काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस ले संसद्भित्रको गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित संसदीय दलको कार्यसमितिलाई पूर्णता दिएको छ।दलका नेता भीष्मराज आङ्देम्बे को नेतृत्वमा गठन गरिएको कार्यसमितिमा उपनेताको जिम्मेवारी अभिषेक प्रताप शाहले पाएका छन्। यस्तै, कोषाध्यक्षमा डा.शाहजान खातुन तथा सदस्य सचिवमा मदन कृष्ण श्रेष्ठ मनोनीत भएका छन्। १२ सदस्यीय कार्यसमितिमा हालसम्म ६ जना सदस्य थपिएका छन्। मनोनीत सदस्यहरूमा पवित्रा विक, कालीबहादुर सहकारी, रुक्मिणीदेवी कोइराला, जयपति रोकाय, हरिनादेवी कामी र सुशीला ढकाल आचार्य रहेका छन्।कांग्रेस संसदीय दलका अनुसार कार्यसमितिका दुई सदस
सिमकोट । हुम्ला–बाजुरा सीमा क्षेत्रमा भएको विवाद र त्यसपछि उत्पन्न तनावबारे स्थलगत अध्ययन गर्न गृह मन्त्रालयको जाँचबुझ टोली हुम्ला पुगेको छ।नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विमलराज पौडेल को नेतृत्वमा रहेको टोली आइतबार सिमकोट आइपुगेको हो। टोलीले विवादित लाम्पाटा र च्याचौर क्षेत्रको अवलोकन गरिसकेको छ भने अब स्थानीय बासिन्दा, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा नागरिक अगुवासँग छलफल गर्ने तयारी गरेको छ।दुई जिल्लाबीचको सीमा निर्धारणलाई लिएर जेठको पहिलो साता उत्पन्न विवाद झडपमा परिणत भएपछि घटनाको वास्तविक अवस्था बुझ्न गृह मन्त्रालयले अनुसन्धान प्रक्रिया अघि बढाएको हो। टोलीले स्थान
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले प्रथम महाधिवेशनको तयारीलाई व्यवस्थित र प्रभावकारी बनाउन १८ वटा उपसमिति गठन गरेको छ।सोमबार बसेको सचिवालय बैठकले महाधिवेशनका विविध पक्षलाई व्यवस्थित गर्न जिम्मेवारी बाँडफाँटसहित उपसमितिहरू गठन गरेको हो। पार्टीले कार्यक्रम सञ्चालनदेखि आर्थिक व्यवस्थापन, सूचना प्रविधि, सुरक्षा, स्वास्थ्य सेवा, यातायात तथा आवास व्यवस्थापनसम्मका विषयलाई प्राथमिकतामा राख्दै छुट्टाछुट्टै संयन्त्र तयार गरेको जनाएको छ।महाधिवेशनलाई व्यवस्थित, पारदर्शी र सहभागितामूलक बनाउन गुनासो व्यवस्थापन, कानुनी समन्वय, प्रतिवेदन तथा प्रस्ताव मस्यौदा, अभिलेखीकरण तथा दस्तावेजीकरणलगायतका
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संसदको रोस्टमबाट नेपालले भारतको सीमा मिचेको छ भन्ने आपत्तिजनक अभिव्यक्ति दिएपछि आइतबार संसदमा विरोध मात्र भएन हंगमा समेत मच्चियो । आज सोही लगायत बिविध विषयलाई लिएर संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ । संघीय संसद्मा प्रतिपक्षमा रहेका दलहरूको सर्वदलीय बैठक नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज मध्याह्न १२ बजे बस्नेछ । नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले जानकारी दिएका छन् ।
दमौली। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँअन्तर्गत नौवटा पालिकामा नयाँ नेतृत्व चयन भएको छ । सङ्गठन विस्तारअन्तर्गत रास्वपाले जिल्लाका दश पालिकामध्ये नौ पालिकामा नयाँ नेतृत्व चयन गरिएको जनाएको छ । अधिवेशनअन्तर्गत व्यास नगरसमितिमा चूडामणि दाहाल, भिमाद नगरसमितिमा उत्तम सुवेशी, भानु नगरसमितिमा विष्णु पोख्रेल, देवघाट गाउँसमितिमा बलबहादुर क्षेत्री, आँबुखैरेनी गाउँसमितिमा राम श्रेष्ठ, बन्दीपुरमा शम्भु श्रेष्ठ, घिरिङमा प्रेम थापा, शुक्लागण्डकी नगरमा हरिबहादुर खड्का र म्याग्दे गाउँ समितिमा मनोज अधिकारी सभापति चयन हुनुभएको छ । अब ऋषिङ गाउँ समितिमा अधिवेशन हुन बाँकी रहेको छ । रास्वपाले आ
बागमती। बागमती प्रदेशसभाको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमबारे आजदेखि छलफल सुरु हुँदैछ । प्रदेशसभाको आज दिउँसो १ः०० बजे बस्ने बैठकमा नीति तथा कार्यक्रममा दफावार छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो । यही जेठ १२ गते बसेको बागमती प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्तिमाथि पूर्वराजदूत नीलाम्बर आचार्यले आपत्ति जनाएका छन्।नेपाल–भारत प्रबुद्ध समूहका सदस्य समेत रहेका आचार्यले प्रधानमन्त्रीको भनाइले नागरिकलाई भ्रममा पार्ने काम गरेको बताएका छन्। उनले नेपालले भारतको भूमि सैन्य बल प्रयोग गरेर कब्जा नगरेको स्पष्ट पारे। गाउँलेहरुले सीमा स्तम्भ सार्ने घटना र कुनै देशले सैन्य बल प्रयोग गरेर भूभाग नियन्त्रणमा लिने विषय पूर्ण रूपमा फरक रहेको भन्दै प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आचार्यले असहमति जनाएका छन्।उनका अनुसार केही सीमावर्ती क्षेत्रमा स्थानीय बासिन्दाले सी
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सामान्य निमोनियाको संक्रमण पुष्टि भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि शनिबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका प्रचण्डको स्वास्थ्य अवस्था अहिले स्थिर रहेको अस्पतालले जनाएको छ।अस्पतालका अनुसार उपचारमा सकारात्मक सुधार देखिएको छ र चिकित्सकहरूको निरन्तर निगरानीमा राखिएको छ। पूर्ण रूपमा स्वास्थ्य लाभ गर्न अझै २ देखि ३ दिन अस्पतालमै बस्नुपर्ने चिकित्सकहरूको सुझाव रहेको छ। स्वास्थ्य परीक्षणपछि निमोनियाको संक्रमण देखिए पनि अवस्था चिन्ताजनक नरहेको र उपचारले राम्रो प्रतिक्रिया दिइरहेको विज्ञप्ती
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेटबारे स्पष्ट पार्दै बजेटको आकार ठूलो नभई राज्यको क्षमता अनुसार सन्तुलित रहेको बताएका छन् ।बजेटसम्बन्धी पत्रकार सम्मेलनमा बोल्दै उनले स्रोत व्यवस्थापन र बजेटको आकारबारे भइरहेको आलोचनाप्रति टिप्पणी गर्दै प्रारम्भमा बजारमा २५ खर्बसम्मको बजेट आउने अनुमान भएपनि अन्ततः करिब २१ खर्ब हाराहारीमा बजेट प्रस्तुत गरिएको जानकारी दिए ।‘यो पद र गहन जिम्मेवारी बोकेपछि राजकाजका सीमाबारे भित्रबाट बुझिन्छ नै,’ मन्त्री वाग्लेले भने, ‘सुरुमा २५ खर्बको बजेट आउँछ भन्ने हल्ला थियो, तर अन्तिममा २१ खर्ब हाराहारीमा सीमित गरिएको हो ।’उनका अनुसार बजेट प
काठमाडौं। प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहको एक अभिव्यक्तिलाई लिएर नयाँ विवाद सुरु भएको छ। नेपाली कांग्रेसले प्रधानमन्त्रीले संसदमा दिएको भनाइको आधार र तथ्य सार्वजनिक गर्न माग गरेको छ। कांग्रेसकी प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्रीले ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएको भन्दै त्यसको प्रमाण संसदलाई उपलब्ध गराउन माग गरेकी हुन्।प्रतिनिधिसभा बैठकमा बोल्दै थापाले प्रधानमन्त्रीको भनाइ गम्भीर र संवेदनशील विषयसँग जोडिएको बताइन्। उनले नेपाल र भारतबीचको सीमा सम्बन्धी विषयमा तथ्यबिना अभिव्यक्ति दिन नहुने उल्लेख गर्दै प्रधानमन्त्रीसँग स्पष्ट जवाफ माग गरिन्। थापाले प्र
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.