राजनीति

    Showing 2,851-2,860 of 9,551 items.
  • प्रकाशमान सिंह भन्छन गणेशमान सिंहले नेपालीलाई रैतीबाट अधिकार सम्पन्न नागरिक बनाउनुभयो

    काठमाडौं— नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।कार्यक्रममा बोल्दै नेता सिंहले गणेशमान सिंहलाई नेपालको लोकतान्त्रिक इतिहासका महान् योद्धा र जनअधिकारका अग्रदूतका रूपमा व्याख्या गरे ।उनले भने, ‘गणेशमान सिंहले नेपाल र नेपालीका लागि आफ्नो जीवनभर जनतालाई रैतीबाट अधिकार सम्पन्न सार्वभौम नागरिक बनाउन संघर्ष गर्नुभयो । उहाँ हरेक नेपालीले बोल्न, नियम अनुसार काम गर्न र स्वतन्त्र रहन पाउनुपर्ने अधिकारका पक्षमा जीवनभर लड्नुभयो ।’नेता सिंहले गणेशमान स

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 425 पटक पढिएको
  • सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

    काठमाडौं— आज राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बैठक  दिउँसो १ बजे  सङ्घीय संसद् सचिवालय सिंहदरबारमा बस्नेछ ।बैठकमा अध्यागमन ऐन, २०४९ र सो अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुको अध्ययनको सम्बन्धमा विज्ञसँग छलफल हुने कार्यसूची रहेको छ ।

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 515 पटक पढिएको
  • निर्वाचनअघि पार्टीको अधिवेशन : कांग्रेस महामन्त्री थापा

    काठमाडौ। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी फागुन २१ को निर्वाचनले संविधानलाई सही मार्गमा ल्याउने बताएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत निर्वाचनबाटै नयाँ संसद्  र यसले संविधानलाई सही मार्गमा ल्याउने उल्लेख गरे । महामन्त्री थापाले भने,“संविधानलाई सही मार्गमा ल्याउने फागुन २१ को निर्वाचन मात्र एक मात्र बाटो हो, यसमा कुनै अलमल छैन ।” उनले नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न सर्वदलीय बैठकमा पार्टीको निर्णय स्पष्टरूपमा प्रस्तुत गरिसकेको बताए । उनले कांग्रेसको केन्द्रीय कार्यसमितिमा अहिले भइरहेको अलमल निर्वाचनको विषयका सन्दर्भमा नभएको स्पष्

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 304 पटक पढिएको
  • मधेश प्रदेशको मुख्यमन्त्रीमा यादव नियुक्त

    धनुष। मधेश प्रदेशको मुख्यमन्त्री पदमा सरोजकुमार यादव नियुक्त भएका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदीले संविधानको धारा १६८ को उपधारा ३ अनुसार नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको हो । 

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 411 पटक पढिएको
  • महेश बस्नेत भन्छन प्रचण्ड र माधव नेपाल पद एवम पावरका भोगी हुन्

    काठमाडौं— नेकपा एमालेका नेता महेश बस्नेतले माधव कुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड पद र पावरको भोगी रहेको बताएका छन् । उनीहरुबीच धेरै कुरा नमिलेपनि पद र पावर बिना बस्न नसक्ने कुरा भने मिलेको भन्दै वस्नेतले व्यङ्ग्य गरेका हुन् । कम्युनिष्ट घटकहरूबीच एकता भएको विषयबारे बोल्दै उनले प्रचण्डले पदको लागि पार्टीको नाम समेत फेरेको दाबी गरे  । ‘माधव नेपाल र प्रचण्ड कमरेडको धेरै कुराहरू मिल्दैन् । तर एउटा समान कुरा चाही मिल्ने गरेको छ । त्यो भनेको पद र पावर हो ।  हिजो सशक्त क्रान्तिको अगुवाइ गरेको वा क्रान्तिको नेतृत्व गरेको पार्टी नेकपा माओवादी जोबाट प्रचण्डले आफूलाई धेरै गौर

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 539 पटक पढिएको
  • क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालद्वारा स्वाधीन संयुक्त सरकार गठनको प्रस्ताव

    काठमाडौं— क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले देशमा स्वाधीन संयुक्त सरकार गठन गर्नुपर्ने प्रस्ताव अघि सारेको छ ।पार्टीका महासचिव सीपी गजुरेल (गौरव) द्वारा जारी प्रेस विज्ञप्तिमा नेपालको वर्तमान सत्ता संरचना ‘दलाल पूँजीवादी राज्यसत्ता’ भएको आरोप लगाउँदै यसको विकल्पमा स्वतन्त्र र जनमुखी सरकार आवश्यक रहेको उल्लेख गरिएको छ ।पार्टीले हालको अस्थायी सरकारलाई ‘कठपुतली सरकार’ भन्दै यसले जनताको गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार र सञ्चारसम्बन्धी समस्या झन् गम्भीर बनाएको दाबी गरेको छ ।विज्ञप्तिमा भनिएको छ, ‘यो नवऔपनिवेशिक जंजीरलाई तोड्न राष्ट्रिय राजनीतिक सम्मेलन गरी देशभक्त, क्रान्तिकारी र वाम

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 498 पटक पढिएको
  • नेकपा एकीकृत समाजवादी पुनर्गठन, संयोजकमा घनश्याम भुसाल चयन

    काठमाडौं— नेकपा (एकीकृत समाजवादी) पुनर्गठन अभियानले नेता घनश्याम भुसाललाई संयोजक चयन गरेको छ ।शनिबार बसेको केन्द्रीय कमिटीको भर्चुअल बैठकले भुसाललाई सर्वसम्मत रूपमा संयोजक बनाएको जानकारी नेता दामोदर अर्यालले दिए। बैठकमा ६७ जना केन्द्रीय सदस्यको सहभागिता रहेको थियो ।उक्त बैठकमा संयोजक भुसालले ‘वर्तमान अवस्था र हाम्रो दायित्व’ विषयमा सम्बोधन गर्दै पार्टी पुनर्गठनका आवश्यक कदमबारे धारणा राखेका थिए।बैठकले आगामी मङ्सिर महिनामा आयोजना हुने राष्ट्रिय भेलाको तयारीबारे पनि विस्तृत छलफल गरेको छ। यता, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरू माओवादी केन्द्रसहितका दलहरूसँगको एकता प्रक्रिया

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 496 पटक पढिएको
  • मन्त्री खरेल भन्छन मन्त्री भएपछि मेरो आकाश साँघुरिएको महशुस गरेको छु

    काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकारबाट मन्त्री बनेपछि आफ्नो संसार साँघुरिएको महशुस भएको बताएका छन् ।आइतबार संवाद र सञ्चारमा स्वजागरण सम्बन्धी कार्यक्रममा बोल्दै उनले अहिले सरकारवादी भएपछि आफ्नो कित्ताकाट भएको महशुस गरेको बताएका हुन् ।मन्त्री खरेलले भने, ‘म पत्रकार हुँदासम्म मेरो आकाश यति फराकिलो थियो, मेरा मान्छेहरू धेरै थिए । सबैले प्रशंसा गर्थे, राम्रो प्रश्न गरेको भनेर सोध्थे । तर मन्त्री भएपछि मेरो आकाश साँघुरिएको छ । अहिले त सरकारवादी भएछु । पहिला सबैको थिए, अहिले सरकार भएछु । मेरो कित्ताकाट भएको महशुस गरेको छु ।’उनले मन्त्री बनेपछि आलोचनासमेत भोग्न थालेको बताए

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 656 पटक पढिएको
  • रास्वपाको फागुनमा हुने महाधिवेशन सर्यो, यस्ता छन् बैठकका निर्णयहरु

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको विस्तारित बैठकले पूर्वघोषित फागुन ७–९ गते हुने महाधिवेशन गर्न नसकिने भन्दै चुनाव भएको ६ महिनाभित्र महाधिवेशन गर्ने गरी तालिका ल्याउन केन्द्रीय समितिलाई आग्रह गरेको छ । चितवनका बसेको दुई दिने बैठकले फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनका कारण फागुन ७ गते देखि ९ गतेसम्म हुने भनिएको महाधिवेशन गर्न नसकिने वस्तुगत परिस्थिति महसुस गर्दै चुनाव भएको ६ महिनाभित्र महाधिवेशन गर्ने निर्णय गरेको हो । बैठकपछि जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘अप्रत्याशीत राजनीतिक परिस्थितिका कारण फागुनमा प्रतिनिधिसभा सदस्यको निर्वाचन हुने भएकाले पूर्व

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 582 पटक पढिएको
  • रास्वपाको विस्तारित बैठक सम्पन्न : घोषित मितिमा निर्वाचन गर्न जोड

    चितव। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने  विस्तारित बैठक शनिबार राति सौराहामा सम्पन्न भएको छ ।  बैठकले आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा सदस्य निर्वाचनाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने आधार तयारीका लागि दलहरूसहित सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।   निर्वाचन प्रक्रियामा सक्रिय सहभागी भई लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ पार्न सम्पूर्ण राजनीतिक दलहरूलाई बैठकले आह्वानसमेत गरेको छ । बैठकले घोषित निर्वाचनको परिणाम देश र जनताको सर्वोपरी हित एवं  पार्टीको पक्षमा हुनेगरी जनमत निर्माणमा लाग्न पार्टीका सम्पूर्ण संरचना, सदस्य एवं शुभेच्छुकलाई आग्

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 284 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.