राजनीति

    Showing 2,801-2,810 of 10,434 items.
  • रामेछापमा १७ जनाको उम्मेदवारी पर्दा एक जनामात्र महिला

    रामेछाप— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रामेछापमा १४ वटा राजनीतिक दल र ३ जना स्वतन्त्र गरी कुल १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये एक जनामात्र महिला उम्मेदवार रहेकी छन् ।जिल्ला निर्वाचन अधिकारी नारायण लामिछानेका अनुसार नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट केसरी श्रेष्ठले मात्र महिला उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएकी हुन् ।निर्वाचनका लागि राजनीतिक दलतर्फ नेपाली कांग्रेसबाट रामचन्द्र खड्का, नेकपा (एमाले) बाट माधवप्रसाद ढुङ्गेल, नेपाली कम्युनिष्ट पार्टीबाट श्यामकुमार श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डा. कृष्णहरि बुढाथोकीले उम्मेदवारी

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 490 पटक पढिएको
  • बङ्गलादेशको आम निर्वाचनमा दुई हजार उम्मेदवारी दर्ता

    ढाका— आगामी फब्रुअरी–१२ का लागि तय गरिएको बङ्गलादेशको १३ औँ आम चुनावका लागि दुई हजार उम्मेदवारले चुनाव लड्ने तयारी गरेको बङ्गलादेशको निर्वाचन आयोगले जनाएको छ।आयोगले मङ्गलबार उम्मेदवारी दर्ता, छानविन, अपिल, फिर्ता र उम्मेदवारको सूची अन्तिम रूप दिए पछि अद्यावधिक तथ्याङ्क जारी गरेको जनाएको छ।बङ्गला देशका ३०० निर्वाचन क्षेत्रहरू मध्ये २९८ मा एक हजार ९६७ लड्ने तथारी गरेको उल्लेख गर्दै बाँकी दुई निर्वाचन क्षेत्रबाट उम्मेदवारको सूची तयार भएपछि यो सङ्ख्या अझै बढ्ने अनुमान आयोगले गरेको छ।सीमाको विषयलाई लिएर कानुनी विवाद भएका कारण दुई निर्वाचन क्षेत्रहरूमा उम्मेदवारी फिर्ता लिने समयसीमा जनवरी–२६ सम्म बढ

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 551 पटक पढिएको
  • हातहतियार बुझाउन स्थानीय प्रशासनको आग्रह

    चितवन— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले हातहतियार बुझाउन सरोकार भएका सबैलाई आग्रह गरेको छ।व्यक्तिगत सुरक्षाका लागि स्थानीय प्रशासनसँग अनुमति लिएर राखिएका हतियार बुझाउन कार्यालयले सबैलाई आग्रह गरेको हो।कार्यालयले एक सूचना जारी गर्दै व्यक्तिगत सुरक्षाका लागि राखिएका हातहतियार १५ दिनभित्र नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ।प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र विश्वसनीय वातावरणमा सम्पन्न गराउन सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै इजाजत प्राप्त हतियार बुझाउन भनिएको कार्यालयका सूचना अधिकारी मदन ला

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 485 पटक पढिएको
  • झापा–५ बन्यो चुनावी रणभूमि, ओली सक्रिय, बालेन आक्रामक

    दमक— झापा–५ को चुनावी माहोल तातेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दमक केन्द्रित भेटघाटलाई तीव्र बनाउँदै तल्लो तहसम्म संगठन सक्रिय बनाउने प्रयास थालेका छन् । मंगलबार मनोनयन दर्ता गरेपछि ओली बुधबार बिहानैदेखि विभिन्न वडाका नेता–कार्यकर्तासँग छलफलमा जुटेका हुन् ।दमकमा रहेका ओलीले विशेषगरी युवासँग अन्तरक्रिया गर्दै आफ्नो निर्वाचन क्षेत्रमा भएका विकास निर्माणका काम, त्यसको प्रगति र आगामी योजनाबारे सुझाव लिइरहेका छन् । स्थानीय स्तरका कार्यकर्तालाई प्रत्यक्ष भेटेर चुनावी रणनीति मजबुत बनाउनेतर्फ ओली केन्द्रित देखिएका छन् ।यसैबीच, ओलीविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका बा

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 532 पटक पढिएको
  • सबैको चासो रहेको सर्लाही क्षेत्र नम्बर ४ मा कसले मर्ला बाजी ?

    सर्लाही— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सर्लाही क्षेत्र नम्बर ४ राजनीतिक बहसको केन्द्रमा परेको छ । प्रमुख दलका प्रभावशाली नेताहरू मैदानमा उत्रिएपछि यस क्षेत्रको चुनावलाई विशेष चासोका साथ हेरिएको छ ।नेपाली कांग्रेसको नेतृत्व सम्हालिसकेका गगनकुमार थापा यस पटक सर्लाही – ४ बाट उम्मेदवार बनेका छन् । लामो समयदेखि पार्टीभित्र प्रभाव जमाउँदै आएका थापाले सभापति शेरबहादुर देउवालाई विशेष महाधिवेशनमार्फत हटाएर नेतृत्व हात पारेपछि उनको उम्मेदवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।२०७० सालदेखि काठमाडौं– ४ बाट लगातार चुनाव जित्दै आएका थापाले यस पटक निर्वाचन क्षेत्र परिवर्तन गर

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 521 पटक पढिएको
  • भ्रष्टाचार मुद्दा प्रकरण विशेष अदालतले माधव नेपालसम्बन्धी फाइल झिकाउन आदेश

    काठमाडौं— पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक माधव कुमार नेपालविरुद्ध भ्रष्टाचार मुद्दामा विशेष अदालतले मिसिल झिकाउने आदेश जारी गरेको छ।न्यायाधीश सुदर्शनदेव भट्ट र हेमन्त रावलको बुधबार बसेको संयुक्त इजलासले मुद्दासम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेको फाइल झिकाउन आदेश जारी गरेको छ।पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध दायर भ्रष्टाचार मुद्दाको आरोप लागेको थियो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जेठ २२ गते मुद्दा दायर गर्दै नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैया

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 498 पटक पढिएको
  • एमाले युवा संघ दमकका अध्यक्ष र उपाध्यक्ष नै रास्वपा प्रवेश

    झापा— राष्ट्रिय युवा संघ नेपाल, दमक नगर कमिटीका अध्यक्ष तथा नेकपा (एमाले) का संगठित सदस्य छवि खतिवडा र उपाध्यक्ष विजय तामाङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।खतिवडाले माघ ७ गतेदेखि औपचारिक रूपमा एमाले र राष्ट्रिय युवा संघसँगको जिम्मेवारी छाड्दै झापा–५ का उम्मेदवार बालेन शाहको चुनावी अभियानमा साथ–समर्थन जनाउने निर्णय गरेका हुन् ।सामाजिक सञ्जालमार्फत खतिवडाले परिवर्तनलाई आत्मसात् गर्दै अब बाँकी राजनीतिक जीवन स्वतन्त्र रूपमा बिताउने उल्लेख गरेका छन्। उनले झापा–५ मा वैकल्पिक र परिवर्तनकारी राजनीतिक धारलाई समर्थन गर्न बालेन शाहको अभियानमा सक्रिय रहने प्रतिबद्धता पनि व्यक्त गरेक

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 505 पटक पढिएको
  • प्रतिनिधी सभा निर्वाचनः कर्णालीमा १३८ उम्मेदवारमा १२ जनामात्र महिला

    सुर्खेत— कर्णालीमा १२ सिटका लागि १३८ जना चुनामी मैदानमा होमिएका छन् । ति मध्ये महिला उम्मेदवारको संख्या न्यून रहेको छ ।ठुला राजनितिक दलहरुले प्रत्यक्षमा महिला उम्मेदवार चुनावमा उठाएका छैनन् । कर्णालीका जम्मा १ सय ३८ उम्मेदवारमा १२ जना मात्र महिला उम्मेदवार रहेका छन् ।नेपाली कांग्रेसले दैलेख क्षेत्र नं. १ मा बासना थापालाई उम्मेदवार बनाए पनि दोस्रो ठुलो दल नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले महिला उम्मेद्वार बनाएका छैनन् । राष्ट्रिय स्वतन्त्र पार्टीले जुम्लामा विनिता कठायत र डोल्पामा देवसी ऐडीलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सल्यानमा अनिसा नेपालीलाई टिकट दिएको छ । कठा

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 175 पटक पढिएको
  • काठमाडौं–४ बाट विभिन्न राजनीतिक दलका उम्मेदवारहरुले गराए मनोनयन दर्ता

    काठमाडौं— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर–४ बाट विभिन्न राजनीतिक दलका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।मंगलबार निर्वाचन अधिकृत कार्यालय पुगेर उनीहरूले उम्मेदवारी दिएका हुन्।नेकपा एमालेबाट राजन भट्टराई र कांग्रेसबाट सचिन तिमेल्सिना, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, नेपाली कम्युनिष्ट पार्टीका इन्द्र कुमार भुसाल लगायतले मनोनयन दर्ता गराएका हुन् ।काठमाडौं ४ बाट २०७९ को चुनावमा सभापति गगन थापा निर्वाचित भएका थिए ।भिडियो सम्पादन बिनोद बोमले गरेका हुन ।

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 532 पटक पढिएको
  • पूर्वमन्त्री गुप्ताको थुनामाथि सर्वोच्चमा सुनुवाइ

    काठमाडौं— पूर्वमन्त्री राजकुमार गुप्ताले विशेष अदालतको भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश बदर गर्न सर्वोच्च अदालतमा निवेदन दायर गरेका छन्। अदालतले निवेदनमा सुनुवाइका लागि पेसी तोकेको छ।पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा गुप्ताले कास्की मालपोत कार्यालयका अधिकारीको सरुवा रोकिदिने र भूमि आयोग सदस्य बनाइदिने भन्दै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको आरोप छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई र पूर्वमन्त्री रन्जिता श्रेष्ठलाई २५ लाख रुपैयाँ घुस लिएको अभियोग लगाएको थियो।गुप्ताले अदालतमा आरोप असत्य भएको दाबी गरे पनि, अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा उनलाई निर्दोष मान्न नसकि

    • प्रकाशित मितिः माघ ७, २०८२
    • 539 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.