देशबन्धु बिश्वामित्र: झापा— सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को झापा जिल्ला कमिटीको पहिलो जिल्ला अधिवेशन यही जेठ २३ गते बिर्तामोडमा हुने भएपछि संगठनभित्र नेतृत्व चयनलाई लिएर राजनीतिक चहलपहल तीव्र बनेको छ। जिल्ला सभापति पदका लागि पाँच जना आकांक्षी मैदानमा देखिएपछि अधिवेशनले विशेष महत्व प्राप्त गरेको छ।सभापति पदका दाबेदारका रूपमा लक्ष्मण बस्नेत, अर्जुन मैनाली, गोपाल कटुवाल, ओम भण्डारी र विरोध सुवेदी अगाडि देखिएका छन्। उनीहरूको सक्रियता, संगठन निर्माणमा भूमिका र कार्यकर्तामाझको पहुँचका कारण अधिवेशनलाई प्रतिस्पर्धात्मक रूपमा हेरिएको छ। विशेष गरी युवा पुस्ताको प्रतिनिधित्व गर्ने लक्ष्म
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि विकासको केन्द्रबिन्दु पूर्वाधार मात्रै होइन, रोजगारी, शिक्षा, स्वास्थ्य र गरिबी न्यूनीकरणलाई पनि बनाएको छ।प्रदेश प्रमुख नाजिर मियाँले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा दुर्गम बस्तीलाई सडक सञ्जालसँग जोड्ने, युवालाई प्रदेशमै रोजगारी सिर्जना गर्ने र सामाजिक क्षेत्रको सेवा सुधार गर्ने लक्ष्य अघि सारिएको छ।सरकारले हालसम्म सडक पहुँच नपुगेका बाजुराको साइपाल, दार्चुलाको अपिहिमाल र बाजुराकै स्वामीकार्तिक खापर गाउँपालिकालाई सडक सञ्जालसँग जोड्ने प्रतिबद्धता जनाएको छ। साथै प्रदेश लोकमार्ग र सहायक सडकहरूको स्त
काठमाडौं— कृष्णबहादुर महरा विरुद्ध दायर भ्रष्टाचार मुद्दामा विशेष अदालतले १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइराला सम्मिलित इजलासले थुनछेक बहसपछि उक्त आदेश जारी गरेको हो।विद्युतीय चुरोट (भेप) भित्र लुकाएर ल्याइएको सुन तस्करी प्रकरणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महरासहित केही भन्सार अधिकृतविरुद्ध ७ करोड ७८ लाख रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो।उक्त प्रकरणमा संलग्नताको विषयमा अनुसन्धानपछि अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो। मुद्दाको थप सुनुवाइ अदालतमा
काठमाडौं। प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिविरुद्ध प्रदर्शन गरिरहेका नेविसंघका नेता–कार्यकर्ता पक्राउ परेपछि नेपाली कांग्रेस सरकारप्रति आक्रामक रूपमा प्रस्तुत भएको छ। कांग्रेसले शान्तिपूर्ण विरोध प्रदर्शनमा सहभागी विद्यार्थी नेताहरूलाई पक्राउ गर्नु संविधानप्रदत्त अधिकारमाथिको हस्तक्षेप भएको आरोप लगाएको छ।कांग्रेसका कावा मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी विज्ञप्तिमा सिंहदरबारको दक्षिण गेटमा शान्तिपूर्ण विरोध गरिरहेका नेविसंघका नेता–कार्यकर्तालाई पक्राउ गरिएको घटनालाई ‘अत्यन्त निन्दनीय’ भनिएको छ। पक्राउ पर्नेमा राजकुमार बस्नेत, अर्जुन कार्की, आदित्य दास, दिनेश कार्की, मोहन कालाथोकी र गौ
काठमाडौं— नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको अध्यक्षमा कटुवाललाई मनोनीत गरिएको छ । कांग्रेस सभापति गगन थापाले सोमबार धनकुटाकी कटुवाललाई अध्यक्षमा मनोनीत गरेका हुन् । महाधिवेशन गर्न नसकेका भ्रातृ संगठनमा सभापति थापाले धमाधम नयाँ मनोनीत गरिरहेका छन् । यसअघि तरुण दलको अध्यक्षमा मनीष कोइरालालाई मनोनीत गरिएको थियो ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमण औपचारिक शिष्टाचारभन्दा माथिको राजनीतिक महत्व बोकेको देखिएको छ। दिल्ली पुगेका लामिछानेलाई भारतीय जनता पार्टी (भाजपा) का उच्च तहका नेताहरूले विमानस्थलमै स्वागत गरेका छन्।पाँचदिने भ्रमणका लागि नयाँदिल्ली पुगेका लामिछानेलाई भाजपाका महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका हुन्। सामान्यतः विदेशी राजनीतिक दलका नेताहरूलाई विमानस्थलमै पार्टीको शीर्ष तहबाट स्वागत गरिनुलाई कूटनीतिक र राजनीतिक दृष्टिले अर्थपूर्ण मानिन्छ। भाजपा अध्यक्ष नीतिन नवीन को निमन्त्रणामा भारत पुगेका लामिछानेसँग उनकी पत्नी निकिता, स
काठमाडौं— सभामुख डिपी आर्यालले प्रतिनिधिसभाको बैठकमा अव्यवस्था सिर्जना गर्ने तथा अमर्यादित व्यवहार प्रदर्शन गर्ने विषयमा छानबिन समिति गठन गरिएको जानकारी दिएका छन् ।सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख आर्यालले २०८३ जेठ १७ गतेको बैठकमा केही सांसदहरूले अव्यवस्था सिर्जना गरेको, अमर्यादित तथा आपत्तिजनक व्यवहार प्रदर्शन गरेको र भौतिक हानि–नोक्सानी तथा क्षति पुर्याउने कार्यसमेत गरेको सम्बन्धमा आफूलाई विस्तृत जानकारी प्राप्त भएको बताएका हुन् ।उनले भने, ‘प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ३३ को उपनियम (४) बमोजिम बैठक समाप्त भएपछि उक्त घटनाबारे विस्तृत जानकारी प्राप्त भएको छ । आजै सो विषयमा मुचुल्क
काठमाडौं। संघीय संसद भवन परिसरमा चिप्लिएर खुट्टामा चोट लागेपछि सांसद बसुमाया तामाङलाई प्राथमिक उपचारका लागि एम्बुलेन्समा राखेर अस्पतालतर्फ लगिएकाे छ । साेमबार उनी संसद भवनमा चिप्लिँदा खुट्टामा चाेट लागेकाे हाे ।
काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलले फेरि अवरोध गरेको छ । १५ मिनेटका लागि स्थगित भएर सुरु भएको बैठकमा फेरि विपक्षी दलले उठेर विरोध जनाएका हुन् ।उनीहरूले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र माफी माग्नुपर्ने अडान लिएका छन् । अडान लिएसँगै बैठक मंगलबार बस्ने गरी स्थगित गरिएको छ ।
काठमाडौं। प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको सीमासम्बन्धी अभिव्यक्तिलाई लिएर राजनीतिक विवाद चर्किएको छ। प्रधानमन्त्रीले संसद्मा “नेपालले पनि भारतीय सीमा मिचेको” भन्ने आशयको भनाइ राखेपछि त्यसको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सोमबार सिंहदरबारको मुख्य गेटअगाडि प्रदर्शन गरेको हो।प्रदर्शनका क्रममा नेविसंघका नेता तथा कार्यकर्ताले प्रधानमन्त्रीको अभिव्यक्तिलाई गैरजिम्मेवार र राष्ट्रिय हितविपरीत रहेको आरोप लगाउँदै नाराबाजी गरेका थिए। प्रदर्शन बढ्दै जाँदा प्रहरीले हस्तक्षेप गर्दै ६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।प्रहरी नियन्त्रणमा पर्नेमा नेविसंघका निवर्तमान केन
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.