राजनीति

    Showing 2,911-2,920 of 6,674 items.
  • आज काँग्रेस संसदीय दलको बैठक बस्दै

    काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको बैठक आज  बस्दै छ । बैठक दिउँसो २ बजे सङ्घीय संसद् भवनमा बस्ने काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताएका छन । बैठकमा आगामी सोमबारदेखि हुने हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने बारेमा छलफल हुने प्रमुख सचेतक लेखकले  बताएका छन। संसद्मा जतिसक्दो धेरै विधेयक प्रस्तुत गर्ने र त्यसलाई अगाडि बढाउनका लागि पार्टीका तर्फबाट सांसदले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा पनि छलफल गरिने उनले बताए ।

    • प्रकाशित मितिः माघ १९, २०८०
    • 179 पटक पढिएको
  • तीन संसदीय समितिको बैठक बस्दै

    काठमाण्डौ  । आज एकैपटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार आज बिहान साढे ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ।बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुनेछ। त्यस्तै साढे ११ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा विधायन सम्बन्धी विधेयक, २०८० मा दफावार छलफल हुनेछ। दिउँसो ३ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ।

    • प्रकाशित मितिः माघ १८, २०८०
    • 200 पटक पढिएको
  • रास्वपाले बोलायो संसदीय दलको बैठक

    काठमाण्डौ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक शुक्रबार बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने गरी बोलाएको पार्टी उपसभापति डोलप्रसाद अर्याल (डिपी)ले जानकारी दिए।संसद्को हिउँदे अधिवेशन माघ २२ गते आह्वान भएको छ। यो अधिवेशनमा कसरी प्रस्तुत हुने भनेर छलफल गर्न रास्वपाले संसदीय दलको बैठक बोलाएको हो।यसैबीच रास्वपाले माघ २१ गतेबाट अलपत्र विकास आयोजनमा दबाब यात्रा गर्दैछ। अलपत्र राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनामा दबाब यात्रा गर्ने बताएको छ। काठमाडौंबाट मेलम्चीको  मुहान अम्बाथानसम्मै पुग्ने दबाब यात्राको थालनी पार्टी सभापति रवि लामिछानेले नै गर्ने रास्वपाले

    • प्रकाशित मितिः माघ १८, २०८०
    • 213 पटक पढिएको
  • रवि लामिछाने भारत भ्रमणमा, कार्यबाहक सभापती स्वर्णिम वाग्लेलाइ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले कार्यवहाक सभापतिको जिम्मेवारी पाएका छन् ।पार्टी सभापति रवि लामिछाने २ दिन भारत भ्रमणमा रहने भएकोले कार्यवहाक सभापतिको जिम्मेवारी वाग्लेलाई दिइएको हो ।पार्टी वरीयतामा रविपछि अर्का उपसभापति डिपी अर्याल छन् । अर्याल पनि रविसँगै भारत जाने भएकाले स्वर्णिमले कार्यबहाक सभापतिको जिम्मेवारी पाएका हुन् । सभापति लामिछाने शनिबार र आइतबार भारतमा आयोजित कार्यक्रममा सहभागी हुने छन् ।

    • प्रकाशित मितिः माघ १३, २०८०
    • 296 पटक पढिएको
  • कांग्रेस महामन्त्री गगन थापाको संवाद यात्रा आज झापाबाट सुरु

    बिर्तामोड  ।   नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माघ १३ गते (आज) झापाबाट संवाद यात्रा सुरु गर्दै छन् । महामन्त्री थापाले शनिबार विहान ८ बजे झापाको मेची भन्सारबाट यात्रा आरम्भ गर्दैछन। समुदायमा कांग्रेस अभियान अन्तर्गत यात्रा शुभारम्भ कार्यक्रममा कांग्रेसका अर्का महामन्त्री विश्व प्रकाश शर्मा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पनि सहभागी हुने नेपाली कांग्रेस झापाले बताएको छ । महामन्त्री थापाले शनिबार(आज) विहान ८ बजे मेचीपुलमा माल्यार्पण गरेर यात्रा शुभारम्भ गर्नेछन् ।पार्टीका कार्यकर्ताहरू र जनताका गुनासा र सुझाव लिन महामन्त्री थापाले संवाद यात्रा गर्न लागेका हुन् । संवा

    • प्रकाशित मितिः माघ १२, २०८०
    • 361 पटक पढिएको
  • नेपाली काँग्रेसले आज ७८ औँ स्थापना दिवस मनाउँदै

    काठमाडौँ । नेपाली काँग्रेसले आज ७८ औँ स्थापना दिवस मनाउँदै छ । नेपाली राष्ट्रिय काँग्रेसको पहिलो अधिवेशन भएको मिति २००३ माघ १२ लाई आधार मानेर काँग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ।यसपाली स्थापना दिवसको सन्दर्भमा केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने तयारी छ । केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवा समेतको उपस्थितिमा दिउँसो २ बजे श्रद्धा, सङ्कल्प र सम्मान कार्यक्रम हुदै छ ।स्थापना दिवसकै सन्दर्भमा काँग्रेसले देशभर ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । ती प्रतिनिधिले जिल्लामा पुगेर वडा तहसम्म प्रतिनिधि खटाउने र शहीद दिव

    • प्रकाशित मितिः माघ १२, २०८०
    • 308 पटक पढिएको
  • राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका १८, एमालेका १ जना उम्मेदवार विजयी

    काठमाडौं ।  राष्ट्रियसभाको १९ सिटका लागि भएको निर्वाचनमा १८ सिटमा सत्तागठबन्धनले जित हासिल गरेको छ भने एक सिटमा एमालेले जित हासिल गरेको छ ।निर्वाचनको परिणाम अनुसार कोशी प्रदेशमा अन्य कलस्टरमा कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी भएका छन भने महिला क्लस्टरमा एमालेकी रुक्मिणी कोइराला बिजयी भएकि छन । मधेस प्रदेशमा महिला क्लस्टरमा जसपाका पूजा चौधरी विजयी हुनुभएको छ भने अन्य कलस्टरमा कांग्रेसका आनन्द ढुंगाना विजयी भएका छन ।बागमती प्रदेशमा अन्यमा कांग्रेसका जीतजंग बस्नेत, अपांगतर्फ माओवादी केन्द्रका श्रीकृष्णप्रसाद अधिकारी, दलिततर्फ नेकपा समाजवादीका घनश्याम रिजाल विजयी र महिला क्लस्टरमा कांग्रेसक

    • प्रकाशित मितिः माघ ११, २०८०
    • 254 पटक पढिएको
  • राष्ट्रिय सभामा सबैभन्दा ठूलो पार्टी बन्यो माओवादी

    काठमाडौँ । नेकपा माओवादी केन्द्र राष्ट्रिय सभामा सबैभन्दा ठूलो पार्टी बनेको छ । बिहीबार १९ सिटका लागि भएको चुनावमा काँग्रेसका १० जना निर्वाचित भए ।माओवादी केन्द्रका ५, एकीकृत समाजवादीका दुई र जनता समाजवादी पार्टीका एक जना निर्वाचित भए । यो चुनावी परिणामले राष्ट्रिय सभामा रहेको दलीय समीकरण फेरिएको हो । यसअघि राष्ट्रिय सभामा कांग्रेसका १० सांसद थिए । जसमा ४ जना फागुन २० गते बिदा हुँदैछन् । बाँकी रहेका ६ जनामा बिहीबार १० जना थपिएपछि राष्ट्रिय सभामा काँग्रेस १६ सिटसहित दोस्रो ठूलो दल बन्न पुगेको छ ।माओवादी केन्द्रका ५ जना निर्वाचित भएका छन् । माओवादीबाट हाल उपाध्यक्षसहित १५ जना छन् । ३ जना फा

    • प्रकाशित मितिः माघ ११, २०८०
    • 176 पटक पढिएको
  • कोशीमा कृष्णप्रसाद सिटौला विजयी

    काठमाडौँ । कोशी प्रदेशको राष्ट्रिय सभा निर्वाचन परिणाममा कृष्णप्रसाद सिटौला विजयी भएका छन् ।उनले एमाले-राप्रपा गठबन्धनबाट उम्मेदवार भएका उद्धव पौडेललाई पराजित गरे । २ जना प्रदेश सभा सदस्यले फ्लोर क्रस गरेर पौडेललाई मत हालेपनि स्थानीय तह तर्फबाट भने उनले मत पाउन सकेनन् ।उनले स्थानीय तह तर्फबाट भने १०९ जनाको मात्रै मत पाए । राष्ट्रिय सभाको अध्यक्ष बनाउने गरी सिटौलालाई कोशीबाट उम्मेदवार बनाइएको थियो । उनलाई प्रदेश सभा सदस्यमध्ये ४५ जनाले मात्रै मत हाले । उनका प्रतिस्पर्धी राप्रपाका उद्धव थापालाई भने ४७ जनाले मत हालेका छन् ।

    • प्रकाशित मितिः माघ ११, २०८०
    • 339 पटक पढिएको
  • राष्ट्रिय सभा निर्वाचनको आज मतदान हुदै

    काठमाडौँ ।  रिक्त हुन लागेको राष्ट्रिय सभा सदस्यको १९ पदका लागि आज मतदान हुँदै छ। सात प्रदेशमा १९ पदका लागि आठ राजनीतिक दलबाट उम्मेदवारले प्रतिस्पर्धा गर्न लागेका हुन् ।नेकपा (एमाले) बाट १९ पदमा उम्मेदवार छन् भने नेपाली कांग्रेसका १०, नेकपा (माओवादी केन्द्र) का ६, नेकपा (एकीकृत समाजवादी) का दुई र जनता समाजवादी पार्टीका एक जना उम्मेदवार छन् । त्यस्तै जनमत पार्टीका दुई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सात र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का चार जना उम्मेदवार छन् ।निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमबमोजिम बिहीबार बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने छ। रा

    • प्रकाशित मितिः माघ ११, २०८०
    • 170 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा