रौतहट— रौतहटका विभिन्न स्थानमा एकैदिन छाडा छोडिएका कुकुरको टोकाइबाट ५० जनाभन्दा बढी सर्वसाधारण घाइते भएका छन् ।जिल्लाका विभिन्न पालिकाहरूमा बुधबार बिहानैदेखि कुकुरले एक्कासि मानिसहरूलाई आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दाहरूमा त्रास फैलिएको छ ।गढीमाईको वडा नं. १, ४, ६ र ८ का साथै फतुवा विजयपुर नगरपालिका र राजपुर नगरपालिकाका केही गाउँका बासिन्दाहरू कुकुरको निशानामा परेका छन् । घाइतेहरूलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्याइएको छ । अस्पतालका सूचना अधिकारी कपिलदेव झाका अनुसार हालसम्म २७ जनाभन्दा बढी घाइतेलाई रेबिजविरुद्धको खोप लगाइसकिएको छ ।‘घाइते आउने क्रम अझै जारी छ, हामीले उपलब्
काठमाडौं— राजसंस्था र हिन्दू राज्य पुनर्स्थापनाको माग राख्दै राजावादीहरु सडकमा निस्किएका छन् । राजधानीका विभिन्न सात स्थानबाट सुरु भएको प्रदर्शन शान्ति बाटिका केन्द्रित हुँदैछ ।हेर्नुहोस् तस्वीरहरू
काठमाडौं— नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । मंगलबार बिहान गृह मन्त्रालयमा एक समारोहका बीच गृहसचिव गोकर्णमणि दुवाडीले प्रहरी महानिरीक्षक थापालाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो । नियुक्तिसँगै थापा नेपाल प्रहरीको ३१औँ आईजीपी बनेका छन् ।दर्ज्यानी चिह्न ग्रहण गरेपछि महानिरीक्षक थापाले आफूले पहुँचको नभई पद्धतिको थिति बसाल्ने बताए । उनले अपराधको रोकथाम र अनुसन्धान कुनै पनि बहानाबिना अघि बढाउने प्रतिबद्धता जनाए । देशको आन्तरिक सुरक्षा
काठमाडौं । होली पर्वमा काठमाडौंको बसन्तपुर निकै उल्लासपूर्ण देखिएको छ । बसन्तपुरमा स्वदेशी तथा विदेशीहरु होलीलाई उत्साहपूर्वक मनाएका छन् । काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा आइतबार फागु पूर्णिमा ९होली०पर्व रङ्ग खेलेर मनाइने भएकाले विशेषगरी बसन्तपुर क्षेत्रमा बढी भीडभाड देखिन्थ्यो । सेतो पहिरनमा सजिएका स्वदेशी तथा विदेशीहरुका कारण बसन्तपुर क्षेत्र खचाखच देखिन्थ्यो । रातो, निलो, हरियो, पहेँलोलगायत विभिन्न रङ्गमा रङ्गिएर होलीलाई उल्लासमय बनाइएको थियो ।वसन्तऋतुको आगमनसँगै नेपाल घुम्न आएका विदेशी पर्यटकले फागु पूर्णिमाका अवसरमा यहाँ मनाइँदै आएको होली पर्वलाई हर्षोल्लासका साथ मनाएका हुन्।
काठमाडौं । महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान २ बजेदेखि नै खुला गरिएको थियो । ढोका खुल्नु अघिदेखि नै आशुतोष भगवान् शिवको दर्शनका लागि भक्तजनको भीड पशुपति क्षेत्रमा लागेको छ । महाशिवरात्रि पर्वका अवसरमा आज पशुपतिनाथ लगायत देशभरका शिवालयमा विधिपूर्वक पूजा,आराधना एवं दर्शन गरी मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजाआराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोह
काठमाडौं । सोनाम ल्होछार २८६१ का अवसरमा बिहीबार काठमाडौंमा झाँकीसहितको प्रदर्शनी गरियो । सैनिक टुँडीखेलमा तामाङ जातिको पहिचान झल्किने विविध भेषभुषा, सामग्रीहरुसहित सहभागी भएकाहरुले गरुड वर्षलाई बिदा गरी सर्प वर्षलाई स्वागत गरेका छन् । सोनाम ल्होछार, तामाङलगायतका हिमाली बौद्ध समुदायले नयाँ वर्षका रूपमा हर्सोल्लासका साथ मनाउँछन् । सोनाम ल्होछारलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा विभाजन गरिएको छ ।
काठमाडौं । काठमाडौंको साँखुस्थित शालिनदीमा श्री स्वस्थानी वर्त तथा माधवनारायण मेला चलिरहेको छ । पौष शुक्ल पूर्णिमाका दिनदेखि सुरु भएको श्री स्वस्थानी वर्त तथा माधवनारायण मेलामा भक्तजनहरुको भिड लागेको छ । भक्तजनहरुको भिड लागेसँगै व्यापारसमेत बढेको छ ।
फिल्कल(इलाम) । इलामको सूर्योदय नगरपालिका स्थित फिक्कल बजार र आसपासका क्षेत्रहरु पर्यटकहरुका लागि किनमेल र घुमफिरका लागि प्रमुख हबका रुपमा विकास हुँदै गएको छ । फिक्कल नजिकै रहेको चर्चित कन्याम चिया बगान र सूर्योदयका लागि प्रख्यात अन्तुडाँडा पर्यटकहरुको रोजाइमा छ । भारतको दार्जिलिङ घुम्न जानेहरुका लागि पनि फिक्कल ‘गेटवे’का रुपमा परिचित छ ।तस्विरहरुः टार्जन लिम्बु
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान परिसरमा राखिएको सिसी कला प्रदर्शनीमा स्वदेशी तथा विदेशी कलाप्रेमीले रुचाएका छन्। सिसाका बोतलभित्र विभिन्न कलात्मक चित्रप्रति विदेशीहरुले विशेष चासो दिएका थिए । सिसी कला न्यूनतम पाँचसयदेखि ५० हजार रुपैंयाँसम्म बिक्री हुने गरेको कलाकार विभूषण ताम्राकारले बताए । खेर गएका वस्तुहरूलाई सुन्दर रूप दिन सकिने उदाहरणका लागि सिसी कला सिर्जना गरिएको उनको भनाइ छ ।
Tsaatan केवल २५० भन्दा कम मान्छेको एक जनजाति हो जसलाई मंगोलियामा अन्तिम रेन्डियर गोठाला मानिन्छ । तिनीहरू घुमन्ते मानिसहरू मध्ये एक हुन् जुन अझै पनि टाइगामा सहअस्तित्वमा छन्, तिनीहरूले कृषि अभ्यास गर्दैनन् र त्यसैले जाडो आइपुग्दा र रेनडियर मोस दुर्लभ हुने बित्तिकै तातो तापक्रमको खोजीमा वर्षौं वर्ष ठूलो दूरीको यात्रा गर्छन् ।एजेन्सी
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.