काठमाडौं। नेपालमा नयाँ राहदानी उत्पादन प्रणाली औपचारिक रूपमा सञ्चालनमा आएको छ। सोमबारदेखि जर्मन कम्पनी म्युहलबउर र भेरिडोस ले राहदानी छपाइ सुरु गरेका हुन्।नयाँ प्रणालीको शुभारम्भ परराष्ट्रमन्त्री शिशिर खनालले गरेका थिए। पहिलो चरणमा दुई जना नाबालकको राहदानी छापेर सेवा सुरु गरिएको राहदानी विभागले जनाएको छ।विभागका अनुसार करिब एक करोड नेपाली नागरिकका राहदानीसम्बन्धी विवरण सफलतापूर्वक नयाँ प्रणालीमा स्थानान्तरण गरिएको छ। अब राहदानीको व्यक्तिगत विवरण सङ्कलनदेखि छपाइसम्मको सम्पूर्ण प्रक्रिया नयाँ प्रणालीबाट सञ्चालन हुनेछ।विभागले सुरुवाती केही दिन प्रणालीमा सामान्य प्राविधिक समस्या वा राहदानी वितरणमा
काठमाडौं। राहदानी विभागले नयाँ प्रणालीमार्फत राहदानी वितरण सुरु गरेको छ। सोमबारदेखि त्रिपुरेश्वरस्थित विभागको कार्यालयमै नयाँ प्रविधिबाट राहदानी छाप्ने र वितरण गर्ने काम औपचारिक रूपमा सुरु भएको हो।विभागका अनुसार पहिलो दिनमै केही सेवाग्राहीले नयाँ प्रणालीबाट तयार भएका राहदानी प्राप्त गरिसकेका छन्। राहदानी लिन, नवीकरण गर्न वा नयाँ आवेदन दिन भने जिल्ला प्रशासन कार्यालय, राहदानी विभाग तथा विदेशस्थित नेपाली नियोगबाट पहिलेकै प्रक्रियाअनुसार सेवा लिन सकिने जनाएको छ।विभागले नयाँ प्रणाली पूर्ण रूपमा स्थिर हुन करिब तीन महिना लाग्न सक्ने भन्दै सुरुका दिनमा सामान्य प्राविधिक समस्या देखिन सक्ने भए पनि सेवा
काठमाडौं। सरकारले मालसामान ढुवानी प्रणालीलाई डिजिटल र पारदर्शी बनाउन नयाँ कानुनी व्यवस्था अघि सारेको छ। प्रस्तावित विधेयकअनुसार अब जिपिएस जडान नगरी व्यावसायिक ढुवानी गर्ने सवारीसाधनलाई कडा जरिवाना गरिनेछ।प्रतिनिधिसभामा दर्ता भएको ‘अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन तथा खारेज गर्न बनेको विधेयक’ मार्फत सरकारले ट्रक, लरी, कन्टेनर, मिनी ट्रक, ट्याङ्कर, पिकअप, भ्यान, ट्याक्टर तथा कानुनले समेटेका अन्य ढुवानी प्रयोजनका सवारीसाधनमा जीपीएस ९भू–अवस्थिति देखाउने यन्त्र० अनिवार्य गर्ने प्रस्ताव गरेको छ।प्रस्तावअनुसार ढुवानी सुरु गर्नुअघि सवारीसाधनको विवरण वेब–आधारित अनलाइन प्रणालीमा अनिवार्य रूपमा प्
काठमाडौं / जलविद्युत परियोजना लिमिटेडले म्याग्दी हाइड्रोपावर लिमिटेडमा ८ करोड रुपैयाँ बराबरको लगानी गर्ने निर्णय गरेको छ । कम्पनीको असार २५ गते बसेको सञ्चालक समितिको बैठकले अन्य जलविद्युत कम्पनीहरूमा रणनीतिक लगानी गर्ने योजनाअन्तर्गत पहिलो चरणमा म्याग्दी हाइड्रोपावरमा लगानी गर्ने निर्णय गरेको हो । निर्णयअनुसार जलविद्युतले म्याग्दी हाइड्रोपावरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख कित्ता साधारण शेयर खरिद गर्नेछ । यसका लागि कम्पनीले कुल ८ करोड रुपैयाँ लगानी गर्ने भएको हो । कम्पनीले जलविद्युत क्षेत्रमा आफ्नो लगानी विस्तार गर्ने रणनीतिअनुसार उक्त निर्णय गरिएको जनाएको छ ।
काठमाडौं / मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनबाट विद्युत् प्रवाह सुरु भएको छ । ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री विराजभक्त श्रेष्ठको सक्रियतामा शनिबार दिउँसो ३ बजेदेखि विद्युत् प्रवाह सुरु भएको ऊर्जा मन्त्रालयले जनाएको छ । मार्कीचोक भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनका लागि मन्त्री श्रेष्ठले फिल्डमै गएर पहल गरेका थिए । उनले स्थानीय पालिकाका जनप्रतिनिधि र स्थानीयसँग संवाद गरेका थिए । २२० केभी प्रसारण लाइन सञ्चालन आइ विद्युत् प्रवाह सुरु भएसँगै चितवन, हेटौँडा, बुटवल हुँदै कोहलपुरसम्मका नागरिकका लागि विद्युत् सेवा सहज हुनेछ । ‘यससँगै क्षेत्रीय विद्युत् प्रसारण थप सन्तुलित, भरपर्दो
काठमाडौं। अब सरकारी कर्मचारीको हरेक चेतावनी डिजिटल रेकर्डमा रहने भएको छ।अनुशासनहीन कर्मचारीलाई अब मौखिक चेतावनीमै उन्मुक्ति नहुने भएको छ। सरकारले कर्मचारीको आचरण निगरानी गर्न नयाँ डिजिटल प्रणाली लागू गरेको छ। अबदेखि सरकारी कर्मचारीले समय पालना नगरे, माथिल्लो निकायको निर्देशन नमाने वा काममा ढिलासुस्ती गरे त्यसको विवरण स्थायी डिजिटल रेकर्डमा राखिनेछ।राष्ट्रिय किताबखाना र राष्ट्रिय सतर्कता केन्द्रले संयुक्त रूपमा सुरु गरेको प्रणालीमार्फत कारबाही र चेतावनीको विवरण कर्मचारीको पीआईएस मा प्रविष्ट गरिनेछ।यसअघि चेतावनीको औपचारिक अभिलेख नहुँदा अनुशासनहीन कर्मचारीले पनि सरुवा, बढुवा र पुरस्कारमा सम
काठमाडौं / नेपालमा पछिल्ला केही वर्षहरूमा डिजिटल रूपान्तरतरण र प्राविधिक नवप्रवर्तनको लहर तीव्र गतिमा अघि बढिरहेको छ। नवप्रवर्तनकारी सोच भएका युवा उद्यमीहरूलाई विश्वव्यापी मञ्चसँग जोड्न र नेपालमा एउटा बलियो स्टार्टअप इकोसिस्टम निर्माण गर्न ऐतिहासिक पहल सुरु भएको छ। यसै सन्दर्भमा, द ब्रिटिश कलेज र कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) बीच ’स्टार्टअप वल्र्ड कप नेपाल च्याप्टर २०२६’ का लागि एक रणनीतिक सम्झौता भएको छ । यस साझेदारीले नेपालको सूचना प्रविधि र डिजिटल उद्यमशीलताको जगलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ। द ब्रिटिश कलेज र क्यान महासंघबीच रणनीतिक साझेदारी
काठमाडौं— प्रधानमन्त्री बालेन्द्र शाहविरुद्ध गालीगलौज तथा आपत्तिजनक अभिव्यक्ति प्रयोग गर्दै युट्युब सामग्री (कन्टेन्ट) बनाएको आरोपमा रोशन पोखरेललाई जिल्ला अदालत पाँचथरले पूर्वपक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।पाँचथरको फागुनन्द गाउँपालिका–६, आङसाराङका पोखरेलविरुद्ध विद्युतीय कारोबारसम्बन्धी कसुरमा मुद्दा दर्ता भएपछि अदालतले उनलाई पूर्वपक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो।पोखरेललाई यसअघि २०८२ चैत २६ गते पक्राउ गरिएको थियो। त्यसबेला उनको पक्राउको सार्वजनिक रूपमा विरोध भएपछि प्रहरीले उनलाई दुई दिनपछि परिवारको जिम्मा लगाएर रिहा गरेको थियो।पछि उनीविरुद्ध जिल्ला अदालत पाँचथरमा विद्युतीय
काठमाडौं / शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखल र नेपाल भ्रमणमा रहेका एसियाली विकास बैंक एडिबीका अध्यक्ष मासातो काम्दाले काठमाडौंको त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयको संयुक्त रूपमा अवलोकन गरेका छन् । एडिबीको सहयोगमा भूकम्पपछिको पुनर्निर्माण अन्तर्गत निर्माण गरिएका विद्यालयका भवन, विज्ञान प्रयोगशा साइन्स ल्याब तथा स्मार्ट कक्षाको उनीहरुले अवलोकन भ्रमण गरेका हुन् ।अवलोकनका क्रममा मन्त्री पोखरेल र एडिबी अध्यक्ष काम्दाले शिक्षकका लागि ‘एआई लिट्रेसी एन्ड डिजिटल कम्पिटेन्सी’ तालिम मोडुलको पाइलट शुभारम्भ गरे । अनलाइन तथा स्व–अध्ययन सेल्फ–लर्निङमा आधारित उक्त तालिम एडिबी र शिक्षा
काठमाडौं / कृषि, वन तथा पर्यावरण मन्त्रालयले सरकार गठन भएको १०० दिनमा कृषि, वन तथा पर्यावरण क्षेत्रमा भएको उपलब्धीहरु सार्वजनिक गरेको छ ।मन्त्रालयले कृषि बीमा, मल व्यवस्थापन तथा कृषि उत्पादनको संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न नीतिगत तथा प्रविधिमैत्री सुधारका काम अघि बढाएको जनाएको छ । मन्त्रालयका अनुसार कृषि तथा पशुपन्छी बीमालाई थप सरल, सहज र प्रभावकारी बनाउन कृषि तथा पशुपन्छी बीमाको प्रिमियम अनुदानसम्बन्धी कार्यविधि संशोधनको प्रक्रिया अघि उल्लेख गरेको छ । बीमा प्रिमियममा अनुदान वितरणलाई डिजिटल माध्यमबाट व्यवस्थापन गर्न विकसित एग्रिकल्चर एन्ड लाइभस्टक इन्स्योरेन्स सिस्टम संघीय निकायम
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.