राजनीति

    Showing 1,181-1,190 of 10,427 items.
  • प्रतिनिधिसभाको बैठक मंगलबार सम्मका लागि स्थगित

    काठमाडौं। प्रतिनिधिसभाको बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ। सोमबार दिउँसो बसेको बैठक प्रारम्भ भएपछि केही समयमै अवरोध सिर्जना भएपछि सभामुखले बैठक स्थगित गरेका थिए । संसद् सचिवालयका अनुसार प्रारम्भमा १५ मिनेटका लागि रोकिएको बैठक पछि सूचना प्रकाशित गर्दै भोलि (मंगलबार) सम्मका लागि सारिएको हो।पछिल्ला केही दिनयता प्रधानमन्त्री बालेन शाह ले संसद्मा दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले लगातार विरोध जनाउँदै आएका छन्। विपक्षी सांसदहरूले प्रधानमन्त्रीले संसद्मै उपस्थित भएर आफ्नो भनाइ स्पष्ट पार्नुपर्ने माग राख्दै बैठक अवरुद्ध गर्दै आएका छन्। विपक्षीको विरोध जारी रहेपछि सोमबारको बैठक पनि नियमित

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 231 पटक पढिएको
  • आर्थिक विधेयकमा करका दर हेरफेर गरिएको विषयले तात्यो संसद्

    काठमाडौं । आर्थिक विधेयकमा करका दर हेरफेर गरिएको विषयले संघीय संसद् तातेको छ। विपक्षी दलहरूले संसद्लाई नै छल्दै करका दर परिवर्तन गरिएको आरोप लगाएका छन् भने अर्थमन्त्री डा। स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग उठाएका छन्।सोमबार प्रतिनिधिसभामा बोल्दै विपक्षी सांसदहरूले संसद्मा टेबल भइसकेको विधेयकमा पछि गएर चलखेल गरिएको दाबी गरे। उनीहरूको आरोप छ– संसद्ले नहेरेको र स्वीकृति नदिएको विषयलाई ‘त्रुटि सुधार’ को आवरणमा वैधानिकता दिन खोजिएको छ।राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले यो प्रकरणलाई सामान्य गल्ती नभई राज्य संयन्त्रमाथिको गम्भीर प्रहारको संज्ञा दिए। करका दरसम्बन्धी गोप्य सूचना कसरी ब

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 333 पटक पढिएको
  • आज पनि सदनमा विपक्षी दलको अवरोध,१५ मिनेटको लागि बैठक स्थगित

     काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलले आज पनि फेरि अवरोध गरेको छ । सोमबार ढिलागरी बस्न लागेको बैठक सुर हुनसाथ विपक्षी दलले उठेर विरोध जनाएपछि सभामुख डोल प्रसाद अर्यालले १५ मिनेटको लागि बैठक स्थगित भएको घोषणा गरे । उनीहरूले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र माफी माग्नुपर्ने अडान लिएका छन् । 

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 105 पटक पढिएको
  • प्रधानमन्त्रीले सीमासम्बन्धी अभिव्यक्ति सच्याउनुपर्ने हर्क राईको माग

    काठमाडौं । श्रम संस्कृती पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्रीले संसद्मा दिएको सीमासम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त भनाइ सच्याउन माग गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै राईले प्रधानमन्त्रीले नेपालले अन्य देशको सीमा मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको उल्लेख गर्दै त्यसको पुष्टि गर्नुपर्ने बताए । उनले भने, ‘देशकै प्रधानमन्त्रीले संसद्को रोस्टमा उभिएर जुन खालको अभिव्यक्ति दिनुभएको छ त्यो सचाइनुपर्छ भनेर माग गदै आएका छौँ । उहाँले सिमानाको बारेमा नेपालले कहाँ कहाँ सिमाना मिचेको रहेछौं भन्ने बारेमा पुष्टि गरिदिनुपर्छ  होइन भने नेपाली जनतालाई सम्बोधन गरेर

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 323 पटक पढिएको
  • प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सदन चल्न नदिने एमालेको अडान

    काठमाडौं । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीको विवादित अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विरोध गरेका छन् । प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले राष्ट्रिय सार्वभौमिकता र अखण्डतामाथि प्रश्न उठाएको भन्दै विपक्षी सांसदहरूले संसद बैठक अवरुद्ध गर्दै आएका छन् । बैठकमा बोल्दै एमाले सांसद पद्मा अर्यालले प्रधानमन्त्रीले कूटनीतिक मर्यादा र पदीय जिम्मेवारीको उल्लंघन गर्ने गरी अभिव्यक्ति दिएको आरोप लगाइन् । उनले उक्त विषयमा गम्भीर बहस र विरोध भइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले संसदमा आएर दिएको भनिएको अभिव्यक्तिप्रति स्पष्टिकरण दिनुपर्ने माग गरिन् । उनले भनिन्, ‘सम्मानीय प्रधानमन

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 214 पटक पढिएको
  • सुदन गुरुङविरुद्ध जाहेरी दिन पुगेका जेनजीहरुलाई प्रहरी परिसरको गेटबाटै फर्काइयो

    काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद तथा पूर्वगृहमन्त्री सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गर्न जाँदा प्रहरीले गेटबाटै फिर्ता पठाएको भन्दै आपत्ति जनाएको छ ।सोमबार अभियानका प्रतिनिधि सांसद गुरुङले प्रहरी हिरासत कक्षभित्र प्रवेश गरी जेनजी अभियन्ताहरूसँग धम्कीपूर्ण तथा अभद्र व्यवहार गरेको, ‘देखाइदिन्छु’ भन्दै विभिन्न अपशब्द प्रयोग गरी मानसिक तथा राजनीतिक दबाब सिर्जना गर्न खोजेको आरोपमा जिल्ला प्रहरी परिसर, भद्रकालीमा जाहेरी दर्ता गर्नको लागि पुगेको थिए ।  उक्त घटनाको सत्यतथ्य छानबिन तथा आवश्यक कानुनी कारबाहीको माग ग

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 273 पटक पढिएको
  • सर्वदलीय छलफल निष्कर्षविहीन, प्रतिपक्षको अवरोध कायमैः हर्क साम्पाङ पनि विरोधमा सहभागी

    काठमाडौं— संसद्को जारी गतिरोध अन्त्य गर्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पहलमा बसेको सर्वदलीय बैठक कुनै ठोस निष्कर्षमा पुग्न नसकेपछि प्रतिनिधि सभामा प्रतिपक्षी दलहरूको अवरोध सोमबार पनि जारी रह्यो।प्रतिनिधि सभा बैठक प्रारम्भ भएपछि सभामुख डीपी अर्यालले नियमित कार्यसूची सञ्चालनका लागि प्रतिपक्षी सांसदहरूलाई सहयोग गर्न आग्रह गरेका थिए। तर प्रधानमन्त्री बालेन शाहको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर असन्तुष्ट प्रतिपक्षी सांसदहरूले आफ्नो स्थानबाट उठेर विरोध जनाउँदै बैठक अवरुद्ध पारे।यसैबीच, सिंहदरबारमा आयोजित सर्वदलीय बैठक बहिष्कार गरेका श्रम संस्कृति पार्टीका

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 439 पटक पढिएको
  • प्रतिपक्ष कमजोर भए पनि संवैधानिक सन्तुलन भत्किन नदिन सरकारलाई लिङ्देनको आग्रह

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको सरकारलाई संवैधानिक शक्ति पृथकीकरणको सिद्धान्त, नियन्त्रण र सन्तुलनको व्यवस्थालाई भत्काउने काम नगर्न आग्रह गरेका छन् ।आज रास्वपाले सर्वदलीय बैठक पछि बोल्दै उनले संसदमा प्रतिपक्ष गणितीय रूपमा कमजोर रहेकाले विकल्प नदेखिएको अवस्थामा सरकार अझ बढी जिम्मेवार र परिपक्व हुनुपर्ने बताए ।   उनले भने, ‘संसदमा अहिले प्रतिपक्ष गणितका हिसाबले कमजोर छ र विकल्प पनि छैन । त्यसकारण हामी विकल्पहीन अवस्थामा छौँ । यस्तो अवस्थामा संवैधानिक शक्ति पृथकीकरणको सिद्धान्त र नियन्त्रण तथा सन्तुलनको व्यवस्थालाई भत्काउने खालका काम नहोस् ।

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 278 पटक पढिएको
  • प्रदेश स्वायत्तताको माग गर्दै जनमत पार्टीको प्रदर्शन

    काठमाडौं— जनमत पार्टीले प्रदेशलाई पूर्ण स्वायत्तता प्रदान गर्नुपर्ने लगायत विभिन्न माग राख्दै सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।प्रदर्शनकारीहरूले प्रदेश सरकारलाई थप अधिकार दिन, जनसंख्याको आधारमा बजेट विनियोजन गर्न, रोजगारी सिर्जना गर्न तथा मधेस र सिमान्तकृत समुदायका अधिकार सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।जनमत पार्टीका उपाध्यक्ष जयकान्त राउतले सरकारलाई आफ्नै प्रतिबद्धता सम्झाउन सांकेतिक प्रदर्शन गरिएको बताए। माग सम्बोधन नभए देशव्यापी आन्दोलन गर्ने चेतावनीसमेत पार्टीले दिएको छ।

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 419 पटक पढिएको
  • वैदेशिक रोजगार व्यवसायी संघमा खत्रीको नेतृत्व, अधिकांश पदमा संयुक्त प्यानलको कब्जा

    काठमाडौं— नेपाल वैदेशिक रोजगार व्यवसायी संघको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनमा डिकबहादुर खत्री अध्यक्षमा निर्वाचित भएका छन्। एमाले निकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेकपा निकट गणतान्त्रिक मञ्च तथा कांग्रेस निकट केही व्यवसायीहरूको समर्थन रहेको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका खत्रीले उल्लेख्य मतान्तरसहित जित हासिल गरेका हुन्।निर्वाचनको अन्तिम नतिजाअनुसार खत्रीले ३४७ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी मेघनाथ भुर्तेलले १९२ मत तथा स्वतन्त्र व्यवसायी समूहका हरिबहादुर पाण्डे क्षेत्रीले १७० मत प्राप्त गरे।निर्वाचन परिणामले संयुक्त प्यानलको बलियो उपस्थिति देखाएको छ। प्रथम उपाध्यक

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 428 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.