दोलखामा स्वतन्त्र उम्मेदवारले कांग्रेसलाई सघाउने, उम्मेदवारी फिर्ता

215 Shares
alt

दोलखा–  जेनजी अगुवा तथा दोलखाबाट संघीय संसदका स्वतन्त्र उम्मेदवार महेन्द्र खड्काले आफ्नो उम्मेदवारी फिर्ता लिँदै नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीलाई समर्थन गर्ने घोषणा गरेका छन्।

दोलखामा आयोजित कार्यक्रममा खड्काले परिवर्तनका लागि जिम्मेवार, अनुभवी र भरोसायोग्य नेतृत्व आवश्यक रहेको भन्दै शिवाकोटीलाई समर्थन गर्ने निर्णयमा पुगेको बताए। ‘यो समर्थन कुनै बाध्यता होइन, हृदयबाटै गरेको नमन हो,’उनले भावुक शब्दमा भने।

खड्काले आफू राजनीतिमा आएको उद्देश्य व्यक्तिगत पदका लागि नभई वास्तविक परिवर्तनका लागि भएको स्पष्ट पार्दै भने, ‘हामी सक्छौँ। परिवर्तन सम्भव छ। तर त्यसका लागि सही व्यक्ति र सही नेतृत्वलाई साथ दिनुपर्छ ।’

दोलखाको समग्र विकास, सुशासन र युवाको भविष्य सुरक्षित गर्न अजयबाबु नै उपयुक्त उम्मेदवार भएको उनको धारणा छ।

उनले युवाहरूलाई भावनामा होइन, विवेक र जिम्मेवारीका आधारमा निर्णय लिनुपर्ने समय आएको उल्लेख गर्दै लोकतान्त्रिक मूल्य, समावेशी राजनीति र स्थायित्वका लागि अजयबाबुलाई समर्थन गरेको बताए।


सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.