मुगु— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाको सभापतिमा मक्कर बहादुर भण्डारी चयन भएका छन् । प्रथम जिल्ला अधिवेशनबाट सर्वसम्मत रूपमा भण्डारीलाई सभापतिमा चयन गरिएको रास्वपा जुम्लाका नवनिर्वाचित सचिव जगबहादुर खत्रीले जानकारी दिए ।यसै गरी उपसभापतिमा सुनिलबहादुर रोकाय,सचिवमा जगबहादुर खत्री, सहसचिवमा दानबहादुर बुढा चयन भएका छन् । समावेशी सदस्यहरूमा पेमा टाँसी लामा तामाङ, शान्ते कामी, भीमबहादुर बुढा र सीता रोकाय चयन भएको रास्वपा जुम्लाका सचिव खत्रीले बताए ।अधिवेशनले निर्वाचन क्षेत्र स्तरीय समिति पनि गठन गरेको छ । निर्वाचन क्षेत्र नंं.१ को उपसंयोजकमा इन्द्रबहादुर बुढा, सचिवमा फुर्वा छिरिङ ता
काठमाडौं— आज दुई संसदीय समितिको बैठक बस्ने भएको छ ।आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने भएको हो ।सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा नागढुङ्गा—सिस्नेखोला सुरूङ्गमार्ग सम्बन्धमा विभाग र आयोजनासँग छलफल हुने कार्यसूची रहेको छ । यसैगरी बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा कर्णाली प्रदेशमा भएको स्थलगत अनुगमन एवं अन्तरक्रिया कार्यक्रमको प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ ।
काठमाडौं— प्रतिनिधि सभाको बैठक आज (सोमबार) बस्ने भएको छ । बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुनेछ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यसपछि आ।व। २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ र छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री वाग्लेले दिनेछन् ।व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री वाग्लेले विभिन्न महत्त्वपूर्ण विधेयकहरू सदनम
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका छन् ।आज (सोमबार) बैठक सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बिहान ९ बजे बस्ने गरी बैठक आह्वान गरेको रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।आजको बौठकमा समसामयिक राजनीतिक विषयमा छलफल गर्न हुने महामन्त्री बुर्लाकोटीले बताए ।बैठकमा संघीय संसद्अन्तर्गतको प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई सहभागी हुन अनुरोध गरिएको छ । छलफललाई व्यवस्थित र निर्णयमुखी बनाउनका लागि प्रत्येक राजनीतिक दलबाट पार्टी अध्यक्ष वा सभापतिसहित दुई जना नेतालाई सहभागी हुन
गोरखा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले राजनीतिक प्रतिस्पर्धाभन्दा विकास र सुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन्। गोरखामा आयोजित रास्वपाको प्रथम जिल्ला अधिवेशन उद्घाटन गर्दै उनले जनताले दिएको मत द्वन्द्व र आरोप–प्रत्यारोपका लागि नभई परिणाममुखी कामका लागि भएको उल्लेख गरे।उनले विकास निर्माणका परियोजनामा राजनीतिक दलहरूबीच सहकार्य आवश्यक रहेको भन्दै साझा प्रयासबाट मात्रै अपेक्षित उपलब्धि हासिल गर्न सकिने बताए।बुर्लाकोटीले लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योग पुनः सञ्चालनको पहल भइरहेको जानकारी दिँदै निजी क्षेत्रको लगानीमार्फत उद्योगलाई पुनर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा बाराका कार्यकर्ताले कलैया उपमहानगरपालिका अधिवेशनपछि गरिएको उपनिर्वाचन खारेज गर्न माग गरेका छन् । उनीहरूले अधिवेशन सम्पन्न भइसकेपछि विजयी घोषणा गरिएको नेतृत्वलाई पुनः निर्वाचन गराउनु पार्टी विधान र लोकतान्त्रिक प्रक्रियाविपरीत भएको आरोप लगाएका छन् ।कार्यकर्ताहरूका अनुसार २०८३ साल जेठ १७ गते सम्पन्न नगर अधिवेशनमा उमाशंकर रनिया १२४ मत सहित बिजयी भएका थिए । निर्वाचनपछि रनियाको शपथग्रहणसमेत सम्पन्न भएको अवस्थामा दुई दिनपछि सामाजिक सञ्जालको ह्वाट्सएप समूहमार्फत पुनः उपनिर्वाचन हुने सूचना दिइएको समर्थक धिराज पटेलले जानकारी दिए । उनले उक्त सूचना कुनै आधिका
काठमाडौं । नेपाल–भारत सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिलाई लिएर राजनीतिक विवाद थप चर्किएको छ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्रीको भनाइलाई ‘गम्भीर राष्ट्रघात’ भन्दै सार्वजनिक रूपमा कडा विरोध जनाएको छ। विज्ञप्ती जारी गर्दै नेकपाले नेकपाले कालापानी, लिपुलेक र लिम्पियाधुराजस्ता संवेदनशील राष्ट्रिय मुद्दामा प्रधानमन्त्रीबाट आएको अभिव्यक्ति नेपालको आधिकारिक अडान, इतिहास र जनभावनाविपरीत रहेको आरोप लगाएको छ।पार्टीले भारतद्वारा नेपाली भूमि अतिक्रमण भएको विषयलाई कमजोर पार्ने गरी नेपालले पनि भारतीय भूमि कब्जा गरेको जस्तो सन्देश दिनु राष्ट्रिय स्वाभि
काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद सुधन गुरुङले आफ्नो सम्पत्तिको विषयमा उठेका प्रश्नहरूको छानबिनका लागि सहजीकरण गर्न आफूले मन्त्री पदबाट राजीनामा दिएको खुलासा गरेका छन् ।रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशन सत्रलाई सम्बोधन गर्दै सांसद गुरुङले सार्वजनिक पदमा रहँदा उठेका सवालहरूको जवाफ दिन आफू पूर्ण रूपमा जिम्मेवार बनेको बताए । अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘मैले सार्वजनिक पदमा बसेर काम गरेपछि उठेका प्रश्नहरूको सामना गर्नुपर्छ भनेरै छानबिन समितिसमक्ष बयान दिएको हुँ । बयानका क्रममा कतिपय प्रश्नहरू निकै कडा थिए, जसको मैले सोहीअनुसार सहज र स्पष्ट जवाफ दिए
काठमाडौं । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले नेपालले सीमा विवाद समाधानका लागि बेलायतको मध्यस्थता नखोजेको बताएका छन्। नयाँ दिल्लीस्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपालको अडान सधैं दुईपक्षीय वार्तामार्फत समाधान खोज्ने रहेको स्पष्ट पारे।खनालका अनुसार प्रधानमन्त्रीले बेलायतको नाम लिँदा मध्यस्थताको कुरा नभई ऐतिहासिक दस्तावेज र अभिलेखको पहुँचबारे संकेत गरे। सुगौली सन्धिसँग सम्बन्धित प्रमाणहरू बेलायतका पुस्तकालय वा संग्रहालयमा हुन सक्ने भएकाले त्यसतर्फ चासो देखाइएको उनको भनाइ थियो। प्रधानमन्त्री बालेन शाहले संसदमा सीमा विवादबारे बेलायतसँग पनि कुरा भएको उल्लेख गरेपछि
कपिलवस्तु— कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर ३ का पूर्व सांसद तथा नेकपा (एमाले) का नेता मंगलप्रसाद गुप्ताको आइतबार बिहान निधन भएको छ।हृदयघात भएपछि उपचारका लागि भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा भर्ना गरिएका गुप्ताको उपचारकै क्रममा निधन भएको एमाले कपिलवस्तु जिल्ला अध्यक्ष बाबुराम खनालले बताएका छन्।८० वर्षभन्दा बढी उमेरका गुप्ता लामो समयदेखि सक्रिय राजनीतिमा संलग्न थिए। उनले २०३९ सालदेखि संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्न थालेका थिए भने एमालेको तर्फबाट नौ पटक उम्मेदवार बनेका थिए। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर ३ बाट विजयी हुँदै सांसद बनेका थिए।परिवारका अनुसार उनको
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.