राजनीति

    Showing 1,361-1,370 of 10,433 items.
  • बजेट पारित गर्न दिउँसो साढे २ बजे मन्त्रिपरिषद् बैठक बस्दै

    काठमाडौं— मन्त्रिपरिषद् बैठक आज दिउँसो साढे २ बजे सिंहदरबारमा बस्दै छ ।आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गर्नका लागि प्रधानमन्त्री बालेन्द्र शाहले बैठक बोलाएका हुन् ।मन्त्रिपरिषद्ले बजेट पारित गरेपछि दिउँसो ४ बजे अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन् ।

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 480 पटक पढिएको
  • उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच एकता, चाँडै जिम्मेवारी बाँडफाँट हुने

    काठमाडौं— उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी समायोजन भएको छ । बिहीबार त्रिपुरेश्वरस्थित उज्यालो नेपाल पार्टीको केन्द्रीय कार्यालय ‘उज्यालो घर’मा आयोजित कार्यक्रममा दुवै पार्टीबीच समायोजनसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरिएको हो ।समझदारीपत्रमा उज्यालो नेपाल पार्टीका महासचिव धर्म चौधरी र हाम्रो पार्टी नेपालका महामन्त्री दधिराम परियारले हस्ताक्षर गरेका थिए । समायोजनसँगै हाम्रो पार्टी नेपाल औपचारिक रूपमा उज्यालो नेपाल पार्टीमा विलय भएको जनाइएको छ ।दुवै पक्षबीच भएको सहमतिमा सुशासन, समृद्धि, सामाजिक न्याय, समानता, समावेशीकरण तथा नागरिक केन्द्रित राजनीतिलाई सशक्त रूपमा अघि बढाउने सा

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 500 पटक पढिएको
  • कस्तो संयोग! जन्मदिनकै दिन बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वाग्ले

    काठमाडौं— अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछन् । आज अपराह्न ४ बजे बस्ने प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा वाग्लेले बजेट प्रस्तुत गर्नेछन् । संयोगले आज वाग्लेको जन्मदिन पनि परेको छ । १९७४ मे २९ मा गोरखाको बुङकोटमा जन्मिएका वाग्ले आजबाट ५२ वर्ष लागेका छन् । विक्रमसंवत् अनुसार भने उनको जन्मदिन जेठ १६ (भोलि) हो ।

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 411 पटक पढिएको
  • गणतन्त्रका उपलब्धिको संस्थागत संरक्षणमा अध्यक्ष ओलीको जोड

    काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शमा ओलीले गणतन्त्रका उपलब्धिको संस्थागत संरक्षणमा जोड दिएका छन् ।गणतन्त्र दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले व्यक्तिको इच्छाबाट चल्ने शासनको सट्टा लोकतान्त्रिक अङ्ग र संरचनामार्फत राज्य सञ्चालन हुने व्यवस्था सुरु हुनु गणतन्त्रको महत्वपूर्ण उपलब्धि भएको बताएका हुन् ।सन्देशमा अध्यक्ष ओलीले गाउँगाउँमा स्थानीय सरकारको उपस्थिति, राज्यका साधनस्रोतमा नागरिक पहुँच विस्तार, महिला, दलित, जनजाति, मधेशी तथा पिछडिएका समुदायको प्रतिनिधित्व वृद्धि, नागरिक स्वतन्त्रता, खुला अभिव्यक्ति, सेवामा डिजिटल पहुँच तथा सडक–सञ्चार विस्तारलाई गणतन्

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 413 पटक पढिएको
  • राष्ट्रपति पौडेलबाट गणतन्त्र दिवस विशेष समारोहलाई सम्बोधन

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गरेका छन्।गणतन्त्रका माध्यमबाट सम्पूर्ण राजनीतिक अधिकार सुनिश्चित र समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जाने अवसर प्रदान गरेको उनले बताए। 

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 437 पटक पढिएको
  • नरेश रोकाया भनछन गणतन्त्रको नारा घन्काउँदा भीमसेन दाहाललाई मेरै अगाडि गोली लागेको स्मृतिमा ताजै छ

    काठमाडौं— गणतन्त्रलाई नेपाली जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त गरेको ऐतिहासिक उपलब्धि भएको नेकपा एमालेका केन्द्रीय सदस्य नरेश रोकायाले बताएका छन् ।उनले १०४ वर्षे राणा शासन र २३९ वर्षसम्म कायम राजतन्त्रको निरंकुशताबाट पिल्सिएका निमुखा जनताले बल्ल अधिकार प्राप्त गरेको उल्लेख गर्दै यो व्यवस्थाप्रति आफूलाई निकै गौरव र खुसी रहेको बताए ।पोखराको पृथ्वीनारायण क्याम्पस (पीएन क्याम्पस) मा अध्ययनरत रहँदा आफू विद्यार्थी आन्दोलनको अग्रपंक्तिमा रहेको स्मरण गर्दै रोकायाले २०६१ माघ १९ को शाही ‘कू’ विरुद्ध आफूहरूले कडा प्रतिरोध गरेको बताए । तत्कालीन शाही नेपाली सेनाको दमन र गोलीबारीका बीच पनि आफूहरू पछि न

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 418 पटक पढिएको
  • राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा लक्ष्मीप्रसाद उप्रेती निर्वाचित

    काठमाडौं— राष्ट्रिय सहकारी बैंकको अध्यक्षमा झापाका लक्ष्मीप्रसाद उप्रेती निर्वाचित भएका छन् । बिहीबार भएको सञ्चालक समितिको निर्वाचनमा कोशी प्रदेशबाट सञ्चालक रहेका उप्रेतीले आफ्ना प्रतिद्वन्द्वी परितोष पौड्याललाई पराजित गर्दै अध्यक्ष पदमा बाजी मारेका हुन् ।सात सदस्यीय सञ्चालक समितिबीच भएको मतदानमा उप्रेतीले ५ मत प्राप्त गरे भने पौड्यालको पक्षमा केवल २ मत मात्र परेको थियो । झापाको नेपाल बहुउद्देश्यीय सहकारी संस्थाबाट बैंकमा प्रतिनिधित्व गरेका उप्रेती यसअघि बैंकको लेखा समिति संयोजकको रूपमा कार्यरत थिए । जेठ १३ गते सञ्चालकहरूले शपथ ग्रहण गरेलगत्तै अध्यक्ष चयनका लागि यो निर्वाचन प्रक्रिया अघि बढाइए

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 445 पटक पढिएको
  • संविधान र गणतन्त्रको सुदृढीकरणबाट मात्रै समुन्नत नेपाल सम्भवः गगन थापा

    काठमाडौं— नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको संविधानको संरक्षण तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत सुदृढीकरणबाट मात्रै नेपाललाई सभ्य, समुन्नत, सुखी र समृद्ध राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिने बताएका छन् ।गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले संविधान र गणतन्त्रको रक्षा तथा सुदृढीकरणका लागि सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याएका हुन् ।उनले भने, ‘नेपालको संविधानको संरक्षण तथा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत सुदृढीकरणबाट मात्रै नेपाललाई सभ्य, समुन्नत, सुखी र समृद्ध राष्ट्रका रूपमा रूपान्तरण गर्न स

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 423 पटक पढिएको
  • प्रचण्ड भन्छन गणतन्त्रको विकल्प अझ समुन्नत गणतन्त्र हो

    काठमाडौं— नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्रको विकल्प अझ समुन्नत र समावेशी गणतन्त्र भएको बताएका छन् ।गणतन्त्र दिवस–२०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको लामो संघर्ष, हजारौं सहिदहरूको बलिदान, त्याग र समर्पणबाट प्राप्त ऐतिहासिक उपलब्धि भएको उल्लेख गरेका छन्।उनले भने, ‘नेपालको संविधानले सुनिश्चित गरेको संघीय लोकतान्त्रिक गणतन्त्र विभिन्न कालखण्डमा नेपाली जनताले गरेको लामो संघर्ष, हजारौं सहिदहरूको बलिदान, त्याग र समर्पणको ऐतिहासिक उपलब्धि हो। यो व्यवस्था कुनै व्यक्ति वा दलको नभएर परिवर्तनका आकांक्षी सम्पूर्ण नेपाली ज

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 432 पटक पढिएको
  • कांग्रेसबाट निर्वाचित गाउँपालिका अध्यक्ष रास्वपामा प्रवेश

    जुम्ला— जिल्लाको गुठीचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्।नेपाली काङ्ग्रेसबाट निर्वाचित अध्यक्ष बुढा बिहीबार गाउँपालिकामा आयोजित एक कार्यक्रममा उनले औपचारिक रूपमा रास्वपा प्रवेश गरेको घोषणा गरेका हुन्।रास्वपामा प्रवेशसँगै अध्यक्ष बुढाले आफू जनताबाट निर्वाचित प्रतिनिधि भएकाले कुनै पनि दलले चाहेर आफ्नो पद खोस्न नसक्ने उनको दाबी छ।बुढा राजनीतिक यात्रा विभिन्न दल हुँदै रास्वपा पुगेका हुन उनी २०५७ सालमा माओवादी आन्दोलनमा सक्रिय भएका थिए। पछि एमाले हुँदै स्थानीय तह निर्वाचनअघि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका थिए। पहिलो स्थानीय तह निर्वाचनमा अध्य

    • प्रकाशित मितिः जेठ १५, २०८३
    • 430 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.