फोटोफिचर

    Showing 21-30 of 60 items.
  • नेपाल साफ महिला च्याम्पियनसिप–२०२४ को सेमिफाइनलमा

    काठमाडौं– नेपालले साफ महिला च्याम्पियनसिप–२०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा श्रीलङ्कालाई ६–० गोलअन्तरले पराजित गर्दै नेपाल समूह ‘बी’को विजेता बनेको हो । अब नेपालले सेमिफाइनलमा आइतबार समूह ‘ए’को उपविजेता भारतसँग प्रतिस्पर्धा गर्नेछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा नेपालले पहिलो हाफमै ४–० को अग्रता लिएको थियो । रेखा पौडेलले दुई गोल, सावित्रा भण्डारी (साम्बा) र सविता राना मगरले एक/एक गोल गरेका थिए । दोस्रो हाफमा अमिशा कार्की र रश्मीकुमारी घिसिङले थप दुई गोल गर्दै खेल ६–० मा टुंग्याए । आइतबार नै बङ्गलादेश र भुटानबीच अर्को सेमिफाइनल खेल हुनेछ

    • प्रकाशित मितिः कार्तिक ८, २०८१
    • 362 पटक पढिएको
  • अमर प्रहरी श्रद्धाञ्जली समारोह {तस्बिर}

    नेपाल प्रहरीले स्थापना दिवसको अवसरमा अमर प्रहरीप्रति श्रद्धाञ्जली कार्यक्रम गरेको छ । प्रहरी प्रधान कार्यालयमा भएको कार्यक्रम तस्बिरमा हेर्नुहोस् ।         तस्बिर: नेपाल प्रहरी

    • प्रकाशित मितिः असोज २९, २०८१
    • 524 पटक पढिएको
  • पूर्वराजा ज्ञानेन्द्रलाई भुटानमा भव्य स्वागत

    भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहको भव्य स्वागत भएको छ । सामाजिक सञ्जालमा देखिएका तस्बिरले भव्य स्वागतलाई दर्शाएको छ । राप्रपका अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजाको भुटानमा भव्य स्वागत भएको उल्लेख गरेका छन् ।  त्यस्तै पत्रकार जीवराम भण्डारीले पनि पूर्वराजाको भुटानमा भएको स्वागतको खुलेरै प्रसंसा गरेका छन् ।   द रोयल फेमेली नेपालले फेसबुक पेजमा पूर्वराजाको भ्रमणका तस्बिर राखेको छ।

    • प्रकाशित मितिः असोज १८, २०८१
    • 499 पटक पढिएको
  • संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अमेरिका प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख देवराज घिमिरे‚ राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल‚ उपप्रधानमन्त्रीहरू विष्णुप्रसाद पौडेल र प्रकाशमान सिंहसहित मन्त्रीहरू‚ सांसदहरू‚ र सुरक्षा अधिकारीहरूले ओलीलाई बिदाइ गरेका थिए । प्रधानमन्त्री ओलीले महासभाको साधारण बहसमा असोज १० गते सम्बोधन गर्नेछन् । न्युयोर्कमा रहँदा उनले एलडिसीको अध्यक्षका रूपमा सम्मेलनलाई सम्बोधन गर्नुका साथै अन्य उच्चस्तरीय बैठकहरूमा भाग लिनेछन् । भ्रमणका क्रममा उनल

    • प्रकाशित मितिः असोज ४, २०८१
    • 386 पटक पढिएको
  • मनाइयो राष्ट्रिय शिक्षा दिवस, २०८१ (फोटोफिचर)

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय शिक्षा दिवस, २०८१ को अवसरमा एसईईको नतिजा सुधार्न ७० प्रतिशतको लक्ष्य राख्ने नीतिगत पहल गरेको जानकारी गराएका छन् । राष्ट्रिय शिक्षा दिवस, २०८१ मूल समारोह समितिको कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हाल कायम रहेको शिक्षा क्षेत्रको पछौटेपन हटाउन सरकार लागिपरेको जनाउँदै ‘अनलाइन’ कक्षाबाट विद्यार्थीलाई मुख्य विषयहरु पढाएर एसइईको नतिजामा उल्लेख्य सुधार गर्न लागेको जानकारी गराए । हाल एसइईमा ५० प्रतिशतको हाराहारीमा विद्यार्थी उत्तीर्ण हुँदै आएका छन् ।राष्ट्रिय शिक्षा दिवस, २०८१ को कार्यक्रमसँगै शिक्षा क्षेत्रका विभिन्न उत्कृष्ट क्याम्पस,

    • प्रकाशित मितिः असोज २, २०८१
    • 390 पटक पढिएको
  • रास्वपाको पहिलो राष्ट्रिय भेलामा १५०० भन्दा बढी प्रतिनिधिहरूको उत्सव (फोटोफिचर)

    काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय भेला आजदेखि काठमाडौंको प्रज्ञा प्रतिष्ठान, कमलादीमा सुरु भएको छ । सभापति रवि लामिछाने र पदाधिकारीहरूले बिहान घण्टी बजाएर भेलाको उद्घाटन गरे । दुई दिनसम्म चल्ने यस भेलामा देशभरबाट १५०० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहेको छ । भेलामा विधान संशोधन, नीति–विचार, मूल्य–मान्यता, क्यान्डिडेट क्लब, र लिडरसिप एकेडेमी लगायतका एजेन्डामा छलफल हुनेछ । आज पहिलो दिन विभिन्न प्रतिवेदनहरू पेस गरिनेछ भने भोलि सभापति लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

    • प्रकाशित मितिः असोज १, २०८१
    • 621 पटक पढिएको
  • भारी वर्षापछि जलमग्न पोल्याण्डसहित युरोपका धेरै देश, ७ जनाको मृत्यु ! (फोटोफिचर)

    काठमाडौं–मध्य र पूर्वी युरोपका धेरै देशहरूले अहिले भारी वर्षा र बाढीको भयानक बितन्डा भोगिरहेका छन् । बाढीबाट हजारौं मानिसहरूलाई प्रभावित छन्, ठूलो जनधनको क्षति पुर्याएको छ । अस्ट्रियामा बाढीको उद्धार कार्यमा संलग्न एक अधिकारको ज्यान गएको छ, र राजधानी भियनासँग जोडिएको प्रान्तलाई प्रकोप क्षेत्र घोषणा गरिएको छ । यसलाई अप्रत्याशित र डरलाग्दो भनिएको छ । पोल्याण्डमा पनि बाढीका कारण एक जनाको मृत्यु भएको छ, र प्रधानमन्त्री डोनाल्ड टस्कले बाढीका कारण प्राकृतिक प्रकोपको अवस्था घोषणा गरेका छन् ।रोमानियामा भीषण वर्षा र बाढीका कारण पाँच जनाको मृत्यु भएको छ । चेक गणतन्त्र पनि भारी वर्षाको सामना गर

    • प्रकाशित मितिः भदौ ३१, २०८१
    • 472 पटक पढिएको
  • सहकारी समितिको बैठकमा प्रधानमन्त्री ओली (फोटोफिचर)

    काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ बसेको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको आज बसेको बैठकमा सहकारी समस्या समाधानबारे गहन विचार राख्दै, सरकारको तर्फबाट प्रतिबद्धता जनाएका छन्। उनले ठगीमा संलग्न दोषी उम्कन नदिने र निर्दोषलाई फस्न नदिने गरी छानबिन गर्न समितिलाई निर्देशन दिए। प्रधानमन्त्रीले समितिको प्रतिवेदन पर्खिरहेको र त्यसको कार्यान्वयनपछि समस्या समाधान हुने बताउँदै, व्यक्तिको अनुहार नभई तथ्य र व्यवहारलाई आधार बनाएर निष्कर्षमा पुग्नुपर्ने धारणा राखे। 

    • प्रकाशित मितिः भदौ २९, २०८१
    • 286 पटक पढिएको
  • गृहसचिव दुवाडीद्धारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण

    काठमाडौं – गृहसचिव गोकर्णमणि दुवाडीले बुधबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्दै प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र अन्य वरिष्ठ अधिकारीहरूले दुवाडीलाई कार्यालयमा स्वागत गरेका थिए।निरीक्षणको क्रममा दुवाडीले अमर प्रहरी स्मारकमा पुष्प अर्पण गरे। साथै, उनले प्रहरी संग्रहालय, पोलिग्राफ शाखा, डाटा सेन्टर, र डिजिटल फरेन्सिक ल्याबको पनि निरीक्षण गरेका छन्। गृहसचिव दुवाडीले नेपाल प्रहरीले शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानमा खेलेको भूमिकाको सराहना गर्दै प्रहरी सेवा अझ व्यवस्थित र नागरिकमैत्री बनाउनुपर्ने बताए। उनले प्रहरी कर्मचारीको दक

    • प्रकाशित मितिः भदौ २६, २०८१
    • 516 पटक पढिएको
  • कर्णाली राजमार्गमा पहिरो, उद्धारमा जुटेको प्रहरी (फोटोफिचर)

    काठमाडौं–अबिरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएपछि प्रहरीले उद्धार गरिरहेको छ । कालिकोट जिल्ला अन्तर्गत शुभकालिका गाउँपालिका १ का गगने खोला र दैखोलामा ठूलो पहिरो जाँदा सडकखण्ड पूर्णरुपमा अबरुद्ध भएको हो । नेपाल प्रहरी अहिले पहिरोको कारण फसेका व्यक्तिहरूको उद्धार गर्न र बाटो खुलाउन सक्रिय रूपमा जुटिरहेको छ । उद्धार कार्यमा प्रहरीको विशेष टोली र स्थानीय स्रोतसाधन प्रयोग गरेर प्रभावित क्षेत्रबाट मानिसहरूको सुरक्षित निकासी र सडक मर्मत कार्य जारी छ ।

    • प्रकाशित मितिः भदौ २४, २०८१
    • 426 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा