काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली नभएसम्म देशमा राजनीतिक स्थिरता नहुने बताएका छन् । बिहीबार आयोजीत पत्रकार सम्मेलनका बोल्दै उनले राजनीतिक लोकतान्त्रिक स्थिरताको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानुपर्ने बताएका हुन् । देशमा स्थिरता नभएसम्म सुशासन र समृद्धि नहुने भन्दै भने, ‘लोकतान्त्रिक स्थिरताको निम्ती शासकीय प्रणालीमा समय अनुसार सुधार गर्नैपर्छ । त्यो भनेको प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली नै हो । प्रधानमन्त्री भन्ने वहस पनि छ तर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा नगएसम्म देशमा राजनीतिक स्थिरता हुँदैन,’
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भूमिका बदलेर सङ्गठनात्मक जिम्मेवारी नयाँ पुस्तालाई दिन तयार रहेको बताएका छन् । बिहीबार केन्द्रीय कमिटी बैठकस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले महाधिवेशनबाट विधि र प्रक्रियाबाट पार्टीको नेतृत्व नयाँ पुस्ताले गरोस् भन्ने प्रचण्डकै प्रस्ताव रहेको भन्दै यस विषयमा खुला छलफल हुने जानकारी दिए । उनले भने,‘उहाँ आफैंले पनि गएको साउनमा प्रस्ताव नै राख्नुभएको थियो । म अब मेरो भूमिका बदल्छु भनेर भन्नुभएको थियो । सङ्गठनात्मक जिम्मेवारी नयाँ पुस्ताले लिनुपर्यो भनेर प्रस्ताव अघि सार्छु भनेर भ
काठमाडौं— नेकपा माओवादी केन्द्रका नेता सुदन किरातीले जेन–जी आन्दोलनको प्रमुख एजेण्डा नै ओझेलमा पारिन थालेको आशंका व्यक्त गरेका छन् ।बिहीबार सामाजिक सञ्जाल फेसबुमा लेख्दै उनले जेन–जी आन्दोलनको प्रमुख एजेण्डा भ्रष्टाचार छानबिन गरी दोषीहलाई कारवाही गर्ने भएतापनि सरकार गठन भएको यतिका दिन भइसक्दा पनि सो आयोग गठन नभएको भन्दै उक्त आशंका व्यक्त गरेका हुन् । उनले लेखेका छन्,जेन–जी आन्दोलनको प्रमुख एजेण्डा भ्रष्टाचार छानबिन गरी दोषीहलाई कार्वाही गर्ने हो तर सुशीला कार्की सरकार गठन भएको यतिका दिन भइसक्दा पनि सो आयोग गठन भएन । के आन्दोलनको मुद्दा ओझेलमा पारिन थालेको हो ?’
विराटनगर— कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विधिको शासन, कानुनी राज र संवैधानिक सर्वोच्चता भएको मुलुकमा कसैको हुकुमी शासन नचल्ने बताएका छन्।सामाजिक सञ्जालमा उनले संघ, प्रदेश र स्थानीय तह सबै तहको सरकार सुशासनसहित र भ्रष्टाचारमुक्त ढंगले सञ्चालन हुनुपर्नेमा जोड दिए । ‘आफ्नो कानुनी दायरा र क्षेत्राधिकारभित्र रहेर निर्णय र काम गर्नु नै लोकतान्त्रिक संस्कार हो। संविधान र कानुनअनुरूप नै हामी सबैले काम गर्नुपर्छ,’मुख्यमन्त्री कार्कीले भने।
काठमाडौं— साफ यू–१७ च्याम्पियनसिपमा आज (बिहीबार)सेमिफाइनल खेल हुँदैछ । श्रीलंकामामा जारी च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले साविक विजेता भारतसँग भिड्दै छ । नेपाल र भारतबीचको खेल कोलोम्बो रेसकोर्समा नेपाली समय अनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ ।त्यसअघि बंगलादेश र पाकिस्तानबीच दिउँसो ३ः४५ बजे पहिलो सेमिफाइनल हुनेछ ।नेपाल समूह ए को उपविजेता तथा भारत समूह बी को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।नेपालले पहिलो खेलमा श्रीलंकालाई २–० ले पराजित थियो भने दोस्रो खेलमा बंगलादेशसँग ४–० ले पराजित भएको थियो ।नेपालले अहिलेसम्म जम्मा दुई गोल गर्दा ४ गोल व्यहोरेको छ । श्रीलंका विरुद्ध दुवै गो
काठमाडौं— मन्त्रिपरिषद्को बैठक आज (बिहीबार ) बस्ने भएको छ । आज दिउँसो ४ बजे प्रधानमन्त्री कार्यालयमा बस्नेगरी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को बैठक बोलाएकी हुन् । मन्त्रिपरिषद्को बैठक पछि आजै साँझ ६ बजे प्रधानमन्त्री कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्दै छिन् ।
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी कात्तिक १४ र १५ गते केन्द्रीय विस्तारित बैठक गर्ने निर्णय गरेको छ ।मंगबार र बुधबार बसेको बैठकमा केन्द्रीय सदस्यहरूले राखेका मौखिक तथा लिखित प्रस्तावमाथि व्यापक छलफल गर्दै भदौ २४ गते नख्खु कारागारलगायतका स्थानमा भएका घटनामा पार्टी सदस्यहरूको संलग्नता रहे–नरहेकोबारे सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्ने निर्णय गरिएको छ । त्यस्तै, भदौ २३ र २४ गते भएको आन्दोलनमा राज्य पक्षबाट भएको दमन र हिंसाको छानबिन प्रतिवेदन नआएसम्म तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री र सञ्चारमन्त्रीलाई राजनीतिक गतिविधिमा सहभागी हुन रोक लगाउन सरकारको ध्यानाकर्षण
काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपाल र त्यसबाट अलग्गीएर बनेका दलहरुका केन्द्रीय नेताहरुले पार्टी एकताको लागि पार्टी नेतृत्वलाई संयुक्त अपिल गरेका छन् ।उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का केन्द्रीय नेताहरुले संयुक्त अपिल जारी गर्दै समान विचार, सिद्धान्त र मुद्दा बोकेका पार्टीलाई एकताबद्ध बनाइ बैकल्पिक पार्टी निर्माणको दिशामा अगाडि बढ्न नेतृत्वसँग माग गरेका छन् ।अपिलमा भनिएको छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई आत
काठमाडौं— नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज (बिहीबार)बस्ने भएको छ ।बिहान ११ बजे प्रज्ञा भवनमा केन्द्रीय समिति बैठक सुरु हुने पार्टीका प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डmे राजनीतिक प्रतिवेदन पेस गर्ने, प्रस्ताव र विशेष महाधिवेशनका सम्बन्धमा बैठकमा छलफल हुने छ । साथै फागुन २१ गते आम निर्वाचन गर्ने, पार्टी एकता तथा ध्रुवीकरण, राहत तथा पुनर्निर्माण, जनपरिचालन तथा जनसम्बन्ध लगायतका एजेन्डामा बैठकमा छलफल हुने पनि उनले जानकारी दिए ।
काठमाडौं— नेकपा माओवादी केन्द्रले घोषित मितिमै निर्वाचन गराउन सरकारसँग माग गरेको छ । आज बसेको स्थायी कमिटीको बैठकले फागुन २१ मै निर्वाचन गर्न सरकारसँग माग गर्ने निर्णय भएको प्रवक्ता अग्नि सापकोटाले बताए ।बैठकले जेनजीसहित परिवर्तनकारी शक्तिहरूसँग संवाद गर्ने र समाजवादी मोर्चा र विचार मिल्ने शक्तिहरूसँग एकताको लागि प्रभावकारी पहल गर्ने समेत निर्णय गरेको सापकोटाले बताए । उनले भने, ‘बैठकले घोषित मितिमै निर्वाचन गराउन सरकारको पूर्ण ध्यानाकर्षण गर्ने र पार्टीको तर्फबाट यथासम्भव भूमिका खेल्ने छ । जेनजी लगायत लोकतन्त्र, अग्रगमन र परिवर्तनका पक्षधरसँग वार्ता सम्वाद गरेर समझदारी कायम गर्
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.