राजनीति

    Showing 3,111-3,120 of 7,684 items.
  • प्रदेश खारेज भयो भने संविधानमा प्रश्न उठ्छः मन्त्री लेखी

    जनकपुर । मधेस प्रदेशका गृहसंचार तथा कानूनमन्त्री राजकुमार लेखीले प्रदेश खारेज भए त्यसको परिणाम सिंधा संघीयता र संविधानमाथि पर्न जाने बताएका छन् । शुक्रबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै लेखीले प्रदेश खारेज भयो भने संविधानमाथी प्रश्न उठ्ने बताएका हुन् ।केही दिनयता सञ्चारमाध्यमहरुमा प्रदेश खारेजको कुराहरु लेखेको र हेरेको कुरा ध्यानाकर्षण गराउँदै संघीयता ल्याउन भूमिका निर्वाह गरेको सम्पूर्ण दल र दलका नेताहरुलाई यस विषयमा गम्भीर भएर सोच्न सुझाव दिए । प्रदेश खारेज हुने अवस्था आए प्रदेश मात्र खारेज नभइ सिंगो संविधान खारेज हुने उनले धारणा राखे।लेखीले भारतको उदाहरण दिँदै भारतको संविधान बनेको

    • प्रकाशित मितिः पुस २६, २०८१
    • 264 पटक पढिएको
  • संविधान संशोधनको विषयमा तलमाथि हुँदैन्ः मन्त्री गुरुङ

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले संविधान संशोधनको कुरामा कुनैपनि तलमाथि नहुने बताएका छन् । शुक्रबार मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक क्रममा पत्रकारले सोधेको प्रश्नको जवाफ दिदैँ उनले काम गर्न बाधा पुर्याइ रहेको ११ वटा कानूनहरु संशोधनमा ल्याउने भनेर कानूनविद्हरु रहेको कार्यदल बनाएको भन्दै संविधान संशोधन हुने बताए । उनले भने, ‘काम गर्न बाधा पुर्याइरहेको ११ वटा कानूनहरुको पहिचान गरि संसदमा पेश गर्ने गरेर संशोधनमा ल्याउन र त्यसको तयारीको लागि पनि कानूनविद्हरु रहेको कार्यदल बनाएका छौ । त्यसकारण संविधान संशोधन हुन्छ, गरिन्छ, गर्ने हो । किनभने हाम्रो रा

    • प्रकाशित मितिः पुस २६, २०८१
    • 193 पटक पढिएको
  • चेक वितरण भएको कुरा प्रमाणित भए राजनीति छाड्छुः मन्त्री खड्का

    काठमाडौं । उर्जा तथा जलस्रोत मन्त्री दिपक खड्काले वर्तमान सरकारले राजनीतिक स्थायित्व दिनेदेखि आर्थिक समृद्धि दिने उद्देश्यका साथ ठूला कार्ययोजनाहरु प्रस्तुत गरेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘उर्जा विकास मार्गचित्र–२०८१’ विमोचन कार्यक्रममा उनले नीतिगत सुधार, अर्थतन्त्रलाई चलाएमान बनाउने र समृद्ध नेपाल निर्माण गर्ने लक्ष्यका साथ सरकारले काम गरिरहेको बताए । उनले भने, ‘यो बलियो सरकारले मुलुकमा प्रगतीशिल कामहरु गर्न सक्नुपर्छ । राजनीतिक स्थायित्व दिनेदेखि आर्थिक समृद्धि पनि दिनुपर्छ भन्ने उद्देश्यका साथ ठूला ठूला कार्ययोजनाहरु हामीले प्रस्तुत गर्दैछौ । अरु मन्त्रालयहरुले पनि न

    • प्रकाशित मितिः पुस २५, २०८१
    • 255 पटक पढिएको
  • रास्वपा सभापति लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

    गण्डकी । कास्की जिल्ला अदालतले पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन मुद्दाका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।  न्यायाधीश नितिज राईको इजलासले उहाँलाई रू ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । सोही मुद्दाका अर्का प्रतिवादी छविलाल जोशीलाई रू ८८ लाख धरौटीमा रिहा गर्न आदेश दिएको उनले बताए ।

    • प्रकाशित मितिः पुस २५, २०८१
    • 231 पटक पढिएको
  • प्रचण्ड भन्छन्–‘शान्तिप्रक्रिया शीघ्र टुङ्ग्याउन दबाब सृजना गरौँ’

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिप्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम टुङ्ग्याउन दबाब सृजना गर्नुपर्ने बताएका छन् ।बेपत्ता योद्धा राजेन्द्र ढकालको २६ औँ स्मरण दिवसका अवसरमा आज यहाँ आयोजित ‘शान्ति प्रक्रिया र बेपत्ता नागरिकको सार्वजनिकीकरणको सवाल’ विषयको कार्यक्रममा उनले शान्तिप्रक्रियालाई निष्कर्षमा पु¥याउन सबैले दबाब सिर्जना गर्नुपर्ने अवस्था उत्पन्न भएको बताए ।शान्तिप्रक्रियालाई निष्कर्षमा पुग्न नदिन केही तत्व लागेका उल्लेख गर्दै उनले भने, ‘शान्तिप्रक्रियालाई जटिल मोडमा पु¥याउने प्रवृत्ति पनि देखिएको छ, त्यो तत्वले ट

    • प्रकाशित मितिः पुस २४, २०८१
    • 329 पटक पढिएको
  • रविलाई तारेखमा राखी मुद्दा अगाडि बढ़ाउन क़ानून ब्यबसायीको मांग

    पोखरा :राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई तारेखमा छाडेर मुद्दालाई अगाडि बढाउनुपर्ने उनका कानुन व्यवासायीले तर्क राखेका छन्। रविलाई तारेखमा छाडेर मुद्दाको पुर्पक्ष अगाडि बढाउनुपर्ने उनको माग थियो। ‘राष्ट्रको चौंथो स्थापित पार्टीको चानचुन ११ लाख समानुपातिक मत रवि लामिछानेलाई पत्याएर आएको हो’, उनको तर्क थियो, ‘सबैभन्दा बढी मत दिएर निर्वाचित प्रतिनिधि भागेर जाने, काहीँ लुक्ने अदालतले बोलाएको बेला नआउने भन्ने हुँदैन। त्यसैल तारेखमा छाडेर मुद्दाको पुर्पक्ष अगाडि बढाउनुपर्छ।’‘फसाउने नियतले गम्भीर कसुर देखिन्छ कि भनेर सम्पत्ति शुद्धीकरणलगायतका मुद्दा लगाइयो। कुनै पनि प्रचलित कानुन, का

    • प्रकाशित मितिः पुस २४, २०८१
    • 396 पटक पढिएको
  • रवि लामिछाने पक्षका कानून व्यवसायीको बहस सकियो

    पोखरा :पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा  हिजो कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेतर्फका कानून व्यवसायीको बहस सकिएको छ।दुई दिनदेखि सुरू भएको बहस हिजो सकिएको हो । हिजो अधिवक्ता नारायण घिमिरेले रविको पक्षमा बहस सुरू गरेका थिए । अब आज सरकारी वकिलहरूले प्रतिउत्तर दिनेछन् ।

    • प्रकाशित मितिः पुस २४, २०८१
    • 336 पटक पढिएको
  • पार्टीभित्र कुनै समूह छैनन्, सबै एमाले हुन्ः अध्यक्ष ओली

    काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अब कुनै पनि समूह नरहेको र सबै साथी वर्तमान एमालेको भरभराउँदो पङ्ति भएको बताएका छन् ।एमाले केन्द्रीय कमिटीको आठौँ बैठकमा राजनीतिक प्रतिवेदनमाथिको छलफलपछि समापन मन्तव्य व्यक्त  गर्दै अध्यक्ष ओलीले पार्टीभित्र अब कोही पनि पूर्वमाले, पूर्वमाओवादी वा १० बुँदेजस्ता समूहहरु नरहेकाले त्यस्ता पूर्वसमूहहरु खोज्नतिर नलाग्न आग्रह गरे । ‘एमालेमा अब कुनै पनि पूर्वसमूह छैनन् । हामी पूर्वसमूह खोज्नतिर होइन वर्तमानको एमाले खोजौँ । भरभराउँदो आजको एमाले खोजौँ ।’, अध्यक्ष ओलीले भने, ‘हामी यथास्थितिवादी होइनौँ

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 250 पटक पढिएको
  • समाजवादी क्रान्तिका लागि केन्द्रीय समिति बैठक कोसेढुङ्गा सावितः अध्यक्ष दाहाल

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठौँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठक एकता र विजयको बैठक बताएका छन् ।तीन दिनसम्म राजधानीमा चलेको केन्द्रीय समिति बैठकको अन्तिम सत्रलाई आज सम्बोधन गर्दै उनले यो ऐतिहासिक र दूरगामी महत्त्वको बैठक भएको बताए । बैठकले पार्टीभित्र विचार, कार्ययोजना र भावनामा एकरूपता कायम गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले पार्टीलाई फेरि आफ्नो वर्ग र समुदायतिर फर्काएर यसले विजयको आधार तयार गरेको बताए । बैठकका निर्णय कार्यान्वयनमा जाँदा समाजवादी क्रान्तिको लागि कोसेढुङ्गा बन्ने र यसले निरन्तरतामा क्रमभङ्ग गरेको जिकिर गरे ।

    • प्रकाशित मितिः पुस २३, २०८१
    • 408 पटक पढिएको
  • अध्यक्ष चढ़ने गाड़ी उपाध्यक्षले तोड़फोड़ गरिन

    लहान :सिराहाको विष्णुपुर गाँउपालिकाका अध्यक्ष सत्यनाराण यादवले चढ्ने बा २ झ ३६४३ नम्वरको सरकारी गाडि  उपाध्यक्ष गीता कुमारी सिंहले तोडफोड गरेकी   छिन । घरबाट सदरमुकाम जानको लागि गाडी उपलब्ध नगराएको भन्दै सिंहले तोडफोड गरेकी हुन् । तोडफोडमा गाडीको एउटा झ्याल र पछाडिको सिसा फुटेको छ ।

    • प्रकाशित मितिः पुस २२, २०८१
    • 122 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा