पत्रपत्रिका

    Showing ११-२० of १,२६७ items.
  • शिक्षा पत्रकारिता केवल घटना प्रधान मात्र नभएर नीतिगत र परिणाममुखी हुनुपर्नेमा राजेन्द्र दाहालको जोड

    काठमाडौं । मुलुकको शिक्षा क्षेत्रका विद्यमान मुद्दाहरूलाई सञ्चार माध्यममार्फत उजागर गर्न र राज्यलाई उत्तरदायी बनाउन पत्रकारहरूको क्षमता अभिवृद्धि हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । शिक्षा क्षेत्रमा क्रियाशील पत्रकारहरूको साझा संस्था शिक्षा पत्रकार समूह ईजेजीले सोमबार राजधानीमा आयोजना गरेको एक दिने अभिमुखीकरण कार्यक्रमका सहभागी तथा विज्ञहरूले सो कुरामा जोड दिएको समूहका अध्यक्ष निर्जला कक्ष पतिले बताइन् । शिक्षा क्षेत्रका गहन मुद्दाहरूलाई सतहमा ल्याई गुणस्तरीय शिक्षाको सबलीकरणका लागि राज्यलाई निरन्तर घचघच्याइने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा अग्रज पत्रकार एवं

    • प्रकाशित मितिः असार ९, २०८३
    • २७३ पटक पढिएको
  • धोका, संघर्ष र आत्मविश्वासले सगरमाथासम्म पुर्यायो, निलम पौडेल

    काठमाडौं । पहिलो सगरमाथा आरोही ट्रान्स महिला निलम पौडेलले आफ्नो यात्राबारे सुरुको संघर्ष, आर्थिक चुनौती, सामाजिक भेदभावदेखि सगरमाथा आरोहणसम्मका अनुभव सार्वजनिक गरेकी छन्।बुधबार पत्रकार सम्मेलन गर्दै उनले उनले सुरुमा टिम निर्माणदेखि विभिन्न व्यक्ति र संस्थासँग सहयोग माग्दा अपेक्षित साथ नपाएको गुनासो गरेकी छन्। उनले भनिन्, ‘हाम्रो यो यात्रा २०२० देखि सुरु भएको हो। मैले टिम बनाएर सुरु गर्दा नै कतिपयले बिचमै धोका दिनुभयो। मिटिङहरूमा कुरा भए पनि पछि फोन नउठाउने, मेसेजको जवाफ नदिने जस्ता व्यवहार भयो ।’ उनका अनुसार ट्रान्सजेन्डर भएकै कारण काम गर्न नसक्ने भनेर अनुमान गरिएको र धेरै ठाउँमा प्रस्ताव लिएर

    • प्रकाशित मितिः असार ३, २०८३
    • ३४२ पटक पढिएको
  • नेपाल पत्रकार महासंघद्वारा विरोध प्रदर्शन

    नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारका मागहरूको सम्बोधन तथा सूचना प्राप्तिको अधिकार सुनिश्चित गर्न माग गर्दै विरोध प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा सहभागीहरूले मिडिया विरोधी सरकारी नीति खारेज गर्नु, प्रेस स्वतन्त्रता जिन्दावादु, नेपाल पत्रकार महासंघका मागहरू तत्काल सम्बोधन गर्नु, निर्वाध सूचना प्राप्तिको अधिकार सुनिश्चित गर्नु तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी संवैधानिक हकको रक्षा गर्नु लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरूले बबरमहलस्थित सडक विभाग परिसर अगाडि विरोध प्रदर्शन गर्दै प्रेस स्वतन्त्रता र नागरिकक

    • प्रकाशित मितिः जेठ २७, २०८३
    • ३७५ पटक पढिएको
  • पत्थरकोटमा पर्यटनको नयाँ पहिचान : होटल होलिडे एण्ड फ्यामिली रिसोर्टले बदल्यो दृश्य

    सर्लाही  ।   लालबन्दी नगरपालिका–१३, पत्थरकोटमा रहेको होटल होलिडे एण्ड फ्यामिली रिसोर्ट  स्थानीय पर्यटन विकासको प्रमुख आकर्षणको रुपमा उदाएको छ। रिसोर्टका मालिक अभिषेक नगरकोटि १४ वर्षको पत्रकारिता अनुभवपछि होटल व्यवसायतर्फ मोडिएका हुन्, र छोटो समयमै उनले क्षेत्रको पर्यटन छाप बदल्न सफल भएको स्थानीयले जनाएका छन्।पत्रकारिताबाट होटल व्यवसायमा प्रवेश गरेका नगरकोटिले पत्थरकोटलाई व्यवस्थित र परिवारमैत्री विश्रामस्थलको रूपमा विकास गर्ने लक्ष्यसहित रिसोर्ट सञ्चालनमा ल्याएका हुन्। हरियालीले घेरिएको शान्त वातावरण, स्विमिङ पूल, आधुनिक कोठा तथा परिवारका लागि छुट्टै सुविधा उपलब्ध गराएपछि ह

    • प्रकाशित मितिः मंसिर १२, २०८२
    • १,०१८ पटक पढिएको
  • एक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ घटना,१०६ पत्रकार पीडित

    काठमाडौँ —गत आर्थिक वर्षमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका छन् ।प्रेस काउन्सिल नेपालले काउन्सिलमा दर्ता भएका निवेदन र नियमित अनुगमनका आधारमा प्रेस स्वतन्त्रतासम्बन्धी ९४ घटना भएका जनाएको हो ।१ साउन २०८१ देखि ३२ असार २०८२ सम्म गरिएको अनुगमनमा प्रेस स्वतन्त्रता हननका ९४ घटना भएका हुन् । सबैभन्दा बढी बागमतीमा प्रदेशमा ३८ वटा घटना भएका छन् ।त्यसैगरी, मधेश प्रदेशमा २५, सुदूरपश्चिम र कोशीमा आठ–आठ, कर्णालीमा सात, गण्डकीमा चार, लुम्बिनीमा तीन र देशबाहिर एक घटना भएका छन् । लैङ्गिक आधारमा हेर्दा यो अवधिमा भएका घटनामा ९६ पुरुष र १० महिला गरी १०६ जना पत्रकार पीडित भएका पाइएको छ ।समीक्षा अवधिमा बागमती

    • प्रकाशित मितिः साउन २८, २०८२
    • १,०३० पटक पढिएको
  • पत्रकार महासंघ मधेश प्रदेशको भवन निर्माणमा बारको अवरोध, वकिल र पत्रकारबीच झडप

    जनकपुर – जनकपुरधाममा निर्माण हुन लागेको पत्रकार महासंघ मधेश प्रदेशको भवन निर्माणमा बार एशोसिएसन जनकपुरले अवरोध गरेको छ ।केन्द्रिय गुठी संस्थानसँग सम्झौता गरेर जनकपुरधाम उपमहानगरपालिका–४ स्थित भूतनाथ मन्दिरको दक्षिणपट्टि चार कठ्ठा जग्गामा निर्माण कार्य सुरु गर्न लागेपछि बार एसोसिएसनले सो जग्गा आफ्नो पार्किङ स्थल रहेको दाबी गर्दै कार्य रोक्न खोजेका हुन् ।महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले सो जग्गा कानुनी प्रक्रिया पूरा गरी गुठी संस्थानसँग सम्झौता गरेर निर्माण सुरु गरेको बताएका छन् । तर बार एसोसिएसनले उक्त जग्गा पार्किङका लागि प्रयोग हुँदै आएको र कुनै हालतमा पत्रकार महासंघलाई प्रयोग गर्

    • प्रकाशित मितिः साउन २७, २०८२
    • १,०७३ पटक पढिएको
  • पत्रकार सन्दिप राई राससको महाप्रबन्धकमा नियुक्त

    काठमाडौं – राष्ट्रिय समाचार समिति (रासस) को महाप्रबन्धक पदमा पत्रकार सन्दिप राई नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई राससको महाप्रबन्धक पदमा नियुक्त गरेको हो । यसअघिका महाप्रबन्धक सिद्दराज राईको कार्याकाल सकिएपछि उनी नियुक्त भएका हुन् । प्रेस चौतारीका केन्द्रिय सदस्यसमेत रहेका राई दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

    • प्रकाशित मितिः साउन २७, २०८२
    • ९६६ पटक पढिएको
  • प्रधानमन्त्री ओली तुर्कमेनिस्तानबाट आज स्वदेश फर्किर्दै

    काठमाडौं –  प्रधानमन्त्री केपी शर्मा ओली तुर्कमेनिस्तानबाट आज स्वदेश फर्किंदैछन् । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिएर प्रधानमन्त्री केपी शर्मा ओली आज आज स्वदेश फर्किन लागेका छन् । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै साउन १८ गते मध्यराति तुर्कमेनिस्तान गएका प्रधानमन्त्री ओली आज राति काठमाडौं आइपुग्ने छन् । सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए । सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्रसं

    • प्रकाशित मितिः साउन २३, २०८२
    • ८८१ पटक पढिएको
  • खानेपानीको समाचार लेखेपछि धम्की खेपेका पत्रकारले गरे आत्महत्या

    काठमाडौँ – रौतहटका पत्रकार रबिन्द्र प्रजापतिले आत्महत्या गरेका छन् । कटहरिया नगरपालिका ५ का अन्दाजी ३० वर्षीय पत्रकार प्रजापति शनिवार बेलुका घरमै झुण्डिएका हुन् ।झुण्डिएको पासो काटेर उनलाई परिवारले अस्पताल लगेको थियो। तर अस्पतालले उनलाई मृत घोषणा गरेको बुझिएको छ ।ईलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार मृतक प्रजापतिको शव पोस्टमार्टका लागि गौर अस्पतालमा राखिएको छ ।पत्रकार प्रजापति गरुडा म्यूजिकल एफएममा कार्यरत थिए । उनी रेडियोमा समाचार पढ्थे, समाचार लेख्थे । उनले कटहरिया नगरपालिकाका मेयर अजयप्रकाश जयसवालबाट धाकधम्की खेपिरहेका थिए ।खानेपानी समस्या सम्बन्धी समाचार लेखेका का

    • प्रकाशित मितिः साउन ४, २०८२
    • १,१०० पटक पढिएको
  • रुकुममा कार्यालय सहयोगीको झुन्डिएको अवस्थामा मृत्यु, पत्रकार सम्पर्कविहीन

    काठमाडौँ – रुकुम पूर्वको सिस्ने गाउँपालिकामा कार्यरत २३ वर्षीया कार्यालय सहयोगी कोइली शाह मृत फेला परेको घटनाको गहिरो अनुसन्धान गर्न शाहका परिवारले माग गरेका छन्। परिवारले प्रेस चौतारी रुकुम पश्चिमका अध्यक्ष तथा पत्रकार परिचन्द्र खत्रीसहित केही व्यक्तिहरूविरुद्ध अनुसन्धानको माग गर्दै प्रहरीमा उजुरी पनि दिएका छन्।शाह असार २८ गते बिहान आफ्नै डेरामा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। मृत्युलाई रहस्यमय मान्दै परिवारले असार ३० गते जिल्ला प्रहरी कार्यालय, रुकुम पूर्वमा लिखित निवेदन दिएका हुन्। प्रहरी कार्यालयका प्रमुख डिएसपी उमाशंकर प्रसाद यादवका अनुसार हालसम्म किटानी जाहेरी भने परिएको छैन।

    • प्रकाशित मितिः असार ३०, २०८२
    • ७१४ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.