राजनीति

    Showing 2,821-2,830 of 9,551 items.
  • विशेष महाधिवेशनमा जानुपर्ने कांग्रेस महिला नेतृहरुको जोड

    काठमाडौं— नेपाली कांग्रेसका महिला नेतृहरुले फागुण २१ को चुनाव अगाडि नै पार्टीको विशेष महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् । बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको विशेष महाधिवेशनका सन्दर्भमा आयोजित महिला भेला कार्यक्रममा नेतृ कुसुम थापामगरले नेपाली कांग्रेस पटक –पटक सत्तामा गएरपनि कार्यकर्ता र जनतालाई सम्बोधन गर्न नसकेको कारण जेनजी आन्दोलन भएको भन्दै विशेष महाधिवेशन गरेर चुनाव अगाडि नेतृत्व परिवर्तन गर्नुपर्ने धारणा राखिन् । नेपाली कांग्रेसको यही नेतृत्वले चुनावमा गयो भने पार्टी अझ संकटमा जाने भएकाले हालको नेतृत्व परिवर्तनको माग गरिरहेको बताइन् । उनले विशेष महाधिवेशनको माग राखे

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • 488 पटक पढिएको
  • नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई दज्र्यानी चिन्ह (फुली) प्रदान

    काठमाडौं— नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आइजीपी) दानबहादुर कार्कीले बिहीबार दज्र्यानी चिन्ह (फुली) लगाएका छन्।गृह मन्त्रालयमा आयोजित विशेष समारोहमा गृहसचिव रामेश्वर दंगालले नवनियुक्त आइजीपी कार्कीलाई फुली लगाइदिएका हुन्। फुली लगाएकोसँगै कार्की औपचारिक रूपमा नेपाल प्रहरीको नेतृत्व सम्हाल्न पुगेका छन्।सरकारले हालै कार्कीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो। उनले यसअघि पनि नेपाल प्रहरीमा विभिन्न जिम्मेवारी वहन गर्दै अनुभवसहितको सेवा पुर्‍याउँदै आएका छन्।

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • 509 पटक पढिएको
  • अमेरिकामा ४३ दिने सरकार बन्द अवधि सकियो, राष्ट्रपति ट्रम्पले गरे बजेट स्वीकृत

    काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय सरकार पुनः सञ्चालन गर्न आवश्यक बजेट स्वीकृत गर्दै ऐतिहासिक ४३ दिने लामो सरकार बन्द अवधि औपचारिक रूपमा अन्त्य गरेका छन् ।बुधबार ओवल अफिसमा बजेट स्वीकृत गर्ने समारोहमा बोल्दै ट्रम्पले यस लामो बन्दका लागि डेमोक्र्याटहरू जिम्मेवार रहेको आरोप लगाउँदै यसलाई ‘अमेरिकी करदातालाई दबाब दिने प्रयास’ भने ।उनले भने, ‘गत ४३ दिनदेखि कांग्रेसका डेमोक्र्याटहरूले अमेरिकी सरकार बन्द गरेर अवैध आप्रवासीका लागि सयौं अर्ब डलरको माग गर्दै अमेरिकी करदातालाई दबाब दिन खोजे । आज हामी स्पष्ट सन्देश दिँदैछौं कि हामी कहिल्यै दबाबमा पर्न सक्दैनौं ।’यसअघि, अमेरिकी प्रतिनिधि स

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • 498 पटक पढिएको
  • गृहमन्त्री एमालेको नेता जस्तो लाग्न थालेको छ : सुदन गुरुङ

    काठमाडौं— ‘हामी नेपाल’का संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्याल एमालेको नेताजस्तो लाग्न थालेको भन्दै आक्रोस् पोखेका छन्  ।बिहीबार नेपाल स्काउटको जग्गामा बनेका संरचना हटाउने क्रममा महानगर प्रहरीसँगै पुगेका उनले गृहमन्त्री अर्यालको एजेण्डा भनेको चुनावमात्र रहेको भन्दै जेनजीको माग पूरा गर्न कुनै सहयोग नगरेको बताए ।  उनले भने,‘बाँकी मन्त्रालयहरुले काम गरिरहेको छ । गृह मन्त्रालयले काम गर्न सकेको छैन् । उहाँको एजेण्डा भनेको चुनावमात्र रहेछ । हाम्रो एजेण्डा भनेको देशलाई न्याय दिने र व्यवस्था परिवर्तनको हो । हालको व्यवस्था र अवस्थामा चुनावमा जान सकिन्छ त  ? देशलाई न्याय नभई

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • 596 पटक पढिएको
  • पूर्व उर्जामन्त्री खड्काले स्काउटको जग्गा हडपेर बनाएको संरचनामा महानगरले चलायो डोजर

    काठमाडौं— नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काको स्वामित्वमा रहेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।स्काउटको जग्गा ओगटेर राखेको खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिको संरचनामा बिहीबार बिहानै काठमाडौं महानगरपालिकाले डोजर चलाएको हो । यसअघि नेपाल स्काउटले लैनचौरस्थित मूल सडकसँग जोडिएको जग्गााको भाडाबापतको बक्यौता बुझाउन खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिलाई सात दिने अल्टिमेटम दिएको थियो ।नेपाल स्काउटले खड्काको कम्पनीले भाडामा लिएको उक्त जग्गाको भाडा बुझाएर खाली गर्न पटकपटक ताकेता गर्दा पनि अटेर गरेपछि स्काउटले सात

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • 575 पटक पढिएको
  • बक्यौता असुली ठोस परिणाम तर्फ अग्रसर भएको ऊर्जा मन्त्री घिसिङको दाबी

    काठमाडौं— ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङले राजनीतिक नेतृत्वदेखि आम सर्वसाधारणसम्मलाई तरङ्गित बनाएको बक्यौता असुलीको प्रक्रिया अब नयाँ चरणमा प्रवेश गरेको बताएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत उनले प्राधिकरणबाट कानुनी रूपमा चालिएका कदममा राजनीतिक तहबाट हुने हस्तक्षेपका कारण असुलीमा अवरोध सिर्जना भएपनि बक्यौता असुली ठोस परिणामतर्फ अग्रसर भएको बताएका हुन् । उनले लेखेका छन्, ‘राजनीतिक नेतृत्वदेखि आम सर्वसाधारणसम्मलाई तरङ्गित बनाएको बक्यौता असुलीको प्रक्रिया अब नयाँ चरणमा प्रवेश गरेको छ । नेपाल विद्युत प्राधिकरणबाट कानुनसम्मत रूपमा पटक–पटक चालिएका कदममा राजन

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • 484 पटक पढिएको
  • आज दुई वटा संसदीय समितिको बैठक बस्दै

    काठमाडौं— आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ः१५ बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । सिंहदरवार संसद भवनस्थित समितिको बैठक कक्षमा आज बस्ने बैठकमा अध्यागमन विभाग तथा कार्यालयको अवलोकन सम्बन्धमा छलफल गरिने कार्यसूची तय गरिएको छ । यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिनको १ बजे बस्दैछ । बैठकमा शान्ति सुरक्षाको अवस्था र आगामी निर्वाचनको तयारी सम्बन्धमा छलफल गरिने कार्यसूची रहेको छ ।

    • प्रकाशित मितिः कार्तिक २७, २०८२
    • 593 पटक पढिएको
  • जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो: संयोजक दाहाल

    काठमाडौ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन गर्ने माग राख्ने जेनजी युवाको अभिभावक नै नेकपा भएको बताउनुभएको छ ।  नेकपा र मातृभूमि जागरण अभियान नेपालबीचको एकता घोषणा सभालाई आज सम्बोधन गर्दै उहाँले आसन्न महाविशेन र निर्वाचनमा  “जेनजी युवाको अभिभावक नै नेपाली कम्युनिष्ट पार्टी हो । जेनजी पुस्ताले उठाएको भ्रष्टाचारको अन्त्य र सुशासनको मागलाई हामीले नै पहिलो पटक समर्थन ग¥र्यो”, संयोजक दाहालले भन्नुभयो, “जेनजीको भावना बुझ्ने पार्टी र अर्को पार्टी एकै हुन सक्दैन, महाधिवेशन जाँदा सम्पूर्ण कमिटीमा जेनजी युवाको प्रतिनिध

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • 296 पटक पढिएको
  • काठमाडौं महानगरपालिकाको वडा नं. ११ को सेवा अब नवनिर्मित भवनबाट

    काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर ११ आफ्नै प्रशासनिक भवनमा सरेको छ । यसअघि ववरमहलमा वहालको भवनबाट सेवा दिँदै आएको वडा आज आफ्नै नवनिर्मित भवनमा सरेर सेवा प्रारम्भ गरेको हो ।   नवनिर्मित भवनमा शिलालेख अनावरण गर्दै वडाध्यक्ष एवं महानगरपालिकाको भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकारले भने, ‘शारीरिक अवस्था कमजोर हुने, व्हील चेयर प्रयोगकर्ता, दृष्टिविहिन सबै सेवाग्राहीहरु हरेक तलामा पुग्न सक्ने गरी भवन निर्माण भएको छ । हरेक तलामा भएका शौचालय प्रयोग गर्न सक्नुहुन्छ ।’ उनले सार्वजनिक सेवा प्रवाहमा सबैको पहुँच सुनिश्चित गर्ने गरी महानगरपालिकाभित्रका सार्वजनिक भवन निर्माण

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • 279 पटक पढिएको
  • पार्टी एकताको अभियानले कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सात्तो गएको छ :सहसंयोजक नेपाल

    काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीको सहसंयोजक माधव कुमार नेपालले पार्टीको एकताको अभियानले कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सात्तो गएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पार्टी समायोजन कार्यक्रममा उनले एकताको अभियान अगाडि बढि रहेको देखेर कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सात्तो गएको भन्दै त्यसरी होस गुमाउन र गाली गलौज मा उत्रिनु पर्ने आवश्यकता नभएको बताए । उनले भने, ‘एकताको प्रक्रिया अगाडि बढि रहेको छ । एकताको अभियान अगाडि बढि रहेको छ । यो एकताको अभियानले नेपालको राजनीतिमा तरङ्ग पैदा गरेको छ । कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सात्तो गएको हुनुपर्छ । उनीहरुको होस हवास गुमेक

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • 350 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.