पूर्वसभामुख दमननाथ ढुङ्गानाको पशुपतिनाथस्थित आर्यघाटमा राजकीय  सम्मानका साथ अन्त्येष्टि गरिएको छ। ढुङ्गानाको पार्थिव शरीरमा उनका छोराहरूले दागबत्ती दिए।

त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले दिवङ्गत ढुङ्गानाको सम्मानमा शोक सलामी अर्पण गरेको थियो । पूर्व सभामुख ढुङ्गानाको सम्मानमा १७ तोपको सलामीसमेत दिइएको थियो । 

नेपाल सरकारले आजै राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । उनको योगदानको सम्मान गर्दै सरकारले सोमबार सार्वजनिक बिदासमेत दिएको छ ।

Damannath_1


Damannath_3

Damannath_4

Damannath_5

Damannath_6