काठमाडौं— सहकारी ठगीमा फरार रहेका जिबी राईबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री बालेन शाहले उत्तर दिएनन्।आइतबार प्रधानमन्त्रीले संसदमा अकास्मात् प्रश्न गर्न भनेपछि श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सहकारी पीडितको बचत फिर्ता र जिबी राईबारे प्रश्न गरेका थिए।'नेपालमा सहकारीको ठूलो घोटला भयो। थुप्रै आन्दोलन भयो। जिबी राईलगायतका थुप्रै मानिसहरू कहिले पक्राउ पर्छन्? विशेषतः जिबी राई कहिले पक्राउ पर्छन् ?,' राईले सोधेका थिए।'सहकारीको विषयमा कोष खडा गरेका छौं। बाहिर आएजस्तो नेपाल सरकारको पैसा गएको मात्रै जस्तो हैन। गएको महिनाको रिपोर्ट हेर्दा ३ करोड जस्तो सहकारीबाट उठाइएको थियो। ५०/६० लाखजस्तो दिइ
काठमाडौं— नेपाली कांग्रेसकी सांसद बासना थापाले नेपालले मिचेको भारतीय भूमिको विवरण पेस गर्न माग गरेकी छिन् ।प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने टिप्पणी गरेपछि उनले यस्तो माग गरेकी हुन् ।उनले भनिन्, ‘प्रधानमन्त्रीले पनि नेपालले भारतको भूमि मिचेको भन्नुभयो, कहाँ मिचिएको हो रु अवगत गराउनुपर्यो । यो विषय गम्भीर र आपत्तिजनक छ । प्रधानमन्त्रीले तथ्यबिना दुई देशको सीमाबारे बोलेको कुरा सत्य हो भने राखिनुपर्यो, यो कुरा सही होइन भने रेकर्डबाट हटायोस् भन्ने माग गर्न चाहन्छु ।’प्रधानमन्त्रीको कुरा सही नभएकाले रेकर्डबाट हटाउन पनि उनको माग छ ।
काठमाडौं— श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै संसदमा जनताको आवाज प्रभावकारी रूपमा सुन्न र त्यसको परिणाम देखिनुपर्ने आवश्यकता औंल्याएका छन् ।सांसद राईले आन्दोलनपछि मात्रै प्रधानमन्त्रीको रोस्ट्रमबाट आफ्ना कुरा सुन्न पाएको भन्दै जनताका मुद्दामा व्यवहारिक नतिजा आउनुपर्नेमा जोड दिए ।उनले भने, ‘हामीले आन्दोलन गर्दागर्दै बल्लतल्ल प्रधानमन्त्रीको रोस्ट्रममा आवाज सुन्न पाइयो । यहाँ आएर आवाज सुनाउने र बोल्ने मात्र होइन, परिणाम पाउनुपर्यो भन्ने मुख्य लक्ष्य हो ।’राईले आफूले संसदमा हावाहुरीबाट भएको क्षतिको विषय उठाए पनि त्यसमा कुनै ठोस प्रगति नभएको उल्लेख गर्दै
काठमाडौं— प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकलाई सुशासनतर्फ लिन बेथिति हटाउने र भ्रष्टाचारलाई निर्मूल गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कविन्द्र बुर्लाकोटीको जिज्ञासाको जवाफमा उनले भ्रष्टाचार निमूल गर्न सरकार सबै हिसाबले क्रियाशील हुने बताए ।सांसद बुर्लाकोटीले सरकारले पहिलो वर्षलाई सुशासनको वर्षका रूपमा लिएकामा धन्यवाद दिँदै मन्त्री र सांसदको निगरानीमा विभिन्न निकाय रहेको समेत बताए ।सदनमा माग भएबमोजिम प्रधानमन्त्री शाह जवाफ दिन उपस्थित भएपछि सांसदले सकारात्मक रूपमा लिए पनि नियमावलीको प्रक्रियाअनुसार पूर्वतयारीको लिखित प्रश्नोत्
काठमाडौं— प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको पहिलो वर्षलाई ‘सुशासनको वर्ष’ का रूपमा अघि बढाइएको र भ्रष्टाचार तथा बेथिति अन्त्य गर्न सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताएका छन् ।आइतबार प्रतिनिधिसभाको बैठकमा रास्वपका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले उठाएको प्रश्नको जवाफ दिँदै विकास निर्माणलाई रोकिने नभइ सुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्ने सरकारको नीति रहेको स्पष्ट पारे ।उनको अनुसार सरकारको पहिलो वर्षमा राज्यका विभिन्न निकायमा देखिएका बेथिति, अनियमितता र भ्रष्टाचारलाई नियन्त्रण गर्ने लक्ष्य राखिएको छ ।उनले भने,‘हाम्रो पार्टीका मन्त्री र सभापतिले मुख्य प्राथमिकता सुशासन हो भन्दै आउनुभ
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह ले जेनजी आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोग ले तयार पारेको छानबिन प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिलेसम्म नआएको बताएका छन्।आइतबार प्रतिनिधिसभा बैठकमा सांसद आर्यन राई ले उक्त प्रतिवेदन कहिले कार्यान्वयन हुन्छ भन्ने प्रश्न उठाएपछि प्रधानमन्त्रीले यस्तो जवाफ दिएका हुन्।प्रधानमन्त्री शाहका अनुसार प्रतिवेदन हालसम्म आधिकारिक रूपमा प्रधानमन्त्री कार्यालयमा प्राप्त भएको छैन। उनले प्रतिवेदन प्राप्त भएपछि त्यसबारे आवश्यक प्रक्रिया अघि बढाइने र सार्वजनिक गरिने बताए।यसअघि जेनजी आन्दोलनको घटनाबारे विभिन्न पक्षबाट छानबिन र प्रतिवेदन सार्वजनि
काठमाडौं— आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले एमालेका सांसद ऐनबहादुर महर र श्रम संस्कृतिका ध्रुवराज राई तथा आरएन राईले मर्यादा कायम नगरेको भन्दै सचेत गराएका छन् ।उनीहरूलाई भाषा सुधार्न सभामुख अर्यालले ध्यानाकर्षण भएको भन्दै सचेत गराएका हुन् ।सभामुखले भने, ‘मैले मान्य सदस्यले मागे अनुसारको आकस्मिक समय दिइरहेको छु । व्यवस्था गरिरहेको छु । तर मान्य सदस्यहरुले सदनमा देखाउनु भएको व्यवहारप्रति मेरो ध्यानाकर्षण भएको छ । मान्य सदस्यहरुलाई आफ्नो भाषा सुर्धान म ध्यानाकर्षण गराउँछु ।’आइतबार प्रधानमन्त्री बालेन्द्र शाह बोलेर सकेपछि सांसदहरू महर र राईले सभामुखले समय नदिएकै समयमा पन
काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले भिजिट भिसाको नाममा हुने अवैध श्रम आप्रवासन, मानव तस्करी नियन्त्रण तथा वैदेशिक रोजगार प्रणालीमा देखिने संरचनागत शोषणबारे सरकारको ठोस योजना माग गरेकी छन् ।आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्न गर्दै उनले भिजिट भिसा दुरुपयोग, विदेशमा काम गर्न जाने नेपालीहरूको समस्या र श्रम प्रणाली सुधारबारे सरकारको धारणा स्पष्ट गर्न आग्रह गरिन्।प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री बालेन शाहले भिजिट भिसाको दुरुपयोग रोक्न कडा निर्देशन दिइएको बताए ।उनले भने, ‘भिजिट भिसाको दुरुपयोग विगतदेखि नै हुँदै आएको छ । त्यसलाई नियन्त्रण गर्न मन्त्रालय, विमा
काठमाडौं— नेपालले पनि भारतको भूमि मिचेको प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिमा प्रमुख विपक्षी नेपाली कांग्रेसले आपत्ति जनाएको छ । प्रधानमन्त्री शाहले आइतबार संसदबाटै भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको भनेका थिए ।यसबारे कांग्रेस प्रमुख सचेतक बासना थापाले आपत्ति जनाइन् । उनले यसबारे सरकारले स्पष्ट पार्नुपर्ने बताइन् । अन्यथा संसदबाट प्रधानमन्त्रीको अभिव्यक्ति मेट्नुपर्छ,' उनले भनिन् ।
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले सरकारलाई हालसम्म बुझाइएका सबै प्रतिवेदनहरू अध्ययन गरिने बताएका छन्।आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै उनले मानव अधिकार आयोग, विभिन्न आन्दोलन, र्याली तथा अन्य घटनासँग सम्बन्धित प्रतिवेदनहरू सरकारसँग रहेको बताए।कांग्रेस सांसद अर्जुनरसिंह केसी ले जेनजी आन्दोलनको प्रतिवेदनबारे प्रश्न उठाएपछि प्रधानमन्त्रीले सबै प्रतिवेदनलाई एकमुष्ट रूपमा अध्ययन गरी आवश्यक कारबाही अघि बढाइने जानकारी दिए।प्रधानमन्त्री शाहले सरकारले कुनै एक प्रतिवेदन मात्र नभई विगतका सबै महत्वपूर्ण प्रतिवेदनहरू समीक्षा गरेर त्यसअनुसार निर्णय लिने स्पष्ट पारे।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.