काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संसदको रोस्टमबाट नेपालले भारतको सीमा मिचेको छ भन्ने आपत्तिजनक अभिव्यक्ति दिएपछि आइतबार संसदमा विरोध मात्र भएन हंगमा समेत मच्चियो । आज सोही लगायत बिविध विषयलाई लिएर संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ । संघीय संसद्मा प्रतिपक्षमा रहेका दलहरूको सर्वदलीय बैठक नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज मध्याह्न १२ बजे बस्नेछ । नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले जानकारी दिएका छन् ।
दमौली। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँअन्तर्गत नौवटा पालिकामा नयाँ नेतृत्व चयन भएको छ । सङ्गठन विस्तारअन्तर्गत रास्वपाले जिल्लाका दश पालिकामध्ये नौ पालिकामा नयाँ नेतृत्व चयन गरिएको जनाएको छ । अधिवेशनअन्तर्गत व्यास नगरसमितिमा चूडामणि दाहाल, भिमाद नगरसमितिमा उत्तम सुवेशी, भानु नगरसमितिमा विष्णु पोख्रेल, देवघाट गाउँसमितिमा बलबहादुर क्षेत्री, आँबुखैरेनी गाउँसमितिमा राम श्रेष्ठ, बन्दीपुरमा शम्भु श्रेष्ठ, घिरिङमा प्रेम थापा, शुक्लागण्डकी नगरमा हरिबहादुर खड्का र म्याग्दे गाउँ समितिमा मनोज अधिकारी सभापति चयन हुनुभएको छ । अब ऋषिङ गाउँ समितिमा अधिवेशन हुन बाँकी रहेको छ । रास्वपाले आ
बागमती। बागमती प्रदेशसभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमबारे आजदेखि छलफल सुरु हुँदैछ । प्रदेशसभाको आज दिउँसो १ः०० बजे बस्ने बैठकमा नीति तथा कार्यक्रममा दफावार छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो । यही जेठ १२ गते बसेको बागमती प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्तिमाथि पूर्वराजदूत नीलाम्बर आचार्यले आपत्ति जनाएका छन्।नेपाल–भारत प्रबुद्ध समूहका सदस्य समेत रहेका आचार्यले प्रधानमन्त्रीको भनाइले नागरिकलाई भ्रममा पार्ने काम गरेको बताएका छन्। उनले नेपालले भारतको भूमि सैन्य बल प्रयोग गरेर कब्जा नगरेको स्पष्ट पारे। गाउँलेहरुले सीमा स्तम्भ सार्ने घटना र कुनै देशले सैन्य बल प्रयोग गरेर भूभाग नियन्त्रणमा लिने विषय पूर्ण रूपमा फरक रहेको भन्दै प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आचार्यले असहमति जनाएका छन्।उनका अनुसार केही सीमावर्ती क्षेत्रमा स्थानीय बासिन्दाले सी
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सामान्य निमोनियाको संक्रमण पुष्टि भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि शनिबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका प्रचण्डको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको अस्पतालले जनाएको छ।अस्पतालका अनुसार उपचारमा सकारात्मक सुधार देखिएको छ र चिकित्सकहरूको निरन्तर निगरानीमा राखिएको छ। पूर्ण रूपमा स्वास्थ्य लाभ गर्न अझै २ देखि ३ दिन अस्पतालमै बस्नुपर्ने चिकित्सकहरूको सुझाव रहेको छ। स्वास्थ्य परीक्षणपछि निमोनियाको संक्रमण देखिए पनि अवस्था चिन्ताजनक नरहेको र उपचारले राम्रो प्रतिक्रिया दिइरहेको विज्ञप्ती
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटबारे स्पष्ट पार्दै बजेटको आकार ठूलो नभई राज्यको क्षमता अनुसार सन्तुलित रहेको बताएका छन् ।बजेटसम्बन्धी पत्रकार सम्मेलनमा बोल्दै उनले स्रोत व्यवस्थापन र बजेटको आकारबारे भइरहेको आलोचनाप्रति टिप्पणी गर्दै प्रारम्भमा बजारमा २५ खर्बसम्मको बजेट आउने अनुमान भएपनि अन्ततः करिब २१ खर्ब हाराहारीमा बजेट प्रस्तुत गरिएको जानकारी दिए ।‘यो पद र गहन जिम्मेवारी बोकेपछि राजकाजका सीमाबारे भित्रबाट बुझिन्छ नै,’ मन्त्री वाग्लेले भने, ‘सुरुमा २५ खर्बको बजेट आउँछ भन्ने हल्ला थियो, तर अन्तिममा २१ खर्ब हाराहारीमा सीमित गरिएको हो ।’उनका अनुसार बजेट प
काठमाडौं। प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहको एक अभिव्यक्तिलाई लिएर नयाँ विवाद सुरु भएको छ। नेपाली कांग्रेसले प्रधानमन्त्रीले संसदमा दिएको भनाइको आधार र तथ्य सार्वजनिक गर्न माग गरेको छ। कांग्रेसकी प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएको भन्दै त्यसको प्रमाण संसदलाई उपलब्ध गराउन माग गरेकी हुन्।प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले प्रधानमन्त्रीको भनाइ गम्भीर र संवेदनशील विषयसँग जोडिएको बताइन्। उनले नेपाल र भारतबीचको सीमा सम्बन्धी विषयमा तथ्यबिना अभिव्यक्ति दिन नहुने उल्लेख गर्दै प्रधानमन्त्रीसँग स्पष्ट जवाफ माग गरिन्। थापाले प्र
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तीन दिने भारत भ्रमणमा जाने भएका छन्। भारतीय जनता पार्टीका अध्यक्ष नीतिन नवीन को औपचारिक निमन्त्रणामा लामिछाने जेठ १८ गते नयाँ दिल्ली प्रस्थान गर्ने कार्यक्रम छ।भ्रमणका क्रममा लामिछाने नेतृत्वको टोलीले भारतीय राजनीतिक तथा कूटनीतिक नेतृत्वसँग उच्चस्तरीय भेटवार्ता गर्ने बताइएको छ। भ्रमण टोलीमा पत्नी निकिता पौडेल, स्वकीय सचिव अविनाश आचार्य, सहमहामन्त्री विपिन आचार्य र विदेश विभाग प्रमुख दीपक बोहरा सहभागी रहनेछन्। भ्रमणका क्रममा लामिछानेले नरेन्द्र मोदी तथा एस जयशंकर लगायत भारतीय नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ।जेठ १९ ग
काठमाडौं— सहकारी ठगीमा फरार रहेका जिबी राईबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री बालेन शाहले उत्तर दिएनन्।आइतबार प्रधानमन्त्रीले संसदमा अकास्मात् प्रश्न गर्न भनेपछि श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सहकारी पीडितको बचत फिर्ता र जिबी राईबारे प्रश्न गरेका थिए।'नेपालमा सहकारीको ठूलो घोटला भयो। थुप्रै आन्दोलन भयो। जिबी राईलगायतका थुप्रै मानिसहरू कहिले पक्राउ पर्छन्? विशेषतः जिबी राई कहिले पक्राउ पर्छन् ?,' राईले सोधेका थिए।'सहकारीको विषयमा कोष खडा गरेका छौं। बाहिर आएजस्तो नेपाल सरकारको पैसा गएको मात्रै जस्तो हैन। गएको महिनाको रिपोर्ट हेर्दा ३ करोड जस्तो सहकारीबाट उठाइएको थियो। ५०/६० लाखजस्तो दिइ
काठमाडौं— नेपाली कांग्रेसकी सांसद बासना थापाले नेपालले मिचेको भारतीय भूमिको विवरण पेस गर्न माग गरेकी छिन् ।प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने टिप्पणी गरेपछि उनले यस्तो माग गरेकी हुन् ।उनले भनिन्, ‘प्रधानमन्त्रीले पनि नेपालले भारतको भूमि मिचेको भन्नुभयो, कहाँ मिचिएको हो रु अवगत गराउनुपर्यो । यो विषय गम्भीर र आपत्तिजनक छ । प्रधानमन्त्रीले तथ्यबिना दुई देशको सीमाबारे बोलेको कुरा सत्य हो भने राखिनुपर्यो, यो कुरा सही होइन भने रेकर्डबाट हटायोस् भन्ने माग गर्न चाहन्छु ।’प्रधानमन्त्रीको कुरा सही नभएकाले रेकर्डबाट हटाउन पनि उनको माग छ ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.