राजनीति

    Showing ९९१-१,००० of १०,४६४ items.
  • डा. स्वर्णिम वाग्ले भन्छन रास्वपा नागरिक केन्द्रित लोकतन्त्रतर्फ जान चाहन्छ

    काठमाडौं—  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले रास्वपा नागरिक केन्द्रित लोकतन्त्रतर्फ जान चाहेको बताएका छन् ।रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै अर्थमन्त्री समेत रहेका डा. वाग्लेले रास्वपाले पुरानालाई हराउने मात्र नभएर देशलाई जिताउन आएको बताउदै नागरिक केन्द्रित लोकतन्त्रतर्फ जान चाहेको बताएका हुन् ।उनले रास्वपाले समन्यायिक समाज बनाउने बताउदै बालकको प्रतिभाले उसको भविष्य निर्धारण गरोस भन्ने चाहेको बताए ।डा. वाग्लेले इतिहासले हरेक पुस्तालाई एउटा अवसर दिन्छ भन्दै आफुहरुले त्यस्तै अत्यन्त दुर्लभ अवसर पाएको बताए । उनले अब विद्रोहलाई रुपान्तरणमा बदल्नुप

    • प्रकाशित मितिः असार ७, २०८३
    • ४४५ पटक पढिएको
  • रास्वपाको प्रथम महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक सभापतिका लागि ५१ हजार शुल्क

    चितवन— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक गरिएको छ।केन्द्रीय निर्वाचन आयोगका अनुसार शनिबार राति नै महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली प्रकाशन भइसकेको छ।तालिकाअनुसार आज राति ११ बजे प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन गरिने छ। सोमबार दिउँसो १ बजेदेखि उम्मेदवार मनोनयनका लागि फारम वितरण गरिने आयोगका प्रमुख भुवन केसीले जानकारी दिए।सोमबार दिउँसो २ बजेदेखि ४ बजेसम्म उम्मेदवार मनोनयन दर्ता गरिने छ भने साँझ ६ बजे उम्मेदवारहरूको नामावली प्रकाशन गरिने छ। यस्तै, सोमबार बेलुका ६ बजेदेखि ७ बजेसम्म उम्मेदवारविरुद्ध दाबी–विरोध, ७ बजेदेखि ९ बजेसम्म दाब

    • प्रकाशित मितिः असार ७, २०८३
    • ४४७ पटक पढिएको
  • रास्वपा महाधिवेशनमा गगन थापादेखि बाबुराम भट्टराईसम्म

    चितवन— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन चितवनको भरतपुरमा सुरु भएको छ। अहिले महाधिवेशनको उद्घाटन सत्र हुँदैछ।उद्घाटन सत्रमा कांग्रेस सभापति गगन थापा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, एमालेबाट नेता प्रदिप ज्ञवाली, नेकपाबाट वर्षमान पुन, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका चन्द्रकान्त राउतलगायतका नेता पुगेका छन्।

    • प्रकाशित मितिः असार ७, २०८३
    • ४३४ पटक पढिएको
  • चितवन पुगेर गगन थापाले घण्टी बजाएपछि...

    काठमाडौं— नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले चितवनको भरतपुर पुगेर घण्टी बजाएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेसनमा शुभकामना दिन अतिथिको रुपमा भरतपुर पुगेका थापाले महाधिवेसन उद्घाटनमा रास्वपा सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेन्द्र शाहसँगै घण्टी बजाएका हुन् । थापालाई रास्वपाका वरिष्ठ नेता शाहले घण्टी समाउन दिएका थिए ।सो क्रममा महाधिवेशनमा शुभकामना दिन पुगेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइ, नेकपा नेता वर्षमा पुन, नेकपा एमालेका नेता प्रदिप ज्ञवाली, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन लगाएतलाई पनि घण्टी बजाउन दिइएको थियो ।

    • प्रकाशित मितिः असार ७, २०८३
    • ४९९ पटक पढिएको
  • घण्टी बजाएर रवि र बालेनले गरे रास्वपा प्रथम महाधिवेशन उद्घाटन

    चितवन । सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले संयुक्त रूपमा घण्टी बजाएर रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन उद्घाटन गरेका छन्।भरतपुरमा सुरु भएको तीनदिने महाधिवेशनमा ४ हजारभन्दा बढी प्रतिनिधि सहभागी छन्। महाधिवेशनले नयाँ नेतृत्व र नीति चयन गर्नेछ भने विभिन्न दलका शीर्ष नेताको उपस्थितिले कार्यक्रमलाई थप चर्चित बनाएको छ। रास्वपाका लागि यो महाधिवेशन केवल नेतृत्व चयन होइन, पार्टीको भावी दिशा तय गर्ने महत्वपूर्ण राजनीतिक परीक्षा पनि बनेको छ।

    • प्रकाशित मितिः असार ७, २०८३
    • १०१ पटक पढिएको
  • रास्वपाको महाधिवेशनको महासंग्राम, भरतपुरमा शुरु

    चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राजनीतिक भविष्य तय गर्ने पहिलो राष्ट्रिय महाधिवेशन आइतबार भरतपुरमा औपचारिक रूपमा सुरु भएको छ। पार्टी स्थापनापछि पहिलोपटक आयोजना गरिएको महाधिवेशनलाई रास्वपाको ‘शक्ति परीक्षण’ र ‘नेतृत्व पुनर्संरचना’ को रूपमा हेरिएको छ।तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन सत्र महामन्त्री कबिन्द्र बुर्लाकोटीले सञ्चालन गरेका छन्। सभापति रवि लामिछानेदेखि विभिन्न राजनीतिक दलका प्रतिनिधि, महाधिवेशन प्रतिनिधि तथा हजारौं कार्यकर्ताको उपस्थितिले भरतपुरको माहोल राजनीतिक रूपमा तातेको छ।महाधिवेशनले संशोधित विधानअनुसार १९ पदाधिकारीसहित १५८ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्

    • प्रकाशित मितिः असार ७, २०८३
    • १०१ पटक पढिएको
  • रास्वपा महाधिवेशनमा पुगे बाबुराम र वर्षमान

    काठमाडौं । रास्वपाको प्रथम महाधिवेशन चितवनको भरतपुरस्थित हेस्ट हाउस चौरमा सुरू हुँदैछ ।महाधिवेशनमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा एमालेका नेता प्रदीप ज्ञवाली र नेकपा नेता वर्षमान पुन कार्यक्रस्थलमा पुगिसकेका छन् । रास्वपाले शुभकामना दिन अरू पार्टीका नेतालाई पनि आमन्त्रण गरेको थियो।कार्यक्रम स्थलमा रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटी, परराष्ट्र मन्त्री शिशिर खनाल, प्रवक्ता मनिष झा लगायत केही नेताहरू भने छन् । महाधिवेशनमा प्रधानमन्त्री बालेन शाह, सभापति रवि लामिछानेलगायत पदाधिकारीहरू आइपुगिसकेका छैनन्।दिउँसो १ बजे कार्यक्रम उद्घाटन गर्ने भने पनि अहिलेसम्म सुरू हुन सकेको छैन ।

    • प्रकाशित मितिः असार ७, २०८३
    • १८६ पटक पढिएको
  • रास्वपा महाधिवेशनमा हाई अलर्ट, दुई एआईजीको प्रत्यक्ष निगरानी

    चितवन । रास्वपाको प्रथम महाधिवेशनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक–एक एआईजीलाई समग्र सुरक्षा व्यवस्थापनको प्रत्यक्ष निगरानीको जिम्मेवारी दिइएको छ।महाधिवेशन स्थल र भीआईपी आवागमनलाई ध्यानमा राख्दै ठूलो संख्यामा सुरक्षाकर्मी  परिचालन गरिएको छ। नेपाल प्रहरीका एआईजी उमा प्रसाद चतुर्वेदी र सशस्त्र प्रहरीका एआईजी गणेश ठाडामगरले सुरक्षा अवस्थाको प्रत्यक्ष मनिटरिङ गर्नेछन्।प्रहरी महानिरीक्षक दानबहादुर कार्की समेत सुरक्षा तयारी बुझ्न चितवन पुगेका छन्। असार ९ गतेसम्म चल्ने महाधिवेशनका लागि विशेष सुरक्षा योजना लागू गरिएको सुरक्षा निकायले जनाएको छ।&nbs

    • प्रकाशित मितिः असार ७, २०८३
    • २८० पटक पढिएको
  • रास्वपा केन्द्रीय सदस्यमा हारे पनि नेतृत्वमा पुग्ने बाटो खुला

    चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनबाट चयन हुने १५८ सदस्यीय केन्द्रीय समितिमा ९९ जना निर्वाचनबाट आउनेछन् भने ५१ जनालाई सभापतिले मनोनीत गर्ने व्यवस्था गरिएको छ। संशोधित विधानअनुसार केन्द्रीय सदस्यको निर्वाचनमा पराजित भएका उम्मेदवारलाई समेत सभापतिले मनोनीत गर्न सक्ने प्रावधान राखिएको छ। यस्तै, सातै प्रदेशका प्रदेश सभापति पदेन केन्द्रीय सदस्य रहनेछन्।आकांक्षीको संख्या बढी भएपछि रास्वपामा केन्द्रीय सदस्य पदका लागि निर्वाचन हुने निश्चित भएको छ।

    • प्रकाशित मितिः असार ७, २०८३
    • ४७० पटक पढिएको
  • गृहमन्त्रीले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आज हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको पहिलो महाधिवेशनको कार्यक्रम स्थलको निरीक्षण गरेका छन्।आज आइतबार भरतपुर महानगरपालिका–१० स्थित गेस्टहाउस चौरमा हुने महाधिवेशनको कार्यक्रम स्थलको निरीक्षण गरेका हुन् । गए राती भारी वर्षाको कारण कार्यक्रम स्थल डुबानमा परेको थियो । गृहमन्त्री गुरुङले चितवनका प्रमुख जिल्ला अधिकारी र कार्यक्रम स्थल क्षेत्रमा रहेका विभिन्न आयोजक टिमलाई भेटेर उक्त क्षेत्रमा रहेको पानी तत्काल हटाउन निर्देशन दिए ।

    • प्रकाशित मितिः असार ७, २०८३
    • १६७ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.