा खेल्न शुरु गरिने भएको छ । टीकापुर सांस्कृतिक समाजको आयोजनामा खेलिने होली देउडा टीकापुरको खुलामञ्चमा शुरु हुनेछ । होलीको तयारीका लागि शनिबार आयोजक सांस्कृतिक समाज टीकापुरले होली सञ्चालनका विषयमा सर्वपक्षीय सर्वदलीय छलफल गरेको छ ।टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले सांस्कृतिक समाज टीकापुरले होलीको समयमा मात्र नभई सधैँ संस्कृति संरक्षणका लागि सक्रिय हुनुपर्ने बताए । “संस्कृति हाम्रो पहिचान हो, संस्कृतिले सभ्यता सिकाउने भएकाले कला र संस्कृति संरक्षणका लागि सांस्कृतिक समाजको सक्रियता आवश्यक छ”, नगरप्रमुख रावलले भने, “होलीलगायत यस क्षेत्रमा र

    • प्रकाशित मितिः चैत ८, २०७७
    • 114 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.