काठमाडौं— सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेलले नेपाल–भारत सीमा सम्बन्धी विषयमा उठिरहेका जिज्ञासा र प्रश्नहरूको जवाफ दिन प्रधानमन्त्री बालेन शाह आवश्यक परे पुनः संसदमा उपस्थित हुन तयार रहेको बताएका छन्।मंगलबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोखरेलले सीमा, राष्ट्रिय स्वाधीनता तथा कूटनीतिक चासोका विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताए। उनले संसदमा उठ्ने विषयमा जवाफदेही हुन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै आवश्यक परे प्रधानमन्त्रीले थप धारणा र स्पष्टिकरण प्रस्तुत गर्ने बताए।नेपाल–भारत सीमा सम्बन्धी विषय पछिल्लो समय संसद र राजनीतिक व
काठमाडौं— नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी सदस्यताको विषय कम्युनिस्ट पार्टी निर्माणको आधारभूत र निर्णायक पक्ष भएको बताएका छन् ।नेकपा (एमाले) केन्द्रीय संगठन विभागद्वारा आयोजित सदस्यता नवीकरण तथा विस्तार–उत्प्रेरणा कार्यशालामा बोल्दै उनले पार्टीको प्रगति सदस्यहरूको वैचारिक स्पष्टता, संगठनात्मक अनुशासन, सक्रियता र लक्ष्यप्रतिको समर्पणमा निर्भर रहने बताए ।उनले पार्टी सदस्यहरू विचार र विश्लेषणप्रति जानकार, संगठित, अनुशासित, क्रियाशील तथा लक्ष्यप्रति समर्पित भए मात्रै पार्टीले सफलता हासिल गर्ने उल्लेख गरे। सदस्यताको गुणस्तरमा कमजोरी आए पार्टीको आकार ठूलो भए पनि अपेक्षित नतिजा प्राप्त ग
काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले आगामी असोजमा महाधिवेशन गर्ने निर्णय गरेको छ। त्यसका लागि पार्टीले संगठनात्मक तयारीलाई तीव्र बनाउँदै २९९ सदस्यीय केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरेको छ।पार्टी अध्यक्ष सन्तोष परियार नेतृत्वमा ६ सदस्यीय राजनीतिक संवाद समिति पनि गठन गरिएको छ। समितिलाई वामपन्थी, प्रगतिशील र समाजवादी शक्तिहरूसँग संवाद तथा सहकार्यको वातावरण निर्माण गर्ने जिम्मेवारी दिइएको छ। पार्टीले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई का पछिल्ला अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै खेद प्रस्ताव पारित गरेको छ। साथै सरकारले ल्याएको बजेट र सुकुम्बासी नीतिप्रत
काठमाडौं— भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मंगलबार भारतका गृहमन्त्री अमित शाह र विदेशमन्त्री एस जयशंकर सँग भेटवार्ता गरेका छन् । नयाँ दिल्लीमा भएको भेटमा गृहमन्त्री शाहले लामिछानेलाई रास्वपाको निर्वाचन सफलताप्रति बधाई दिँदै नेपालको नयाँ सरकारको सफलताका लागि भारतको शुभकामना व्यक्त गरेका छन् ।भारतीय गृहमन्त्रीको कार्यालयले सामाजिक सञ्जाल एक्समार्फत दिएको जानकारीअनुसार भेटमा भारत र नेपालबीचको विशेष सम्बन्धलाई अझ सुदृढ बनाउन दुवै पक्षले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।भेटपछि लामिछानेले पनि सामाजिक सञ्जालमार्फत भारतका विदेशमन्त्री जयशंकरसँ
काठमाडौं— काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । शिक्षा तथा खेलकुद मन्त्री तथा विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा मङ्गलवार सम्पन्न बैठकले उपकुलपति नियुक्ति प्रक्रियालाई अघि बढाउने उद्देश्यले तीन सदस्यीय सिफारिस समिति गठन गर्ने निर्णय गरेको हो ।गठित समितिको संयोजकमा सहकुलपति मन्त्री पोखरेल रहेका छन् । समितिको सदस्यमा रेशु अर्याल ढुंगाना र प्रा। डा। सुरेशराज शर्मा रहेका छन् । ढुंगाना राष्ट्रिय योजना आयोगको सदस्य हुनुहुन्छ भने शर्मा काठमाडौं विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष तथा विश्वविद्यालयका संस्थाप
बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेकपा (एमाले) ले मन्त्री हेरफेरको प्रक्रिया अघि बढाएको छ। पार्टीको निर्देशनपछि सरकारमा रहेका चार जना मन्त्रीले सामूहिक रूपमा पद त्याग्ने तयारी गरेका छन्।भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि तथा भूमि व्यवस्था मन्त्री दिनेश पन्थी, वन तथा वातावरण मन्त्री खेम सारु मगर र ग्रामीण तथा शहरी विकास मन्त्री सीता शर्मा चौधरीले बुधबार राजीनामा दिने भएका हुन्। मन्त्री ढकालका अनुसार पार्टीको निर्णयअनुसार मौखिक रूपमा राजीनामाको जानकारी दिइसकिएको छ भने लिखित राजीनामा बुझाउने प्रक्रिया जारी छ। उनले मन्त्री पद व्यक्तिगत नभई पार्टीको जिम्मेवारी भएकाले पार्टीकै निर्देशन
काठमाडौं । सरकारले अध्यादेशमार्फत निजामती कर्मचारीका ट्रेड युनियन तथा पेशागत संगठन खारेज गर्ने निर्णय गरेपछि सुरु भएको कानुनी विवाद अब सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रवेश गरेको छ।नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष भवानी दाहाल सहितले दायर गरेको रिटमाथि प्रधानन्यायाधीश मनोजकुमार शर्मा नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको हो।यसअघि अदालतले सरकारको निर्णयबारे तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो। अब संवैधानिक इजलासले कर्मचारी संगठनहरू खारेज गर्ने सरकारी निर्णय संविधानसम्मत छ वा छैन भन्ने विषयमा टुंगो लगाउनेछ।सरकारले प्रश
देवेन्द्र किशोर: नेपालको राजनीतिक इतिहासमा केही घटनाहरू यस्ता हुन्छन् जसले तत्कालीन परिस्थितिभन्दा धेरै परसम्म प्रभाव पार्ने सम्भावना बोकेका हुन्छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नेतृत्वमा भारतीय जनता पार्टी (भाजपा) को औपचारिक निमन्त्रणामा सम्पन्न भारत भ्रमणलाई यस्तै एउटा राजनीतिक घटनाका रूपमा हेरिएको छ। यो भ्रमण दुई राजनीतिक दलबीचको शिष्टाचार भेटघाट मात्र नभई नेपालमा उदाएको नयाँ राजनीतिक शक्तिप्रति भारतको दृष्टिकोण, दक्षिण एशियाली शक्ति समीकरणको पुनर्संरचना तथा नेपाल–भारत सम्बन्धको नयाँ अध्यायसँग जोडिएको विषय हो ।नेपालको पछिल्लो आमनिर्वाचनले नेपाली राजनी
काठमाडौं । राप्रपा त्यागेका नेता धवलशमशेर राणा र राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईं बीच नयाँ पार्टी बनाउने भन्ने विषयमा छलफल भएको छ। मंगलबार दुई नेताहरुविच भएको भेटवार्तामा नयाँ पार्टी बनाएर अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भएको स्रोतले बताएको छ। स्रोतका अनुसार दुई नेताबीच राष्ट्रवादी एजेन्डालाई केन्द्रमा राखेर सहकार्य गर्ने विषयमा सकारात्मक समझदारी बनेको छ। आगामी दिनमा एउटै राजनीतिक छातामुनि अघि बढ्ने र नयाँ दल गठनको प्रक्रियालाई तीव्र बनाउने विषयमा समेत छलफल भएको बताइएको छ।राप्रपाभित्रको असन्तुष्टिको पृष्ठभूमिबाट बाहिरिएका राणा तथा सडक आन्दो
सतिस पौडेल, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संसदमा गरेको सीमा सम्बन्धी अभिव्यक्तिपछि भारतले पहिलो पटक आफ्नो धारणा सार्वजानिक गरेको छ । भारतले नेपालसँग बाँकी रहेका सीमा सम्बन्धी विषयहरू आपसी वार्ता र स्थापित द्विपक्षीय संयन्त्रमार्फत नै समाधान हुने जनाएको हो । मंगलबार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवाल ले नेपाल–भारत सीमाको अधिकांश भागको सीमांकन सम्पन्न भइसकेको उल्लेख गर्दै बाँकी रहेका केही मुद्दा पनि दुई देशबीचकै संवादबाट टुंगो लगाइने बताए।उनले सीमा विवाद समाधानका लागि कुनै तेस्रो पक्षको आवश्यकता नरहेको स्पष्ट पारे। यो भनाइलाई प्रधानमन्त्री बालेनले संसदमा बेलायतसँग समेत कु
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.