राजनीति

    Showing 2,521-2,530 of 7,673 items.
  • राप्रपा अध्यक्ष कमल थापासहित ६ जना पक्राउ पछि प्रहरी परिसर भद्रकाली राखियो (नामसहित)

     काठमाडौं— निषेधित क्षेत्र तोड्न खोजेपछि राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ६ जनालार्य प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई जिल्ला प्रहरी परिसर, भद्रकालीको हिरासतमा राखिएको छ ।पक्राउ पर्नेमा थापासहित शिला राणा, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली र सरोज तिमिल्सिना रहेका छन् ।शान्ति सुरक्षा कायम गर्न नियन्त्रणमा लिइएको काठमाडौंका प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले बताए । 

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • 204 पटक पढिएको
  • काठमाडौंको नक्साल क्षेत्रमा आज राजावादी र प्रहरीबिच धकेलाधकेल

      काठमाडौं— राजसंस्था पुनर्स्थापनाको माग गर्दै प्रदर्शनमा उत्रिएका राजावादी र प्रहरीबीच काठमाडौंको नक्साल क्षेत्रमा आइतबार धकेलाधकेल भएको छ। प्रदर्शनकारीहरूले प्रधानमन्त्री निवास बालुवाटारस्थित निषेधित क्षेत्रतर्फ अघि बढ्न खोज्दा उक्त स्थिति सिर्जना भएको हो।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत विभिन्न राजावादी समूहहरूले आज दिउँसो दुई बजे नारायणचौरमा भेला भई बालुवाटार घेराउ गर्ने पूर्वघोषित कार्यक्रम राखेका थिए।सोही योजनाअनुसार नारायणचौरबाट जुलुससहित अघि बढेका उनीहरूलाई प्रहरीले नक्साल नजिकै रोक्ने प्रयास गर्दा केहीबेर तनाव उत्पन्न भएको थियो।प्रहरीले बालुवाटार क्षेत्रलाई निषेधित क्

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • 364 पटक पढिएको
  • राजावादीहरुको आन्दोलन बालुवाटार लम्किनेको तयारी, प्रहरीले कडाइ गर्ने

    काठमाडौं— राजावादीहरूले राजसंस्थाको पक्षमा सुरू गरेको संयुक्त आन्दोलनलाई आज पनि निरन्तरता दिएका छन् । आज काठमाडौंको नारायणचौरमा जनप्रदर्शनको कार्यक्रम भए पनि हिजोजस्तै बालुवाटार घेराउ गर्न जाने योजना बनाइएको छ ।आज २ बजे नारायणचौरमा भेला हुन सूचित गरिएको छ । त्यहाँबाट जुलुस लिएर बालुवाटारतर्फ लाग्ने तयारी रहेको राप्रपा नेपालका एक पदाधिकारीले बताए ।उनले भने, ‘आज पनि हाम्रो मुख्य प्रदर्शन बालुवाटारमै हुन्छ । वार्म अपमात्रै नारायणचौरमा हो ।’बालुवाटार निषेधित क्षेत्र हो । हिजो राजावादी प्रदर्शनकारीहरूले बालुवाटारको निषेधित क्षेत्र नतोडिकन प्रदर्शन गरेका थिए । आज पनि हिजैको स्थानमा प्रदर्शन गर्ने तय

    • प्रकाशित मितिः जेठ १८, २०८२
    • 282 पटक पढिएको
  • राजावादी आन्दोलनले सवारी यातायात प्रभावित, लिङ्देनले सवारी साधन अवरुद्ध नगर्न आग्रह गरे

    काठमाडौं— राजावादीले राजसंस्था पुनस्स्थापनाको मागसहित सुरु भएको ‘संयुक्त जनआन्दोलन’ले विजुलीबजार बबरमहलको मुख्य सडक कब्जा गरेको छ ।शुक्रबार (आज) पनि जारी आन्दोलनमा सहभागी राजावादीहरुले विजुलीबजार बबरमहल सडक कब्जा गरेका हुन् ।माइतीघरमा भेला भएका राजावादीहरुले नयाँ बानेश्वरतर्फ आउने क्रममा बबरमहल बिजुलीबजारको मुख्य सडक कब्जा गरेका हुन् । जसको कारण यातायात प्रभावित भएको छ ।यातायात प्रभावित भएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सवारी साधन अवरुद्ध नगर्न आग्रह गरेका छन् ।आन्दोलन नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समिति र राष्ट्रिय प्रजातन्त्र पार्टीले गरिरहेको छ । आन्दोलनमा राप्रपा अध्यक्ष

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 303 पटक पढिएको
  • गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने माओवादीको अडान

     काठमाडौं— नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा रहेका गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसदको अवरोध जारी राख्ने निर्णय गरेको छ । खुमलटारमा बसेको पदाधिकारी बैठकले गृहमन्त्रीले छानबिनका लागि राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको सचिव लीलामणि पोखरेलले जानकारी दिए ।हिजो संवैधानिक बाध्यताअनुसार बजेट पेश गर्नको लागि अवरोध नगरेको भएपनि अब चल्न नदिने उनले सुनाए ।उता ठूला दल (एमाले–कांग्रेस)का शीर्ष नेताहरुले भने गृहमन्त्रीको राजीनामा असम्भव रहेको बताउँदै आएका छन् ।

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 312 पटक पढिएको
  • ट्रम्पको कर नीति: भारतवाट अमेरिकामा आइफोन निर्यात ७६ प्रतिशतले बृद्दी

    काठमाडौं, १६ जेठ । एप्पलले अब भारतमा आईफोन निर्माणलाई तीव्र गतिमा विस्तार गरिरहेको छ र यसको प्रभाव अहिले प्रस्ट देखिन थालेको छ। एक नयाँ रिपोर्टका अनुसार अप्रिल महिनामा मात्रै भारतबाट अमेरिका पठाइएका आइफोनको संख्यामा ७६ प्रतिशतले वृद्धि भएको छ ।बजार अनुसन्धान कम्पनी ओम्डियाको पछिल्लो अनुमानअनुसार सन् २०२५ को अप्रिलमा भारतबाट अमेरिकामा करिब ३० लाख ‘मेड इन इन्डिया’ उल्लेख भएको आईफोनहरू पठाइएको छ । त्यसको तुलनामा चीनबाट ९ लाख इकाइ मात्र पठाइएको थियो, जुन चीनको लागि ७६ प्रतिशतले ठूलो गिरावट हो।सीएनबीसीको रिपोर्टका अनुसार यो पहिलो पटक हो कि भारतले आईफोन निर्यातमा चीनलाई लगातार उछिनि रहेको छ, वि

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 247 पटक पढिएको
  • सदन अवरोध हटाउने बारे सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै, के सदन अवरोध हट्ला ?

    काठमाडौं— दलका प्रमुख सचेतकहरुसँग सभामुख देवराज घिमिरेले छलफल गर्ने भएका छन् । शुक्रबार बिहान ११ बजे बस्ने गरी मुख्य सचेतक र प्रमुख सचेतकलाई छलफलमा बोलाएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।उनका अनुसार सदनको अवरूद्ध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण र आगामी क्यालेन्डरबारे छलफल हुने एजेन्डा छ।भिजिट भिसा प्रकरणमा प्रतिपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै सदन अवरूद्ध गर्दै आएका छन्।

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 295 पटक पढिएको
  • राजावादीको आन्दोलन आज पनि जारी, दुर्गा प्रसार्इँ समुहले अलग्गै प्रदर्शन गर्ने

    काठमाडौं— राजावादीहरूले आज पनि आन्दोलनलाई निरन्तर दिने भएका छन् । विहीबार (हिजो) देखी काठमाडौं केन्द्रित आन्दोलनले शुक्रबार (आज) पनि निरन्तर दिने भएको हो ।आन्दोलन रत्नपार्क, शान्तिबाटिका केन्द्रित आज १२ बजेबाट नै सुरू हुने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले जानकारी दिए ।दुर्गा प्रसाइ नेतृत्वको अभियान भने राप्रपा नेतृत्वमा सहभागी नहुने भन्दै शुक्रबारवाट माइतीघर केन्द्रित हुने जनाएको छ। 

    • प्रकाशित मितिः जेठ १६, २०८२
    • 407 पटक पढिएको
  • राजावादीको प्रदर्शनका क्रममा पक्राउ पर्नेको संख्या ५ पुग्यो (नामसहित)

    काठमाडौं—   गणतन्त्र दिवसका दिन राजावादीले आयोजना गरेको प्रदर्शनमा घुसपैठ भएको आरोपमा शान्तिबाटी, विद्युत कार्यालय क्षेत्रबाट ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसरका एसपी अपिलराज बोहराका अनुसार २२ वर्षीय घनश्याम न्यायुपाने, २३ वर्षीय ब्रिज मोहन राय, १७ वर्षीय शिवराज जैसी, २६ वर्षीय आशिष लामा र २१ वर्षीय पारस राणा रहेका छन् ।उनीहरुमध्ये घनश्याम न्याउपाने र ब्रिज मोहन रायलाई विद्युत प्राधिकरणबाट गिरफ्तार गरी प्रहरी वृत्त सिंहदरबारमा राखिएको, शिवराज जैसीलाई शान्तिबाटीकाबाट घुसपेठ गरेको भनी कार्यकर्ताले प्रहरीलाई बुझाएपछि उनलाई प्रहरी वृत्त दरबारमार्गमा राखेको, आशिष लाम

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 489 पटक पढिएको
  • राजावादी आन्दोलनमा घुसपैठ गरेको आरोपमा दुईजनामाथि कुटपिट

    काठमाडौं— राजावादी समूहहरूले काठमाडौंका रत्नपार्कमा गरेको विरोध प्रदर्शनका क्रममा घुसपैठ गरेको भन्दै दुई व्यक्तिमाथि कुटपिट गरेका छन्। कुटपिटमा परेका दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएर भिडबाट बाहिर निकालेको छ। राजावादीहरू आजबाट सुरु भएको ‘संयुक्त जनआन्दोलन’को पहिलो दिन शान्तिबाटीकामा भेला भएका छन्।राजावादीले काठमाडौंको ७ स्थानबाट जुलुस निकालेको छ। 

    • प्रकाशित मितिः जेठ १५, २०८२
    • 288 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा