राजनीति

    Showing 1,161-1,170 of 10,427 items.
  • सुधन गुरुङ पुनः गृहमन्त्री बन्ने, ४ बजे शपथ

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पूर्व गृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार गुरुङले आज दिउँसो ४ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । यसअघि सम्पत्ति विवरणसम्बन्धी विषयमा प्रश्न उठेपछि गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसलगत्तै सरकारले उक्त विषयमा छानबिन गर्न समिति गठन गरेको थियो।छानबिन समितिले गत शुक्रबार आफ्नो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको थियो। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन स्वीकृत गरेपछि गुरुङलाई प

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • 182 पटक पढिएको
  • संसद् अवरोधले बोल्न पाउने अधिकार खोसियो ज्ञानु पौडेल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद ज्ञानु पौडेलले प्रतिपक्षी दलले निरन्तर संसद् अवरोध गर्दा सांसदहरूको बोल्न पाउने अधिकार प्रभावित भएको बताएकी छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सत्तापक्ष र प्रतिपक्षका सबै सांसदको काम, कर्तव्य र अधिकार समान रहेको उल्लेख गरिन् । तर, सदनको कार्यसूची प्रभावित हुने गरी लगातार अवरोध हुँदा आफूहरूका विषयवस्तु प्रस्तुत गर्ने अधिकारसमेत कुण्ठित भएको उनको भनाइ थियो । उनले आकस्मिक समयलगायत विभिन्न विषयमा आफ्ना धारणा राख्न खोज्दा पनि अवसरबाट वञ्चित हुनुपरेको गुनासो गर्दै संवाद, सहकार्य र संसदीय प्रक्रियालाई अवरुद्ध बनाउने गतिव

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • 175 पटक पढिएको
  • प्रतिनिधिसभा बैठक बुधबार बस्ने गरी स्थगित

    काठमाडौं । प्रतिनिधिसभा बैठक आज स्थगित भएको छ ।मंगलबार बसेको बैठकमा विपक्षी दलले विरोध गरेपछि स्थगित भएको हो । सभामुख डोलप्रसाद अर्यालले भोलि बुधबार बस्ने गरी स्थगित भएको जानकारी दिए ।

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • 151 पटक पढिएको
  • नेपाललाई सीमा अतिक्रमणकारी देशका रूपमा चित्रित गर्न खोजियो निष्कल राई

    काठमाडौं । नेपाली कांग्रेसका सांसद निष्कल राईले नेपाललाई सीमा अतिक्रमणकारी देशका रूपमा चित्रित गर्ने कुनैपनि प्रयास स्वीकार्य नहुने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालले छिमेकी देश भारतको कुनैपनि भूभाग अतिक्रमण नगरेको दाबी गरे । उनले नेपाल विश्व समुदायको नजरमा सीमा अतिक्रमणकारी राष्ट्र नभएको र भविष्यमा पनि बन्न नसक्ने बताए। उनले भने, ‘म आज पनि सार्वभौम संसदमा उभिएर भन्छु नेपालले छिमेकी देश भारतको कुनैपनि जमिन अथवा भूभाग मिचेको छैन । नेपाल विश्वको नजरमा सीमा अतिक्रमणकारी देश होइन र बन्न सक्दैन भनी आवाज उठाइरहेका छौ।’   सांसद राईले प्रधानमन्त्रीको अभिव

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • 247 पटक पढिएको
  • प्रतिनिधि सभाको बैठक बुधवार सम्म स्थगित

    काठमाडौं । प्रतिनिधि सभाको बैठक पुनः प्रभावित भएको छ । विपक्षी दलहरूले आफ्नो विरोध नहटाएपछि सभामुख डीपी अर्यालले बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको सीमा सम्बन्धी अभिव्यक्तिलाई लिएर जारी विवादका कारण सदनको नियमित कार्यसूची प्रभावित बनेको हो । विपक्षी दलहरूले प्रधानमन्त्रीको उक्त भनाइ संसद्को अभिलेखबाट हटाउनुपर्ने अडान दोहोर्याउँदै बैठक अवरुद्ध पारेका छन् ।विपक्षी सांसदहरूले सरकारबाट स्पष्ट जवाफ र विवादित अभिव्यक्ति सच्याउन माग गरिरहेका छन् । तर सत्तापक्ष र विपक्षबीच सहमति जुट्न नसक्दा संसद्को कामकारबाही लगातार प्रभावित हुँदै आएको छ

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • 213 पटक पढिएको
  • संसदमा विपक्षीको नयाँ शैलीको विरोध, शहीदको नाममा ५ मिनेट मौनधारण

    काठमाडौं । संसदमा आज विरोधको नयाँ शैली देखियो। नाराबाजी होइन, पाँच मिनेटको मौनतामार्फत विपक्षी दलहरूले सरकारलाई दबाब दिने प्रयास गरे। शहीदहरूको सम्मानको नाममा गरिएको यो मौनधारणले संसदमा अनौठो दृश्य सिर्जना गर्‍यो र राजनीतिक बहसलाई थप उचाई दियो । सामान्यतया नाराबाजी, वेल घेराउ वा बैठक अवरोध गर्ने विपक्षी दलहरूले यसपटक शहीदको सम्मानको नाममा पाँच मिनेट मौनधारण गर्दै सरकारविरुद्ध आफ्नो असन्तुष्टि प्रकट गरेका छन्।प्रधानमन्त्री वालेन्द्र शाहले सीमा सम्बन्धी विषयमा दिएको अभिव्यक्तिलाई लिएर निरन्तर विरोध गरिरहेका विपक्षी सांसदहरूले संसदभित्र नयाँ राजनीतिक सन्देश दिन खोजेका हुन्। नेपाली कांग्रेसका सचेत

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • 266 पटक पढिएको
  • एमालेको अडानः प्रधानमन्त्रीले माफी मागेपछि मात्र कार्यसूचीमा अघि बढ्ने

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दिएको अभिव्यक्ति नेपालले भारतको सीमा मिचेको विषयमा माफी नमागेसम्म सदनको कार्यसूची अघि बढ्न नसक्ने भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ। सांसद क्षितिज थेबेले एमालेका तर्फबाट आजको बैठकमा धारणा राख्दै यस्तो बताएका छन्। उनले भने ‘म यहाँ विरोधका निम्ति विरोध गर्न उभिएको छैन । राष्ट्रिय सीमाको विषयमा बोल्न उभिएको छु । बोलेन भने इतिहासले पनि माफ गर्दैन, सत्तारुढ दलका माननीयहरू जान्नेलाई छान्ने भन्ने नारा लिएर आउनु भएको थियो । मलाई पूर्ण आशा लागेको थियो देशको सिमानाको विषयमा प्रतिपक्षीका सांसदमात्रै उभिने हैन । प्रधानमन्त्रीले मुलुक र जनताप्रति भुलचुक माफी मागे

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • 220 पटक पढिएको
  • प्रधानमन्त्रीको जवाफ नआउँदासम्म संसद चल्न नदिने विपक्षीको चेतावनी

    काठमाडौं । प्रतिनिधिसभामा जारी राजनीतिक विवादले आज पनि संसद बैठक प्रभावित बनेको छ। विपक्षी दलहरूले आफ्नो विरोधलाई निरन्तरता दिँदै बैठक सुरु हुनासाथ उभिएर असन्तुष्टि जनाएका हुन्।सभामुख डीपी अर्यालले बैठकको कारबाही अघि बढाउने प्रयास गरे पनि विपक्षी सांसदहरू आफ्नो अडानबाट पछि हटेनन्। त्यसक्रममा बोल्दै एमाले सांसद क्षितिज थेबेले प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिएको विवादास्पद अभिव्यक्तिबारे स्पष्ट जवाफ नदिएसम्म संसदको अवरोध जारी रहने चेतावनी दिए।विपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा बोल्ने क्रममा राष्ट्रिय भूगोलसँग सम्बन्धित विषयमा विवादास्पद टिप्पणी गरेका थिए। सो अभिव्यक्तिले गम्भीर प्रश्न

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • 208 पटक पढिएको
  • रेडक्रसको नेतृत्वमा विशाल भण्डारी, सरकारले बनायो तदर्थ समिति

    काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको लामो समयदेखिको नेतृत्व विवाद समाधान गर्न सरकारले तदर्थ समिति गठन गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले विशाल कुमार भण्डारीको अध्यक्षतामा नौ सदस्यीय तदर्थ समिति बनाउने निर्णय गरेको हो।सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार नवगठित समितिले रेडक्रसको संगठनात्मक गतिविधि सञ्चालन गर्दै आगामी प्रक्रिया अघि बढाउनेछ। भण्डारी यसअघि नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक अध्यक्षको जिम्मेवारीमा समेत रहिसकेका व्यक्ति हुन्।मन्त्रिपरिषद् बैठकले पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुदन गुरुङसँग सम्बन्धित अध्ययन तथा छानबिन समितिले बुझाएको प्रतिवेदन पनि ग्रहण गरेको छ। उक्त प्

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • 201 पटक पढिएको
  • मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक

    काठमाडौं । सरकारले पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङ अध्ययन तथा छानबिन समिति गठन गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गुरुङ अध्ययन तथा छानबिन समिति गठन गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको हो ।यसैगरी, निजामती सेवा १६औँ संसदीय नियमावली २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ ।त्यस्तै, ऊर्जा क्षेत्रको विकासका लागि महत्त्वपूर्ण मानिएका चारवटा जलविद्युत् आयोजनाहरूलाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ । यसअन्तर्गत तल्लो अरुण, तल्लो न्यादी खोला, भुन्छा खोला र तादी खोला जलविद्युत् आयोजनाहरूले वन क्षेत्र प्रयो

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • 203 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.