काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विनियोजन विधेयकबारे विस्तृत अध्ययन गरेर छलफल गर्न आग्रह गरेका छन् ।शुक्रबार प्रतिनिधिसभामा बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले कतिपय सांसदहरूले विनियोजन विधेयकको ‘पातलो पुस्तिका’ प्राप्त नगरेको जस्तो देखिएको उल्लेख गरे । उनले भने, ‘किताब पाएको भए पनि त्यसको शेरोफेरोमा रहेर टिप्पणी गर्नुको सट्टा समग्र बजेट विनियोजन र प्रस्तुत विवरण सुनेर धारणा बनाइएको जस्तो लाग्छ ।’ आदिवासी जनजातिका लागि छुट्याइएको बजेटबारे उठेका प्रश्नको जवाफ दिँदै उनले अनुसूची–२ मै स्पष्ट रूपमा विवरण उल्लेख गरिएको बताए । ‘त्यहाँ केही पनि राखिएको छैन भन्ने कुरा सुन
पोखरा। पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीको गण्डकी प्रदेश अधिवेशन चलिरहेका बेला सभागृहबाहिर अर्को दृश्य देखियो। ‘जेन–जी आन्दोलन’ मा पक्राउ परेका युवाहरूका आफन्त र समर्थकले न्यायको माग गर्दै धर्ना दिएपछि अधिवेशनस्थल वरिपरि केहीबेर राजनीतिक र सामाजिक बहस तात्न पुग्यो । रास्वपा गण्डकी प्रदेश अधिवेशन जारी रहँदा पोखरा सभागृहको मुख्य प्रवेशद्वार बाहिर ‘जेन–जी आन्दोलन मुद्दा सम्बोधन दबाब समूह’ ले विरोध प्रदर्शन गरेको छ। आन्दोलनका क्रममा पक्राउ परेका युवाहरूविरुद्ध दर्ता गरिएका मुद्दा फिर्ता लिनुपर्ने मागसहित उनीहरूका आफन्त र समर्थकहरू धर्नामा बसेका हुन्। प्रदर्शनकारीहरूले प्लेकार्ड बोकेर आन्दोलन
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्री डा स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सांसदहरूको मर्यादामा प्रश्न उठेको बताएका छन् ।शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै पुनले मन्त्रीको अभिव्यक्ति ‘हेप्ने शैलीको’ भएको संकेत गर्दै संसद र समितिको गरिमा कायम राख्नुपर्ने बताए । उनले कार्यपालिका र व्यवस्थापिकाबीचको सम्बन्ध मर्यादित हुनुपर्ने उल्लेख गरे ।आर्थिक विधेयकमा भएको करका दर हेरफेर र करका दर हेरफेरको सूचना चुहावटको विषयमा अर्थमन्त्री वाग्लेले सांसदहरूलाई धम्की दिएको जस्तो भाषा प्रयोग गरेको भनेर पुनले लेखा
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आगामी जेठ ३१ गते चीन प्रस्थान गर्ने भएका छन्। चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा हुने चारदिने औपचारिक भ्रमणलाई नेपाल–चीन सम्बन्धको अर्को महत्वपूर्ण कूटनीतिक अध्यायका रूपमा हेरिएको छ।परराष्ट्र मन्त्रालयका अनुसार असार ३ गतेसम्म चल्ने भ्रमणका क्रममा मन्त्री खनालले बेइजिङमा आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्नेछन्। वार्तामा दुई देशबीचको राजनीतिक, आर्थिक र विकास सहकार्यलाई थप विस्तार गर्ने विषय केन्द्रमा रहने बताइएको छ।भ्रमणको अर्को महत्वपूर्ण पक्ष आर्थिक कूटनीति पनि हो। मन्त्री खनालले बेइजिङस्थित नेपाली दूतावासको आयोजनामा हुने लगानी सम
काठमाडौं । सरकारलाई जवाफदेही बनाउन कांग्रेसले संसद्मा एकैसाथ तीन वटा प्रतिवेदनको विषय उठाएको छ। मानवअधिकार आयोगको प्रतिवेदनदेखि लिएर भदौ २४ को घटनाबारे प्रस्तावित छानबिन र गृहमन्त्री सुधन गुरुङसम्बन्धी प्रतिवेदनसम्मको अवस्था सार्वजनिक गर्न कांग्रेसले सरकारसँग माग गरेको हो।शुक्रबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै कांग्रेस सांसद भरतबहादुर खड्काले छानबिन भएर तयार भएका प्रतिवेदनहरू कार्यान्वयन नहुँदा जनतामा अन्योल बढेको बताए।उनले भदौ २३ गतेको घटनाबारे छानबिन सम्पन्न भए पनि त्यसको भोलिपल्ट भएको घटनाको अनुसन्धान कहिले सुरु हुन्छ भन्ने प्रश्न उठाए। साथै सोही विषयमा राष्ट्रिय मानवअधिकार आयोगले तयार प
काठमाडौं । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमा सुरक्षाको विषय उठाउँदै सरकारसँग जवाफ मागेका छन्। उनले संसद्मै रक्षामन्त्रीको खोजी गर्दै सीमाक्षेत्रमा देखिएको गतिविधिबारे स्पष्ट उत्तर दिन आग्रह गरेका हुन्। शुक्रबारको बैठकमा बोल्दै साम्पाङले सुस्ता क्षेत्रमा भारतीय सुरक्षा अधिकारीले नेपाली नागरिकलाई हप्कीदप्की गरेको भनिएको भिडियो सार्वजनिक भएको उल्लेख गर्दै त्यसबारे सरकार किन मौन बसेको भन्ने प्रश्न उठाए।उनले सभामुखमार्फत रक्षामन्त्रीलाई सदनमा उपस्थित गराउन माग गर्दै सीमासम्बन्धी विषयमा प्रत्यक्ष जवाफ चाहिएको बताए। साम्पाङले नेपाली सेना सीमाक्षेत्रमा किन परि
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुस्बु ओलीले परराष्ट्रमन्त्रीको भारत भ्रमण र सीमा विवादसम्बन्धी विषयमा सरकारको धारणा स्पष्ट नभएको भन्दै आपत्ति जनाएकी छन् ।शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ओलीले परराष्ट्रमन्त्रीले दिल्ली भ्रमणका क्रममा सीमा विवादबारे स्पष्ट रूपमा कुनै विषय नउठाएको आरोप लगाइन् । उनले भनिन्, ‘सीमा विवादबारे परराष्ट्रमन्त्रीज्यूले राख्नुभएको कुरामा म असहमति जनाउन चाहन्छु। काठमाडौंदेखि दिल्ली जाँदा यो विषयको बारेमा पछि बोल्छु भनेर भन्नुभयो पत्रकारज्यूहरूलाई । दिल्लीको औपचारिक वार्तामा कहीँ कतै सीमाका विषय उठाउनु भएन ।’ उनका अनुसार भ्रमणअघि परराष्ट
काठमाडौं । करका दर हेरफेरको विषयलाई लिएर संसद्मा चर्किएको बहस अब राजनीतिक चुनौती र प्रतिचुनौतीको तहमा पुगेको छ।प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै नेकपा एमालेका सांसद गुरु बरालले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति जवाफ फर्काएका छन्। उनले विगतका सबै घटनाको निष्पक्ष छानबिन गर्न प्रतिपक्ष तयार रहेको घोषणा गर्दै सत्य तथ्य बाहिर ल्याउन सरकारलाई आग्रह गरेका हुन्।बरालले कुनै पनि विषयलाई दबाएर नभई अनुसन्धानमार्फत टुंगो लगाउनुपर्ने बताए। यदि अघिल्ला सरकार वा दलका कमजोरी छन् भने त्यसलाई पनि सार्वजनिक गर्न आफूहरू तयार रहेको उनको भनाइ थियो।एमाले सांसद बरालले करका दर हेरफेर प्रकरणमा संसद
काठमाडौं। नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले सरकारले सुशासनको नारासँग मेल नखाने काम गरेको आरोप लगाएका छन् ।शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खड्काले गृहमन्त्रीमाथि प्रश्न उठेपछि छानबिन समिति गठन गरिएको स्मरण गराउँदै उक्त समितिको प्रतिवेदन सार्वजनिक नगरी सम्बन्धित व्यक्तिलाई पुनः गृहमन्त्री बनाइएको भन्दै आपत्ति जनाए । उनले भने, ‘माननीय गृहमन्त्रीज्यूमा प्रश्न उठेपछि छलछाम समिति बनाइयो । सुनिन्छ, समितिले चोख्याएर प्रतिबेदेन बुझायो रे, उक्त प्रतिवेदन सार्वजनिक नगरी उहाँलाई पुनः गृहमन्त्री बनाइयो ।’ उनले छानबिन समितिले प्रतिवेदन बुझाइसकेको चर्चा भए पनि त्यसलाई सार्वजनिक नगरिएको उल
काठमाडौं । नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले प्रधानमन्त्रीले संसदमा दिएको सीमासम्बन्धी अभिव्यक्तिबारे गम्भीर आपत्ति जनाएका छन् ।शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद बरालले प्रधानमन्त्रीले नेपाल–भारत सीमाको विषयमा स्पष्ट धारणा दिन आवश्यक रहेको बताए । उनले नेपाल र भारतबीच १ हजार ८८० किलोमिटर सीमा रहेको तथा दुई देशबीच ८ हजार ५५३ वटा सीमा स्तम्भ निर्धारण गरिएको उल्लेख गरे । बरालले प्रधानमन्त्रीले संसदमा ‘नेपालले भारतको सीमा मिचेको छ’ भन्ने आशयको अभिव्यक्ति दिएको दाबी गर्दै त्यसलाई संसदको अभिलेखबाट सच्याउनुपर्ने माग गरे । उनले उक्त अभिव्यक्ति संसदको रेकर्डमा ऐतिहासिक दस्तावेजका रूपमा रहन
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.