काठमाडौं । राजनीतिक दलहरूबीच सहमति जुट्न नसक्दा प्रतिनिधिसभा फेरि प्रभावित भएको छ। बिहान ११ बजेका लागि बोलाइएको बैठक निर्धारित समयमा सुरु हुन नसकेपछि संसद् बैठक दिउँसो २ बजेसम्मका लागि सारिएको छ।संसद् भवनभित्र छलफल चलिरहे पनि सदन भने खुल्न सकेन। विपक्षी दलको अवरोध, सत्ता–प्रतिपक्षबीचको रस्साकस्सी र जारी राजनीतिक परामर्शका कारण बैठक समयमै बस्न नसकेको बुझिएको छ।प्रतिनिधिसभा नियमावलीअनुसार तोकिएको समयदेखि दुई घण्टासम्म पनि बैठक सुरु हुन नसके स्वतः स्थगनको प्रक्रिया लागू हुने व्यवस्था छ। सोही कानुनी व्यवस्थाअनुसार सभामुखले नयाँ समय तोकेका हुन्।पछिल्ला दिनहरूमा संसद् लगातार अवरोधको चपेटामा पर्दै आए
काठमाडौं । नेपाली कांग्रेसले आफ्ना जनप्रतिनिधि र पार्टी संरचनामा रहेका पदाधिकारीलाई आज मध्यरातसम्म क्रियाशील सदस्यता अद्यावधिक गर्न कडा निर्देशन दिएको छ। तोकिएको समयभित्र नवीकरण नगर्नेहरूले आगामी १५ औँ महाधिवेशनमा सहभागी हुन नपाउने चेतावनी दिइएको छ।महाधिवेशनको तयारी तीव्र भइरहेका बेला कांग्रेसले संघीय सांसद, प्रदेश सांसद, मुख्यमन्त्री, मन्त्रीदेखि स्थानीय तहका जनप्रतिनिधिसम्मलाई सदस्यता अद्यावधिक अनिवार्य गरेको हो।पार्टी केन्द्रीय समिति, प्रदेश, जिल्ला, पालिका र वडा तहका पदाधिकारी तथा सदस्यहरूलाई पनि आजैभित्र विवरण अद्यावधिक गरिसक्न भनिएको छ। भ्रातृ तथा शुभेच्छुक संस्थाका नेतृत्व तहलाई समेत यह
काठमाडौं । लामो समयदेखि अवरुद्ध संसद् सञ्चालन गराउने प्रयासमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सक्रिय देखिएका छन्। संसद्को गतिरोध अन्त्य गर्ने उद्देश्यसहित उनले विपक्षी दलका शीर्ष नेताहरूसँग पुनः छलफल गरेका छन्। बुधबार भएको छलफलमा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्म आङदेम्बे, नेकपा एमालेका सांसदहरू, नेकपाका वर्षमान पुन तथा राप्रपाकी खुश्बु ओलीलगायत सहभागी भएका थिए।स्रोतका अनुसार रविको पहलपछि विपक्षी दलहरू केही लचिलो देखिएका छन्। प्रधानमन्त्री बालेन शाहले भारतसँगको सीमा विवादबारे दिएको अभिव्यक्ति सच्याउनुपर्ने अडान राख्दै विपक्षी दलहरूले संसद् अवरुद्ध गर्दै आएका छन्। यसअघि पन
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘जान्नेलाई छान्ने’ नारामाथि कडा प्रहार गर्दै अवैध धन, सेटिङ र उन्मुक्तिको राजनीतिलाई खुला चुनौती दिएका छन्।पोखरेलले सुशासनको आवरणमा देशविरुद्धका गतिविधि, गैरकानुनी हस्तक्षेप र स्वार्थ समूहको प्रभावलाई सामान्य बनाउने प्रयास भइरहेको आरोप लगाए। उनले अवैध सम्पत्तिको स्रोतलाई समेत ‘सिस्टमको कमजोरी’ भन्दै ढाकछोप गर्ने प्रवृत्ति मौलाएको टिप्पणी गरे।उनको भनाइमा अर्थ विधेयकजस्ता संवेदनशील सरकारी दस्ताबेजमा छेडखानी गर्ने, आफ्ना मानिसलाई जोगाउने र विरोधीलाई जसरी पनि दोषी देखाउने संस्कृतिले लोकतन्त्र र विधिको शासनमाथि गम्भीर आघात पुर्याइरहेको छ।पोखरेलले ‘नया
काठमाडौं । नयाँ नेतृत्व चयनको चरणमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश अधिवेशन अन्तिम समयमा आएर स्थगित भएको छ। मतदान प्रक्रिया अघि बढिसकेको अवस्थामा निर्वाचन आयोगले प्राविधिक र व्यवस्थापकीय कारण देखाउँदै अधिवेशन रोकेको हो।केन्द्रीय निर्वाचन आयोगका अनुसार मतपत्रमा देखिएका त्रुटि सच्याउन, मतदाता नामावलीको अन्तिम प्रमाणीकरण गर्न तथा समायोजन सूचीमा परेका करिब ४ सय प्रतिनिधिसम्बन्धी उजुरी टुंग्याउन समय आवश्यक परेपछि प्रक्रिया रोकिएको हो।निर्वाचन आयोगले प्रदेश निर्वाचन समितिमा थप जनशक्ति व्यवस्थापन गरी निर्वाचनलाई थप व्यवस्थित र विश्वसनीय बनाउने तयारीसमेत भइरहेको जनाएको छ। आयो
