राजनीति

    Showing 2,511-2,520 of 7,673 items.
  • राजावादीको आन्दोलनले विद्यालय अगाडि हुने चर्को नारा जुलुस र आवाजले पढाइमा असर परेपछि सिफलको विद्यालयले गुहार्‍यो प्रशासन

    काठमाडौं— राजावादीहरुको प्रदर्शन केन्द्रित हुँदा सुरक्षा चुनौती साथै पठनपाठन प्रभावित भएको भन्दै श्री बाल व्यवसायी केन्द्र माध्यमिक विद्यालयले सरकारसँग आन्दोलनको स्थान परिवर्तन गर्न माग गरेको छ ।विद्यालयका निमित्त प्रधानाध्यापक रामप्रसाद ढुंगानाले प्रमुख जिल्ला अधिकारी र मार्फत गृह मन्त्रालय र काठमाडौं महानगरको शिक्षा विभागलाई पत्र लेख्दै विद्यालय अगाडि हुने चर्को नारा जुलुस र आवाजले सुरक्षा चुनौती देखिएको र अध्यापन प्रभावित भएकाले आन्दालेनको स्थान परिवर्तनका लागि आग्रह गरेका हुन् ।‘यस सामुदायिक विद्यालयमा विभिन्न खालका समावेशी विद्यार्थीहरु समेत अध्ययन गर्ने भएकोले बढी संवेदनशील हुनुपर्ने अवस

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • 200 पटक पढिएको
  • संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै

    काठमाडौं— संघीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ । प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।विषयगत समितिमा

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • 223 पटक पढिएको
  • ओलीको 'झोले अभियान' जनसंपर्क कि प्रचारप्रमुखी प्रयास?

    काठमाडौं २०८२ जेठ २० गते — नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय सुरु गरेको भनिएको ‘झोले अभियान’ देशव्यापी चर्चा र बहसको विषय बनेको छ। राजनीतिक वृत्तदेखि सामाजिक सञ्जालसम्म, ओलीको यो शैलीलाई कतिले  जनसंपर्कको नयाँ तरिका भनेका छन् भने कतिपयले यसलाई ‘पुरानो शैलीको राजनीतिक नौटंकी  को संज्ञा दिएका छन्।झोले अभियान अन्तर्गत ओलीले गाउँ—शहर चहार्दै, हातमा झोला बोकेर सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट गरिरहेका छन्। झोलामा ‘जनताको दुःख’, ‘सपना’ र ‘सरकारप्रतिको निराशा  संग्रह गर्ने उद्देश्य रहेको बताइन्छ।ओलीको भने सन्देश यस्तो छ।ओलीले अभियानको उद्देश्य जनताको

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 211 पटक पढिएको
  • ‘भिजिट भिसा प्रकरण’ मा उच्चस्तरीय छानबिन समिति वा आयोग गठनको माग यथावत्

    काठमाडौं— संघीय संसद्का प्रतिपक्षी दलले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति वा आयोग गठनको माग यथावत् राख्ने भएका छन्।श्रम ऐन २०६४ आएदेखि हालका गृहमन्त्रीको कार्यकालसम्मको ‘भिजिट भिसा प्रकरण’ मा सम्बन्धित रहेर छानबिन समिति वा आयोग गठन गर्न प्रतिपक्षी दलले माग गरेका हुन्।प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको प्रतिपक्षी दलको बैठकले सो निर्णय गरेको हो।भिजिट भिसा प्रकरणलाई सधैँका लागि निराकरण गर्न सर्वपक्षीय प्रतिबद्धता जनाउने निर्णय भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले जानकारी दिए।छानबिनका लागि

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 163 पटक पढिएको
  • प्रतिनिधिसभा सञ्चालन गर्न कुरीरहेका छन् सभामुख,उता विपक्षि भने गोप्य छलफलमा ब्यस्त

    काठमाडौँ । प्रतिनिधिसभा बैठक सञ्चालन गर्न केही ढिलाइ हुने भएको छ । सभामुख देवराज घिमिरेले सदन सञ्चालनको वातावरण निर्माण गर्न पहिला प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेसँग कुराकानी गरेका थिए ।त्यसपछि सत्तारुढ दलहरू नेकपा एमाले र नेपाली कांग्रेसका प्रमुख सचेतकहरूसँग छलफल गरेका सभामुखले अहिले विपक्षी दलहरूको धारणा के आउँछ भनेर कुरिरहेको उनको सचिवालयले जानकारी दिएको छ ।विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी र माओवादीबिच अहिले माओवादी संसदीय दलका नेता पुष्पकमल दाहालको अध्यक्षतामा नयाँ वानेश्वरस्थित संसद् भवनमा बैठक बसिरहेको छ । त्यो बैठकले के धारणा बनाउँछ भनेर सभ

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 178 पटक पढिएको
  • छोरामाथि भ्रष्टाचारको आरोप लागेपछि मंगोलियाका प्रधानमन्त्रीको राजीनामा

    संसदमा विश्वासको मत गुमाएपछि मंगोलियाका प्रधानमन्त्री लुभ्सानाम्सराइ ओयुन–एर्डेनले राजीनामा दिएका छन्। केही दिनदेखि भ्रष्टाचारको आरोपमा चलेको व्यापक विरोध प्रदर्शनपछि यो मतदान भएको थियो। सन् २०२१ मा सत्ता सम्हालेका ओयुन–एर्डेनले ३० दिनभित्र उत्तराधिकारी नियुक्त नहुँदासम्म कामचलाउ प्रधानमन्त्रीको रूपमा काम गर्नेछन्। ‘महामारी, युद्ध र करजस्ता कठिनाइका समयमा मेरो देश र जनताको सेवा गर्न पाउनु सम्मानको कुरा थियो,’ मतदानपछि उनले भने। १२६ सिटको संसदमा बहुमतका लागि आवश्यक ६४ मत प्राप्त गर्न नसकेपछि उनले राजीनामा दिएका हुन्। गोप्य मतदानमा करिब ८२ सांसदले भाग लिएका थिए। बीबीसीका अनुसार ४४ जनाल

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 288 पटक पढिएको
  • प्रतिनिधिसभा अघि विपक्षी दलहरूको रणनीति बैठक,राप्रपालाई सहभागी गराइएन

    प्रतिनिधिसभा बैठकअघि विपक्षी दलको बैठक बसेको छ । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामालाई बटमलाइन बनाएर संसद अवरुद्ध पार्दै आएका विपक्षीहरु आज सदनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउन जुटेका हुन् । बैठकमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीका शीर्ष नेता सहभागी छन् । प्रतिपक्षमै रहेको राजावादी दल राप्रपालाई भने बैठकमा सहभागी गराइएको छैन । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भएको भेटवार्ताबारे संक्षिप्त जानकारी गराएको बताइएको छ ।

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 250 पटक पढिएको
  • गभर्नर नियुक्तिविरुद्धको रिटमा आज अन्तरिम आदेशका लागि सुनुवाइ हुँदै

    काठमाडौँ । अर्थविद् डा .विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नरमा नियुक्ति गर्ने निर्णयविरुद्धको रिटमा आज (मंगलबार)अन्तरिम आदेशका लागि सुनुवाइ हुँदै छ । गत जेठ १२ गते पौडेलको नियुक्तिविरुद्ध अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । गभर्नर नियुक्तिविरुद्धको रिटमा सर्वोच्चले जेठ १४ गते कारण देखाऊ आदेश जारी गर्दै दुवै पक्षलाई अन्तरिम आदेशका लागि छलफलका लागि बोलाउने आदेश गरेको थियो ।

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 193 पटक पढिएको
  • दरबार हत्याकाण्डको सम्झनामा हेटौंडामा दीप प्रज्वलन, निष्पक्ष छानबिनको माग

     रौतहट ।  २०५८ सालको जेठ १९ गते राति दरबारभित्र घटेको भीषण हत्याकाण्डको सम्झनामा हेटौंडामा दीप प्रज्वलन गरिएको छ।उक्त दिन राजा वीरेन्द्र शाह, रानी ऐश्वर्य, राजकुमार दीपेन्द्रसहित राजपरिवारका नौ सदस्यको निर्मम हत्या भएको थियो।यस ऐतिहासिक घटनाको २४औं वार्षिक स्मृतिमा हेटौंडा उपमहानगरपालिका–१० स्थित बुद्ध चोकमा स्थानीय राजावादीको पहलमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको हो।कार्यक्रममा सहभागीहरूले सयौं थान घिउबत्ती बालेर दिवंगत राजपरिवारप्रति श्रद्धा प्रकट गरेका थिए। केही सहभागीले हातमा दीप बोकेर मौन प्रार्थना पनि गरेका थिए।कार्यक्रम संयोजक विवेक विक्रम शाहीले राजा वीरेन्द्रसँगै मारि

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • 213 पटक पढिएको
  • माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै

    काठमाडौं— प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दैछ। आज दिउँसो माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ । बैठकमा सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको बजेट र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। यस अगाडि माओवादी केन्द्रको पदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकबारे पनि प्रश्न उठेका कारण उनले राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको हो। संसद्को बैठकमा यसबारे कसरी अगाडि बढ्ने भन्नेबारे पनि आज छलफल हुनेछ।

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • 185 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा