राजनीति

    Showing 2,831-2,840 of 10,434 items.
  • सर्लाही ३ बाट नारायणकाजी श्रेष्ठको उम्मेदवारी

    काठमाडौं— नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधि सभा निर्वाचको लागि आफ्नो उम्मेदवारी दिएका छन् ।मंगलबार सर्लाही ३ बाट उनले आफ्नो उम्मेदवारी दिएका हुन् ।

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 455 पटक पढिएको
  • मेयरबाट राजीनामा दिएलगत्तै रेनु दाहालले चितवन ३ बाट गराइन उम्मेवारी दर्ता

    चितवन— रेनु दाहालले नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवारी दर्ता गराएकी छन् ।मंगलबार चितवन क्षेत्र नम्बर ३ बाट उनले उम्मेदवारी दर्ता गराएकी हुन् ।त्यसअघि दाहालले मंगलबार बिहान भरतपुर महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएकी थिइन् । दाहाल यसअघि दुई पटक भरतपुर महानगरपालिकाको मेयर पदमा निर्वाचित समेत भएकी थिइन् ।

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 475 पटक पढिएको
  • मनोनयन दर्ताको विवरण साँझ मात्रै सार्वजनिक हुनेः निर्वाचन आयोग

    काठमाडौं— निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर मनोनयन दर्ता उत्साहपूर्ण रूपमा भइरहेको जनाएको छ ।निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले मनोनयन दर्ताको आधिकारिक संख्या साँझ मात्र सार्वजनिक गरिने जानकारी दिए । उनका अनुसार हालसम्म आयोगले मनोनयन दर्ताको संख्या औपचारिक रूपमा तोकेको छैन ।‘आयोगले अहिलेसम्म यति भनेर आधिकारिक रूपमा संख्या निर्धारण गरेको छैन,’ प्रवक्ता भट्टराईले भने, ‘एकैपटक मनोनयन दर्ताको सम्पूर्ण संख्या साँझ मात्रै प्रकाशित हुनेछ ।’ निर्वाचन आयोगका अनुसार देशभर विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूले मनोनयन दर्ता गराइरहेका छन् ।

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 500 पटक पढिएको
  • प्रचण्डले रुकुमपूर्वबाट उम्मेदवारी दर्ता गराए

    काठमाडौं— नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।मंगलबार उनले जिल्ला रुकुमपूर्वबाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।यसै अवसरमा, उनले देशैभरि तारा चुनाव चिह्न लिएर आशन्न निर्वाचनका लागि मनोनयन दर्ता गराएका सम्पूर्ण उम्मेदवारहरूलाई अग्रिम बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।भ्रष्टाचारमुक्त, समुन्नत र न्यायपूर्ण नेपाल निर्माणको साझा संकल्पसहित, सम्पूर्ण नेपालीहरूलाई तारा चिह्नमा मत प्रदान गर्न पनि आग्रह गरेका छन् ।

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 515 पटक पढिएको
  • काठमाडौं १ बाट रवीन्द्र मिश्र र काठमाडौं–३ बाट राजु पाण्डेले दर्ता गराए उम्मेदवारी

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका छन् ।उनले काठमाडौं क्षेत्र नं. १ बाट उम्मेदवारी दर्ता गरेका हुन् । अन्य दलबाट पनि उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ । आज साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।त्यस्तै, काठमाडौं महानगरपालिकाका निवर्तमान प्रहरी प्रमुख राजु पाण्डेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मनोनयन दर्ता गराएका छन् ।मंगलबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उनले मनोनयन दर्ता गराएका हुन् ।मनोनयन

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 550 पटक पढिएको
  • महेश बस्नेतले गराए उम्मेदवारी दर्ता

    काठमाडौं— नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् ।बस्नेतले भक्तपुर निर्वाचन क्षेत्र नं २ बाट मनोनयन दर्ता गराएका हुन् ।अन्य दलबाट पनि उम्मेदवारी दर्ता गराउने क्रम चलिरहेको छ । आज देशभरका निर्वाचन केन्द्रमा उम्मेदवारको मनोनयन भइरहेको छ । देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 471 पटक पढिएको
  • सर्लाहीमा जनमत पार्टीले उम्मेदवारको टुंगो लगायो, मनोनयन दर्ता गर्दै

    सर्लाही— डा.सीके राउत नेतृत्वको जनमत पार्टीले सर्लाही जिल्लाका चारै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारको टुंगो लगाएको छ ।फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै पार्टीले जनता माझ लोकप्रियता र स्थानीय मुद्दामा पकड भएका उम्मेदवार अघि सारेको जनाएको छ ।पार्टीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ बाट श्रीन्जय महतो, क्षेत्र नम्बर – २ बाट बिपिन कापर, क्षेत्र नम्बर–३ बाट सुनिल प्रसाद गुप्ता र क्षेत्र नम्बर–४ बाट राकेश कुमार मिश्रलाई उम्मेदवार बनाएको छ ।जनमत पार्टी सर्लाहीका जिल्ला इन्चार्ज श्रीचन यादवका अनुसार मधेशको अधिकार, सुशासन, रोजगारी र विकासलाई मुख्य एजेन्डा बनाएर उम्मेदवार छ

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 487 पटक पढिएको
  • अन्तरिम सरकारका चार मन्त्री चुनावी मैदानमा

    काठमाडौं। निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका चार मन्त्री आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका छन्। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मन्त्री पदबाट राजीनामा दिएर उनीहरु उम्मेदवार बनेका हुन्।हालसम्म प्राप्त जानकारीअनुसार अन्तरिम सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन निर्वाचनमा उम्मेदवार बन्दै छन्।यसअघि उनहरुले वर्तमान सरकारको स्वतन्त्र

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 289 पटक पढिएको
  • काठमाडौं–५ को टिकट विवाद: राप्रपा केन्द्रीय सदस्य कार्की पार्टीबाट बाहिरिए

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य हिक्मत जंग कार्कीले पार्टी नेतृत्वको निर्णय र कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टीको केन्द्रीय सदस्य तथा साधारण सदस्यबाट राजीनामा दिएका छन्।राप्रपाले काठमाडौं–५ को उम्मेदवारमा पूर्वाध्यक्ष कमल थापालाई अघि बढाउने निर्णय गरेसँगै कार्कीले अध्यक्ष राजेन्द्र लिङ्देन नेतृत्वमा पार्टी व्यक्तिगत स्वार्थ र सत्ताको सेटिङतर्फ केन्द्रित भएको आरोप लगाएका हुन् ।उनले क्षेत्रीय कमिटीले युवा र सक्षम नेताहरूको नाम सिफारिस गर्दा पनि ती सबैलाई पन्छाएर नौ पटक मन्त्री भइसकेका कमल थापालाई टिकट दिनुले पार्टीभित्र स्वेच्छाचारिता र अदृश्य सेटिङ देख

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 488 पटक पढिएको
  • सञ्चार मन्त्री जगदीश खरेलले दिए राजीनामा

    काठमाडौं— सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्दै दलीय राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्ने निष्कर्षमा पुगेकाले पद त्याग्ने निर्णय लिएको स्पष्ट पारेका छन् ।प्रधानमन्त्रीलाई सम्बोधन गर्दै खरेलले वर्तमान सरकारमा सहभागी हुने अवसर प्रदान गरिएकोप्रति कृतज्ञता व्यक्त गरेका छन् । उनले जेनजी जनआन्दोलनको जग र नागरिक आकांक्षाबाट बनेको वर्तमान गैरराजनीतिक नागरिक सरकार इमानदारी, निष्ठा र नैतिकताको उदाहरण बनेको उल्लेख गरेका छन् ।चार महिनाको कार्यकालमा मन्त्रालयको नेतृत्व निष्पक्षता, पारदर्शिता र राष्ट्रिय हितलाई केन्द्रमा रा

    • प्रकाशित मितिः माघ ६, २०८२
    • 532 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.