काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले विपद् व्यवस्थापन, राहत वितरणमा प्रयोग भइरहेका आधुनिक प्रविधि, सार्वजनिक खरिद प्रक्रिया झन्झटिलो रहेको बताएका छन् । बिहीबार बिहान बसेको समिति बैठकमा बोल्दै उनले नेपालमा पहिलो पटक हेभी लिफ्टिङ ड्रोनमार्फत सिन्धुपाल्चोक र काभ्रेमा राहत वितरण गरिएको स्मरण गराए । उनले अहिले २०० केजीसम्म बोक्न सक्ने क्षमताको हेभी लिफ्टिङ ड्रोन उपलब्ध भएपनि त्यसको खरिद प्रक्रिया सार्वजनिक खरिद ऐनका कारण अत्यन्तै लामो हुने बताए । उनका अनुसार ड्रोन खरिद गर्न सार्वजनिक खरिद ऐनअनुसार ४५ दिन लाग्छ, त्यो ड्रोन आउँदा मनसुन सकिइसक्छ । उनले भने,‘हामीले हेभी लिफ्टिङ ड्रोनमार्फत नेप
काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले विपद् व्यवस्थापन, राहत वितरणमा प्रयोग भइरहेका आधुनिक प्रविधि, सार्वजनिक खरिद प्रक्रिया झन्झटिलो रहेको बताएका छन् । बिहीबार बिहान बसेको समिति बैठकमा बोल्दै उनले नेपालमा पहिलो पटक हेभी लिफ्टिङ ड्रोनमार्फत सिन्धुपाल्चोक र काभ्रेमा राहत वितरण गरिएको स्मरण गराए । उनले अहिले २०० केजीसम्म बोक्न सक्ने क्षमताको हेभी लिफ्टिङ ड्रोन उपलब्ध भएपनि त्यसको खरिद प्रक्रिया सार्वजनिक खरिद ऐनका कारण अत्यन्तै लामो हुने बताए । उनका अनुसार ड्रोन खरिद गर्न सार्वजनिक खरिद ऐनअनुसार ४५ दिन लाग्छ, त्यो ड्रोन आउँदा मनसुन सकिइसक्छ । उनले भने,‘हामीले हेभी लिफ्टिङ ड्रोनमार्फत नेप
काठमाडौं— बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा करिब तीन वर्षपछि जिल्ला अदालत काठमाडौंमा सुनुवाइ प्रक्रिया अघि बढेको छ। पूर्वमन्त्री, बहालवाला सचिव तथा उच्चपदस्थ व्यक्तिहरू प्रतिवादी रहेको मुद्दाको प्रारम्भिक सुनुवाइ बुधबार न्यायाधीश तेजबहादुर खड्काको इजलासमा सुरु भएको हो।सरकारी वकिल कार्यालयले विभिन्न समयमा दायर गरेका तीनवटा मुद्दालाई एकीकृत गर्दै अदालतले सुनुवाइ अगाडि बढाएको छ। तर समय अभावका कारण सरकारी पक्षको बहस सुरु हुन नसकेपछि मुद्दालाई बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको छ।यस प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण तथा पूर्वगृहसचिव टेकनारायण प
विराटनगर— कोशी प्रदेशस्थित विराट मेडिकल कलेज तथा शिक्षण अस्पताल (बीएमसीटीएच) र मनमोहन प्राविधिक विश्वविद्यालय (एमटीयू) बीच शिक्षा, अनुसन्धान, तालिम तथा व्यावसायिक विकासका अवसर विस्तार गर्ने उद्देश्यले सहकार्य गर्ने सम्झौता भएको छ।मोरङको बुढीगंगा गाउँपालिका–२ टंकीस्थित विराट मेडिकल कलेज तथा शिक्षण अस्पताल र बुढीगंगा–४ हात्तीमुढामा रहेको कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयबीच बुधबार समझदारीपत्र ९एमओयू० मा हस्ताक्षर गरिएको हो। विश्वविद्यालयका तर्फबाट रजिष्ट्रार डा. किशोर अधिकारी र अस्पतालका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डेनिस कार्की नेतृत्वको टोलीले सम्झौतापत्रमा हस्ताक्षर गरेका
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको नयाँ विधान मस्यौदामार्फत १६ सदस्यीय पदाधिकारी र १३६ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेको छ।सहमहामन्त्री विपिनकुमार आचार्य नेतृत्वको विधान संशोधन कार्यदलले तयार पारेको मस्यौदा केन्द्रीय समितिमा पेश गरिएको हो ।प्रस्तावअनुसार एक सभापति, तीन उपसभापति, दुई महामन्त्री, चार सहमहामन्त्री, एक प्रवक्ता, तीन सहप्रवक्ता, एक कोषाध्यक्ष र एक सहकोषाध्यक्ष रहनेछन् ।स्रोतका अनुसार सहमहामन्त्रीको संख्या ९ पुर्याउने र केन्द्रीय समिति १५१ सदस्यीय बनाउने विषयमा पनि छलफल भइरहेको छ ।प्रस्तावित सचिवालय २५ सदस्यीय रहनेछ ।रास्वपाले विभिन्न राजनीतिक समूहसँग एक
काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारी आचार्यले विराटनगर महानगरपालिका–१२ स्थित केशलिया (बुढी खोला)किनारमा निर्माण गरिएको एकीकृत बस्तीको अवस्था दयनीय रहेको प्रति सरकारको ध्यानाकर्षण गराएकी छन् ।बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले महानगरपालिका, ह्याबिटाट नेपाल र निजी क्षेत्रको त्रिपक्षीय साझेदारीमा निर्माण गरिएको बस्ती सुकुम्बासीका लागि सुरक्षित आवास नभई ऋणको भार बनेको बताइन् । उनले भनिन्, ‘विराटनगर वडा न १२ मा नदी किनारमा बनेको एकिकृत सम्पन्न बस्ती नामको सम्पन्न हो । यो बस्ती विपन्नको चरम नमुनाका रुपमा छ । महानगर र ह्यापीट्यी नेपाल र निजी जीवन विकास
काठमाडौं । नेकपा एमालेकी सांसद यशोदा बरालले एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्वीर सामाजिक सञ्जालमा दुरुपयोग भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् । बिहीबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ओलीको तस्वीर सामाजिक सञ्जालमा दुरुपयोग गरी रास्वपाको सदस्यता लिएको भनेर भ्रम फैलाइएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् । उनले भनिन्,‘पूर्वप्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीज्यूको फोटो दुरुपयोग गरेर उहाँलाई रास्वपाको सदस्यता लिएको भनेर सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छ ।समा सरकार र सम्बन्धित पार्टीको ध्यानाकर्षण गराउन चाहान्छु ।’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले भन्सार कर छली प्रकरणमा अर्थमन्त्रीले संसदीय समितिमा झुटो बोलेको आरोप लगाएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भन्सार कर छली प्रकरणमा अर्थमन्त्रीले संसदीय समितिमा झुटो बोलेको आरोप लगाउँदै तत्काल छानविनको माग गरेका छन्। उनले भने,‘सुशासनको पक्षमा हामीले हरियो रिबन बाँधेका थियौं, आन्दोलन पनि गरेका थियौं, छानबिन समितिको माग पनि गरेका थियौं। तर यो सत्ताको कुर्सी गजबको हुँदो रहेछ, यताबाट उता सर्दा सबै बिर्सिने हुँदो रहेछ । भन्सार कर छलीको कुरामा अर्थमन्त्रीज्यूले संसदीय समितिमा गएर झुट बोल्नुभएको छ । स
काठमाडौं । नेकपा एमालेकी सांसद निता घतानीले जातीय विभेदका कारण दिपा नेपाली ५४ दिनदेखि सडकमा सत्याग्रहमा बस्न बाध्य भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जातीय विभेदका कारण पीडित बनेका नागरिकले न्याय नपाएको र राज्य मौन दर्शक बनेको आरोप लगाइन्। सांसद घतानीले सत्याग्रहमा बसिरहेकी दिपा नेपालीलाई तत्काल वार्तामा बोलाएर उनका माग सम्बोधन गर्न सरकारसँग माग गरिन् । उनले जातीय विभेदविरुद्धका कानुनहरू कडाइका साथ कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै कागजमा मात्र अधिकार सीमित हुनु राज्यको कमजोरी भएको बताइन्। उनका अनुसार, नागरिक सडकमा सत्याग्रह गर्न
काठमाडौं । नेपाली कांग्रेसका नेता डा प्रकाश शरण महतले पार्टी यतिबेला चुनौतीपूर्ण अवस्थामा रहेको दाबी गरेका छन् ।आज बिहीबार आफ्नै निवास बुढानिलकण्ठमा आयोजित सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा उनले कांग्रेसको परम्परागत जनाधार खस्किएको भन्दै पार्टीलाई पुनः सशक्त र लोकप्रिय बनाउने अभियानमा वृहत् एकता आवश्यकता रहेको बताएका हुन् । उनले पार्टीभित्र १५औँ महाधिवेशन नियमित रूपमा गर्नुपर्ने पक्षधर समूह र विशेष अधिवेशनमार्फत नेतृत्वमा पुगेका समूहबीच देशभर मनोवैज्ञानिक खाडल विद्यमान रहेको बताए । उनले यस्तो अवस्था कायम रहे पार्टी अझ कमजोर बन्नसक्ने चेतावनी दिँदै उनले आन्तरिक समझदारी र सहकार्यको आवश्यकता औँ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.