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बनेका महावीर पुनले सरकारी सुविधा र तामझामभन्दा सादगीलाई प्राथमिकता दिएका छन्। मन्त्री निवासको व्यवस्था नहुँदा उनले मन्त्रालयलाई नै अस्थायी बसोबास बनाएका छन्। पदभार ग्रहण गरेको भोलिपल्टै पुन केही झोला र एउटा कार्टुन बोकेर सिंहदरबारस्थित मन्त्रालय पुगे। उनले आफूले बोकेको सामान नै आफ्नो सम्पत्ति भएको भन्दै ठट्टा मिश्रित शैलीमा जीवनको अनिश्चितताबारे टिप्पणी गरे।भैँसेपाटीका मन्त्री क्वार्टर जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएपछि सरकारले नयाँ मन्त्रीहरूको आवास व्यवस्थापन गर्न सकेको छैन। यही कारण कतिपय मन्त्री घरबाट आउजाउ गरिरहेका छन् भने केही
काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाको सचिवालयले बाहिर चर्चा चलेजस्तो संस्थापन पक्षले सहमतिका कुनै प्रस्ताव नपठाएको जनाएको छ । सचिवालयले संस्थापन पक्षले सात बुँदे प्रस्ताव पठाइएकोबारे दिएको सूचना बाहिर मात्रै आएको बताएको हो ।कोइरालाको सचिवालय प्रमुख दिनेशचन्द्र थपलियाले जनाए अनुसार कांग्रेस संस्थापन पक्षले सहमतिका लागि सात बुँदे प्रस्ताव पठाएको भन्ने बारे डा. शेखर कोइराला र सचिवालय अहिलेसम्म बेखबर छ ।‘यस्ता मनगढन्ते, कपोलकल्पित र भ्रामक सूचनाको भ्रममा कोही नपर्नुहोला,’ सचिवालयले भनेको छ, ‘कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति बनेपछि २०८२ चैत २२ गते प्रदिप पौडेल र २०८३ बैशाख २
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रुपमा अफवाह फैलाइएको बताएका छन् ।बुधबार प्रतिनिधि सभाको अर्थ समितिमा बजेटबारे आयोजित छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।‘बजेट छलफल गर्नुपर्ने प्रतिनिधि सभामा अवरोध गरेर मविरुद्ध संगठित रुपमा अफवाह फैलाइएको छ,’ वाग्लेले भने, ‘म त्यसको जवाफ दिन पनि संसदीय समितिमा आएँ ।’समिति बैठक जारी छ । अर्थमन्त्रीले आफ्नो धारणा राखिरहेका छन् ।
मकवानपुर । रास्वपा बागमती प्रदेशको अधिवेशन अन्तर्गत मंगलबार राति मतदान सुरु भएको थियो । मध्यरात १:३० बजेबाट सुरु भएको मतदान विवाद भएपछि स्थगित गरिएको थियो ।निर्वाचन कार्यक्रम अन्तर्गतको कार्यतालिका अनुसार एक सभापति पदका लागि ४ जना उम्मेदवार कायम रहेको थियो भने ८८ जनाले सदस्य पदका लागि उम्मेदवारी दिएका थिए । निर्वाचन समितिले मतदाताको नामावली समेत निर्धारण गरी मतदान सुरु गरेको थियो । मतदान सुरु भएको ३० मिनेटमा नै विवाद भएपछि निर्वाचन कार्यक्रम स्थगित गरिएको हो ।बुधबार बिहान ८ बजेसम्म निर्वाचन कार्यक्रम स्थगित गरेर निर्वाचन समिति अधिवेशन स्थलबाट बाहिरिएको थियो । मंगलबार रति १:३० बजेदेखि मतदान सुर
काठमाडौं। सम्पत्ति र आर्थिक कारोबारबारे गम्भीर प्रश्न उठेपछि पद छाडेका सुधन गुरुङलाई सरकारले छानबिन प्रतिवेदन सार्वजनिक नगरी पुनः गृहमन्त्री बनाएपछि सरकारको नियतमाथि नै प्रश्न उठ्न थालेको छ। गुरुङविरुद्ध उठेका आरोपको छानबिन गर्न सरकारले गठन गरेको समितिले सफाइ दिएको दाबी गरिए पनि उक्त प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरिएको छैन। प्रतिवेदन गोप्य राखेरै प्रधानमन्त्री बालेन शाहले गुरुङलाई गृह मन्त्रालयको जिम्मेवारी सुम्पिएपछि पारदर्शितामाथि बहस चर्किएको हो।गुरुङमाथि सम्पत्ति स्रोत, सेयर कारोबार, व्यवसायिक साझेदारी र आर्थिक गतिविधिसम्बन्धी प्रश्न सार्वजनिक रूपमा उठेका थिए। ती प्रश्नको जवाफ खोज्न समिति
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.