राजनीति

    Showing 2,681-2,690 of 10,434 items.
  • नेपाली कांग्रेसका निवर्तमान सांसदहरूको सर्वोच्च जाने कार्यक्रम स्थगित

    काठमाडौं— नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग भेट गरेर संसद पुनःस्थापनाको रिटलाई पेशीमा चढाउन आग्रह गर्ने कार्यक्रम स्थगित भएको छ ।विघटित प्रतिनिधि सभाको कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले विशेष कारणले अदालत जाने कार्यक्रम स्थगित भएको बताए। उनीहरू बिहीबार बिहान १० बजे सर्वोच्च जाने तयारीमा थिए।निर्वाचनको समयमा पुनस्थापनाको बारेमा ध्यानाकर्षण गराउँदा पार्टीको माहोल बिग्रने देखिएका कारण सोही कार्यक्रम स्थगित भएको नेताहरूले बताएका छन्।

    • प्रकाशित मितिः माघ १५, २०८२
    • 514 पटक पढिएको
  • कांग्रेसले नागरिकका आवाज गम्भीरतापूर्वक सुन्नुपर्छः उपसभापति शर्मा

    काठमाडौं— नेपाली कांग्रेसका उपसभापति विश्व प्रकाश शर्माले नागरिकको आवाज गम्भीरतापूर्वक सुन्नुपर्ने आजको प्रमुख आवश्यकता भएको बताएका छन् ।नेपाली कांग्रेस रामेछापका भ्रातृ एवम शुभेच्छुक संस्थाहरुले विहीबार आयोजना गरेको बृहत चुनावी भेला तथा चियापान कार्यक्रममा बोल्दै उनले विकासका धेरै काममा कांग्रेसको भूमिका रहेको दाबी गरे ।शर्माले विगतको अवस्थासँग तुलना गर्दै भने, ‘तपाइँ हामीले गम्भीररुपमा नागरिकको कुरा सुन्नुछ । रापेछापका हरेक विकासका काममा कांग्रेस जोडिएको छ । तपाईहरु कयौं हुनुहुन्छ जसले सदरमुकाम वा काठमाडौं आएर कजेल पढ्नुभयो तर अहिले तपाईका छोरी वा छोरा गाउँमै प्लस टु पढ्न पाउनु भएको छ । त्यस

    • प्रकाशित मितिः माघ १५, २०८२
    • 493 पटक पढिएको
  • फागुन २१ को निर्वाचनलाई ‘जनगणना’का रुपमा लिएका छौंः यौनिक अल्पसङ्ख्यक

    काठमाडौं— लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई जनगणनाका रूपमा लिएको बताएका छन्। उनीहरूले यस निर्वाचनलाई आफ्नो वास्तविक सङ्ख्यात्मक उपस्थिति देखाउने अवसरका रूपमा लिएका छन्।लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका अभियन्ता तथा संविधानसभा सदस्य सुनिल बाबु पन्तले शक्ति देखाउने बेला आएको बताए। २०६४ सालको ऐतिहासिक संविधानसभामा निर्वाचित भएर संसद् पुगेका पन्तपछि, दोस्रो पटक संसदमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक प्रतिनिधि पु¥याउने अभियानमा उनी स्वयं अग्रसर देखिएका छन्।तेस्रोलिंगी अधिकारकर्मी नुमा लिम्बु (चञ्चला) नेतृत्वको समावेशी समाजवादी पार्टीको यो चुनावी अभ

    • प्रकाशित मितिः माघ १५, २०८२
    • 537 पटक पढिएको
  • पूर्वराजदूत कार्कीलाई जिताउन संखुवासभामा गठन गरियो १००१ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति

    संखुवासभा— आगामी फाल्गुण २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभाले जिल्लाभर चुनावी अभियान सञ्चालन गर्ने तयारी तीव्र पारेको छ ।पार्टीका जिल्ला कमिटी अध्यक्ष खड्गबहादुर राईको संयोजकत्वमा जिल्लास्तरीय १ हजार १ सदस्यीय प्रचारप्रसार कमिटी गठन गरिएको बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ ।१० स्थानीय तह रहेको संखुवासभामा एमालेले ठूला पालिकामा ५०१ सदस्यीय र साना पालिकामा ३०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको अध्यक्ष राईले जानकारी दिए ।यी कमिटीमार्फत प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार डा अर्जुनकुमार कार्कीलाई जिताउन वडा, टोल र ब

    • प्रकाशित मितिः माघ १५, २०८२
    • 496 पटक पढिएको
  • नेपाली कांग्रेस रामेछापले सोमबारदेखि घरदैलो अभियान थाल्ने

    रामेछाप— नेपाली कांग्रेस रामेछापले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सोमबारदेखि घरदैलो अभियान सुरु गर्ने भएको छ । पार्टीले माघ १९ गतेबाट सुरु हुने प्रचारका लागि नेताहरूलाई जिम्मेवारी बाँडफाँड गर्न लागेको जनाएको छ ।त्यसको लागि नेताहरूलाई जिम्मेवारी दिन कांग्रेस शनिबार पूर्ण बैठक आह्वान गरिसकेको छ। बैठकमा जिल्लाका सबै तहका नेता तथा कार्यकर्ताहरूलाई उपस्थित हुन पत्रमार्फत जानकारी गराइएको छ ।पार्टीका प्रचारप्रसार संयोजक हिमाल ढुङ्गेलका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गते पार्टीका पूर्व सभापति रामचन्द्र खड्काको उम्मेदवारी दर्ता भएपछि चुनावी रण

    • प्रकाशित मितिः माघ १५, २०८२
    • 479 पटक पढिएको
  • स्वास्थ्यमा समास्या देखिएपछि माधव नेपाल अस्पताल भर्ना

    काठमाडौं— पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समास्या देखिएपछि नेपाललाई अस्पताल भर्ना गरिएको हो ।चिसोका कारण नेपाललाई रुघा, खोकी र ज्वरोको लक्षण देखिएपछि बुधबार त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।जटिल समस्या नभए पनि चिकित्सकको सुझाव अनुसार अस्पताल भर्ना गरिएको सचिवालयले जनाएको छ ।माधव नेपाल रौतहट १ बाट नेकपाका प्रतिनिधि सभा सदस्य उम्मेदवार हुन् ।

    • प्रकाशित मितिः माघ १५, २०८२
    • 523 पटक पढिएको
  • ‘देशमा छाएको अन्धकार हटाउन उज्यालो नेपाल पार्टीको विकल्प छैन’

    काठमाडौं— उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशको सबै क्षेत्रको अध्याँरो छाएको बताएका छन् ।बिहीबार काठमाडौंमा भएको घरदैलो कार्यक्रममको क्रममा उनले देशको सबै क्षेत्रमा अन्धकार छाएको भन्दै सबै ठाँउमा उज्यालो बनाउनको लागि उज्यालो नेपाल पार्टीलाई जिताउनुपर्ने बताए ।उनले भने, ‘अब अहिले बत्ति गएपछि सम्झिँने नाम कुलमान भएको छ । सबै क्षेत्रको अध्याँरो भएको छ, अब सबै ठाँउमा बत्ति ल्याउनको लागि, उज्यालो बनाउन उज्यालो नेपाल पार्टीलाई जिताउनुपर्छ भन्ने हाम्रो भनाई हो ।’यस्तै, उनले जनताबाट एकदमै सकारात्मक प्रतिक्रियाहरु आएको भन्दै उज्यालो नेपाललाई अत्याधिक मतले जिताउने विश्वास व्यक्त गरेका छन्

    • प्रकाशित मितिः माघ १५, २०८२
    • 509 पटक पढिएको
  • अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल

    काठमाडौं— नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रको विकास आगामी निर्वाचनको साझा एजेण्डा बन्नुपर्ने बताएका छन् ।स्याङ्जामा आयोजित वालिङ महोत्सवको उदघाटन गर्दै अध्यक्ष ढकालले सबै राजनीतिक दललाई आफ्ना चुनावी घोषणापत्रमा अर्थतन्त्रको विकासको एजेण्डालाई प्राथमिकता दिन र सबैको साझा एजेण्डा बनाउन आग्रह गरेको हो ।साथै अध्यक्ष ढकालले यतिखेर राजनीतिक दलहरुले आआफ्ना चुनावी घोषणापत्र लेख्ने तयारी गरिरहेकाले ती घोषणापत्रमा मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रले अघि सार्दै आएका एजेण्डाहरुलाई समावेश गर्न पनि आग्रह गरेका छन् ।उनले औद्योगिक विकासका माध्यमबाट मुलुकमा आर्

    • प्रकाशित मितिः माघ १५, २०८२
    • 429 पटक पढिएको
  • एमालेमा युवाको सहभागिता बढ्दै गएको दाबी, जेन्जी आन्दोलनलाई फरक दृष्टिले मूल्यांकन

    काठमाडौं— नेकपा एमालेले पार्टीभित्र युवाको सहभागिता पछिल्लो समय उल्लेखनीय रूपमा बढ्दै गएको दाबी गरेको छ । पार्टीका अनुसार हाल संगठनका विभिन्न तहमा ४० वर्षमुनिका युवाको उपस्थिति अघिल्ला वर्षको तुलनामा वृद्धि भएको छ भने आगामी निर्वाचनमा पनि युवालाई पहिलाभन्दा बढी अवसर दिने तयारी भइरहेको छ ।नेकपा एमालेका स्वयंसेवक (भोलिन्टियर) केन्द्रीय सदस्य कृष्ण सागर ओलीले युवाप्रति पार्टीको विश्वास स्पष्ट देखिने गरी बढेको बताए । उनका अनुसार पछिल्लो महाधिवेशनमा युवा वर्गलाई नेतृत्व तहमा ल्याउन विशेष प्राथमिकता दिइएको थियो । केन्द्रीय कमिटीमै पनि युवाको संख्या अन्य दलको तुलनामा बढी रहेको उनले दाबी गरे ।उनका अनु

    • प्रकाशित मितिः माघ १५, २०८२
    • 493 पटक पढिएको
  • मधेस प्रदेशको बदलिँदो राजनीतिक परिदृश्य, युवा उम्मेदवारको लर्को

    मधेश प्रदेशको राजनीतिक परिदृश्य यसपटक केही फरक देखिएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता भएका उम्मेदवारहरूको सूचीले पछिल्लो समय देशभर उठेको ‘जेन–जी’ अर्थात् नयाँपुस्ताको राजनीतिक चेतनालाई आंशिक रूपमा प्रतिविम्बित गरेको छ ।विशेषगरी गत भदौमा भएको नवयुवाको आन्दोलनपछि राजनीतिमा उनीहरूको प्रत्यक्ष हस्तक्षेप बढेको छ । मधेश प्रदेशमा पनि त्यो अनुभूत भएको छ ।जेन–जी अभियानकर्मीहरूका अनुसार यो प्रतिनिधित्व पूर्ण रूपमा सन्तोषजनक भने छैन । उनीहरू भन्छन्, ‘सूचीमा केही युवा नाम देखिनु सकारात्मक सङ्केत हो, तर अझै पनि पहुँच र प्रभाव भएकाहरू नै प्राथमिकतामा परेको अनुभूति हुन्छ ।’ यसअघि केही नयाँ र पुराना र

    • प्रकाशित मितिः माघ १५, २०८२
    • 239 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.