फोटोफिचर

    Showing 1-10 of 61 items.
  • रौतहटमा ५० भन्दा बढी मान्छेलाई कुकुरले टोकेपछि स्थानीय त्रसित

    रौतहट— रौतहटका विभिन्न स्थानमा एकैदिन छाडा छोडिएका कुकुरको टोकाइबाट ५० जनाभन्दा बढी सर्वसाधारण घाइते भएका छन् ।जिल्लाका विभिन्न पालिकाहरूमा बुधबार बिहानैदेखि कुकुरले एक्कासि मानिसहरूलाई आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दाहरूमा त्रास फैलिएको छ ।गढीमाईको वडा नं. १, ४, ६ र ८ का साथै फतुवा विजयपुर नगरपालिका र राजपुर नगरपालिकाका केही गाउँका बासिन्दाहरू कुकुरको निशानामा परेका छन् । घाइतेहरूलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्याइएको छ । अस्पतालका सूचना अधिकारी कपिलदेव झाका अनुसार हालसम्म २७ जनाभन्दा बढी घाइतेलाई रेबिजविरुद्धको खोप लगाइसकिएको छ ।‘घाइते आउने क्रम अझै जारी छ, हामीले उपलब्

    • प्रकाशित मितिः पुस २३, २०८२
    • 370 पटक पढिएको
  • राजधानीमा राजावादी प्रदर्शन (तस्वीरहरू)

    काठमाडौं— राजसंस्था र हिन्दू राज्य पुनर्स्थापनाको माग राख्दै राजावादीहरु सडकमा निस्किएका छन् । राजधानीका विभिन्न सात स्थानबाट सुरु भएको प्रदर्शन शान्ति बाटिका केन्द्रित हुँदैछ ।हेर्नुहोस् तस्वीरहरू  

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 796 पटक पढिएको
  • नवनियुक्त आईजीपी थापालाई दर्ज्यानी चिह्न, भन्छन्– पहुँचको होइन, पद्धतिको थिति बसाल्छु

    काठमाडौं— नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । मंगलबार बिहान गृह मन्त्रालयमा एक समारोहका बीच गृहसचिव गोकर्णमणि दुवाडीले प्रहरी महानिरीक्षक थापालाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो । नियुक्तिसँगै थापा नेपाल प्रहरीको ३१औँ आईजीपी बनेका छन् ।दर्ज्यानी चिह्न ग्रहण गरेपछि महानिरीक्षक थापाले आफूले पहुँचको नभई पद्धतिको थिति बसाल्ने बताए । उनले अपराधको रोकथाम र अनुसन्धान कुनै पनि बहानाबिना अघि बढाउने प्रतिबद्धता जनाए । देशको आन्तरिक सुरक्षा

    • प्रकाशित मितिः चैत ५, २०८१
    • 770 पटक पढिएको
  • बसन्तपुरमा विचित्रको होलीः ओली, बालेन र पूर्वराजाको चर्चा(फोटोफिचर)

    काठमाडौं । होली पर्वमा काठमाडौंको बसन्तपुर निकै उल्लासपूर्ण देखिएको छ । बसन्तपुरमा स्वदेशी तथा विदेशीहरु होलीलाई उत्साहपूर्वक मनाएका छन् । काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा आइतबार फागु पूर्णिमा ९होली०पर्व रङ्ग खेलेर मनाइने भएकाले विशेषगरी बसन्तपुर क्षेत्रमा बढी भीडभाड देखिन्थ्यो । सेतो पहिरनमा सजिएका स्वदेशी तथा विदेशीहरुका कारण बसन्तपुर क्षेत्र खचाखच देखिन्थ्यो । रातो, निलो, हरियो, पहेँलोलगायत विभिन्न रङ्गमा रङ्गिएर होलीलाई उल्लासमय बनाइएको थियो ।वसन्तऋतुको आगमनसँगै नेपाल घुम्न आएका विदेशी पर्यटकले फागु पूर्णिमाका अवसरमा यहाँ मनाइँदै आएको होली पर्वलाई हर्षोल्लासका साथ मनाएका हुन्।

    • प्रकाशित मितिः फागुन २९, २०८१
    • 819 पटक पढिएको
  • महाशिवरात्रीमा पशुपतिनाथमा भक्तजनको भीड (तस्वीरहरु)

    काठमाडौं । महाशिवरात्रिका अवसरमा आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान २ बजेदेखि नै खुला गरिएको थियो । ढोका खुल्नु अघिदेखि नै आशुतोष भगवान् शिवको दर्शनका लागि भक्तजनको भीड पशुपति क्षेत्रमा लागेको छ । महाशिवरात्रि पर्वका अवसरमा आज पशुपतिनाथ लगायत देशभरका शिवालयमा विधिपूर्वक पूजा,आराधना एवं दर्शन गरी मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजाआराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोह

    • प्रकाशित मितिः फागुन १४, २०८१
    • 558 पटक पढिएको
  • काठमाडौंमा ल्होसारको रमझम (फोटो फिचर)

    काठमाडौं । सोनाम ल्होछार २८६१ का अवसरमा बिहीबार काठमाडौंमा झाँकीसहितको प्रदर्शनी गरियो । सैनिक टुँडीखेलमा तामाङ जातिको पहिचान झल्किने विविध भेषभुषा, सामग्रीहरुसहित सहभागी भएकाहरुले गरुड वर्षलाई बिदा गरी सर्प वर्षलाई स्वागत गरेका छन् । सोनाम ल्होछार, तामाङलगायतका हिमाली बौद्ध समुदायले नयाँ वर्षका रूपमा हर्सोल्लासका साथ मनाउँछन् । सोनाम ल्होछारलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा विभाजन गरिएको छ ।

    • प्रकाशित मितिः माघ १७, २०८१
    • 633 पटक पढिएको
  • शालिनदीमा दर्शन गर्ने भक्तजनको भिडसँगै व्यापार बढ्दो (फोटोफिचर)

    काठमाडौं । काठमाडौंको साँखुस्थित शालिनदीमा श्री स्वस्थानी वर्त तथा माधवनारायण मेला चलिरहेको छ । पौष शुक्ल पूर्णिमाका दिनदेखि सुरु भएको श्री स्वस्थानी वर्त तथा माधवनारायण मेलामा भक्तजनहरुको भिड लागेको छ । भक्तजनहरुको भिड लागेसँगै व्यापारसमेत बढेको छ ।

    • प्रकाशित मितिः माघ १७, २०८१
    • 424 पटक पढिएको
  • पर्यटकको हब बन्दै इलामको फिक्कल (फोटो फिचर)

    फिल्कल(इलाम) । इलामको सूर्योदय नगरपालिका स्थित फिक्कल बजार र आसपासका क्षेत्रहरु पर्यटकहरुका लागि किनमेल र घुमफिरका लागि प्रमुख हबका रुपमा विकास हुँदै गएको छ । फिक्कल नजिकै रहेको चर्चित कन्याम चिया बगान र सूर्योदयका लागि प्रख्यात अन्तुडाँडा पर्यटकहरुको रोजाइमा छ । भारतको दार्जिलिङ घुम्न जानेहरुका लागि पनि फिक्कल ‘गेटवे’का रुपमा परिचित छ ।तस्विरहरुः टार्जन लिम्बु

    • प्रकाशित मितिः माघ ३, २०८१
    • 400 पटक पढिएको
  • बोत्तलभित्रका चित्र

    नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान परिसरमा राखिएको सिसी कला प्रदर्शनीमा स्वदेशी तथा विदेशी कलाप्रेमीले रुचाएका छन्। सिसाका बोतलभित्र विभिन्न कलात्मक चित्रप्रति विदेशीहरुले विशेष चासो दिएका थिए । सिसी कला न्यूनतम पाँचसयदेखि ५० हजार रुपैंयाँसम्म बिक्री हुने गरेको कलाकार विभूषण ताम्राकारले बताए । खेर गएका वस्तुहरूलाई सुन्दर रूप दिन सकिने उदाहरणका लागि सिसी कला सिर्जना गरिएको उनको भनाइ छ ।

    • प्रकाशित मितिः पुस २८, २०८१
    • 427 पटक पढिएको
  • मध्य एसियाको मंगोलियामा TSAATAN जनजातिकी एउटी युवती, हरिणमा सवार

    Tsaatan केवल २५० भन्दा कम मान्छेको एक जनजाति हो जसलाई मंगोलियामा अन्तिम रेन्डियर गोठाला मानिन्छ । तिनीहरू घुमन्ते मानिसहरू मध्ये एक हुन् जुन अझै पनि टाइगामा सहअस्तित्वमा छन्, तिनीहरूले कृषि अभ्यास गर्दैनन् र त्यसैले जाडो आइपुग्दा र रेनडियर मोस दुर्लभ हुने बित्तिकै तातो तापक्रमको खोजीमा वर्षौं वर्ष ठूलो दूरीको यात्रा गर्छन् ।एजेन्सी 

    • प्रकाशित मितिः पुस २१, २०८१
    • 496 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा