राजनीति

    Showing 2,561-2,570 of 7,673 items.
  • कसैलाई पनि बहुमत ल्याउन नदिने प्रणाली हामीसँग छ : प्रधानमन्त्री ओली

    काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ सालमा हुने निर्वाचनमा एमालेले एकल बहुुमत ल्याउने दाबी गरेका छन् । सोमबार नेपाल उत्पीडित जातीय मुुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले एमालेले एकल बहुुमत ल्याउन चुनौतीपूर्ण भएतापनि यो काम एमालेका लागि सम्भव रहेको भन्दै मिसन ०८४ मा एमालेको एकल बहुमत ल्याउनेगरी तयारीमा जुटिरहेको बताए । उनले भने, ‘हामीले मिसन ०८४ को उद्देश्य लिएका छौं । एकल बहुमत ल्याउने उद्देश्य लिएको छौं । यो असम्भव छैन् । यो विलकुल सम्भव उद्देश्य हो । कसैलाई पनि बहुमत ल्याउन नदिने प्रणाली हामीसँग छ ।

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 308 पटक पढिएको
  • तीनकुने घट्नालाई कुनै धर्मसँग जोड्न मिल्दैन्,धर्मको नाममा न त कसैलाई हिंसा गर्ने छुट नै छ : गृहमन्त्री लेखक

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले कुनैपनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पुरा गर्न प्रयोग गर्न नहुने बताएका छन् । सोमबार प्रतिनिधि सभाको बैठकमा जवाफ दिंदै गृहमन्त्री लेखकले हिंसात्मक घटनालाई धर्मका आवरणमा उन्मुक्ति दिन नमिल्ने धारणा अभिव्यक्त गरेका हुन् । ‘कुनै धर्म उत्कृष्ट र कुनै कम उत्कृष्ट भन्ने मेरो आशय होइन, तीनकुने घटनामा भएको आगजनी र हिंसा अपराध कर्म भएकाले उक्त कार्यलाई कुनै पनि धर्म वा आस्थासँग जोडेर हेर्न नमिल्ने व्यहोरा अनुरोध गर्दछु,’ गृहमन्त्री लेखकले भने, ‘हिन्दु धर्मले अहिंसा, शान्ति र वन्धुत्वमा विश्वास गर्छ त्यो दर्शन र आदर्श तीनकुनेमा देखिएन । त्यसैले, हिंसालाई धर्म

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 204 पटक पढिएको
  • 'रविले त तस्करी रोके, अहिलेका मन्त्रीहरू हेरेर बसिरहेका छन्' :मनिष झा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले ३४ दिन मात्रै गृह मन्त्रालय सम्हालेका रवि लामिछानेले सबै तस्करहरु नियन्त्रणमा लिन सकेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अहिलेका गृहमन्त्रीले कुनै  काम गर्न नसकेको बताएका हुन् ।उनले भने, ‘भर्खरै क्यापिटल नेपाल नामक एउटा मिडियामा समाचार आएको छ र त्यसमा लेखिएको छ–जब गृहमन्त्री रवि लामिछाने आए तब सीमाबाट हुने चोरी तस्करी नियन्त्रणमा ठूलो सफलता मिलेको बताउँछन् । तर त्यसपछिका गृहमन्त्रीहरु तस्करी नियन्त्रणमा कुनै काम नगरेको बताउँछन् । यो हो हामीले गर्ने स्टन्ट । राष्ट्रिय स्वतन्त्र पार्टीले ३४ दिनमा गर

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 367 पटक पढिएको
  • कृषि, सहकारी र प्राकृतिक स्रोत समितिको आजको बैठकमा प्रतिवेदनमाथि विमर्श

    काठमाडौं । संघीय संसद अन्तर्गत रहेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक सोमबार बस्दैछ ।बैठक आज समितिको सभाकक्ष सिंहदरबारमा बिहान साढे ८ बजे सुरु हुने संघीय संसद सचिवालयले जनाएको छ ।बैठकमा समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 338 पटक पढिएको
  • मध्यपहाडी लोकमार्गको अवधारणा बसाइसराइ न्यूनीकरण गर्न अघि बढाइएको हो ; अध्यक्ष प्रचण्ड

    दैलेख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दैलेखमा आयोजित सर्वपक्षीय जनसंवाद कार्यक्रममा सहभागी भई स्थानीय सरोकारवालासँग विकास र समृद्धिका विषयमा विमर्ष गरेका छन् ।उनले राजनीतिक दल, व्यवसायी, पत्रकार, कर्मचारी सबैको सक्रियताले अभियान सर्वपक्षीय बनेको उल्लेख गर्दै अभियानलाई थप गतिशील बनाउन सबै पक्षको सहभागिता आवश्यक रहेको बताए ।दैलेखमा मध्यपहाडी लोकमार्गको करिब १२५ किलोमिटर खण्ड पर्ने जानकारी दिँदै अध्यक्ष प्रचण्डले उक्त खण्ड सबैभन्दा लामो भएको बताए । उनले उत्तर–दक्षिण लोकमार्ग, मध्यपहाडी लोकमार्ग र हुलाकी मार्गको अवधारणालाई व्यवसायिक तथा आर्थिक

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 358 पटक पढिएको
  • जो बाइडेनलाई प्रोष्टेट क्यान्सर: राजनीतिक नेताहरूको सहानुभूति

    काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोष्टेट क्यान्सर भएको पत्ता लागेको छ । ८२ वर्षीय बाइडेनलाई गत हप्ता मूत्र सम्बन्धी लक्षणहरूका लागि डाक्टरले जाँच गरेपछि शुक्रबार क्यान्सर भएको पत्ता लागेको बीबीसीले जनाएको छ ।बाइडेन र उनका परिवारले उपचारका विभिन्न विकल्पहरूमा विचार गरिरहेको समाचारमा बताइएको छ । पूर्वराष्ट्रपतिको कार्यालयले यो क्यान्सर हर्मोन–सेन्सिटिभ  भएको बताएको छ । यो खबर प्रकाशित भएपछि दुवै राजनीतिक दलका नेताहरूले पूर्वराष्ट्रपतिलाई सान्त्वना दिएका छन् ।राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक संजालमा पोष्ट गर्दै बाइडेनलाई प्रोष्टेट क्यान्सर भएको खबरले आफू दुःखी

    • प्रकाशित मितिः जेठ ५, २०८२
    • 344 पटक पढिएको
  • कर्णालीका विषयमा सरकार मजाक गरिरहेको छ ; सांसद कठायत

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायतले कर्णालीका सांसदहरुले देशका अन्य ठाउँमा राज्यले गरेको लगानी र कर्णालीमा भएको लगानीको तुलनात्मक जवाफ खोजिरहेको बताएकी छन् । आइतबार बसेको प्रतिनिधि सभामा बोल्दै उनले कर्णालीका मुद्दालाई गम्भीर रुपले उठाउने गरेपनि सरकारले फितलो जवाफ दिने गरेको बताइन् । ‘हामी कर्णालीबाट प्रतिनिधित्व गर्ने सांसदहरुले कर्णालीका मुद्दालाई गम्भीर रुपले उठाउने गर्दछौ । तर यो सरकार भने अति नै फितलो जवाफ दिने गर्दछ । हामीले सरकारसँग देशका अन्य ठाउँमा राज्यले गरेको लगानी र कर्णालीमा भएको लगानीको तुलनात्मक जवाफ खोजिरहेका हुन्छौ । यदी कर्णालीला

    • प्रकाशित मितिः जेठ ४, २०८२
    • 281 पटक पढिएको
  • ‘अध्यक्ष केसीलाई पक्राउ गरेर सरकारले संविधानकोे ठाडो उल्लङ्घन गर्यो’

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका अध्यक्ष सुजित केसीलाई पक्राउ गरेर संविधानकोे ठाडो उल्लङघन गरेको बताएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले नै पटक –पटक रोष्टममा नै फरक मत राख्नेहरु लाई पक्राउ गर्छु भन्ने धारणा राखेको भन्दै प्रधानमन्त्री,गृहमन्त्री र यो सरकार नेपालको संविधानभन्दा पनि ठूलो हो ? भन्दै प्रश्न गरे । यदी संविधानभन्दा सरकार ठूलो हो भने बहुमतको आधारमा संविधानको धारा १७ संशोधन गर्न सुझाव दिए । उनले भने,‘फरक विचार राख्ने वित्तिकै जेल हाल्ने, सामाजिक सञ्जालमा लेख्यो भनेर जेल

    • प्रकाशित मितिः जेठ ४, २०८२
    • 284 पटक पढिएको
  • तीनदिने सगरमाथा संवाद आज सम्पन्न, घोषणा पत्रमार्फत निष्कर्ष सार्वजनिक

    काठमाडौं । ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ भन्ने मुख्य विषयमा सुरु भएको सगरमाथा संवाद आज(आइतबार) समापन हुँदैछ । शुक्रबारदेखि सुरु भएको सुरु भएको सगरमाथा संवाद आज समापन हुन लागेको हो । जलवायु न्यायका कार्य तथा वित्तीय चुनौती विषय उच्चस्तरीय कार्यक्रमपछि आज काठमाडांै घोषणा पत्र जारी हुनेछ । समापन सत्र सम्पन्न भएपछि सगरमाथा संवाद पनि औपचारिक रूपमा समापन हुनेछ ।सगरमाथा संवादमा विभिन्न १२ विषयका समानान्तर सत्र सम्पन्न भइसकेका छन् । शुक्रबार भएको उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गरेका थिए । सम्मेलनमा विभिन्न देशका एक सय ७५ विदेशी पाहुनासहित

    • प्रकाशित मितिः जेठ ४, २०८२
    • 227 पटक पढिएको
  • आज बस्दै राप्रपाको कार्यसम्पादन समिति बैठक, एजेन्डा सार्वजनिक नभएको सचिवालयको जानकारी

    काठमाडौं । आज राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । बैठक आइतबार दिनको ३ बजे धुम्बाराहीस्थित राप्रपा केन्द्रीय पार्टी कार्यालयमा बस्ने राप्रपा केन्द्रीय सचिवालयले जानकारी दिएको छ । बैठकमा गरिने छलफलको विषय भने खुलाइएको छैन । 

    • प्रकाशित मितिः जेठ ४, २०८२
    • 218 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा