काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री वालेन्द्र शाहले सदनमा दिएको अभिव्यक्ति निन्दनीय र आपत्तिजनक रहेको बताएका छन् । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले लुम्बिनी प्रदशेमा आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति थापाले सीमा जस्तो संवेदनशिल विषयमा प्रधानमन्त्रीले संसदको रोस्टममा उभिएर दिएको कमजोर अभिव्यक्ति राष्ट्रिय हित विपरित भएको भन्दै कांग्रेसले त्यसको प्रतिवाद गर्ने चेतावनी दिएका छन् । थापाले प्रधानमन्त्री शाहले आफ्नो अभिव्यक्ति सच्चाउनुपर्ने माग समेत राखेका छन् ।
काठमाडौं । नेकपा एमालेका सांसद ऐनबहादुर महराले प्रधानमन्त्रीले प्रतिनिधिसभामा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई गैरजिम्मेवार र राष्ट्रहितविपरीत रहेको बताएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको अघिल्लो दिनको संसद् उपस्थितिलाई ‘छापामार शैलीको’ भएको भन्दै उनले लोकतान्त्रिक व्यवस्था, संविधान र संसद् नेपाली जनताको ठूलो बलिदान, संघर्ष तथा सहिदहरूको योगदानबाट स्थापित भएको बताएका हुन् । ‘हिजो प्रधानमन्त्रीको उस्थिति छापामार शैलीमा भएको थियो । सदन, व्यवस्था र संविधान नेपाली सहिदहरुले र अग्रजहरूले ठुलो बलिदान दिएर र संघर्ष गरेर ल्याएको व्यवस्था हो । देशका लागि हाम्रो पुर्खा
काठमाडौं । सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा पनि स्थगित गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवादका विषयमा विवादित अभिव्यक्तिको विरोधमा राष्ट्रिय सभा बैठकमा सांसदहरूले अवरोध सिर्जना गरेपछि बैठक भोली९मंगलबार०सम्मका लागि स्थगित गरिएको हो । बैठकमा सांसदहरूले प्रधानमन्त्री शाहको राजीनामा माग गर्दै नाराबाजी गरेपछि सुरुमा बैठक २० मिनेटका लागि स्थगित गरिएको थियो ।आकस्मिक समयमा सांसदहरूले आफ्ना भनाइ राखिसकेपछि सबै सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका थिए । राष्ट्रिय सभामा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको एक सिट पनि छैन ।राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालल
काठमाडौं— नेकपा (एमाले) ले प्रधानमन्त्री बालेन्द्र शाह ले संसद्मा दिएको भनिएको राष्ट्रहितविपरीत अभिव्यक्तिको विरोध गर्दै प्रदर्शन गरेको छ।सोमबार काठमाडौंको माइतीघर मण्डलामा आयोजित विरोध प्रदर्शनमा एमालेका नेता तथा कार्यकर्ताहरू सहभागी भएका थिए। प्रदर्शनकारीहरूले प्रधानमन्त्रीले सदनमा दिएको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतामाथि आघात पुगेको आरोप लगाउँदै उक्त अभिव्यक्ति फिर्ता लिन र संसद्को अभिलेखबाट हटाउन माग गरेका छन्।प्रदर्शनका क्रममा सहभागीहरूले नाराबाजी गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए। एमालेले प्रधानमन्त्रीको भनाइबारे स्पष्ट धारणा सार्वजनिक गर्न सरकारसँग
काठमाडौं— प्रतिनिधि सभाको सोमबारको बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरूले विरोध जनाएका छन्।सभामुख डोलप्रसाद अर्याल ले बैठक प्रारम्भ गरेको लगत्तै विपक्षी सांसदहरू आ–आफ्नो स्थानमा उभिएर असहमति प्रकट गरेका हुन्। उनीहरूले प्रधानमन्त्री वालेन्द्र शाह ले आइतबारको बैठकमा दिएको अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन माग गरेका छन्।प्रधानमन्त्री शाहले आइतबारको बैठकमा ‘नेपालले पनि भारतको जमिन मिचेको’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भनाइ आपत्तिजनक रहेको भन्दै विपक्षी दलहरूले त्यसलाई संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गरेका हुन्।विरोधमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिस्ट पार्टी (नेकपा), श्रम स
काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले सरकार प्रमुखका अभिव्यक्ति तथ्य, प्रमाण र यथार्थमा आधारित हुनुपर्ने बताएका छन् ।सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले प्रजातन्त्रमा अभिव्यक्ति स्वतन्त्रता रहने भएपनि सरकारको नेतृत्व गर्ने व्यक्तिको अभिव्यक्ति जिम्मेवार हुनुपर्ने बताए । उनले प्रधानमन्त्रीले संसदमा राखेको अभिव्यक्तिबारे प्रश्न उठाउँदै तथ्यबिनाका भनाइ संसदको रेकर्डबाट हटाउन माग गरेका छन् ।उनले भने,‘प्रजातन्त्रमा अभिव्यक्ति स्वतन्त्रता हुन्छ तर सरकारको नेतृत्व गर्ने व्यक्तिको अभिव्यक्ति जिम्मेवार पनि हुनुपर्छ । चिया पसलमा गर्ने गफ र संसदको अभिव्
काठमाडौं— नेकपा एमालेले प्रधानमन्त्री वालेन्द्र शाहको राजीनामा मागेको छ । नेपालले पनि भारतीय भूमि मिचेको छ भनी संसदमा अभिव्यक्ति बोलेर राष्ट्रहितविपरीत काम गरेको भन्दै एमालेले शाहलाई मार्गप्रशस्त गर्न आग्रह गरेको हो ।एमाले महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री शाहको अभिव्यक्तिको भर्त्सनासमेत गरिएको छ ।
काठमाडौं— सांसदहरूको नाराबाजीपछि राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति सांसदहरूले आपत्ति जनाउँदै नाराबाजी नै गरेपछि अध्यक्ष नारायणप्रसाद दाहालले २० मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।
काठमाडौं— कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले दुग्ध क्षेत्रलाई व्यवसायिक रूपमा प्रवद्र्धन गर्नसके राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधार बन्नसक्ने बताएकी छन् ।‘दुग्ध क्षेत्रको दिगो विकासः पोषण सुरक्षा र आर्थिक समृद्धिको आधार’ भन्ने मूल नाराका साथ ‘विश्व दूध दिवस २०८३’ को अवसरमा बोल्दै उनले दूध दिवस केवल औपचारिक कार्यक्रम नभई पोषण, स्वास्थ्य, ग्रामीण अर्थतन्त्र, रोजगारी, खाद्य सुरक्षा तथा समृद्धिमा दुग्ध क्षेत्रको महत्व उजागर गर्ने अवसर भएको बताइन् ।उनले भनिन्, ‘विश्व दूध दिवस केवल औपचारिकता मात्र होइन पोषण स्वास्थ्य, र ग्रामिण अर्थतन्त्र, रोजगारी, खाद्य सुरक्षा र समृद्धिको आधारको रुपमा दू
काठमाडौं— नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले आगामी आर्थिक वर्षको बजेटले लामो समयदेखि सुस्त रहेको अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास व्यक्त गरेका छन्।सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको बजेटसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले कर सुधारका क्षेत्रमा बजेटले उल्लेखनीय प्रगति गरेको बताए। उनका अनुसार लामो समयदेखि रोकिएका कर सुधारका विषयलाई बजेटमार्फत सम्बोधन गरिएको छ।उनले भने,‘लामो समयदेखिको सिथिल अर्थतन्त्रलाई चलायमान बनाउने छ । मुलुकको अर्थतन्त्रलाई नयाँ आयाम दिँदै आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्ने सुरुवात बिन्दुको रुपमा यो प्रस्तुत
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.