पत्रपत्रिका

    Showing 11-20 of 1,253 items.
  • साइबर अपराध अभियोगमा पक्राउ पुर्जी जारी भएपछि पत्रकार दिलभूषण पाठक उच्च अदालतमा

    काठमाडौँ – पत्रकार दिलभूषण पाठकले साइबर अपराधको आरोपमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उच्च अदालत पाटनमा पक्राउ नगर्न माग गर्दै निषेधाज्ञा रिट निवेदन दिएका छन्। आइतबार दर्ता गराइएको रिटमार्फत उनले आफूलाई पक्राउ नगर्न आदेश दिन अनुरोध गरेका हुन्।उक्त रिटमा गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय तथा साइबर ब्युरोलाई विपक्षी बनाइएको छ। यस विषयमा सुनुवाइ सोमबार न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासमा तय गरिएको छ।पाठकद्वारा सञ्चालित युट्युब कार्यक्रम ‘टफ टक’को ‘टफ एक्स्प्लेनर’ शृङ्खलामा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाको व्यावसायिक संलग्नतासम्बन्धी रिपोर्ट सार

    • प्रकाशित मितिः असार २, २०८२
    • 307 पटक पढिएको
  • पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधको आरोपमा पक्राउ पुर्जी जारी

    काठमाडौं — पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरिएको पुष्टि भएको छ। प्रहरीका एक उच्च स्रोतले विद्युतीय कारोबार ऐन अन्तर्गत पाठकमाथि अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन्।प्रहरी स्रोतका अनुसार, "दिलभूषण पाठकविरुद्ध साइबर अपराध अन्तर्गतको कसुरमा पक्राउ पुर्जी जारी भएको हो। अन्य विषयहरु अनुसन्धानको क्रममा छन्।" यद्यपि, कसले उजुरी दिएको हो र कुन आधारमा दर्ता गरिएको भन्नेबारे भने प्रहरीले विवरण सार्वजनिक गरेको छैन।पाठकमाथि उजुरी प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा परेको थियो। त्यसपछि ब्यूरोले पक्राउ पुर्जीका लागि काठमाडौं जिल्ला अदालतबाट अनुमति मागेको र अदालतल

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 443 पटक पढिएको
  • समाजिक संजाल बिधेयक प्रति संघको आपत्ती

    इटहरी l स्वतन्त्र पत्रकार संघ नेपाल कोशी प्रदेश समिति र सुनसरी जिल्ला समितिले सरकारले संघीय संसदमा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकका केही प्रावधानप्रति आपत्ति जनाएको छ । संघका प्रदेश संयोजक देवेन्द्र किशोर ढुङगाना र सुनसरी जिल्ला अध्यक्ष अकबर अलीले बिहिबार विज्ञप्ति जारी गर्दै अगुवा नागरिक संस्था महासंघलगायतका सरोकारवाला पक्षसँग सामान्य परामर्श र छलफलसमेत नगरी सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आघात पार्ने केही प्रावधान समावेश गरी विधेयक अगाडि बढाएकोमा संघको गम्भीर असहमति र आपत्ति रहेको बताए ।

    • प्रकाशित मितिः माघ १७, २०८१
    • 324 पटक पढिएको
  • पत्रकारहरुलाई महिला फाउण्डेशनद्वारा सम्मान

    राजविराज । नेपाल पत्रकार महासंघ, सप्तरीका नवनिर्वाचित पदाधिकारीहरुलाई तराई मधेश महिला फाउण्डेशनले सम्मान गरेको छ ।नेपाल पत्रकार महासंघको सभाहलमा कार्यक्रम गरी फाउण्डेशनका पदाधिकारीले पत्रकार महासंघमा निर्वाचित भएकाहरुलाई सम्मान गरेको हो।कार्यक्रममा संस्थाका अध्यक्ष सुनिता साहले नेपाल पत्रकार महासंघ, सप्तरीको अध्यक्षमा निर्वाचित श्रवणकुमार देवसहित पदाधिकारी एवं सदस्यहरुलाई सम्मान गरिएको हो । नवनिर्वाचितलाई गमछा एवं रुद्राक्षको माला लगाइदिएर उनले सम्मान गरिन् ।यस्तै, केन्द्रीय परिषद् सदस्यमा निर्वाचितलाई पनि सम्मान गरिएको छ ।

    • प्रकाशित मितिः माघ १३, २०८१
    • 358 पटक पढिएको
  • नजिककालाई बढुवा गर्न प्रहरीमा दरबन्दी थप्ने तयारी

    काठमाडौं— निकटस्थलाई बढुवा गर्न गृह मन्त्रालयले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीमा डिआइजी थप्ने गृहकार्य अघि बढाएको छ। केही व्यक्तिविशेषलाई लक्षित गरी सशस्त्र प्रहरीमा एआइजी र नेपाल प्रहरीमा डिआइजीको दरबन्दी थप्न लागिएको हो।दुई महिनापछि अनिवार्य अवकाशमा जान लागेका डिआइजी किशोर प्रधानको बढुवाकै लागि सशस्त्र प्रहरी बलमा एआइजीको दरबन्दी थप्न गृहले छलफल थालेको छ। ‘संगठनले भन्दा व्यक्तिगत रूपमा दरबन्दी थप्ने प्रयास भइरहेको छ,’ गृह मन्त्रालयका एक अधिकारी भन्छन्, ‘यसरी व्यक्तिका लागि दरबन्दी थप्दा संगठनमा अराजकता हुन्छ भन्ने पनि आएको छ।’डिआइजी प्रधानले पाँचवर्षे पदावधिको कारण आगामी माघमा अनिवार्य अवक

    • प्रकाशित मितिः मंसिर १, २०८१
    • 517 पटक पढिएको
  • १३ उद्योगले तिरे बक्यौता : विद्युत् प्राधिकरणसँगको विवादमा उद्योगको सूची घट्दै

    काठमाडौं–नेपाल विद्युत् प्राधिकरणले पठाएको बिलमा असहमति जनाउँदै ४९ उद्योगले प्रिमियम महसुल नतिरेकामा पछिल्लो पटक १३ उद्योगले महसुल तिरिसकेको जनाएको छ। यसै क्रममा, प्राधिकरणले गत असोज २४ गते सार्वजनिक सूचना जारी गर्दै उद्योगहरूलाई विद्युत् महसुल तिर्न आह्वान गरेको थियो।१५ दिनको अवधिमा कुनै पनि उद्योग महसुल तिर्न नआएपछि प्राधिकरणले तिनीहरूको विद्युत् लाइन काट्ने निर्णय गर्यो। अन्तिम दिन, ८ गते, बक्यौता महसुल भुक्तान गरेका छ उद्योगको लाइन काटिएको थिएन। कुल ३४ उद्योगको लाइन काटिएको थियो, जसमा रिलायन्स स्पिनिङ मिल्ससहित सात उद्योगका मुद्दा सुनसरी जिल्ला अदालतमा विचाराधीन रहेको थियो।नेपाल विद्युत् प

    • प्रकाशित मितिः कार्तिक १४, २०८१
    • 601 पटक पढिएको
  • थाई एयर एसियालाई नेपालमा उडान प्रतिबन्ध

    काठमाडौं–नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयर एसियाको जहाजलाई अर्को निर्णय नभएसम्म नेपालमा नियमित र चार्टर उडान गर्न प्रतिबन्ध लगाएको छ। उडान अनुमति बिना नै यात्रुसहित थाइल्यान्डबाट आइतबार काठमाडौँ आएको यस जहाजसँगै नेपालका लागि आधिकारिक जनरल सेल्स एजेन्ट (जिएसए) को इजाजतसमेत निलम्बन गरिएको हो।प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार हिउँदे उडान तालिका लागू भए पनि उडान अनुमति नलिई नेपाल प्रवेश गरेको कारण थाई एयर एसियाको सम्पूर्ण उडान रद्द गरिएको छ। नेपालका लागि थाई एयर एसियाको जिएसए युनिभर्सल टुर्स एन्ड ट्राभललाई समेत कारबाही गरिएको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्धक ज

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • 354 पटक पढिएको
  • मन्त्री राणाको ठाडो प्रस्तावमा परराष्ट्रमा ६१ दरबन्दी थप्ने निर्णय

    काठमाडौं— देश बाढीपहिरोको विपत्बाट गुज्रिरहेका वेला सरकारले हचुवाको भरमा परराष्ट्र मन्त्रालयमा ६१ दरबन्दी थप्ने निर्णय गरेको छ। प्रक्रियासमेत पूरा नगरी परराष्ट्रमन्त्री आरजु राणा देउवाको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दरबन्दी थप्ने निर्णय गरेको हो।  मन्त्रिपरिषद् स्रोतका अनुसार ११ सहसचिव, २८ उपसचिव र २२ शाखा अधिकृतको दरबन्दी थप्ने निर्णय गरिएको छ।धेरैजसो विदेशस्थित नियोगहरूमा दरबन्दी थप्न लागिएकाले यसबाट राज्यलाई वार्षिक करोडौँ रुपैयाँ भार बढ्नेछ। कतिपय देशमा नयाँ नियोग स्थापनासमेत गर्न लागिएको छ। यसरी दरबन्दी थप गर्दा संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी दरबन्दी थप गर्दा

    • प्रकाशित मितिः असोज २३, २०८१
    • 532 पटक पढिएको
  • रुसी सेनामा कार्यरत ४३ नेपालीको मृत्यु पुष्टि

    काठमाडौं— रुसी सेनामा कार्यरत नेपालीमध्ये हालसम्म ४३ जनाको मृत्यु पुष्टि भएको छ। नेपाल सरकारको तथ्यांकमा हालसम्म ४३ को मृत्यु भएको र आठजनाको मृत्यु पुष्टि हुन बाँकी रहेको उल्लेख छ। तर, पीडित परिवारले भने ५४ को मृत्यु र २७९ जना बेपत्ता भएको जानकारी दिएका छन्।रुसी सेनाले मृतक नेपालीको परिवारलाई हालसम्म पनि क्षतिपूर्ति दिएको छैन। कन्सुलर सेवा विभागका महानिर्देशक प्रकाशमणि पौडेलका अनुसार रुसी सेनामा कार्यरत ४३ नेपालीको हालसम्म मृत्यु भएको आधिकारिक जानकारी रुस सरकारले उपलब्ध गराएको छ। थप आठजनाको मृत्यु भएको, तर आधिकारिक रूपमा रुसी सेनाबाट पुष्टि हुन बाँकी छ। सरकारी तथ्यांकअनुसार रुसी सेनामा कार्यरत

    • प्रकाशित मितिः असोज २३, २०८१
    • 456 पटक पढिएको
  • भगवान् पशुपतिनाथको सम्पत्ति २१ वर्षपछि फिर्ता

    काठमाडौं– भगवान् पशुपतिनाथको सम्पत्ति पशुपति गौशाला धर्मशाला २१ वर्षपछि फिर्ता भएको छ। काठमाडौँ जिल्ला अदालतले २०६० सालमा भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरेको हो। पशुपति क्षेत्र विकास कोषले २०८० सालको साउन १७ गते मारवाडी सेवा समितिसँगको नौ बुँदे सम्झौता खारेज गर्ने निर्णय गरेको थियो। समितिले 'करार रद्द गर्ने निर्णय बदर गरी यथावत् पुनर्बहाली गरिपाऊँ' भनी अदालतमा मुद्दा दायर गरेको थियो, तर अदालतले दाबी नपुग्ने फैसला सुनाएको छ। यस निर्णयले काठमाडौँको गौशालास्थित ९ रोपनी जग्गा पशुपति क्षेत्र विकास कोषमा फिर्ता भएको छ। कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले

    • प्रकाशित मितिः असोज १७, २०८१
    • 437 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा