राजनीति

    Showing 1,021-1,030 of 10,427 items.
  • क्यान्सर रोगका बिरामीहरूले अझै औषधि नपाएको सांसद थपलियाको गुनासो

    काठमाडौं । नेपाली कांग्रेसकी सांसद सिता थपलियाले क्यान्सर रोगका बिरामीहरूले अत्यावश्यक औषधि सिस्प्लाटिन र कार्बोप्लाटिनको अभावका कारण उपचारमा गम्भीर समस्या भोग्नुपरेको भन्दै सरकारसँग स्पष्ट जवाफ माग गरेकी छन्।बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यसअघि सदनमा विषय उठेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रीले औषधि व्यवस्था विभागको निरीक्षण गरी आवश्यक निर्देशन दिएको जानकारी प्राप्त भए पनि बिरामीहरूले अझै औषधि नपाएको गुनासो गरिरहेको बताइन्। ‘आज पनि देशभरका बिरामी तथा उनीहरूका परिवारजनले सिस्प्लाटिन नपाएको गुनासो गरिरहेका छन्। हिजो मात्र भक्तपुर क्यान्सर अस्पतालमा किमोथेरापीका लागि पुगेका एक ब

    • प्रकाशित मितिः असार ३, २०८३
    • 145 पटक पढिएको
  • चिया पसलमा देखिने प्रधानमन्त्री, चिया किसानको पीडामा किन मौन ? निश्कल राई

    काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले इलामका चिया किसान र उद्योगी गम्भीर संकटमा पर्दा पनि सरकारले बेवास्ता गरेको आरोप लगाएका छन्।प्रतिनिधिसभामा बोल्दै उनले प्रधानमन्त्री चिया पसलमा पुगेर चिया पिउन समय निकाल्ने तर चिया उद्योग र किसानको समस्या समाधान गर्न फुर्सद नपाएको टिप्पणी गरे।भारतले लागू गरेको नयाँ मापदण्डका कारण दर्जनौँ चिया उद्योग बन्द भएका छन् भने किसानले उत्पादन गरेको हरियो चिया खेर जान थालेको छ। उद्योग बन्द हुँदा हजारौँ श्रमिकको रोजगारीसमेत प्रभावित भएको राईले बताए।उनले सरकारसँग चिया निर्यात सहज बनाउन, परीक्षण प्रयोगशाला स्थापना गर्न र अन्तर्राष्ट्रिय बजार विस्तारका लागि तत्क

    • प्रकाशित मितिः असार ३, २०८३
    • 180 पटक पढिएको
  • ९० प्रतिशत महिला सांसदहरूलाई सभामुखसँग जोडेर साइबर बुलिङ भएको छ सांसद बराल

    काठमाडौं । नेकपा एमालेकी सांसद यशोदा कुमारी यादवले ९० प्रतिशत महिला सांसदहरूलाई सभामुखसँग जोडेर साइबर बुलिङ भएको भन्दै सदनको ध्यानाकर्षण गराएकी छन्।बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सामान्य हाँसोलाई लिएर महिला सांसदहरूलाई सभामुखसँग जोडेर सामाजिक सञ्जालमा भिडियो,फोटोहरु अपलोड गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै आपत्ति जनाइन् । उनले भनिन्, ‘अहिले ९० प्रतिशत महिला सांसदहरूलाई सभामुखसँग जोडेर साइबर बुलिङ भइरहेको छ। एउटा सामान्य हाँसोसँग जोडेर यस्तो गर्दा संसद नै लज्जित भएको छ। समाज कहाँ जाँदै छ र यस्तो साइबर बुलिङका विषयमा सदनको ध्यानाकर्षण गराउन चाहन्छु।’

    • प्रकाशित मितिः असार ३, २०८३
    • 159 पटक पढिएको
  • प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय भावनामाथि चोट पुग्यो, सांसद राना

    काठमाडौं । नेकपा एमालेका सांसद कृपाराम रानाले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिले राष्ट्रिय भावनामाथि चोट पुर्याएको बताएका छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद रानाले नेपालको इतिहास, राष्ट्रियता र पुर्खाहरूको योगदान स्मरण गर्दै देशको सार्वभौमिकता र भूगोलप्रति संवेदनशील हुनुपर्ने धारणा राखे । उनले नेपाली वीर पुर्खाहरू अमरसिंह थापा, भक्ती थापा, बलभद्र कुँवर लगायतले देशको रक्षाका लागि गरेको योगदान स्मरण गर्दै नेपालको भूमि उनीहरूको बलिदानबाट प्राप्त भएको बताए । उनले भने, ‘मलाई आज इतिहासको सम्झना आइरहेको छ । म बाघको डोमरु हुँ सिनो खाने कुकुर होइन यो अभिव्यक्ति हाम्रा विरपुर्खा अमरसि

    • प्रकाशित मितिः असार ३, २०८३
    • 139 पटक पढिएको
  • सभामुखको आचरणमाथि कांग्रेस सांसद यादवको टिप्पणी, रास्वपाको आपत्ति

    काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र मोहन यादवले प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालको पूर्व राजनीतिक आबद्धतालाई जोड्दै आचरणमाथि प्रश्न उठाएका छन्।बुधबार बसेको बैठकमा उनले सभामुखलाई पूर्व पार्टीसँगको सम्बन्ध अझै पूर्ण रूपमा विच्छेद हुन नसकेको हो भन्दै प्रश्न गरे। उनले भने,‘मलाई सभामुखसँग प्रश्न छ । यो गरिमामय कुर्सीमा बस्नु पहिला एउटा पार्टीमा आबद्ध हुनुहुन्थ्यो । के सभामुख महोदय अहिलेसम्म पहिलेको जो पार्टी थियो रास्वपा त्योसँगको नाभि काट्न सक्नुभएको छैन कि के हो रुयहाँले सम्पूर्ण सदनको अविभावकको रुपमा यसको सम्मान बढाउने हो ।’ राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद यादवको अभिव्यक

    • प्रकाशित मितिः असार ३, २०८३
    • 144 पटक पढिएको
  • कुवेतका जेलमा रहेका सयौँ नेपाली महिलाको तत्काल उद्धार गर्न सांसद खुश्बुको माग

    काठमाडौं । राप्रपा प्रमुख सचेतक खुश्बु ओलीले कुवेतका विभिन्न जेल र कठिन परिस्थितिमा रहेका नेपाली महिलाको तत्काल उद्धार गर्न सरकारसँग माग गरेकी छन्।प्रतिनिधिसभामा बोल्दै उनले वैदेशिक रोजगारीका क्रममा कुवेत पुगेका धेरै नेपाली महिला अमानवीय पीडा भोग्न बाध्य भएको बताइन्। उद्धार गरिएकी एक नेपाली महिलाको अनुभव उद्धृत गर्दै उनले कुवेतका जेलमा अझै सयौँ नेपाली महिला रहेको र कतिपयले मानसिक सन्तुलनसमेत गुमाएको दाबी गरिन्।अवैध माध्यमबाट कुवेत पुगेका करिब ६५ हजार नेपाली महिला जोखिममा रहेको उल्लेख गर्दै उनले उनीहरूको सुरक्षित स्वदेश फिर्ताका लागि सरकारले तत्काल प्रभावकारी पहल गर्नुपर्ने बताइन्।

    • प्रकाशित मितिः असार ३, २०८३
    • 71 पटक पढिएको
  • नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न समिति गठन

    काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनले विभिन्न समयमा गरेका उपकरण तथा प्रविधि खरिद प्रक्रियाको अध्ययन एवम् छानबिन गर्न चार सदस्यीय समिति गठन गरेको छ ।मन्त्रालयका अनुसार २०८३ असार १ गतेको मन्त्रीस्तरीय निर्णयबाट डा सुदीप भट्टराईको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिलाई नेपाल टेलिभिजनले खरिद गरेका विभिन्न उपकरण, सफ्टवेयर तथा डिजिटल प्रणालीसँग सम्बन्धित उजुरी, प्रतिवेदन र सार्वजनिक सरोकारका विषयहरूको तथ्यपरक अध्ययन गरी २१ दिनभित्र सुझावसहितको प्रतिवेदन मन्त्रालयमा पेस गर्न भनिएको छ । छानबिन समितिलाई नेपाल टेलिभिजनद्वारा खरिद गर

    • प्रकाशित मितिः असार ३, २०८३
    • 160 पटक पढिएको
  • एशियाली खेलकुदमा महिला टोलीको सहभागिता सुनिश्चित गर्न सरकारसँग महरको माग

    काठमाडौं।  महिला फुटबल टोलीलाई एशियाली खेलकुदमा सहभागी गराउन एमाले प्रमुख सचेतक ऐनबहादुर महरले सरकारको ध्यानाकर्षण गराएका छन्।प्रतिनिधिसभामा बोल्दै उनले बजेट अभावको बहानामा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय प्रतियोगिताबाट वञ्चित गर्न नहुने बताए। भिसा प्रक्रियाका लागि राहदानीसमेत सङ्कलन भइसकेको अवस्थामा तत्काल आवश्यक बजेट व्यवस्थापन गर्न उनले माग गरे।त्यस्तै, सन् २०२६ को विश्वकप फुटबल हेर्न दर्शकसँग ९९९ रुपैयाँ अतिरिक्त शुल्क उठाउने विषयको पनि उनले विरोध गरे। आम नेपालीले राष्ट्रिय टेलिभिजनमार्फत निःशुल्क रूपमा विश्वकप हेर्न पाउने व्यवस्था गर्न सरकारसँग उनले आग्रह गरेका छन्।

    • प्रकाशित मितिः असार ३, २०८३
    • 115 पटक पढिएको
  • प्रसाईं–राणा नयाँ पार्टी गठनको तयारीमा, २४ वटा समिति बनाए

    काठमाडौं । व्यवसायी दुर्गा प्रसाईं र राप्रापा परित्याग गरेका धवल शम्शेर राणा  नयाँ राजनीतिक दल गठनको तयारीमा जुटेका छन्। यसका लागि उनीहरूले २४ वटा विभिन्न समिति गठन गरेका छन्।राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान बिसर्जन गरेका प्रसाईं र राप्रपा परित्याग गरेका राणाले नयाँ पार्टी स्थापना गर्ने तयारीस्वरूप जिम्मेवारी बाँडफाँट तथा परिचयात्मक कार्यक्रमसमेत सम्पन्न गरेका छन्। गठन गरिएका समितिमध्ये कार्यदल समितिको संयोजकमा मुकुन्द श्याम गिरी, वार्ता समितिमा राजु आचार्य, सचिवालय समितिमा सगुन सुन्दर लावती र विधान मस्यौदा समितिमा माधव कल्पितलाई जिम्मेवारी दिइएको छ

    • प्रकाशित मितिः असार ३, २०८३
    • 134 पटक पढिएको
  • पोखरा विमानस्थल प्रकरणमा ठूलो झड्का, पूर्वमहानिर्देशक गौतम पुर्पक्षका लागि थुनामा

    काठमाडौं— विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पूर्वमहानिर्देशक सञ्जीव गौतम लाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।विशेष अदालतका सदस्य नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीराज श्रेष्ठ को इजलासले गौतमलाई थुनामा राखेर मुद्दाको थप सुनुवाइ अघि बढाउने निर्णय गरेको हो।पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा अनियमितता तथा आर्थिक हिनामिना भएको अभियोगमा अदालतले गौतमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको जनाएको छ।अदालतको आदेशमा मुद्दासम्बन्धी प्रमाणहरूको परीक्षण तथा मूल्याङ्कनका आधारमा अन्तिम फैसला हुने भएकाले हालका लागि प्रतिवादी गौतमलाई थुनुवा

    • प्रकाशित मितिः असार ३, २०८३
    • 472 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.