पत्रपत्रिका

    Showing 111-120 of 1,267 items.
  • फेल हुने चिकित्सक बढ्दै

    काठमाडौं /  चिकित्सकहरूको अनुमति लिने परीक्षामा उत्तीर्ण हुने दर घट्दै गएको छ। नेपाल मेडिकल काउन्सिलले लिएको अनुमति लिने (नाम दर्ता) परीक्षामा यो पटक ३१.८४ प्रतिशत विद्यार्थी मात्र पास भएका छन् । यसअघिको परीक्षामा पास ४१ प्रतिशत थियो।मेडिकल काउन्सिलले बिहीबारदेखि शनिबारसम्म लिएको एमबीबीएस र बीडीएस उत्तीर्ण गरी लाइसेन्स परीक्षामा सहभागीमध्ये ६८ प्रतिशत चिकित्सक अनुत्तीर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा। कृष्ण अधिकारीले दिएको जानकारीअनुसार परीक्षामा एक हजार ४९४ परीक्षार्थीमध्ये ४७५ जना मात्रै पास भएका छन् । एक हजार १९ जना अनुत्तीर्ण भएका छन् । गोरखापत्र दैनिकबाट

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 251 पटक पढिएको
  • हिमाल आरोहण गर्नेको तथ्याङ्क छैन

    काठमाडौँ / यस वर्ष हिमाल आरोहण गर्नेको तथ्याङ्क यकिन हुन सकेको छैन । सगरमाथालगायत विभिन्न २७ वटा हिमाल आरोहणका लागि ९८६ जनाले अनुमति लिएका थिए । अनुमति लिएकामध्ये कतिपय त आरोहणपछि आफ्नो मुलुकमा समेत फर्किइसकेका छन् तर पनि तिनको यकिन सङ्ख्या आएको छैन।पर्यटन विभागले आरोहणलाई मर्यादित बनाउन यस वर्ष १०५ जना सम्पर्क अधिकृतलाई खटाएको थियो तर कुन हिमालमा कति जनाले आरोहण गरे, तोकिएको समयमा सम्बन्धित हिमालमा सम्पर्क अधिकृत पुगे नपुगेकोसमेत अनुगमन नहुँदा यकिन आरोहीबारे विभाग अनभिज्ञ छ। आरोहण क्षेत्रमा फितलो अनुगमनकै कारण अघिल्ला वर्षमा पर्वतारोहण दलसाथ खटाइएको स्थानमा आरोहीसँग नगई राजधानीमै बस

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 222 पटक पढिएको
  • चालु आर्थिक वर्षमा अर्थतन्त्र ५.८४ प्रतिशतले विस्तार हुने

    काठमाडौं / चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ५.८४ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा यस्तो विस्तार ४।२५ प्रतिशत थियो। सरकारले आज संसद्मा प्रस्तुत गरेको आर्थिक सर्वेक्षण २०७८/७९ का अनुसार कोभिड -१९ महामारीको प्रभाव क्रमशः न्युन हुँदै गएको तथा ऊर्जा क्षेत्रको विस्तार उत्साहप्रद रहेका कारण नेपालको अर्थतन्त्रमा विस्तार भएको हो।विश्वव्यापीरुपमा फैलिएको कोभिड -१९ महामारीका कारण सन् २०२० मा प्रायः सबै मुलुकहरुको अर्थतन्त्रसहित विश्व अर्थतन्त्र सङ्कुचित हुन पुगेको छ। आर्थिक गतिविधिमा आएको शिथिलताले रोजगारीका अवसरहरु न्युन हुन पुगे। जसका कारण कम आय वर्गका मानिसको दै

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 227 पटक पढिएको
  • हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीको यातना

    काठमाडौं / जबरजस्ती करणी गर्न खोज्ने एक पुरुषको हत्या आरोपमा पक्राउ परेकी नाबालिकालाई प्रहरीले यातना दिएको घटना सार्वजनिक भएको छ । जितपुरसिमरा उपमहानगरपालिका(६, नगौल टोलकी १६ वर्षीया नाबालिका निरुता केसीलाई स्थानीय राकेशभक्त पौडेलको हत्या आरोपमा पक्राउ गरी इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय बाराको अपराध अनुसन्धान टोलीले थुनामा राखेर यातना दिएको पीडितकी आमा दुर्गादेवी क्षेत्रीको आरोप छ।वैशाख ३० गते बिहानै राकेशको हत्या गरेको आरोपमा कक्षा ११ मा पढ्दै गरेकी निरुतालाई प्रहरीले जेठ ८ गते नियन्त्रणमा लिएको थियो। त्यसपछि प्रहरीले थुनामा राखेर शारीरिक र मानसिक यातना दिँदै आएको ब

    • प्रकाशित मितिः जेठ १५, २०७९
    • 407 पटक पढिएको
  • यस्तो छ स्थानीय जनप्रतिनिधिले पाउने सुविधा

    काठमाडौं /  अधिकांश स्थानीय तहमा नयाँ जनप्रतिनिधिले कार्यभार सम्हालेका छन्। कार्यभार सम्हालेसँगै कतिपयले आफूले  पाउने तलब सुविधा नलिने घोषणा गरेका छन् । कतिपयले  चाहिँ प्राप्त सुविधा जनसेवामा नै  लगाउने  भएका छन् । संविधानले  स्थानीय तहका जनप्रतिनिधिको सेवा सुविधा सम्बन्धित प्रदेश सभाले निर्माण गर्नुपर्ने व्यवस्था गरेको छ। सातवटै प्रदेशसभाले निर्माण गरेको  कानुनमा  जनप्रतिनिधिको प्रमुखको सेवा सुविधा ३० हजार देखि ४२ हजार  रुपियाँसम्म हुने  व्यवस्था छ  । जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिई कार्यभार सम्हालेको मितिदेखि सेवा

    • प्रकाशित मितिः जेठ १३, २०७९
    • 267 पटक पढिएको
  • दस तले भवन भत्किदा १९ जनाको मृत्यु , ३७ जना घाइते

           इरानको दक्षिणपश्चिमी शहर अबादानमा १० तले व्यापारिक भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । स्थानीय अधिकारीलाई उद्धृत गर्दै बिहीबार इरानको अर्ध–सरकारी समाचार संस्था, आइएसएनएले जनाएको छ ।अहिलेसम्म उक्त दुर्घटनामा ३७ जना घाइते भएको जानकारी प्राप्त भएको छ । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको खुजेष्टन प्रान्तका उप गभर्नर एहसन अब्बासपुरले आइएसएनएलाई बताए ।अब्बासपुर र अन्य स्रोतबाट प्राप्त रिपोर्टअनुसार उद्धार कार्यमा लगभग दुई हजार उद्धारकहरू संलग्न रहेको बताइएको छ । सरकारले उद्धार कार्यलाई अन्तिमसम्म जारी राख्ने जनाएको छ ।मंगलबार उक्त भवनमालिक र ठेकेदारको पन

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • 435 पटक पढिएको
  • मंकीपक्स भाइरसले विश्वव्यापी रूप लिने त्रास

    काठमाडौं / विश्वभर फैलिएको कोभिड–१९ महामारीको त्रास कम भइरहेको बेला फेरि अर्को भाइरसको त्रास बढेको छ । भाइरस सूक्ष्मरूपमा बढ्दै गएपछि त्यसले विश्वव्यापी रूप लिने आशंकासमेत बढेको छ ।यही त्रास र आशंकाबीच सरकारले मंकीपक्स भाइरस संक्रमण पुष्टि भएका देशबाट नेपाल प्रवेश गर्नेमाथि निगरानी बढाउन थालेको छ र उनीहरूलाई कम्तीमा दुई साता घरमै बस्न आग्रह गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले मंकीपक्स भाइरस देखिएका राष्ट्रबाट आएका नागरिकलाई कम्तीमा दुई साता घरमै बस्न आग्रह गरेका हुन् । उनले यो भाइरस नौलो र अन्य संक्रामक रोग जस्तो चाँडै नसर्ने भए पनि सचेत भने हुनुपर्ने

    • प्रकाशित मितिः जेठ १२, २०७९
    • 219 पटक पढिएको
  • मङ्कीपक्स प्रभावित देशबाट आएका व्यक्तिहरुलाई क्वारेन्टिनमा बस्न आग्रह

    काठमाडौं / विश्वमा फैलिएको ​मङ्कीपक्सको संक्रमण नेपालमा पनि फैलनसक्ने सम्भावना रहेको औंल्याउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आम नागरिक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाहरूलाई सजग रहन आग्रह गरेको छ।अमेरिका, क्यानडा, अस्ट्रेलिया, इजरायल, बेलायत, जर्मनी, स्विट्जरल्यान्ड, स्पेन, पोर्चुगल, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड्स, इटली र स्विडेनलगायत १५ वटा देशमा मङ्कीपक्सको संक्रमण फैलिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले पुष्टि गरेसँगै नेपाल सरकारले पनि सचेतनाका लागि आग्रह गर्दै स्वास्थ्य सुरक्षा अपनाउन आह्वान गरेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मङ्कीपक्स संक्रमण फैलिएका मुलुकबा

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • 357 पटक पढिएको
  • खास कैदी फरार सजाय भोग्ने अर्कै

    काठमाडौं /  कारागारमा एउटा व्यक्तिको सजाय अर्कै व्यक्तिले भुक्तान गर्दै आएको खुलासा भएको छ। फसाइएका व्यक्तिको कारागारमै शंकास्पद मृत्यु भएपछि उक्त रहस्य बाहिर आएको हो। नेपालगन्ज उपमहानगरपालिका –२ स्थित दैलेखी बंगालाका सुन्दर हरिजन (चमार) लाई विजयविक्रम शाह नाम गरेका व्यक्तिको सजाय भुक्तान गर्न लगाइएको पाइएको हो।हरिजनका आफन्तले सोमबार पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी गराएका हुन्। उनीहरूले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । नेपालगन्ज कारागारबाट परिवारलाई थाहै नदिई रोल्पा कारागार पुयाइएका हरिजनको केही दिनअघि कारागारमै शंकास्पद मृत्यु भएपछि ने

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • 222 पटक पढिएको
  • रोकिएन राजस्व छलीका शृंखला

    काठमाडौं  / राजस्व अनुसन्धान विभागले राजस्व छल्लेविरुद्धको कारबाही तीव्र बनाएसँगै करोडौं रुपैयाँ राजस्व छलीको शृंखला धमाधम बाहिरिन थालेको छ । विभागको सक्रियतापछि पछिल्लो समय राजस्व छली गर्नेहरू धमाधम कानुनी दायरामा आउन थालेका छन् ।यसैक्रममा सोमबार मात्र राजस्व अनुसन्धान विभागले राजस्व छलीमा संलग्न विभिन्न फर्मका सञ्चालक तथा व्यक्तिविरुद्ध बिगो र जरिमानासहित कुल १९ करोड ६९ लाख ६३ हजार १६८ रुपैयाँ असुलको माग दाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले विभिन्न गलत उपाय अपनाएर राजस्व छलीमा संलग्न भएका राजकिशोर सिंह कुशवाहा, पुष्करकुमार सिंह, भविचन महत्तो कोइरी, श्रीराम ठाकुर

    • प्रकाशित मितिः जेठ १०, २०७९
    • 236 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.