राजनीति

    Showing 2,651-2,660 of 7,679 items.
  • पक्राउ परेका राप्रपाका तीन नेतालाई काठमाडौं परिसर भद्रकालीमा राखियो

    काठमाडौं— सिंहदरबारबाट पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौंमा राखिएको छ ।सिंहदबारभित्र प्ले कार्डसहित प्रदर्शन गरेपछि प्रहरीले लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाहीलाई पक्राउ गरेको थियो ।उनीहरूलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ । राप्रपाले आइतबार निषेधित क्षेत्र तोड्ने घोषणा गरेको थियो ।

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • 281 पटक पढिएको
  • युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल पक्राउ

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाललाई प्रहरीले पक्राउ गरेको छ । डीएसपी हरि खतिवडा नेतृत्वको टोलीले सिंहदरबार परिसरबाट उनलाई पक्राउ गरेको हो । कटुवाल प्रदेश–१–०२७ च ९८६२ नम्बरको गाडीमा सवार थिए । सो गाडी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको भएको पाइएको छ । डीएसपी खतिवडाले घेराबन्दी गरेर उनलाई पक्राउ गरेका हुन् ।

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • 373 पटक पढिएको
  • सिंहदरबारबाट राप्रपा अध्यक्ष लिङ्देनलगायत पक्राउ

    काठमाडौं— राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरू सिंहदरबार भित्रैबाट पक्राउ परेका छन् । सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएपछि प्रहरीले आइतबार दिउँसो नेताहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेताहरू बुद्धिमान तामाङ र  ज्ञानेन्द्र शाहीसमेत छन् । उनीहरूलाई भ्यानमा हालेर प्रहरीले लगेको छ।  उनीहरुले वर्तमान व्यवस्थाविरुद्ध विभिन्न नारा अंकित पम्प्लेट देखाउँदै सिंहदबारमा प्रदर्शन गरेका थिए भने सुरुमा प्रहरीले सो पम्प्लेट प्रहरीले खोसेको थियो ।  पक्राउ पर्दैपर्दा लिङ्देनले लोकतन्त्रमा बोल्न र प्रदर्शन गर्न पनि सरकारले रोक लगाएको भन्दै आपत्ति जनाए । राप्रपाले आइतबार

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • 361 पटक पढिएको
  • आज राप्रपाको प्रदर्शन, अराजकता फैलाए कारबाही गर्ने गृहको चेतावनी

     काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापना तथा तीनकुनेको प्रदर्शनमा पक्राउ परेका पार्टीका नेताहरूको रिहाइको मागसहित राप्रपाले प्रदर्शन गर्न लागेको हो ।काठमाडौंको निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने तयारी राप्रपाको छ । राप्रपाले वैशाख ९ गते ७७ वटै जिल्लामा विरोधसभा गर्ने यसअघि नै जनाइसकेको छ ।यसैबीच, गृह मन्त्रालयले समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानूनी क्रियाकलापमा संलग्न नहुन अनुरोध गरेको छ । अराजकता फैलाए कारबाही गर्ने गृहले चेतावनी दिएको छ ।

    • प्रकाशित मितिः वैशाख ७, २०८२
    • 381 पटक पढिएको
  • हिरासतमा रहेका धवलशमशेरलाई उपचारका लागि छाड्ने तयारी

    काठमाडौं— तीनकुने घटनामा पक्राउ परेका राप्रपाका महामन्त्री धवलशमशेर राणालाई रिहा गर्ने तयारी भएको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंको सिफारिसमा सरकारी वकिलको कार्यालय काठमाडौंले उनलाई हाजिर जमानीमा छाड्न लागेको हो ।क्यान्सरका बिरामी राणाको नियमित फलोअप गर्नका लागि भारत जानुपर्ने भएकाले उनलाई हाजिर जमानीमा छाड्ने तयारी भएको स्रोतले जनाएको छ ।गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा राज्य विरुद्धको कसुर अन्तर्गत उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनीसहित वरिष्ठ नेता रवीन्द्र मिश्रलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

    • प्रकाशित मितिः वैशाख ५, २०८२
    • 237 पटक पढिएको
  • आरआर क्याम्पसमा स्ववियु निर्वाचन गराउन उच्च अदालत पाटनको आदेश

    काठमाडौ— रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा यथाशीघ्र स्ववियु निर्वाचन गराउन उच्च अदालत पाटनले आदेश दिएको छ । शुक्रबार न्यायाधीश श्याम कुमार भट्टराई र टिकाराम आचार्यको संयुक्त इजलासले यथाशीघ्र स्ववियु निर्वाचन गराउन अन्तरिम आदेश दिएको हो । रत्नराज्य लक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गत चैत्र १६ गते तोकिएकामा निर्वाचन स्थगित भएको थियो । उच्च अदालतको आदेशमा भनिएको छ,‘मिति २०८१/१२/१६ म हुने गरी तोकिएकोमा सो मितिमा निर्वाचन नभई स्थगित भएको र विभुवन विश्वविद्यालय स्वतन्त्र विधार्थी युनियन निर्वाचन सम्बन्धी निर्देशिका २०८१ को दफा १२(८) से निर्धारण गरे बमोजिम १५ दिनभ

    • प्रकाशित मितिः वैशाख ५, २०८२
    • 281 पटक पढिएको
  • गृहमन्त्री लेखक भन्छन संविधानविरोधी गतिविधि स्वीकार्य छैन

    काठमाडौं— गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका छन्। गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको शुक्रबार पोखरामा उद्घाटन गर्दै उनले पूर्वराजावादी या अरु कुनै पनि नाममा हुने संविधानविरोधी गतिविधि तथा अस्थिरता निम्त्याउने काम कुनै पनि हालतमा क्षम्य नहुने बताए।बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त वर्तमान संविधानको रक्षाका लागि सबै तयार हुनुपर्ने बताए। नेपालमा सात दशकको अन्तरालमा सात वटा संविधान बनेको उल्लेख गर्दै उनले वर्तमान संविधान संसारकै उन्नत लोकतान्त्रिक संविधान भएकाले यसैमार्फत हरेक समस्याको समाधान सम्भव भएको धारणा राखे। 'संविधानभित्र रही आलोचना, समालोचना तथा विभिन्

    • प्रकाशित मितिः वैशाख ५, २०८२
    • 329 पटक पढिएको
  • आगामी ७ गते काठमाडौंका निषेधित क्षेत्रमा आन्दोलन गर्ने राप्रपाको घोषणा

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही वैशाख ७ गते काठमाडौँका निषेधित क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेको छ।बिहीवार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बताए।उनले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हकलाई संकुचित पार्ने प्रयास गरेका कारण निषेधित क्षेत्रमै आन्दोलन गर्ने निर्णय गरिएको बताए। उनकाअनुसार बैठकले पार्टी संगठन विस्तार र आन्दोलनलाई सँगसँगै लैजाने निर्णयसमेत गरेको छ। उनले वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा, धर्ना र प्रदर्शनका कार्यक्रम आयोजना गर्ने

    • प्रकाशित मितिः वैशाख ४, २०८२
    • 269 पटक पढिएको
  • प्रधानमन्त्री ओली भन्छन द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैन्

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायलाई अन्तिम टुङ्गोमा पुर्‍याउँदा द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन नसकिने स्पष्ट गरेका छन् ।नेपाल भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको छैटौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगबाट पीडितलाई न्याय दिने गरी कार्यसम्पादन हुने बताए ।उनले ती आयोग गठन प्रक्रियामा अब ढिलाइ नहुने भन्दै अधिनायकवाद परास्त भई लोकतान्त्रिक प्रणालीमा मुलुक गइसकेकाले अब कुनै बहकाउमा लागेर कुनै पनि खालका हत

    • प्रकाशित मितिः वैशाख ४, २०८२
    • 352 पटक पढिएको
  • पार्टीमा पुस्तान्तरण नएको असन्तुष्ट जनाउदै रास्वपा सह–महामन्त्री सुमनाले दिइन् राजीनामा

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सह–महामन्त्रीबाट सुमना श्रेष्ठले राजीनामा दिएकी छन् । रवि लामिछाने पछिल्लो पल्ट पार्टीमा फर्किएकै दिनमा उनले राजीनामा बुझाएको रास्वपा सभापति लामिछाने निकट स्रोतले जानकारी दिएको छ । “उहाँले सभापतिलाई नै राजीनामा दिनुभएको हो,” रास्वपाका एक नेताले भने, “पहिले नै राजीनामा दिने तयारीमा हुनुहुन्थ्यो तर रवि दाइ हिरासतमा रहेकाले नदिएको भनेर उहाँले हामीसँगको कुराकानीमा भन्नुभएको छ ।”तर श्रेष्ठले आफूले केन्द्रीय समितिको बैठकमा नै आफ्ना कुरा राख्ने बताउँदै अहिले राजीनामाका सम्बन्धमा कुनै धारणा सार्वजनिक गरेकी छैनन् । रास्वपाले केन्द्रीय समिति बैठक विहीबार

    • प्रकाशित मितिः वैशाख ४, २०८२
    • 332 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा