राजनीति

    Showing 1,311-1,320 of 7,649 items.
  • दुई खर्ब बराबरको संरचना नष्ट भयो, अब सबै मिलेर पुनर्निर्माण गरौंः मन्त्री घिसिङ

    काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले हालैको अराजक आन्दोलनका क्रममा ध्वस्त भएका सरकारी संरचनाको पुनर्निर्माणमा सबै नेपालीको सहभागिता आवश्यक रहेको बताएका छन् ।आन्दोलनका क्रममा काठमाडौंको मीनभवनस्थित यातायात व्यवस्था विभागमा आगजनी तथा तोडफोड भएपछि शुक्रबार निरीक्षणमा पुगेका मन्त्री घिसिङले सरकारका विभिन्न पूर्वाधार र निजी सम्पत्तिहरुमा व्यापक क्षति पुगेको जानकारी दिए ।‘देशैभरि सरकारी संरचनाहरू ध्वस्त भएका छन्, जलेका छन्,’ मन्त्री घिसिङले भने, ‘अब हामी सबैले यी संरचनाहरू हामी आफैंले बनाउने संकल्प गर्नुपर्छ । सरसफाइ अभियान र पुनर्निर्मा

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 438 पटक पढिएको
  • संविधान दिवसको अवसरमा सुर्खेतमा प्रभातफेरी, नागरिक सहभागिता न्यून

    सुर्खेत— संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा सुर्खेतको वीरेन्द्रनगरमा बिहानी प्रभातफेरी आयोजना गरिएको छ। सरकारी कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहभागितामा भएको प्रभातफेरीमा राजनीतिक दलका नेताहरुको उपस्थिति औपचारिक मात्रै देखिएको छ।भर्खरैको जेनजी आन्दोलनले धेरै सरकारी संरचना र पार्टी कार्यालयहरू खण्डहर बनेका वीरेन्द्रनगरमा संविधान दिवसको उत्साह आम नागरिकहरूमा देखिएन। प्रभातफेरी वीरेन्द्रनगर बजार परिक्रमा गर्दै सुर्खेत रंगशालामा सम्पन्न विशेष समारोहमा परिणत भएको थियो।समारोहमा सम्बोधन गर्ने वक्ताहरूले संविधानको रक्षा र कार्यान्वयनका लागि नागरिक सचेतना अपरिहार्य रहेको ब

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 572 पटक पढिएको
  • मानसिकता परिवर्तन नभएकै कारणले जेन–जी आन्दोलन भयो : मुख्यमन्त्री सिंह

    जनकपुर— मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले मानसिकतामा परिवर्तन हुन नसकेकै कारणले जेन–जीले आन्दोलन गर्न बाध्य भएको धारणा राखेका छन् ।संविधान दिवस २०८२ को उपलक्ष्यमा मधेश प्रदेश सरकार अन्तर्गतको गृह सञ्चार तथा कानुन मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले अहिलेको गतिशिल जमानामा प्रविधि र पद्धतिमा परिवर्तन आएपनि देश चलाउनेहरु पुरानै मानसकिताका साथ काम गरिरहेकाले जेनजीले आन्दोलन गरेको बताए । उनले अहिलेको पिंढीलाई हरेक काम सहल र छिटो हुनेगरी चाहिनेमा सरकारी कार्यालहरुमा कुनै काम गर्न जाँदा घण्टौ लाग्ने र कहिलेकाँहि कयौं दिन कार्यालय धाउनुपर्ने

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 512 पटक पढिएको
  • संविधान दिवस मनाउन राष्ट्रपति पौडेल टुडिखेलमा

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेल संविधान दिवस २०८२ का अवसरमा गृह मन्त्रालयद्वारा सैनिक मञ्च टुडिखेलमा शुक्रबार बिहान आयोजित विशेष समारोहमा सरिक भएका छन् । सो अवसरमा नेपाली सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको थियोे । राष्ट्रपति पौडेल नेपाली सेनाका परमाधिपति हुन् । सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की , प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, नेपाल सरकारका विशिष्ट पदाधिकारी, कुटनीतिक नियोगका प्रतिनिधिलगायत विशिष्ट महानुभावहरूको सहभागिता थियो ।

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 520 पटक पढिएको
  • प्रचण्ड भन्छन जनयुद्धमा ९० प्रतिशत जेनजी पुस्ता नै थिए

    काठमाडौं— माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सबैभन्दा ठूलो जेनजी विद्रोह त जनयुद्ध नै भएको दाबी गरेका छन् । शुक्रबार संविधान दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित  कार्यक्रममा बताउँदै उनले जनयुद्धमा ९० प्रतिशत जेनजी पुस्ताको सहभागिता रहेको बताउँदै ठूलो विद्रोह जेनजी विद्रोह नै भएको दाबी गरे । उनले भने,‘जतिबेला हामीले विद्रोह सुरु गरेका थियौं, त्यो बेलापनि ९० प्रतिशत भन्दा धेरै जेनजी पुस्ता नै थिए । त्यसैले सबैभन्दा ठूलो विद्रोह जेनजी विद्रोह त जनयुद्ध नै हो । कसैले यसलाई हो कि होइन भनेर दुविधामा नपरौं ।’त्यस्तै उनले संसद् विघटन गर्ने मात्र नभई संवि

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 474 पटक पढिएको
  • संविधानलाई दोष दिएर गल्ती गर्ने छुट कसैलाई छैन्ः देवकोटा

    मकवानपुर— बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधान कार्यान्वयनमा देखिएका त्रुटि र कमीकमजोरीहरूलाई संविधानको दोष ठहर गर्नु उचित नहुने बताएका छन् । संविधान दिवस २०८२ को अवसरमा आयोजित समारोहमा सम्बोधन गर्दै प्रदेश प्रमुख देवकोटाले यसका लागि दलहरूले जिम्मेवारी लिनुपर्ने र आफ्नो कमजोरी स्वीकार गर्नुपर्नेमा जोड दिएका छन् ।उनले भने, ‘हामीले आफ्नो अनुहारमा धुलोमैलो परेको बेला ऐना पुछ्नु हाम्रो गल्ती नचिन्ने हो । गल्तीहरू बारम्बार दोहो¥याउनु मूर्खता सिवाय केही होइन ।’प्रदेश प्रमुख देवकोटाले जनताको बलिदानबाट प्राप्त संविधानलाई केवल कानुनी दस्तावेज नभई जनभावनाको प्रतिनिधि सजीव प्रा

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 481 पटक पढिएको
  • रामेछापमा यसरी मनाइयो संविधान दिवस

    रामेछाप— संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा रामेछापमा प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । दिवस मूल आयोजक समितिको आयोजनामा भएको ¥याली मन्थलीको मदन–आश्रित चोकबाट सुरु भई बजार परिक्रमा गरेर जिल्ला समन्वय समितिको प्राङ्गणमा पुगेको थियो । जिल्ला समन्वय समितिमा आयोजना गरिएको कार्यक्रममा रामेछाप बारका अध्यक्ष यादव दाहालले नेपालको संविधान २०७२ र यसका विशेषता बारे कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र माथि जिल्ला स्थिति राजनीतिक दलका प्रमुख र प्रतिनिधिहरूले धारणा राखेका थिए । कार्यक्रमकी अध्यक्ष जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का कार्कीले अहिले दे

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 422 पटक पढिएको
  • संविधानको रक्षा र गणतन्त्र सुदृढीकरणमा सबै एकजुट हुन मुख्यमन्त्रीको अपिल

    विराटनगर— संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले ऐतिहासिक संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणका लागि सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई एकढिक्का भएर अघि बढ्न आह्वान गरेका छन् ।मुख्यमन्त्री कार्कीले सात दशकभन्दा लामो संघर्ष र बलिदानको फलस्वरूप वि.सं. २०७२ साल असोज ३ गते संविधानसभाबाट जारी संविधान नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको आधारस्तम्भ भएकाले यसको रक्षा र कार्यान्वयनमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए ।यस अवसरमा उनले सहिदहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै भदौ २३ गते भ्रष्टाचार अन्त्य र स

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 467 पटक पढिएको
  • संविधान दिवसमा एमाले नेताहरूको प्रतिबद्धताः ‘आलोचना स्विकार, सुधारमा अग्रसर’

    काठमाडौं— नेकपा (एमाले) ले संविधान दिवसका अवसरमा संविधानको महत्वमाथि चर्चा गर्दै आन्तरिक समीक्षा, राजनीतिक एकता र असन्तुष्टिको कारणप्रति गम्भीर चासो व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा महासचिव शंकर पोखरेल र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान दिवसलाई आत्ममूल्यांकन र राष्ट्रिय एकताको दिवसको रूपमा मनाउनुपर्ने धारणा राखे ।महासचिव शंकर पोखरेलले पार्टी आलोचना र समीक्षा गर्नबाट कहिल्यै पछि नहटेको स्पष्ट पारे । ‘समीक्षाबाट भाग्ने पार्टी होइन नेकपा एमाले,’ उनले भने, ‘हरेक जटिल मोडमा इतिहास र कामको समीक्षा गर्दै त्यसकै जगमा पार्टीलाई अगाडि बढाउने प्रयास गरेका

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 505 पटक पढिएको
  • उपाध्यक्ष घिमिरे भन्छिन लोकतन्त्रलाई बलियो बनाउन संवाद, सहमति र सहकार्य अपरिहार्य हुन्छ

    काठमाडौं— राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले राष्ट्रियसभालाई जनमुखी बनाउन आह्वान गरेकी छन् । संविधान दिवसको अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले राष्ट्रियसभाअन्तर्गतका समितिलाई सबल बनाउने, नीतिगत छलफललाई गहिरो बनाउने, नागरिक सरोकारका मुद्दामा नियमित बहस गर्ने र सरकारलाई आवश्यक सुझाव प्रदान गर्ने अभ्यास बढाउनुपर्ने आवश्यकता औँल्याएकी हुन् । उनले भनिन् ,‘जनप्रतिनिधि तथा संस्थामाथि भएका आक्रमण र असुरक्षाका घटनाले लोकतन्त्रको आधारलाई कमजोर पार्ने प्रयास भएको देखिन्छ, लोकतन्त्रलाई बलियो बनाउन संवाद, सहमति र सहकार्य अपरिहार्य हुन्छ । हिंसा र असहिष्णुताले कुनै समाधान दिँदैन, बरु समाजला

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 494 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा