राजनीति

    Showing 2,771-2,780 of 6,674 items.
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा.मुकुल ढकाल निलम्बन

    काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री डा.मुकुल ढकाललाई निलम्बन गरेको छ । पार्टी उपसभापति डोलप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा ढकाललाई रास्वपाले महामन्त्री तथा प्रवक्ता पदबाट एक हप्ताका लागि निलम्बन गरिएको उल्लेख छ ।रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै सात दिनका लागि निलम्बन गरेको हो । पत्रमा भनिएको छ–महामन्त्री ढकालले पार्टी अनुशासनविपरीत अमर्यादित र अभद्र व्यवहार प्रदर्शन गर्नुका साथै पार्टीको छविमा प्रतिकूल प्रभाव पार्ने अभिव्यक्ति दिँदै हिँडेकाले राजनीतिक दल

    • प्रकाशित मितिः असार २०, २०८१
    • 844 पटक पढिएको
  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड झन् कडा

    काठमाण्डौ  ।  सरकार फेर बदलको चलखेलले राजनीतिक वातावरण तातेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आफ्नो कार्यशैलीमा झन् कडापन देखाउँदै अगाडि बढिरहेका छन्। बुधबारको मन्त्रिपरिषद् बैठकमा उनले सम्पूर्ण मन्त्रीहरूलाई कडाईका साथ आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन्।गृहमन्त्री रवि लामिछानेलाई तथ्य अनुसन्धानमा दोषी देखिएका साना-ठूला कसैलाई पनि नछोड्न प्रचण्डले स्पष्ट निर्देशन दिएका छन्। उनले गृहमन्त्रीलाई सम्बोधन गर्दै भने, "रवि जी, जति दिन यो सरकार रहन्छ, त्यो दिनसम्म जनता र देशको पक्षमा काम गर्नु पर्छ। ठूलो पाटी भनेर हात जोड्दै गयो भने भ्रष्टाचारी, चोर, तस्कर र बिचौलियाहर

    • प्रकाशित मितिः असार १९, २०८१
    • 330 पटक पढिएको
  • एमालेका मन्त्रीहरूले बुझाए राजीनामा, समर्थन पनि फिर्ता

    काठमाडौँ- नेकपा एमालेका मन्त्रीहरूले बुधबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका छन्। बालुवाटारमा भेटेर उनीहरूले राजीनामा बुझाएका हुन्।राष्ट्रिय सहमतिको सरकार गठन गर्ने उद्देश्यले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता गरेकोले राजीनामा दिएको मन्त्रीहरूले बताएका छन्। एमालेबाट सरकारमा ८ जना मन्त्री सहभागी थिए।नेपाली कांग्रेससँगको नयाँ गठबन्धन बन्ने सहमति गरेको नेकपा एमालेले माओवादीसहितको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।नेकपा एमालेको सचिवालय बैठकले प्रधानमन्त्री दाहाललाई नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए। तर प्रधानमन्त्रीले राजीनामा दिने संके

    • प्रकाशित मितिः असार १९, २०८१
    • 526 पटक पढिएको
  • सहकारी बैंकका अध्यक्ष केबी उप्रेती पक्राउ

    काठमाडौं- राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष केबी उप्रेती पक्राउ परेका छन्।  उनलाई बुधबार दिउँसो बालाजु क्षेत्रबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले जानकारी दिए। उनलाई प्रहरीले सहकारीको बचत हिनामिना गरेको आरोपमा पक्राउ गरेको हो।  उप्रेती आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारीका सञ्चालक हुन्। उक्त सहकारीलाई पनि समस्याग्रस्त सहकारीका रुपमा घोषित गरिएको थियो। 

    • प्रकाशित मितिः असार १९, २०८१
    • 385 पटक पढिएको
  • एकीकृत समाजवादीको नयाँ नेतृत्वका लागि भोलि चुनाव

    काठमाडौं- नेकपा एकीकृत समाजवादीको नेतृत्व चयन प्रक्रिया भोलि सुरु हुने भएको छ ।गत १६ असारबाट सुरु भएको महाधिवेशनमा बुधबारसम्म प्रतिवेदनहरुमा छलफल भइरहेको छ । महाधिवेशनमा राजनीतिक, संगठनात्मक, समाजवादी कार्यदिशा र विधान संशोधन प्रतिवेदन पेश भएको थियो।उक्त प्रतिवेदनमाथि १२ समूह बनाएर छलफल भयो । समूहगत छलफल र महाधिवेशन हलमा प्रतिवेदनमाथि सुझाव राखेर बुधबार सबै प्रतिवेदन पारित हुँदैछ ।प्रतिवेदनहरु पारित भएपछि भोलि, बिहीबारदेखि नेतृत्व चयन प्रक्रिया सुरु हुने भएको छ । २१ सदस्यीय पदाधिकारी सहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने निर्णय एकीकृत समाजवादीले गरिसकेको छ ।पदाधिकारी र केन्द्रीय सदस्य चयन

    • प्रकाशित मितिः असार १९, २०८१
    • 137 पटक पढिएको
  • एकीकृत समाजवादीको नयाँ नेतृत्वका लागि भोलि चुनाव

    काठमाडौं- नेकपा एकीकृत समाजवादीको नेतृत्व चयन प्रक्रिया भोलि सुरु हुने भएको छ ।गत १६ असारबाट सुरु भएको महाधिवेशनमा बुधबारसम्म प्रतिवेदनहरुमा छलफल भइरहेको छ । महाधिवेशनमा राजनीतिक, संगठनात्मक, समाजवादी कार्यदिशा र विधान संशोधन प्रतिवेदन पेश भएको थियो।उक्त प्रतिवेदनमाथि १२ समूह बनाएर छलफल भयो । समूहगत छलफल र महाधिवेशन हलमा प्रतिवेदनमाथि सुझाव राखेर बुधबार सबै प्रतिवेदन पारित हुँदैछ ।प्रतिवेदनहरु पारित भएपछि भोलि, बिहीबारदेखि नेतृत्व चयन प्रक्रिया सुरु हुने भएको छ । २१ सदस्यीय पदाधिकारी सहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने निर्णय एकीकृत समाजवादीले गरिसकेको छ ।पदाधिकारी र केन्द्रीय सदस्य चयन

    • प्रकाशित मितिः असार १९, २०८१
    • 201 पटक पढिएको
  • सरकारबाट एमाले बाहिरिँदै, मन्त्रीहरुको राजीनामा आजै

    काठमाण्डौ । नेकपा एमालेका मन्त्रीहरूले आजै राजीनामा बुझाउने तयारी गरेका छन् ।अहिले बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीले मन्त्रीहरूसँग छलफल गरिरहेका छन्।स्रोतका अनुसार केहीबेरमा मन्त्रीहरूले राजीनामा बुझाउन लागेका हुन् । अहिले पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा जम्मा भएका एमालेका मन्त्रीहरुले केहीबेरमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर पार्टीले दिएको समर्थन फिर्ता लिने र राजीनामा बुझाउन लागेका हुन् ।उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, कानुनमन्त्री पदम गिरीलगायत अन्य मन्त्रीहरू बालकोट छलफलमा छन् ।दाहाल नेतृत्वको सरकारमा एमालेका ८ जना मन्त्री सहभागी छन्।नेपाली का

    • प्रकाशित मितिः असार १९, २०८१
    • 412 पटक पढिएको
  • प्रधानमन्त्रीले राजीनामा नदिए एमालेले आजै समर्थन फिर्ता लिने

    काठमाण्डौ । नेपाली काङ्ग्रेस सँग नयाँ सहमति जुटेपछि नेकपा एमाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । एमालेका प्रतिनिधि सभाका प्रमुख सचेतक महेश बर्तौला ले आज एमालेका मन्त्रीहरूले राजीनामा दिने र सरकारलाई दिएको समर्थ फिर्ता लिने जानकारी दिए ।मङ्गलवार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले प्रधानमन्त्री दाहाललाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको थियो । दाहालले राजीनामा नगर्ने बताएपछि एमालेले आज सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको हो ।सरकारमा एमालेबाट उपप्रधान तथा भौतिक पूर्वाधार एवं यातायात मन्त्री रघुवीर महासेठ, कानुन

    • प्रकाशित मितिः असार १९, २०८१
    • 375 पटक पढिएको
  • मुकुलले पार्टीमा भने : मेरो विवाहबारे पनि पार्टीले निर्णय लिओस्

    काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले आफ्नो बिहेबारे निर्णय गर्न पार्टीलाई आग्रह गरेका छन्। समसामयिक राजनीति र महामन्त्री ढकालले देश दौडाहबाट तयार पारेको समीक्षा प्रतिवेदनमाथि छलफल गर्न रास्वपाको बैठक जारी छ। उक्त बैठकमा पेस गर्न ढकालले तयार पारेको लिखित मन्तव्यमा उनले विभिन्न विषयमा पार्टी सभापतिलाई स्पष्टीकरण दिँदै आफ्नो बिहेबारेमा पनि निर्णय गरिदिन आग्रह गरेका हुन्।‘मेरो जीवनकैबारेमा केन्द्रीय समितिले निर्णय गर्दा पनि फरक पर्दैन,’ उनले भनेका छन्, ‘मैले बिहा नै गर्ने कि नगर्ने, कुमार नै बस्ने कि, केन्द्रीय समितिले निर्णय गरिदेओस्।’उनले पार्टीले नै

    • प्रकाशित मितिः असार १९, २०८१
    • 441 पटक पढिएको
  • कांग्रेसले भन्यो : अब केपी ओली प्रधानमन्त्री बन्छन्

    काठमाडौँ- नेपाली कांग्रेसले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री बनाउने खुलासा गरेको छ। बुधबार बिहान बुढानीलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकका निर्णय सार्वजनिक गर्दै कांग्रेसले त्यस्तो बताएको हो।‘नेपाली कांग्रेस र नेकपा एमालेबीच नेपालको संविधानको धारा ७६ -२ बमोजिम माननीय केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमति भई सकेकोमा प्रतिनिधिसभाको बहुमत स्पष्ट देखिएको अवस्थालाई मध्यनजर गरी सम्माननीय प्रधानमन्त्रीले राष्ट्रिय सहमतिको नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न उचित हुने यो बैठक ठहर गर्दछ,’ कांग्रेसले भनेको छ।त्यस्तै बैठकले

    • प्रकाशित मितिः असार १९, २०८१
    • 295 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा