काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको सिमाना सम्बन्धी अभिव्यक्तिलाई लिएर संघीय संसद्मा राजनीतिक तनाव चुलिएको छ। उक्त अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने माग गर्दै विपक्षी दलहरूले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन्।सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्नेबित्तिकै विपक्षी सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए। नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय विषयमा भ्रम सिर्जना गरेको भन्दै आपत्ति जनाएका छन्।
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरिरहेका कमलबहादुर शाहविरुद्ध कांग्रेसभित्रै असन्तुष्ट समूह सक्रिय बनेको छ। कांग्रेस संसदीय दलका ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले शाहलाई दलको नेताबाट हटाउने निर्णय गरेपछि प्रदेश राजनीतिमा नयाँ तरंग पैदा भएको छ।९ जना प्रदेशसभा सदस्य सहभागी रहेको बैठकले संसदीय दलको विधानअनुसार नेतृत्व परिवर्तनका लागि आवश्यक संख्या पुगेको निष्कर्ष निकाल्दै निर्णय गरेको जनाएको छ। निर्णयमा हस्ताक्षर गर्ने सांसदहरूले आफूहरूले कुनै दबाब वा प्रभावबिना स्वेच्छाले समर्थन जनाएको दाबी गरेका छन्।
काठमाडौं— भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतीय जनता पार्टीको मुख्यालयमा स्वागत गरिएको छ । मुख्यालय परिसरमा उनलाई बाजागाजासहित पुष्प वर्षा गराएर स्वागत गरिएको हो ।उनलाई भाजपाका अध्यक्ष नितिन नवीनलगायतका पदाधिकारीले स्वागत गरेका हुन् । लामिछानेसहितको टोलीले मुख्यालयको अवलोकन गर्दै दुई देशको सम्बन्धलाई थप मजवुद बनाउने विषयमा दुई पक्षीय संवाद भएको थियो ।यो भ्रमणले रास्वपा र भाजपा बीच पार्टी टु पार्टी संलग्नता सुरु गर्ने र संगठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया र जनता केन्द्रित राजनीतिक पहुँचमा विचार आदानप्रदानको अवसर प्रदान गर्ने लक्ष्य राखेको छ ।भारतीय जनत
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले आज नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने भएका छन् ।भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा रहेका सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले आज नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा उच्चस्तरीय नेताहरूसँग राजनीतिक भेटवार्ता गर्ने लागेको हो ।भेटमा दुवै पक्षबीच दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा छलफल हुनेछ ।सभापति लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि हिजो सोमबार भारत प्रस्थान गरेका थिए ।
काठमाडौं। नेपाली कांग्रेसको सदस्य बन्न चाहनेहरुका लागि अब पार्टी कार्यालय धाउनुपर्ने छैन। घरमै बसेर एक क्लिकमै आवेदन दिने व्यवस्था सुरु गरेको छ। नयाँ क्रियाशील सदस्यता अनलाइनबाट खुला भएपछि पार्टीले डिजिटल संगठन निर्माणतर्फ अर्को फड्को मारेको दाबी गरेको छ। कांग्रेसको यो निर्णय केवल सदस्यता वितरण मात्र नभएर पार्टी संगठनलाई ‘डिजिटल ट्र्याक’मा लैजाने अभियान का रूपमा संचालन गरेको जनाएको छ । पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रिया औपचारिक रूपमा खुला गर्ने निर्णय गरेको हो। कांग्रेसका अनुसार नेपालको संविधान, पार्टी विधान, नियमावली र अनुशासनको पा
काठमाडौं— नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता खुला गरेको छ ।पार्टीका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा ललितपुरस्थित बीपी स्मृति भवनमा बसेको बैठकले नयाँ क्रियाशील सदस्यता आवेदन फारम भर्न सकिने गरी खुला गरेको हो ।बैठकले स्वदेश तथा विदेशमा रहेका योग्य नेपाली नागरिकलाई अनलाइनमार्फत नयाँ क्रियाशील सदस्य बन्न आवेदन दिन सक्ने व्यवस्था सुरु गर्ने निणय गरेको हो ।बैठकले नेपालको संविधान, पार्टी विधान, नियमावली तथा अनुशासनको पूर्ण पालना गर्ने प्रतिबद्धतासहित योग्य नेपाली नागरिकलाई सदस्यता आवेदन दिन आह्वान समेत गरेको छ ।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो मन्त्रिपरिषद् बैठक बोलाएका छन् । संसदमा दिएको बैठक मध्यान्ह १२ बजे बोलाईएको छ । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ। बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल हुने स्रोतले बताएको छ ।
देशबन्धु बिश्वामित्र: झापा— सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झापा जिल्ला कमिटीको पहिलो जिल्ला अधिवेशन यही जेठ २३ गते बिर्तामोडमा हुने भएपछि संगठनभित्र नेतृत्व चयनलाई लिएर राजनीतिक चहलपहल तीव्र बनेको छ। जिल्ला सभापति पदका लागि पाँच जना आकांक्षी मैदानमा देखिएपछि अधिवेशनले विशेष महत्व प्राप्त गरेको छ।सभापति पदका दाबेदारका रूपमा लक्ष्मण बस्नेत, अर्जुन मैनाली, गोपाल कटुवाल, ओम भण्डारी र विरोध सुवेदी अगाडि देखिएका छन्। उनीहरूको सक्रियता, संगठन निर्माणमा भूमिका र कार्यकर्तामाझको पहुँचका कारण अधिवेशनलाई प्रतिस्पर्धात्मक रूपमा हेरिएको छ। विशेष गरी युवा पुस्ताको प्रतिनिधित्व गर्ने लक्ष्म
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि विकासको केन्द्रबिन्दु पूर्वाधार मात्रै होइन, रोजगारी, शिक्षा, स्वास्थ्य र गरिबी न्यूनीकरणलाई पनि बनाएको छ।प्रदेश प्रमुख नाजिर मियाँले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा दुर्गम बस्तीलाई सडक सञ्जालसँग जोड्ने, युवालाई प्रदेशमै रोजगारी सिर्जना गर्ने र सामाजिक क्षेत्रको सेवा सुधार गर्ने लक्ष्य अघि सारिएको छ।सरकारले हालसम्म सडक पहुँच नपुगेका बाजुराको साइपाल, दार्चुलाको अपिहिमाल र बाजुराकै स्वामीकार्तिक खापर गाउँपालिकालाई सडक सञ्जालसँग जोड्ने प्रतिबद्धता जनाएको छ। साथै प्रदेश लोकमार्ग र सहायक सडकहरूको स्त
काठमाडौं— कृष्णबहादुर महरा विरुद्ध दायर भ्रष्टाचार मुद्दामा विशेष अदालतले १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइराला सम्मिलित इजलासले थुनछेक बहसपछि उक्त आदेश जारी गरेको हो।विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महरासहित केही भन्सार अधिकृतविरुद्ध ७ करोड ७८ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो।उक्त प्रकरणमा संलग्नताको विषयमा अनुसन्धानपछि अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो। मुद्दाको थप सुनुवाइ अदालतमा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.