काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने औपचारिक भारत भ्रमणका लागि शुक्रबार नयाँ दिल्ली प्रस्थान गरेका छन् भारतीय विदेशमन्त्री डा एस जयशङ्करको निमन्त्रणामा उनी २२ देखि २४ जेठसम्म भारत भ्रमणमा रहने छन् । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले नयाँ दिल्लीमा आफ्ना भारतीय समकक्षी विदेशमन्त्री डा एस जयशङ्करसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्नेछन् । भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविध पक्ष तथा पारस्परिक हितका विषयमा विस्तृत छलफल हुने कार्यक्रम छ । विशेषगरी दुई देशबीचको व्यापार, लगानी, ऊर्जा सहयोग, कनेक्टिभिटी तथा जनता–जनताबीचको सम्बन्धलाई थप सुदृढ र विस्तार गर्ने व
काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनलाई लिएर नेकपा एमाले अदालत जाने भएको छ । आयोगले सार्वजनिक गरेको प्रतिवेदनलाई ‘पूर्वाग्रही, बदनियतपूर्ण र षड्यन्त्रपूर्ण’ भन्दै अदालत जाने भएको हो । शुक्रबार महासचिव शङ्कर पोखरेलद्वारा जारी विज्ञप्तिमा आयोगको प्रतिवेदन यथास्थितिमा स्वीकार्य नभएको उल्लेख गर्दै पहिलो चरणमा पुनरावलोकनको माग गरिने र आवश्यक परे अदालतको ढोका ढकढक्याइने जनाइएको छ।एमालेले प्रतिवेदनले तथ्यभन्दा राजनीतिक पूर्वाग्रह बोकेको दाबी गर्दै विधिको शासन, संविधान र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षालाई केन्द्रमा राखेर आगामी रणनीति तय गरिने जनाएको छ।वि
काठमाडौं । जेन-जी आन्दोलनसम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनलाई लिएर नेकपा एमाले अदालत जाने भएको छ । आयोगले सार्वजनिक गरेको प्रतिवेदनलाई ‘पूर्वाग्रही, बदनियतपूर्ण र षड्यन्त्रपूर्ण’ भन्दै अदालत जाने भएको हो । शुक्रबार महासचिव शङ्कर पोखरेलद्वारा जारी विज्ञप्तिमा आयोगको प्रतिवेदन यथास्थितिमा स्वीकार्य नभएको उल्लेख गर्दै पहिलो चरणमा पुनरावलोकनको माग गरिने र आवश्यक परे अदालतको ढोका ढकढक्याइने जनाइएको छ।एमालेले प्रतिवेदनले तथ्यभन्दा राजनीतिक पूर्वाग्रह बोकेको दाबी गर्दै विधिको शासन, संविधान र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षालाई केन्द्रमा राखेर आगामी रणनीति तय गरिने जनाएको छ।व
काठमाडौं । अध्ययन बिदा तथा असाधारण बिदामा रहेका तर आफ्नो अभिलेख अद्यावधिक नगरेका निजामती कर्मचारीलाई सरकारले कडा चेतावनी दिएको छ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै सम्पर्कविहीन कर्मचारीलाई तीन दिनभित्र अनिवार्य रूपमा सम्पर्कमा आउन र आफ्नो विवरण अद्यावधिक गर्न निर्देशन दिएको हो।मन्त्रालयका अनुसार अध्ययन बिदा तथा असाधारण बिदासम्बन्धी अभिलेख राष्ट्रिय किताबखाना (निजामती) मा अद्यावधिक नभएका कर्मचारीको विवरण यकिन गर्ने प्रक्रिया सुरु गरिएको छ। यस क्रममा बिदा अवधि समाप्त भइसकेका कर्मचारी कार्यालयमा हाजिर भए–नभएको अवस्था समेत खोजबिन गरिने ज
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले लामो समयदेखि राजनीतिक इच्छाशक्ति र कानुनी व्यवस्थाको प्रभावकारी प्रयोग हुन नसक्दा रोकिएका आर्थिक तथा नीतिगत सुधारहरूलाई सरकारले अघि बढाउने निर्णय गरेको बताएका छन् ।फिन इलेक्ट्रो–टेक उद्घाटन समारोहमा बोल्दै उनले प्रधानमन्त्री र पार्टी नेतृत्वसँगको छलफलपछि पार्टीको घोषणापत्रमा समेटिएका विभिन्न ऐन, नियमावली तथा कार्यविधिमा सुधार गरी कार्यान्वयनमा लैजाने तयारी भइरहेको जानकारी दिए । उनले भने, ‘लामो समयदेखि राजनीतिक आँट र विधेयक उपयुक्त ढंगले प्रयोग गर्न नसक्दाखेरि हुन नसकेका सुधारहरुलाई हामीले अगाडि बढाउने निर्णय गरेका छौं । प्रधानमन्त्री ज्यु, सभापति ज्युसँ
पोखरा। पोखरामा पाँच दशकदेखि अल्झिएको बसपार्क विवाद फेरि नयाँ मोडमा पुगेको छ । बसपार्क क्षेत्र खाली गराएर डोजर चलाउने तयारीमा रहेको पोखरा महानगरपालिकालाई उच्च अदालत पोखराले तत्कालका लागि ब्रेक लगाइदिएको छ । अदालतको अन्तरिम आदेशसँगै बसपार्कको लडाइँ अब सडकबाट इजलासतर्फ सरेको छ ।महानगरले जेठ २५ गतेदेखि बसपार्कभित्रका संरचना हटाउने अन्तिम तयारी गरिरहेको थियो । तर डोजर चल्नुअघि नै अदालतको आदेश आयो– हाललाई कुनै पनि संरचना नभत्काउनू ।बसपार्कभित्र आफ्नो जग्गा रहेको दाबी गर्दै योगेन्द्रदेवी श्रेष्ठले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालत पोखराले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अदालतल
विराटनगर । विश्व वातावरण दिवसको अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जलवायु परिवर्तनका कारण कोशी प्रदेशमा देखिएका चुनौतीप्रति चिन्ता व्यक्त गर्दै वातावरण संरक्षणमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको बताएका छन्।शुक्रबार जारी शुभकामना सन्देशमा मुख्यमन्त्री कार्कीले हिमालदेखि तराईसम्म फैलिएको कोशी प्रदेश जलवायु परिवर्तनको प्रत्यक्ष असर भोगिरहेको उल्लेख गरेका छन्। उनले हिउँ पग्लने दर बढ्दै जानु, हिमताल विस्फोटको जोखिम बढ्नु, पानीका स्रोत सुक्दै जानु तथा चुरे क्षेत्रको दोहनले पर्यावरणीय सन्तुलन खलबलिएको बताएका छन्। ‘जलवायु परिवर्तनका चुनौतीहरू दिनप्रतिदिन गम्भीर बन्दै गइरहेक
काठमाडौं । शुक्रबार अर्था त आज बस्ने भनिएको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ । सरकारी निकायहरूको कामकारबाहीमाथि निगरानी बढाउने तयारीमा रहेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्न नसक्दा समितिका आगामी कार्ययोजना प्रभावित भएका छन्।समितिको बैठक आज दिउँसो १ बजेका लागि तय भएको थियो । बैठकमा अघिल्ला बैठकका निर्णयहरूको कार्यान्वयन प्रगति सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको थियो। साथै, समितिको कामलाई थप प्रभावकारी बनाउन विभिन्न उपसमिति गठन गर्ने तयारीसमेत गरिएको थियो। तर बैठक बस्न सकेन । समितिले बैठक सञ्चालन कार्यविधि तयारी उपसमिति, समितिमा
काठमाडौं । नेपाली कांग्रेसले पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा बारा जिल्ला सभापति राजेश राय यादवमाथि कारबाही गरेको छ। केन्द्रीय अनुशासन समितिको बैठकले प्रतिनिधिसभा निर्वाचनमा पार्टी उम्मेदवारलाई असहयोग गरेको आरोप पुष्टि भएपछि यादवलाई पदबाट निलम्बन गर्ने निर्णय गरेको हो।यादवविरुद्ध परेको उजुरीमाथि छानबिन गर्दा पार्टी हितविपरीत गतिविधि भएको निष्कर्ष निकालेपछि अनुशासन समितिले कडा कदम चालेको जनाएको छ। यता, सोही प्रकरणमा स्पष्टीकरण सोधिएका सकुन्ती देवी महरा, कौशल किशोर राय र जंगीलाल रायले भने राहत पाएका छन्। उनीहरूले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै पार्टीविरुद्ध कुनै गतिविधिमा संलग्न नभएको जवा
काठमाडौं । प्रधानमन्त्री बालेन शाहको पछिल्लो अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा विवाद चुलिँदै गएको बेला नेपाली कम्युनिस्ट पार्टी नेकपाले प्रधानमन्त्री बालेन शाहको राजिनामा माग गरेको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निकट विभिन्न जनसंगठनले बिहीबार माइतीघर मण्डलामा प्रदर्शन गर्दै प्रधानमन्त्रीको राजीनामा माग गरेका हुन् । प्रदर्शनकारीहरूले प्रधानमन्त्रीले संसद्मा दिएको भनिएको अभिव्यक्तिले नेपालको राष्ट्रिय स्वाभिमानमाथि चोट पुगेको आरोप लगाएका छन्। उनीहरूले राष्ट्रहितविपरीत अभिव्यक्ति दिने नेतृत्वलाई जनताले स्वीकार गर्न नसक्ने भन्दै सरकारलाई खबरदारी गरेका थिए।जनवर्गीय संगठन समन्वय मोर्चाक
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.