काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता अग्नीप्रसाद सापकोटाले स्थानीय तहलाई जनताको पहिचान, सेवा र रूपान्तरणको मुख्य आधार भएको बताएका छन् ।जनप्रतिनिधिहरुको प्रशिक्षण भेलामा जनप्रतिनिधिहरू सांसद वा शासक नभई जनताका सेवक र समाज रूपान्तरणका संवाहक भएको उल्लेख गर्दै उनले त्यसलाई व्यवहारबाट प्रमाणित गर्नुपर्ने बताएका हुन् ।उनले भने, ‘स्थानीय तह हाम्रो पहिचान हो । दलाल पुर्जीवादी, एकाधिकार बादी, संस्कृतिका विरुद्ध वैचारिक लडाइको मोर्चा हो । हाम्रो जनप्रतिनिधि सासम होइनन् जनताका सेवाक हुन् र रूपान्तरणका संम्वाद हुन् भन्ने तथ्य छ । हामीले व्यवहारीत बाटै प्रमाणित गर्नु पर्दछ ।’सापकोटाले बाँकी कार्यकाल
काठमाडौं— श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्रीको उपस्थितीको माग गर्दै प्रतिनिधिसभामा आफूलाई निष्कासन गर्नसमेत सभामुखसँग आग्रह गरेका छन् ।बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साम्पाङले लामो समयदेखि प्रधानमन्त्रीको उपस्थिती माग गरिँदै आएको उल्लेख गरे । उनले नियमावलीको नियम १५ को २ अनुसार प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर जवाफदेही बनाउन सभामुखसँग माग गरे ।साम्पाङले सभामुखले प्रधानमन्त्रीलाई सदनमा ल्याउन नसके नियमावलीको ३१ को १ प्रयोग गरेर आफूलाई बैठकबाट निष्कासन गर्न आदेश दिन आग्रह गरे ।उनले भने, ‘धेरै दिनदेखि हामीले प्रधानमन्त्री ज्युको उपस्थिती माग गर्दै आइरहेका छौं । निय
सुर्खेत— कर्णाली प्रदेश सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न छ निर्णयहरु गरेको छ ।कर्णाली प्रदेश विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन (चौथों संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता विनोदकुमार शाहले बताए ।मन्त्रि परिषद्ले कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकमा प्रदेश सचिव लक्ष्मीकुमार विकलाई कामकाजमा खटाउने र योगदानमा आधारित निवृतिभरण कोषस्थापना तथा सञ्चालन सम्बन्धी विधेयक तर्जुमाको अवधारणापत्र उपर सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।त्यस्तै कर्णाली प्रदेश सरकारको सामयिक राजस्व उठाउने सम्बन्धी विधेयक तर्जुमा सम्बन्धी अवधा
काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले लामो अनुभव, क्षमता र सीप भएका कर्मचारीहरूबाट कार्यक्षेत्रभन्दा बाहिरका विषयमा समेत आफूले रचनात्मक सुझावको अपेक्षा गरेको बताएका छन् । विद्युत विकास विभाग र विद्युत नियमन आयोगका कर्मचारीसँगको छलफलका क्रममा मन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् ।उनले ऊर्जा तथा जलस्रोत क्षेत्रको दीर्घकालीन विकासका लागि मन्त्रालयले अघि बढाएको जलस्रोत, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षतासम्बन्धी विधेयकबारे कर्मचारीहरूबाट पनि सुझाव दिन आग्रह गरे ।उनले उत्पादित विद्युत खेर जान नदिन र जनताको लगानी सुरक्षित गर्न सरकारले आगामी आर्थिक वर्षभित्र नेपाल विद्युत प्र
काठमाडौं— राष्ट्रियसभाको बैठक आज (बुधबार) बस्दै छ । बैठक दिउँसो १ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो ।आजको बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची छ ।बैठकमा मन्त्री वाग्लेले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय गरिएको हो ।
काठमाडौं— कन्सल्टेन्सी व्यवसायी पुजन चाम्लिङले पछिल्लो समय सरकारले कन्सल्टेन्सी क्षेत्रमाथि गरेको अनुगमन र कारबाही प्रक्रियाप्रति आपत्ति जनाउँदै नीतिगत सुधार र व्यावहारिक कार्यान्वयनको माग गरेका छन् ।मंगलबार अर्थ बजार डटकमद्वारा आयोजित आगामी बजेट र उद्योगी तथा ब्यवसायीका साझा मुद्दा विषयक अन्तर्किया कार्यक्रममा बोल्दै उनले पछिल्ला दिनमा कन्सल्टेन्सीहरूमा गरिएको छापा र पक्राउ प्रक्रियाले व्यवसायिक वातावरणमा त्रास सिर्जना भएको बताए ।उनका अनुसार अनुसन्धान र नियमन आवश्यक भए पनि पूर्वअध्ययनबिनाको एकाएक कारबाहीले वैध व्यवसायसमेत प्रभावित भएको छ ।चाम्लिङले केही समयअघि विभिन्न कन्सल्टेन्सीमा गरिएको छा
काठमाडौं— नेकपा एमालेकी सांसद पद्मा अर्याल ले संसद प्रतिपक्षीको भएकाले प्रतिपक्षी दलले जनताको पक्षमा अधिकतम रूपमा संसदको उपयोग गर्नुपर्ने बताएकी छन् ।मंगलबार संसद भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले संसदमा भइरहेको बहसलाई स्वाभाविक प्रक्रिया भएको बताइन् । उनले प्रतिपक्षीले उठाएका मागलाई सत्तापक्षले जुवारी खेलको रूपमा लिन नहुने धारणा राखिन् ।अर्यालले संसदमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री महिनामा कम्तीमा एक पटक उपस्थित हुनुपर्ने व्यवस्था नियमावलीमै रहेको उल्लेख गर्दै सो व्यवस्था कार्यान्वयन गराउन आफूहरूले ध्यानाकर्षण र विरोध जनाएको स्पष्ट पारिन् । उनले प्रधानमन्त्री संसदप्रति उत्तरदाय
काठमाडौं— मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा विपक्षी दलले विरोध गरेका छन् ।प्रतिनिधिसभामा प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थिति र जवाफको माग गर्दै विपक्षी दलका सांसदले अवरोध गरिरहेका छन् । प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्ने माग गर्दै उनीहरूले अवरोध गरेका हुन् ।विपक्षीको अवरोधबीच सभामुख डोलप्रसाद (डीपी) अर्यालले पेलेरै बैठक अघि बढाएका छन् । प्रधानमन्त्री जवाफ दिन छिटै आउने भन्दै उनले आसनमा बस्न आग्रह गर्दा विपक्षी पछि नहटेपश्चात् बैठकका काम–कारबाही अघि बढाएका हुन् ।अवरोधसँगै बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।
काठमाडौं— श्रम संस्कृति पार्टीले आफ्नो संगठनात्मक संरचनाअन्तर्गत सञ्चालन हुने सबै कार्यक्रम तथा प्रचार सामग्रीमा पार्टी अध्यक्ष हर्क साम्पाङको तस्बिर अनिवार्य रूपमा प्रयोग गर्न निर्देशन जारी गरेको छ।पार्टीको कोशी प्रदेश समितिका अध्यक्ष प्रताप राई र सचिव दीपक तिमिल्सिनाद्वारा जारी पत्रमार्फत यस्तो व्यवस्था कार्यान्वयन गर्न मातहतका सबै तहलाई निर्देशन दिइएको हो।निर्देशनअनुसार १ नम्बर प्रदेश अन्तर्गतका जिल्ला, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, वडा तथा टोलस्तरसम्मका कार्यक्रमहरूमा प्रयोग हुने ब्यानर, प्रचार सामग्री तथा अन्य दृश्य सामग्रीमा पार्टी अध्यक्षको तस्बिर समावेश गर्नुपर्ने उल्लेख गरि
काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले झापाको कनकाई नगरपालिकामा सञ्चालित फोहोर व्यवस्थापन आयोजनाको दुरवस्थाबारे सदनको ध्यानाकर्षण गराएकी छिन्।मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले करोडौंको लगानीमा निर्माण गरिएको उक्त परियोजना अहिले कबाडीखानामा परिणत भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरिन्।सांसद ओलीका अनुसार कनकाई नगरपालिका–२ मा ’कनकाई वीरता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहोर महिला व्यवस्थापन कम्पनी लिमिटेड’ को नाममा उक्त प्रोजेक्ट निर्माण गरिएको थियो।तिनै वटा नगरपालिकाको आर्थिक सहभागिता, वल्र्ड बैंक र वैकल्पिक ऊर्जाको सहयोगमा ७४५ जना उपभोक्ताले सम
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.