राजनीति

    Showing 2,811-2,820 of 6,674 items.
  • महाधिवेशनको मुखमा झलनाथको लडबढाएको बोली

    काठमाडौँ- एक महिनाअघि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफू अध्यक्षमा लड्न तयार रहेको दाबी गरे। सार्वजनिक मन्चदेखि बैठकसम्म उनले समाजवादलाई अघि बढाउन आफू अध्यक्षमा लड्ने कसिलो कुरा राखे। उनले अध्यक्षमा लड्नकै लागि मध्य बानेश्वरमा सचिवालय पनि खोले। उनले सचिवालयमार्फत सन्चारमाध्यमलाई भने, 'म अध्यक्षमा लड्छु, महासचिवमा घनश्याम भुसाल।'यो कुरा बाहिरिएपछि भने उनको सचिवालय हडबढायो। आफूहरूले सचिवालय नखोलेको बतायो। यता भुसालसँग कुरा भए पनि लड्ने गरी कुराकानी नभएको बतायो। खनालले भने सार्वजनिक मन्चमा सधै नेतृत्व लिन तयार रहेको दाबी गरिरहे। समाजवादीभित्र सर्वसम्मत अध्यक्षको कुरा आउँथ्यो,

    • प्रकाशित मितिः असार १३, २०८१
    • 332 पटक पढिएको
  • एकीकृत समाजवादीमा थपियो वरिष्ठ उपाध्यक्ष पद

    काठमाडौँ- नेकपा एकीकृत समाजवादीको केन्द्रीय पदाधिकारी २१ सदस्यीय बनाउने सहमति भएको छ।बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको ८९ औं सचिवालय बैठकले २१ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय सदस्य रहने व्यवस्था गर्ने निर्णय गरेको हो। पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार महाधिवेशन हलबाट अनुमोदन हुने गरी केन्द्रीय समिति २९९ सदस्यीय बनाउने निर्णय भएको छ। यसअघि १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय भएको थियो। साथै उनले  पार्टीमा अहिले रहेको सम्मानित नेताको पद पनि कायमै राख्ने सहमति भएको छ भने वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरिनेछ।साथै केन्द्रीय उपाध्यक्षमा महिला सिट सुरक्षि

    • प्रकाशित मितिः असार १३, २०८१
    • 280 पटक पढिएको
  • बालविवाह गर्ने गराउनेलाई कडा कारबाही गरियोस्ः सांसद कार्की (भिडियो)

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. चन्दा कार्कीले बाल विवाह गर्ने/गराउनेलाई कडा कारबाही गर्नुपर्ने बताएकी छन्।बिहीबार प्रतिनिधि सभा बैठकमा सांसद कार्कीले समाजमा बालविवाह ठुलो रोगको रूपमा रहेको भन्दै यस्तो गर्ने गराउनेलाई कडाभन्दा कडा कानुनी कारबाही गरिनुपर्ने बताइन् । संविधान र कानुनमा बाल विवाहलाई वर्जित गरिएको भए पनि कानुन कार्यान्वयन हुन नसकेको उनको भनाइ छ ।सांसद कार्कीले अहिलेपनि बाल विवाहको दर ३५ प्रतिशत रहेको र मधेस प्रदेशमा त झनै ४२.४ प्रतिशत रहेको भन्दै यसलाई पूर्णरुपमा रोक्नुपर्ने बताइन्। उनले कुनै कानुनी कमजोरी भए परिमार्जन गर्न पनि सरकारलाई आग्रह गरिन्। 

    • प्रकाशित मितिः असार १३, २०८१
    • 467 पटक पढिएको
  • विपदका फाइल पनि खोल्न गृहमन्त्रीलाई सांसद रामहरि खतिवडाको आग्रह (भिडियो)

    काठमाडौं— नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले पहिरो पीडितहरूलाई राहत र पुनरवासको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद खतिवडाले ओखलढुंगासहित देशभर विपद्बाट पीडित भएकाहरूलाई आवश्यकताअनुसार राहत र पुनरवासको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका हुन्।खतिवडाले बाढीपहिरोका कारण देशभर धनजनको क्षति भएको उल्लेख गर्दै ओखलढुङ्गाका विभिन्न स्थानमा पनि बाढी पहिरोले जनधनको भएको र घाइतेलाई हेलिकोप्टरमार्फत उद्धार गरेर काठमाडौंमा उपचार भइरहेको सदनलाई जानकारी गराए। खानेपानी, विद्युत् तथा इन्टरनेट सेवा आपूर्ति, सिँचाइलगायत अत्यावश्यक सेवामा बाधा पुगेकाले

    • प्रकाशित मितिः असार १३, २०८१
    • 421 पटक पढिएको
  • गोर्खा मिडिया र ९ सहकारीको कागजात मगाउने संसदीय विशेष समितिको निर्णय

    काठमाडौँ- सहकारी सम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष समितिले गोर्खा मिडिया नेटवर्क प्रालिसहित ९ सहकारीको कागजात माग गर्ने निर्णय गरेको छ।समितिको बुधबार बसेको छैठौं बैठकले विभिन्न सहकारीबाट गोर्खा मिडिया लगायतमा प्रवाह भएको रकमको कागजात उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरेको हो।समितिले आइडियल यमुना बहुउद्देश्यीय सहकारी, इमेज, सहारा, समानता, सानो पाइला, सुप्रिम, सूर्यदर्शन, सुमेरू र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको कागजात मगाएको हो।सिमितले सहकारीहरुको साधारण सभाको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, सञ्चालक समितिको विवरण, लेखा सुपरीवेक्षणको प्रतिवेदन र वित्तीय विवरण मागेको हो।

    • प्रकाशित मितिः असार १२, २०८१
    • 296 पटक पढिएको
  • आफ्नै निवास पुगेका घनश्यामलाई झलनाथले भने : अध्यक्षमा लड्नुहोस्, मैले छाडेँ

    काठमाडौँ- नेकपा एकीकृत समाजवादीको महाधिवेशनमा झलनाथ खनालले घनश्याम भुसाललाई साथ दिने भएका छन्। खनालले आज भुसाललाई अध्यक्ष बन्न सहयोग गर्ने भएका हुन्। भुसाल आज सहयोग माग्दै खनाल निवास डल्लु पुगेका थिए। भुसाललाई खनालले वैचारिकरूपमा एक भएपछि सहयोग गर्ने बताएका थिए। भुसाल निकट स्रोतका अनुसार खनालले तपाई हड्नुहोस्, मैले छाडे भनेका थिए। यही असार १६ देखि हुने नेकपा एकीकृत समाजवादीको महाधिवेशनमा माधव नेपाल, झलनाथ खनाल, घनश्याम भुसाल दाबेदार थिए। खनालले छाड्दा अब नेपाल र भुसाल मात्र दाबेदार देखिएका छन्। यता नेपाल आफै अध्यक्ष हुने तयारीमा छन्। यता नेपाल भने एक्लिएका छन्। उनी आफै अध्यक्ष बन्न त

    • प्रकाशित मितिः असार १२, २०८१
    • 237 पटक पढिएको
  • माधव नेपाल नरुचाउने झलनाथले अध्यक्षमा दाबी नगर्ने संकेत, घनश्याम भुसाललाई 'बोक्ने' तयारी

    काठमाडौँ-  यही असार १६ देखि हुने नेकपा एकीकृत समाजवादीको महाधिवेशनमा सम्मानित नेता झलनाथ खनालले अध्यक्षमा प्रतिस्पर्धा नगर्ने संकेत देखाएका छन्। पछिल्ला उनका गतिविधिका कारण उनी अध्यक्षमा घनश्याम भुसाललाई सहयोग गर्ने तयारी रहेको उनी निकट नेताहरू सुनाउँछन्। यसअघि समाजवादीमा नेपाल, खनाल र भुसाल अध्यक्षका दाबेदार हुन्। हालका महासचिव भुसाल दुवै नेताबाट सहयोगको आश गरिरहेका छन्। यही कारण खनालले भुसाललाई सहयोग गर्ने आशा देखाएका हुन्। खनाल र भुसालले संयुक्तरूपमा पार्टीको दस्तावेज पनि बनाएका छन्। जसमा खनालको एजेन्डालाई प्रमुख बनाइएको छ। जनता बहुदलीय जनबाद (जनवाद)को वकालत गर्ने नेपालको एजेन्डाल

    • प्रकाशित मितिः असार १२, २०८१
    • 199 पटक पढिएको
  • दुर्गा प्रसाईले कसलाई भने अवसरवादी र गद्दारको भिड ?

    काठमाडौं— मेडिकल व्यवसायी दुर्गा प्रसाईले अवसरवादी र गद्दार चिन्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा उनले क्रान्ति र योगदानको विषय जोड्दै त्यसैबाट अवसरवादी र गद्दार चिन्नुपर्ने बताएका छन्। क्रान्ति लामो समयको अभियान रहेको भन्दै क्रान्तिको कठिन परिस्थितिमा भाग्नेले नै विजयी भएपछि अवसर लिन क्रान्तिवीरको अभिनय गर्ने उल्लेख गरेका छन्। 'क्रान्ति र जनबिद्रोह भनेको पहिला बुझ्न र आत्मसात लिन जरुरी छ। क्रान्ति र जनविद्रोह भनेको क्षण भरमै हुने कुरा होइन्,' प्रसाईले भनेका छन्। क्रान्तिबारे व्याख्या गर्दै उनले भनेका छन्, 'क्रान्ति र जनविद्रोह सुरु गर्दा सुरुसुरुमा धेरै असिमित मानिसहरूको भ

    • प्रकाशित मितिः असार १२, २०८१
    • 582 पटक पढिएको
  • कोशीको फैसलामा सर्वोच्चले दिएको जबाफ : सरकार निरन्तर फेरिरहन सकिन्छ

    काठमाडौँ- प्रदेशसभाको निर्वाचन भएको ३ वर्ष नपुग्दै कोशी प्रदेशमा ४ सरकार फेरिसकेका छन्। कोशीमा नेपाली कांग्रेस र नेकपा एमालेले फेरिएर सरकारको निरन्तर नेतृत्व गरिरहेका छन्। कहिले यी दुई दल मिलेर सरकार बनाउँछन् त कहिले विवादले अदालत धाउछन्। यसअघि उद्धव थापाको सरकार निर्माणलाई प्रश्न गर्दै एमाले संसदीय दलका नेता हिक्मत कार्की अदालत गएका थिए। थापाले त्यसबेला तत्कालीन सभामुखको समेत मत प्रयोग गरेर विश्वासको मत लिएका थिए। सर्वोच्च अदालतले थापाको सरकारलाई वैधानिकता दिएन। त्यसपछि हिक्मत आफै मुख्यमन्त्रीमा बहाल रहे। तर निरन्तरता पाएनन्। त्यसपछि कांग्रेसकै केदार कार्कीलाई मुख्यमन्त्री बनाउ

    • प्रकाशित मितिः असार ११, २०८१
    • 279 पटक पढिएको
  • रातो पासपोर्ट काण्डमा मुछिएका धनराजको घोषणा : एक रुपैयाँ भ्रष्टाचार गरेको छैन

    काठमाडौँ- कुनै बेला रातो पासपोर्ट किनबेचमा जोडिएका नेता हुन्, धनराज गुरुङ। उनी बेलाबेला अन्य  विवादमा पनि तानिएका छन्। कानुनमन्त्री बन्दा अयोग्य वकीललाई न्यायाधीश बनाएको आरोप पनि धनराजलाई लाग्यो। तर उनै धनराजले आफूले अहिलेसम्म एक रुपैयाँ पनि भ्रष्टाचार नगरेको भन्दै भ्रष्टाचार गरेको प्रमाण लिएर आए राजनीतिबाट संन्यास लिने घोषणा गरेका छन्। मंगलबार काठमाडौँमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।  हरेक नेताले भ्रष्टाचार गरेको प्रमाण ल्याए राजनीति छोड्न तयार हुने हो भने भ्रष्टाचारका घटनाहरू कम हुने उनको भनाइ थियो। ‘

    • प्रकाशित मितिः असार ११, २०८१
    • 250 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा