राजनीति

    Showing 1,301-1,310 of 7,649 items.
  • सभापतिज्यू उपचारमै रहँदापनि नेतृत्व परिवर्तनको वहस गलतः डा.महत

    काठमाडौं— नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सभापति शेरबहादुर देउवा उपचारकै क्रममा रहँदा पनि नेतृत्व परिवर्तनको कुरा उठ्नु गलत भएको बताएका छन् । आइतबार जेनजी आन्दोलनमा जलाइएको आफ्नो घरको अवलोकन गर्दै उनले तत्काल नेतृत्व परिवर्तनको विषयमा अहिले प्रश्न उठाइरहेकाहरु नै सभापतिको सबैभन्दा नजिक रहेका व्यक्ति भएको पनि बताए ।अभिभावकमाथि सांघातिक प्रहार हुँदा उपचार पूरा हुँदासम्म पर्खन सक्दैनौँ ? भन्दै उनले प्रश्न समेत गरे । उनले भने,‘२३ गते आउनुभन्दा चार दिन अगाडिसम्म त्यही सभापति अत्यन्त ठिक हुने, हामी टाढा भएका थियौँ । तर अहिले प्रश्न उठाइरहनुभएका वा तत्काल नेतृत्व परिवर्तनको कु

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 424 पटक पढिएको
  • माओवादीको पदाधिकारी बैठक आज बस्दै

    काठमाडौं— नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दै छ । आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरि बैठक आह्वान भएको प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने उनले जानकारी दिए । 

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 465 पटक पढिएको
  • तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखक लगायत जिम्मेवार नेतालाई कारबाही गर्न शान्ति समाजको माग

    काठमाडौँ –  मानव अधिकार तथा शान्ति समाजले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतलाई कारबाही गर्न माग गरेको छ । आइतबार ४४ औँ अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा विज्ञप्ति जारी गर्दै समाजले जेनजी प्रदर्शनका क्रममा अन्धाधुन्ध गोली चलाई दर्जनौ निहत्था नागरिकको हत्याको जिम्मेवार तत्कालिन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री लेखक लगायत भएको भन्दै कानुनी कारबाहीको माग गरेको हो । विज्ञप्तीमा लेखिएको छ,‘मुलत भ्रष्टाचारको विरोधमा जेन जीद्वारा आह्वान गरिएको भदौ २३÷२४ को प्रदर्शनका क्रममा अन्धाधुन्ध गोली चलाई दर्जनौ निहत्था नागरिकको हत्याका लागि जिम्मेवार तत्क

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 472 पटक पढिएको
  • भौगोलिक अखण्डताको अडानकै कारण ओली नेतृत्वको सरकार ढालियो : मुख्यमन्त्री कँडेल

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता जोगाउने अडानकै कारण सरकार ढालिएको बताएका छन् ।उनले चीन भ्रमणका क्रममा कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपालको भूमि भएको स्पष्ट रूपमा उठाएपछि सत्तामा आँच आएको उल्लेख गरे ।शनिबार राष्ट्रिय युवा संघ नेपाल तथा अनेरास्ववियुसँग सुर्खेतमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले ‘चुच्चे नक्सामा देखिएको भूमि नेपालको हो भन्ने सत्य दावी गर्दा जेनजी पुस्ताको नाम प्रयोग गरी आन्दोलन गराइयो र त्यसकै परिणामस्वरूप सरकार ढालियो,’ भने ।उनले राष्ट्रहितको पक्षमा उभ

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 157 पटक पढिएको
  • धरानले ल्यायो दुई अर्ब २० करोडको बजेट

    विराटनगर । चालु आर्थिक वर्षमा बजेटविहिन अबस्थामा रहेको सुनसरीको धरान उप–महानगरपालिकाले दुई अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।शनिबार बसेको १७औं नगरसभामा उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघाले नीति तथा कार्यक्रमसँगै बजेट प्रस्तुत गरेका हुन् ।उपमहानगरले आगामी वर्षका लागि आन्तरिक राजस्वबाट ८० करोड ५३ लाख ६५ हजार, संघीय सरकारबाट ८९ करोड २९ लाख, प्रदेश सरकारबाट ७ करोड ७३ लाख ४४ हजार, राजस्व बाँडफाँडमार्फत ३४ करोड १८ लाख ५० हजार, सडक बोर्डबाट २ करोड र गत वर्षको मौज्दातबाट ७ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 142 पटक पढिएको
  • चुरे तथा वनजंगल संरक्षणका निम्ति ‘जेडयुथ फर नेचर गठन’

    जनकपुर । चुरे तथा वनजंगल संरक्षण अभियानले जेडयुथ फर नेचर गठन गरेको छ ।अभियानका संयोजक सुनिल कुमार यादवले शनिबार जनकपुरधाममा पत्रकार सम्मेलनमार्फत जेडयुथ फर नेचर नामक नयाँ संगठन गठन गरेको जानकारी दिए । उनले यस संगठनमा सम्पूर्ण व्यक्ति सदस्य रहने व्यवस्था गरिएको बताए । संयोजक यादवले यस संगठन अन्तर्गत विभिन्न कार्यक्रमका लागि संयोजक मात्र तोकिने प्रावधान राखिएको जानकारी दिए ।संगठनले प्रदेशमा अन्तरिम सरकार गठन गरी सानो मन्त्रीपरिषद् विस्तार गर्नुपर्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर्नुपर्ने, स्थानीय तहको निर्वाचन गैर–दलीय आधारमा हुनुपर्नेलगायतका राजनीतिक मागहरु

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 183 पटक पढिएको
  • प्लास्टिकको कुर्सीमै बसेर मधेश प्रदेश सभा सुचारु गर्ने तयारी

    जनकपुर । जेनजी आन्दोलनको क्रममा जलेर ध्वस्त भएको मधेश प्रदेश सभा भवनमा प्लास्टिकको कुर्सी राखेर सभा सुचारु हुने भएको छ ।शनिबार जनकपुरधामस्थित प्रदेशसभा सचिवालयमा सभामुख रामचन्द्र मण्डलको अगुवाईमा बसेको सर्वदलीय बैठकले असोज ७ गते मंगलबार दिउँसो १ बजे मधेश प्रदेश सभाको बैठक बस्ने निर्णय गरेको छ ।बैठकमा सभामुख मण्डलले संघीयताको पक्षमा मधेस एकजुट रहेको सन्देश दिन सबै दलहरूबीच सहमति बनेको बताए । प्रदेशसभामा रहेका सबै राजनीतिक दलहरू संघीयताको संरक्षण र सुदृढीकरणका लागि एकसाथ उभिने प्रतिबद्ध जनाएको उनले बताए ।जेनजी आन्दोलनको क्रममा प्रदेशसभा भवनमा आगजनी, तोडफोड तथा लुटपाट हुँदा सभा सञ्चालन हुने मुख्य

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 219 पटक पढिएको
  • श्रममन्त्रीको चर्चामा प्रोफेसर रमजान अलि मियाँ

    काठमाडौं । वर्तमान सरकारमा मन्त्री बनाउन विभिन्न व्यक्तित्वहरूको नाम चर्चामा भइरहेका बेला मुस्लिम समुदायबाट प्राध्यापक डा। मोहम्मद रमजान अली मियाँको नाम श्रम मन्त्रालयका लागि सिफारिस भएको छ ।कतारमा लामो समयदेखि मानवअधिकार र श्रमिक अधिकारको क्षेत्रमा सक्रिय मियाँले नेपाल–कतार सम्बन्ध सुदृढ बनाउन उल्लेख्य योगदान पुरयाउँदै आएका छन् । वैदेशिक रोजगारीको क्षेत्रमा आम श्रमिक र युवाको आवाज बनेका उनी लेखक, अनुवादक, समाजसेवी, कानुनी परामर्शदाता मात्र नभई राष्ट्रिय मानव अधिकार समिति कतारसँग पनि आवद्ध छन् ।काठमाडौंको डाँछीमा जन्मिएका मियाँले अरबी साहित्यमा डबल एमए गरी उच्च शिक्षा हासिल गरेका छन् । सन् २००

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 250 पटक पढिएको
  • कांग्रेसको निष्कर्षः संसद विघटन असंवैधानिक, उच्च स्तरीय आयोग गठनको माग

    काठमाडौं— नेपाली काँग्रेसले जेनजी आन्दोलनको क्रममा भएका घटनाको छानबिन गरी दोषीलाई कारबाहीमा ल्याउनको लागि उच्च स्तरीय न्यायिक छानबिन आयोग गठनको माग गरेको छ । पार्टी कार्यालय सानेपामा शुक्रबार (आज) बसेको कार्यसम्पादन समितिको बैठकले यस्तो निष्कर्ष निकालेको प्रचारप्रसार प्रमुख मीन बहादुर विश्वकर्माले जानकारी दिए । उनले भने, गत भाद्र २४ गतेको प्रदर्शनले सिहंदरबार लोकतन्त्रका आधारस्तम्भ कार्यापालिका, न्यायपालिका र व्यवस्थापिकाका कार्यालय, दलका कार्यालय नेताहरुको निजी घर एवम् डेरा र नेपालको उन्नतीसँग जोडिएका सबै निजी तथा सार्वजनिक तोडफोड तथा आगजनीको कडा भत्र्सना गर्दै घटनाको छानबिन गरी दोष

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 495 पटक पढिएको
  • सभापति देउवाको टाउकोमा १२ टाँका, स्वास्थ्य अवस्था अझै कमजोर

    काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको छ। स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै चिकित्सकले उनलाई अझै अस्पतालमै राख्न सल्लाह दिएका छन्।कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले देउवाको स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन्। उनका अनुसार उपसभापति पूर्णबहादुर खड्काले बैठकमा देउवाको स्वास्थ्यसम्बन्धी ब्रिफिङ प्रस्तुत गरेका थिए।“सभापति देउवाको टाउकोमा १२ टाँका लगाइएको छ। बोल्न असहज भएको छ भने उभिँदा चक्कर लाग्ने समस्या देखिएको छ। त्यसैले चिकित्सकले डिस्चार्ज नगरी केही दिन अस्पतालमै रा

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 543 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा