काठमाडौं— उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णयप्रति गम्भीर आपति जनाएका छन् ।सामाजिक सञ्जालमार्फत मार्फत घिसिङले उक्त निर्णय अन्तर्राष्ट्रिय अभ्यास, राष्ट्रिय ऊर्जा नीति तथा उपभोक्ताको हितविपरीत रहेको बताए । विद्युत खपत बढाउनुपर्ने वर्तमान अवस्थामा कर लगाएर उपभोक्तालाई निरुत्साहित गर्ने नीति स्वच्छ ऊर्जा प्रवद्र्धन तथा विद्युतीकरण अभियानसँग मेल नखाने उनको भनाइ छ ।उनले भारतलगायत विभिन्न देशहरूले विद्युतको प्रयोग बढाउन प्रोत्साहनमूलक नी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपक बोहोराले राष्ट्रिय मानव अधिकार आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । सोमबार सर्वोच्च अदालत पुगेका बोहोराले आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा आफ्नो नाम अन्यायपूर्ण रूपमा समावेश गरिएको दाबी गरेका छन् ।रिट दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू गत भदौ २३ र २४ गते अस्पतालमा रहेको र सो अवधिमा आफ्नी श्रीमतीलाई आपत्कालीन कक्षमा उपचारका लागि राखिएको बताए । उनले जेनजी आन्दोलनसँग आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आन्दोलनसँग सम्बन्धित कुनै फोटो वा भिडियोमा आफू नदेखिएको उल्लेख गरे ।उनले भने, ‘गत भदौ २३ र २४ गते अस्
काठमाडौँ । संसद् बैठक बस्नुअघि विपक्षी दलहरू रणनीति बनाउन एकै ठाउँमा जुटेका छन्।सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा सोमबार विपक्षी दलहरूको बैठक सुरु भएको हो। प्रतिनिधि सभामा आगामी दिनमा कसरी प्रस्तुत हुने र साझा धारणा कसरी बनाउने भन्ने विषयमा बैठक केन्द्रित रहेको बताइएको छ।बैठकमा आइतबार राति विपक्षी दलहरूको असहमतिबीच सभामुख डोलप्रसाद अर्याल ले प्रतिनिधि सभा नियमावली पारित गरेको विषयमा पनि छलफल भइरहेको छ। विपक्षी दलहरूले उक्त प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै आएका छन्।आजको संसद् बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल प्रमुख एजेन्डा छ। उपप्रधान तथा अर्थमन्त्री स्वर्णिम वाग्
काठमाडौं— सुन तस्करीसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा आरोपित प्रतिनिधिसभाका पूर्वसभामुख कृष्णबहादुर महरा को विशेष अदालतमा बयान जारी रहेको छ।महरा सोमबार बिहान अदालत खुलेसँगै विशेष अदालतमा उपस्थित भएका थिए। अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य विदुर कोइरालाको इजलासमा उनीसँग बयान तथा सवालजवाफ भइरहेको छ।अदालत स्रोतका अनुसार बयान प्रक्रिया सकिएपछि आजै थुनछेक बहस हुने तयारी गरिएको छ। महरा भ्रष्टाचार मुद्दामा जारी भएको म्याद बुझेर बयानका लागि अदालत पुगेका हुन्।विद्युतीय चुरोट (भेप) भित्र लुकाएर नेपाल भित्र्याइएको सुन तस्करी प्रकरणमा सात करोड ७८ लाख रुपैयाँभन्दा बढीको भ्रष्टाचार भएको आरोपसहित अख्ति
काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले प्रधानमन्त्री बालेन शाहको हालैको अभिव्यक्तिको विरोधमा देशभर मसाल जुलुस निकाल्ने घोषणा गरेको छ।पार्टीका प्रवक्ता प्रकाण्डले जारी गरेको विज्ञप्तिमा नेपाल–भारत सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्ति राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमसत्ताविरुद्ध रहेको आरोप लगाइएको छ।विज्ञप्तिमा प्रधानमन्त्रीको भनाइले राष्ट्रको पहिचान र जनभावनामा आघात पुगेको दाबी गर्दै त्यसले सरकारको चरित्र उजागर गरेको उल्लेख गरिएको छ। माओवादीले उक्त अभिव्यक्ति अज्ञानता वा अस्पष्टताका कारण नभई सुनियोजित सोचको परिणाम भएको जिकिर पनि गरेको छ।पार्टीले प्रधानमन्त्रीको
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपक बोहोराले राष्ट्रिय मानव अधिकार आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।सोमबार सर्वोच्च अदालत पुगेका बोहोराले आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा आफ्नो नाम अन्यायपूर्ण रूपमा समावेश गरिएको दाबी गरेका छन् ।रिट दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू गत भदौ २३ र २४ गते अस्पतालमा रहेको र सो अवधिमा आफ्नी श्रीमतीलाई आपत्कालीन कक्षमा उपचारका लागि राखिएको बताए ।उनले जेनजी आन्दोलनसँग आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्दै आन्दोलनसँग सम्बन्धित कुनै फोटो वा भिडियोमा आफू नदेखिएको उल्लेख गरे ।उनले भने, ‘गत भदौ २३ र २४ गते अस्पता
काठमाडौं— नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधिसभामा प्रधानमन्त्रीले नेपाल–भारत सीमा सम्बन्धमा व्यक्त गरेको धारणाप्रति गम्भीर आपत्ति जनाएको छ ।पार्टीका प्रवक्ता प्रकाश ज्वालाद्वारा जारी प्रेस विज्ञप्तिमा प्रधानमन्त्रीको अभिव्यक्तिलाई गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डताको प्रतिकूल तथा स्थापित ऐतिहासिक तथ्यविपरीत भएको आरोप लगाइएको छ ।विज्ञप्तिमा अन्तर्राष्ट्रिय सीमा अतिक्रमण र सीमा क्षेत्रमा हुने जग्गाको भोगचलन (क्रस–होल्डिङ) फरक विषय भएको उल्लेख गर्दै कुनै देशले अर्को देशको स्वामित्वमा रहेको भूभागमा अनधिकृत रूपमा कब्जा जमाउने, संरचना निर्माण गर्ने वा सीमा विस्ता
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पाँचदिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन्। भ्रमणका क्रममा उनले भारतीय जनता पार्टीका शीर्ष नेतासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। यस भ्रमणलाई रास्वपाको अन्तर्राष्ट्रिय राजनीतिक पहुँच विस्तारको प्रयासका रूपमा समेत हेरिएको छ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सोमबार भारत प्रस्थान गरेका छन्। उनीसँग पत्नी निकिता पौडेल, सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा र प्रदीप आचार्यसमेत भारत गएका छन्। रास्वपाका अनुसार प्रतिनिधिमण्डल जेठ १८ देखि २२ गतेसम्म भारतमा रहनेछ। पार्टीले जारी गरेको विज्ञप्तिअनुसार नयाँदिल्ली
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा हुन लागेको आफ्नो पहिलो ऐतिहासिक महाधिवेशनको तयारीलाई तीव्र गति दिएको छ। महाधिवेशनलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा ‘महाधिवेशन मूल आयोजक समिति’ गठन गरिएको पार्टीका प्रवक्ता कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन्।उक्त समितिमा पार्टीका शीर्ष नेता, पदाधिकारी तथा विभिन्न मन्त्रीहरूलाई जिम्मेवारी तोकिएको छ। गठन गरिएको मूल आयोजक समितिमा पार्टी उपसभापति एवम् अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, महामन्त्रीद्वय कविन्द्र बुर्लाकोटी र भूपदेव शाह, सहमहामन्त्री विपिनकुमार
काठमाडौं— नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले भारतसँगको सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिको कडा आलोचना गरेका छन् । उनले उक्त अभिव्यक्तिलाई राष्ट्रविरोधी र खतरनाक भन्दै प्रधानमन्त्रीले सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताएका छन् ।सोमबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै नेता खनालले प्रधानमन्त्री शाहको भनाइले नेपाली जनताको देशभक्तिपूर्ण भावनामाथि आघात पुगेको उल्लेख गरेका छन् । उनले राष्ट्रविरोधी अभिव्यक्ति दिने व्यक्ति प्रधानमन्त्री पदमा बस्न नसुहाउने टिप्पणी गरेका छन् ।“राष्ट्रविरोधी अभिव्यक्ति दिने यस्ता
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.